Spoken-Tutorial-Technology/C2/Editing-a-spoken-tutorial-using-Movie-Maker/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:24, 9 January 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.04 नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटोरियलमा स्वागत गर्दछु
00.11 यो स्पोकन टुटोरियलले कसरी Windows Movie Maker प्रयोग गरि एउटा भिडियो एडिट गर्ने भन्ने सामान्य जानकारी दिनेछ
00.19 Windows Movie Maker, Microsoft Windows को एउटा अंग हो र सबैभन्दा नयाँ विन्डो संस्करण

– Me, XP वा Vista सबैमा उपलब्ध एउटा सफ्टवेयर हो

00.31 यदि तपाईसंग यो तपाईको PC मा छैन भने यसलाई निशुल्क www.microsoft.com/downloads बाट डाउनलोड गर्न सक्नुहुन्छ
00.42 तपाईलाई मुभी क्लिपबाट अडियो सुन्न एउटा हेडसेट वा स्पीकर चाहिन्छ
00.47 प्रोग्राम रन गर्न Windows Movie Maker आइकनमा क्लिक गरौँ
00.52 यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्ट खोल्नेछ
00.57 माथि दायाँ तपाई मेन मेनु देख्न सक्नुहुन्छ
01.00 यसमा धेरै विकल्पहरु रहेका छ जुन हामी अगाडी हेर्नेछौं
01.05 स्क्रिनमा, तपाई बायाँपट्टि एउटा Movie Tasks प्यानल देख्न सक्नुहुन्छ, एउटा Collection प्यानल बीचमा र दायाँपट्टि एउटा Display प्यानल छ
01.17 यदि तपाईले पहिलो चोटी Windows Movie Maker प्रयोग गर्दैहुनुहुन्छ भने, Collection प्यानल खाली हुनेछ
01.23 सबै भिडियो क्लिपहरु, अडियो नरेसन र म्युजिक फाइलहरु जो प्रोजेक्टमा आवश्यक हुन्छन इम्पोर्ट गरेपछि

Collection प्यानलमा देखाइनेछ

01.32 यदि तपाईले प्रोग्राम पहिले प्रयोग गर्नुभएको छ भने पहिले इम्पोर्ट गरेका भिडियो र अडियो क्लिपहरु

तपाईको Collection प्यानलमा देखिनेछ

01.42 CRTL+A थिचेर Collection प्यानल सबै छानौं, कुनै पनि क्लिपमा राइटक्लिक गरौँ र Delete अप्सन छानौं
01.52 अब तपाईसंग तपाईको स्क्रिनमा खाली मुभी प्रोजेक्ट रहेको छ, तपाई Windows Movie Maker मा चाहिएको फाइल इम्पोर्ट गर्नसक्नुहुन्छ
01.59 Movie Tasks प्यानलमा विभिन्न विकल्पहरु रहेका छन् मुख्यतः Capture Video, Edit Movie र Finish Movie
02.09 त्यहाँ अर्को एउटा Movie Making Tips अप्सन पनि छ, Capture Video मुनि तपाई, Import Video अप्सन देख्नुहुन्छ
02.19 यसमा क्लिक गरौँ, वैकल्पिक रुपमा मेन मनुको फाइलमा गएर Import into Collections सब अप्सन छानौं
02.30 दुवै तरिकाले Import File Dialog बक्स खोल्नेछ, यहाँ तपाई आफुले एडिट गर्न चाहेको भिडियो पाथ र फाइलनेम दिएर छान्न सक्नुहुन्छ
02.39 म यो भिडियो छान्न्दै छुँ र Import बटनमा क्लिक गर्नेछुँ, छानेको भिडियो Collection प्यानलमा इम्पोर्ट हुदैछ
02.53 यदि भिडियो एकदमै ठुलो छ भने Windows Movie Maker ले स्वत यसलाई सानो क्लिपहरुमा टुक्राउँछ
02.58 CTRL+A थिचेर सबै छानौं, अब कुनै क्लिपमा राइट क्लिक गरौँ र Add to Timeline सब अप्सन छानौं
03.12 क्लिप Timeline मा Collection प्यानलमा देखिए जस्तै क्रममा थपिने छन
03.17 यदि तपाई चाहनुहुन्छ भने तपाई क्लिपलाई तानेर Timeline मा छोडी एक-एक गरि क्लिपहरु टाइमलाइनमा थप्न सक्नुहुन्छ, यसलाई पछाडी राखौं
03.30 Vista युजरले यो ध्यान दिनुपर्छ कि भिस्टामा चल्ने Windows Movie Maker ले भिडियोलाई सानो क्लिपहरुमा टुक्राउदैन
03.39 यो एउटा क्लिपको रुपमा कलेक्सन प्यानलमा देखिनेछ, त्यसैले फेरि एकपटक भिडियो क्लिपमा क्लिक गरौँ र

Add to Timeline विकल्प छानौं

03.49 यसले पुरै भिडियो एउटा क्लिपको रुपमा टाइमलाइनमा थप्नेछ
03.54 टाइमलाइनको माथिको सानो निलो आयत याद गरौ, यसलाई फ्रेम हेड भनिन्छ
04.00 यसले टाइमलाइनमा भिडियोको हालको स्थान देखाउछ, डिफल्टमा यो टाइमलाइनको सुरुवातमा हुन्छ
04.09 पहिलो क्लिपमा क्लिक गरौँ, यहाँ डिस्प्ले प्यानलमा पहिलो फ्रेम वा भिडियोको सुरुवात देखिने छ
04.19 जब भिडियो चल्दै हुन्छ यो डिस्प्ले प्यानलमा देखिनेछ, तपाई डिस्प्ले प्यानलको तल VCR कन्ट्रोल देख्न सक्नुहुन्छ
04.30 मैले तिनीहरुको वर्णन गर्नुपूर्व म फ्रेम हेड यहाँ सार्दैछुँ
04.38 पहिलो बटन प्ले वा पज हो, प्ले मोडमा फ्रेम हेड अगाडी बढ्छ
04.46 पज मोडमा फ्रेम हेड हालको स्थानमा रहन्छ
04.51 दोस्रो बटन प्लेब्याक स्टप गर्नलाई हो
04.55 क्लिक गरेपछि प्लेब्याक रोकिनेछ तर फ्रेम हेड चाहिँ टाइमलाइनको सुरुमा जानेछ
05.03 म फ्रेम हेड यहाँ सार्दै छुँ, तेस्रो बटन एक पटकमा एउटा क्लिप Rewind गर्न हो
05.15 याद गरौँ, फ्रेम हेड एकपटकमा एक क्लिप पछाडी सर्छ
05.21 छैठौं बटन एक पटकमा एक क्लिप Fast Forward गर्न हो
05.25 याद गरौँ फ्रेम हेड एकपटकमा एक क्लिप अघि सर्छ
05.32 चौथो र पाँचौं बटनहरु एक पटकमा एउटा फ्रेम Rewind र Fast Forward गर्न हो
05.40 याद गरौँ कि फ्रेम हेड एक पटकमा एक फ्रेम सर्दैछ
05.49 अब यो बटनलाई Split बटन भनिन्छ, यसले क्लिपलाई हालको स्थानमा दुईवटामा टुक्राउछ दुवै भिडियो र अडियो क्लिप पनि
06.01 म यो देखाउदैछुँ, म फ्रेम हेड यहाँ सार्नेछुँ र Split बटनमा क्लिक गर्नेछु
06.08 याद गरौँ अब क्लिप हालको स्थानमा २ क्लिपहरुमा टुक्रेको छ, यो सशक्त एडिटिंग टूल हो
06.18 अब म टाइमलाइनको लेआउट वर्णन गर्दैछुँ
06.22 टाइमलाइन तीन भागमा छुट्ट्याएको छ – Video, Audio/Music, र Title Overlay, भिडियो संगैको प्लस बटनमा क्लिक गरौँ
06.35 यसले भिडियो टाइमलाइन बढाउनेछ र अडियो टाइमलाइन त्यहाँ देखाउनेछ, यो डबिंग कार्यको लागि उपयोगी हुनेछ
06.44 मैले पहिले नै डबिंगको बारेमा अर्को टुटोरियलमा वर्णन गरिसकेको छुँ, तपाई त्यो हेर्न चाहनुहुन्छ होला
06.51 भिडियो संगैको माइनस बटनमा क्लिक गर्नाले Video Timeline हराउनेछ
06.58 टाइमलाइन माथि विभिन्न आइकनहरु रहेका छन जसले एडिटिंगको समयमा सहयोग गर्छ
07.06 Zoom In बटनले भिडियो टाइमलाइन ठुलो पार्छ जसले गर्दा हरेक फ्रेम एडिट गर्न सकिन्छ
07.15 Zoom Out बटनले Video Timeline घटाउनेछ जसले गर्दा तपाई पुरै भिडियो टाइमलाइनमा देख्न सक्नुहुन्छ
07.24 यो Rewind Timeline बटन हो
07.26 तपाईले यसलाई थिच्नुभायो भने फ्रेम हेड तपाइको भिडियोको सुरुमा जानेछ
07.32 यो Play Timeline बटन हो, यसलाई क्लिक गरेमा डिस्प्ले प्यानलमा भिडियो चल्नेछ
07.40 यो प्ले बटनले VCR कन्ट्रोल Play बटन जस्तै काम गर्छ
07.46 Windows Movie Maker को थप जानकारीको लागि Movie Tasks प्यानलको Moving Making Tips विकल्प हेर्न सकिन्छ
07.57 मैले Windows Movie Maker स्क्रिनको बेसिक स्क्रिनको वर्णन गरेकी छुँ, अब Timeline मा फर्कौं र एउटा भिडियोमा एउटा भाग कसरी थप्ने वा हटाउने सिकौं
08.09 म यहाँ जूम इन् गर्नेछु, तपाईले एकचोटी भिडियो इम्पोर्ट गरेपछि यसलाई सुरु देखि प्ले गरि तपाईले सम्पादन गर्न चाहनुभएको भाग टिप्नुहोस
08.25 म यहाँ बाट केहि सेकन्ड भिडियो हटाउन चाहन्छु
08.30 त्यसैले म यहाँ फ्रेम हेड सार्नेछु, र क्लिप प्ले गर्नेछु
08.36 म यहाँ प्लेब्याक पज गर्नेछु किनभने यो मैले मेट्न चाहेको स्थानको सुरुवात हो
08.42 अब म Split बटनमा क्लिक गर्नेछु
08.46 याद गरौँ कि क्लिप अहिले यो स्थानमा टुक्रेको छ
08.50 म प्लेब्याक रिज्युम गर्नेछु र फेरि मैले मेट्न चाहेको भागको अन्त्यमा पज गर्नेछु
08.57 Split बटनमा फेरि क्लिक गरौँ, याद गरौँ क्लिप फेरि यो स्थानमा टुक्रेको छ
09.04 म यसलाई पछाडी सार्नेछु, अब म क्लिप मा क्लिक गरेर यसलाई छान्नेछु र किबोर्डको डिलिट बटन थिच्नेछु
09.15 याद गरौँ अर्को क्लिप अघि बढ्छ र अघिल्लो क्लिप को अन्त्यमा जोडिने छ
09.22 Movie Maker ले भिडियो निरन्तर होस् भनेर यो आफैं गर्छ
09.27 सधै सम्झौं, जब तपाइले एउटा भिडियो मेट्नुहुनेछ, भिडियो संगै अडियो पनि मेटिनेछ
09.35 यसरी, तपाई भिडियोको एक भाग मेट्न सक्नुहुन्छ
09.39 अब म एउटा भइरहेको भिडियोमा कसरी थप क्लिप थप्ने भनि देखाउनेछु
09.44 मसंग एउटा सानो क्लिप छ जुन मेरो भिडियोमा समावेस गर्न चाहनुहुन्छ
09.49 त्यसैले, म यसलाई Import Video मा क्लिक गरि Collection मा इम्पोर्ट गर्नेछु
09.55 यो मैले इम्पोर्ट गर्न चाहेको फाईल हो, त्यसैले म यसलाई छान्ने छु र इम्पोर्ट बटनमा क्लिक गर्नेछु
10.03 क्लिप अहिले Collection प्यानलमा इम्पोर्ट हुदैछ
10.08 क्लिप अहिले Collection प्यानलमा देखापर्छ
10.12 म क्लिपमा क्लिक गरेर यो छान्नेछुँ, र यसलाई तानेर यसलाई टाइमलाइनमा चाहेको स्थानमा राख्नेछुँ
10.19 म माउस बटन छोड्नेछु र हालको स्थानमा मेरो क्लिप थपिने छ
10.27 याद गरौँ टाइमलाइनमा तपाई एउटा नयाँ क्लिप, अर्को क्लिपको सुरुमा वा अन्त्यमा मात्र थप्न सक्नुहुन्छ, बीचमा होइन
10.36 यदि तपाई बीचमा थप्न चाहनुहुन्छ भने तपाईले टाइमलाइनमा क्लिपलाई टुक्राउनुपर्छ र त्यहाँ नयाँ क्लिप थप्नुपर्छ
10.44 यसरी, तपाई एउटा भिडियोमा नयाँ भाग थप्न सक्नुहुन्छ,यो प्रक्रियालाई दुई वा बढि भिडियोहरु जोड्न प्रयोग गर्न सकिन्छ
10.52 अर्को मैले देखाउन चाहेको बिशेषता भनेको कसरी एउटा क्लिप वा क्लिपको भागको लम्बाई कसरी बढाउने हो
11.01 यो बिशेषत डबिंग गर्दा उपयोगी हुन्छ
11.04 कहिलेकाहीँ एउटा डबिंग गरिरहेको भाषामा वर्णन गर्न मूल भाषाको भिडियो भन्दा बढि शब्दहरु चाहिन सक्छ
11.13 त्यस्तो अवस्थामा, अडियोसँग मिलाउन भिडियो क्लिपको समय बढाउन पर्ने हुनसक्छ
11.21 तपाईले बढाउन चाहनुभएको भाग, मेट्न अपनाइने प्रकियाहरु अपनाई छानौं
11.29 म यो देखाउने छुँ, म यो फ्रेम हेड यहाँ सार्दैछुँ – भिडियो यहाँ टुक्राउ – प्ले र पज – भिडियो फेरी टुक्राउ
- क्लिप गरिएको भाग छानौं – राइट क्लिक गरौँ र Copy छानौं- फ्रेम हेडलाई तपाईले चाहेको स्थानमा सार्नुहोस- राइट क्लिक र Paste छानौं
11.56 वैकल्पिक रुपमा कपि गर्न CTRL+C र पेस्ट गर्न CTRL+V गरौँ, यो तरिकाले मैले क्लिपलाई चाहेको सेकन्ड संख्याले बढाएकी छुँ
12.08 जहिले एउटा क्लिपलाई एउटा लामो समयमा लम्बाउनु राम्रो हुन्छ अनि सम्पादनको अन्त्यमा तपाईलाई नचाहिने भाग काटेर फालौं
12.18 माउस नसारिकन एउटा भाग छानौं नत्र भने पेस्ट गरिएको स्थानमा पनि माउसको चाल दोहोरिनेछ
12.27 यसले दर्शकलाई भ्रमित पार्न सक्छ
12.29 ल, यो एउटा कुरो हो जुन हामीले भिडियो बढाउन कपि र पेस्ट गर्दा ध्यान दिनुपर्छ
12.38 यसले Windows Movie Maker को सामान्य सम्पादनका बिशेषताहरु समाबेश गर्छ
12.43 त्यसैले यी बिशेषताहरु तपाइको भिडियो सम्पादन गर्न प्रयोग गर्नुहोस्
12.49 अगाडी उल्लेख गरे जस्तै, तपाई एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने टुटोरियल हेर्न चाहनुहुन्छ होला
12.57 एकचोटी तपाई आधारभूत डबिंग र एडिटिंगसँग परिचित भएपछि, तपाई कसरी केहि रमाइला भिडीयो इफेक्ट थप्ने, टाइटल वा क्रेडिट र तपाइको भिडियोमा अडियो वा म्युजिक पनि हाल्न चाहनुहुन्छ होला
13.13 दर्शकले हाम्रो साइट www.spoken-tutorial.org पनि हेर्न चाहनुहुन्छ होला, यो साइटमा सबै अपरेटिंग सिस्टममा स्पोकन टुटोरियलहरु बनाउने सम्पादन गर्ने र डबिंग गर्ने जानकारीहरु रहेका छन
13.32 आशा गरौँ तपाईलाई यो जानकारी उपयोगी हुनेछ, कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार र सहभागिताको लागि धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble