Difference between revisions of "Thunderbird/C2/Address-Book/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 545: Line 545:
 
|-
 
|-
 
|12:06  
 
|12:06  
|यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं  
+
|यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं हामीले यो पनि सिक्यौं-
हामीले यो पनि सिक्यौं-
+
  
 
|-
 
|-

Revision as of 16:09, 5 April 2017

Time Narration
00:00 मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ
00:06 यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं
00:14 हामी यो पनि सिक्नेछौं
00:16 नयाँ एड्रेस बुक बनाउन
00:18 पुरानो एड्रेस बुक मेट्न
00:20 अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न
00:24 यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ
00:32 एड्रेस बूक भनेको के हो?
00:34 एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ
00:39 तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ
00:45 ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन्
00:48 पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ
00:53 कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ
00:59 लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस
01:02 ठन्डरबर्डमा विन्डो खुल्छ
01:05 अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं
01:10 मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ
01:14 एड्रेस बुक डाईलग बक्स देखापर्छ
01:17 बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ
01:23 डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ
01:28 दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ
01:31 माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ
01:34 तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ
01:40 एउटा नयाँ कन्ट्याक्ट बनाऔ
01:44 टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस
01:47 न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
01:50 कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस
01:53 पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’
01:57 इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम
02:02 ‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस
02:10 प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस
02:18 तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ
02:26 ओकेमा क्लिक गर्नुहोस
02:29 कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ
02:34 यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र ZMyNewContact.
02:48 मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं
02:52 मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा क्लिक गर्नुहोस
02:58 कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस
03:04 बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस
03:13 वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस
03:19 नामहरु अब घट्दो क्रममा मिलाइन्छन्
03:24 अब एउटा कन्ट्याक्ट खोजौं
03:27 हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं
03:33 यो नाम सर्च गरौँ - AMyNewContact.
03:37 एड्रेस बुक डाइलगमा जानुहोस
03:40 सर्च फिल्डमा यो इन्टर गर्नुहोस- AMyNewContact.
03:45 सर्च फिल्ड हेर्नुहोस्
03:47 म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ
03:54 यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact
04:01 अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस
04:05 सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन्
04:09 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
04:13 विषयअनुसार इमेल खोज्नुहोस्
04:16 मानौं ZMyContact को सम्पर्क जानकारी बदलिएको छ
04:21 के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं
04:26 दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact.
04:30 अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस
04:36 ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
04:42 यो नामलाई यसमा बदलौं- MMyNewContact.
04:46 अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact.
04:53 हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं
04:57 वर्क ट्याबमा क्लिक गर्नुहोस
04:59 टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
05:06 तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ
05:13 अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ?
05:18 पहिले कन्ट्याक्टलाई छान्नुहोस्
05:20 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस
05:25 कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस
05:30 यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन
05:37 ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ
05:41 यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो
05:50 एउटा नयाँ एड्रेस बुक बनाऔ
05:53 याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ
05:58 मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस
06:04 न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ
06:08 एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
06:16 हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ
06:20 तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ
06:28 यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस
06:31 नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस्
06:36 अब एड्रेस बुक हटाउन सिकौं
06:41 याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ
06:50 बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस
06:56 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस
07:01 डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस्
07:10 यो एड्रेस बुक मेटियो
07:14 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
07:17 ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस्
07:22 एड्रेस बुक टूलबारको एडीट विकल्प प्रयोग गर्नुस्
07:27 यो एड्रेस बुक हटाउनुहोस्
07:30 एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस्
07:37 एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस्
07:43 ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ
07:48 यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं
07:55 आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ
07:59 पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं
08:02 नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस
08:12 जिमेल होमपेज खुल्छ
08:15 युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस्
08:24 साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ
08:29 यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट बनाएका छौं
08:35 जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस्
08:41 कन्ट्याक्टस ट्याब देखापर्छ
08:44 मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस्
08:48 एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ
08:51 “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस्
08:58 ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस्
09:06 ओपनिंग कन्ट्याक्टस सी एस भी डाइलग बक्स देखापर्छ
09:11 सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
09:15 डाउनलोड डाइलग बक्स देखापर्छ
09:18 यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ
09:23 फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी
09:30 डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस्
09:34 मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस्
09:39 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09:42 एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्
09:47 सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस्
09:54 डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस्
09:57 ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस्
10:04 कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस्
10:10 इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ
10:14 फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस्
10:20 यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ
10:28 र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं
10:33 बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ
10:39 बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम मिलाउन
10:47 तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ
10:52 बायाँको लास्ट नेम फिल्ड सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ
10:58 याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन्
11:07 अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11:17 एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस्
11:24 जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो
11:28 एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ
11:36 कन्ट्याक्टस् मा क्लिक गर्नुहोस्
11:38 इमेल एड्रेस र पहिलो नाम देखाइन्छ
11:43 हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं
11:48 डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस्
11:55 अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस्
12:02 यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
12:06 यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं हामीले यो पनि सिक्यौं-
12:17 नयाँ एड्रेस बुक बनाउन ,
12:19 पुरानो एड्रेस बुक हटाउन ,
12:21 अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न
12:25 यहाँ तपाईंको लागि एउटा कार्य छ
12:27 एउटा नयाँ एड्रेस बुक बनाउनुहोस्
12:29 कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस्
12:32 तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस्
12:38 एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस्
12:43 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
12:46 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
12:50 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
12:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
12:56 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ
12:59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ
13:03 थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
13:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:14 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ
13:22 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
13:32 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble