Thunderbird/C2/Address-Book/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:00 | मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ |
| 00:06 | यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं |
| 00:14 | हामी यो पनि सिक्नेछौं |
| 00:16 | नयाँ एड्रेस बुक बनाउन |
| 00:18 | पुरानो एड्रेस बुक मेट्न |
| 00:20 | अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न |
| 00:24 | यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ |
| 00:32 | एड्रेस बूक भनेको के हो? |
| 00:34 | एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ |
| 00:39 | तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ |
| 00:45 | ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन् |
| 00:48 | पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ |
| 00:53 | कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ |
| 00:59 | लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस |
| 01:02 | ठन्डरबर्डमा विन्डो खुल्छ |
| 01:05 | अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं |
| 01:10 | मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ |
| 01:14 | एड्रेस बुक डाईलग बक्स देखापर्छ |
| 01:17 | बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ |
| 01:23 | डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ |
| 01:28 | दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ |
| 01:31 | माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ |
| 01:34 | तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ |
| 01:40 | एउटा नयाँ कन्ट्याक्ट बनाऔ |
| 01:44 | टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस |
| 01:47 | न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ |
| 01:50 | कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस |
| 01:53 | पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’ |
| 01:57 | इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम |
| 02:02 | ‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस |
| 02:10 | प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस |
| 02:18 | तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ |
| 02:26 | ओकेमा क्लिक गर्नुहोस |
| 02:29 | कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ |
| 02:34 | यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र ZMyNewContact. |
| 02:48 | मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं |
| 02:52 | मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा क्लिक गर्नुहोस |
| 02:58 | कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस |
| 03:04 | बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस |
| 03:13 | वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस |
| 03:19 | नामहरु अब घट्दो क्रममा मिलाइन्छन् |
| 03:24 | अब एउटा कन्ट्याक्ट खोजौं |
| 03:27 | हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं |
| 03:33 | यो नाम सर्च गरौँ - AMyNewContact. |
| 03:37 | एड्रेस बुक डाइलगमा जानुहोस |
| 03:40 | सर्च फिल्डमा यो इन्टर गर्नुहोस- AMyNewContact. |
| 03:45 | सर्च फिल्ड हेर्नुहोस् |
| 03:47 | म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ |
| 03:54 | यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact |
| 04:01 | अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस |
| 04:05 | सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन् |
| 04:09 | यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
| 04:13 | विषयअनुसार इमेल खोज्नुहोस् |
| 04:16 | मानौं ZMyContact को सम्पर्क जानकारी बदलिएको छ |
| 04:21 | के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं |
| 04:26 | दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact. |
| 04:30 | अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस |
| 04:36 | ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ |
| 04:42 | यो नामलाई यसमा बदलौं- MMyNewContact. |
| 04:46 | अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact. |
| 04:53 | हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं |
| 04:57 | वर्क ट्याबमा क्लिक गर्नुहोस |
| 04:59 | टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस |
| 05:06 | तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ |
| 05:13 | अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ? |
| 05:18 | पहिले कन्ट्याक्टलाई छान्नुहोस् |
| 05:20 | कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस |
| 05:25 | कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस |
| 05:30 | यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन |
| 05:37 | ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ |
| 05:41 | यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो |
| 05:50 | एउटा नयाँ एड्रेस बुक बनाऔ |
| 05:53 | याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ |
| 05:58 | मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस |
| 06:04 | न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ |
| 06:08 | एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस |
| 06:16 | हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ |
| 06:20 | तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ |
| 06:28 | यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस |
| 06:31 | नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस् |
| 06:36 | अब एड्रेस बुक हटाउन सिकौं |
| 06:41 | याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ |
| 06:50 | बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस |
| 06:56 | कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस |
| 07:01 | डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस् |
| 07:10 | यो एड्रेस बुक मेटियो |
| 07:14 | यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
| 07:17 | ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस् |
| 07:22 | एड्रेस बुक टूलबारको एडीट विकल्प प्रयोग गर्नुस् |
| 07:27 | यो एड्रेस बुक हटाउनुहोस् |
| 07:30 | एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस् |
| 07:37 | एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस् |
| 07:43 | ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ |
| 07:48 | यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं |
| 07:55 | आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ |
| 07:59 | पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं |
| 08:02 | नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस |
| 08:12 | जिमेल होमपेज खुल्छ |
| 08:15 | युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस् |
| 08:24 | साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ |
| 08:29 | यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट बनाएका छौं |
| 08:35 | जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस् |
| 08:41 | कन्ट्याक्टस ट्याब देखापर्छ |
| 08:44 | मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस् |
| 08:48 | एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ |
| 08:51 | “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस् |
| 08:58 | ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस् |
| 09:06 | ओपनिंग कन्ट्याक्टस सी एस भी डाइलग बक्स देखापर्छ |
| 09:11 | सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस् |
| 09:15 | डाउनलोड डाइलग बक्स देखापर्छ |
| 09:18 | यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ |
| 09:23 | फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी |
| 09:30 | डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस् |
| 09:34 | मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस् |
| 09:39 | इम्पोर्ट डाइलग बक्स देखापर्छ |
| 09:42 | एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस् |
| 09:47 | सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस् |
| 09:54 | डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस् |
| 09:57 | ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस् |
| 10:04 | कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस् |
| 10:10 | इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ |
| 10:14 | फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस् |
| 10:20 | यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ |
| 10:28 | र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं |
| 10:33 | बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ |
| 10:39 | बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम मिलाउन |
| 10:47 | तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ |
| 10:52 | बायाँको लास्ट नेम फिल्ड सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ |
| 10:58 | याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन् |
| 11:07 | अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस् |
| 11:17 | एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस् |
| 11:24 | जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो |
| 11:28 | एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ |
| 11:36 | कन्ट्याक्टस् मा क्लिक गर्नुहोस् |
| 11:38 | इमेल एड्रेस र पहिलो नाम देखाइन्छ |
| 11:43 | हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं |
| 11:48 | डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस् |
| 11:55 | अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस् |
| 12:02 | यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ |
| 12:06 | यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं हामीले यो पनि सिक्यौं- |
| 12:17 | नयाँ एड्रेस बुक बनाउन , |
| 12:19 | पुरानो एड्रेस बुक हटाउन , |
| 12:21 | अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न |
| 12:25 | यहाँ तपाईंको लागि एउटा कार्य छ |
| 12:27 | एउटा नयाँ एड्रेस बुक बनाउनुहोस् |
| 12:29 | कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस् |
| 12:32 | तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस् |
| 12:38 | एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस् |
| 12:43 | यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
| 12:46 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
| 12:50 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
| 12:54 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
| 12:56 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ |
| 12:59 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ |
| 13:03 | थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
| 13:10 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
| 13:14 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ |
| 13:22 | यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ |
| 13:32 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ सहभागी हुनुभएकोमा धन्यवाद |