Thunderbird/C2/Address-Book/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:26, 26 July 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.00 मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ
00.06 यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं
00.14 हामी यो पनि सिक्नेछौं
00.16 नयाँ एड्रेस बुक बनाउन
00.18 पुरानो एड्रेस बुक मेट्न
00.20 अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न
00.24 यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ
00.32 एड्रेस बूक भनेको के हो?


00.34 एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ
00.39 तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ
00.45 ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन्
00.48 पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ
00.53 कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ
00.59 लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस
01.02 ठन्डरबर्डमा विन्डो खुल्छ
01.05 अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं
01.10 मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ
01.14 एड्रेस बुक डाईलग बक्स देखापर्छ
01.17 बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ
01.23 डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ
01.28 दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ
01.31 माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ
01.34 तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ
01.40 एउटा नयाँ कन्ट्याक्ट बनाऔ
01.44 टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस
01.47 न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
01.50 कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस
01.53 पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’
01.57 इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम
02.02 ‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस
02.10 प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस
02.18 तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ
02.26 ओकेमा क्लिक गर्नुहोस
02.29 कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ
02.34 यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र ZMyNewContact.
02.48 मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं
02.52 मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा क्लिक गर्नुहोस
02.58 कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस
03.04 बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस
03.13 वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस
03.19 नामहरु अब घट्दो क्रममा मिलाइन्छन्
03.24 अब एउटा कन्ट्याक्ट खोजौं
03.27 हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं
03.33 यो नाम सर्च गरौँ - AMyNewContact.
03.37 एड्रेस बुक डाइलगमा जानुहोस
03.40 सर्च फिल्डमा यो इन्टर गर्नुहोस- AMyNewContact.
03.45 सर्च फिल्ड हेर्नुहोस्
03.47 म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ
03.54 यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact
04.01 अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस
04.05 सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन्
04.09 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
04.13 विषयअनुसार इमेल खोज्नुहोस्
04.16 मानौं ZMyContact को सम्पर्क जानकारी बदलिएको छ
04.21 के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं
04.26 दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact.
04.30 अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस
04.36 ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
04.42 यो नामलाई यसमा बदलौं- MMyNewContact.
04..46 अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact.
04.53 हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं
04.57 वर्क ट्याबमा क्लिक गर्नुहोस
04.59 टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
05.06 तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ
05.13 अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ?
05.18 पहिले कन्ट्याक्टलाई छान्नुहोस्
05.20 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस
05.25 कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस


05.30 यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन
05.37 ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ
05.41 यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो
05.50 एउटा नयाँ एड्रेस बुक बनाऔ
05.53 याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ
05.58 मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस
06.04 न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ
06.08 एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
06.16 हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ
06.20 तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ
06.28 यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस
06.31 नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस्
06.36 अब एड्रेस बुक हटाउन सिकौं
06.41 याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ
06.50 बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस
06.56 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस
07.01 डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस्
07.10 यो एड्रेस बुक मेटियो
07.14 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
07.17 ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस्
07.22 एड्रेस बुक टूलबारको एडीट विकल्प प्रयोग गर्नुस्
07.27 यो एड्रेस बुक हटाउनुहोस्
07.30 एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस्
07.37 एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस्
07.43 ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ
07.48 यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं
07.55 आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ
07.59 पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं
08.02 नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस
08.12 जिमेल होमपेज खुल्छ
08.15 युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस्


08.24 साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ
08.29 यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट बनाएका छौं
08.35 जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस्
08.41 कन्ट्याक्टस ट्याब देखापर्छ
08.44 मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस्


08.48 एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ
08.51 “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस्
08.58 ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस्
09.06 ओपनिंग कन्ट्याक्टस सी एस भी डाइलग बक्स देखापर्छ
09.11 सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
09.15 डाउनलोड डाइलग बक्स देखापर्छ
09.18 यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ
09.23 फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी
09.30 डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस्
09.34 मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस्
09.39 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09.42 एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्
09.47 सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस्
09.54 डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस्
09.57 ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस्
10.04 कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस्
10.10 इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ
10.14 फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस्
10.20 यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ
10.28 र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं
10.33 बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ
10.39 बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम मिलाउन
10.47 तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ
10.52 बायाँको लास्ट नेम फिल्ड सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ
10.58 याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन्
11.07 अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11.17 एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस्
11.24 जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो
11.28 एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ
11.36 कन्ट्याक्टस् मा क्लिक गर्नुहोस्
11.38 इमेल एड्रेस र पहिलो नाम देखाइन्छ
11.43 हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं
11.48 डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस्
11.55 अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस्
12.02 यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
12.06 यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं
हामीले यो पनि सिक्यौं-
12.17 नयाँ एड्रेस बुक बनाउन ,
12.19 पुरानो एड्रेस बुक हटाउन ,
12.21 अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न
12.25 यहाँ तपाईंको लागि एउटा कार्य छ
12.27 एउटा नयाँ एड्रेस बुक बनाउनुहोस्
12.29 कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस्
12.32 तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस्
12.38 एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस्
12.43 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
12.46 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
12.50 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
12.54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
12.56 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ
12.59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ
13.03 थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
13.10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13.14 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ
13.22 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
13.32 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble