Spoken-Tutorial-Technology/C2/Editing-a-spoken-tutorial-using-Movie-Maker/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:38, 28 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:04 नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटोरियलमा स्वागत गर्दछु
00:11 यो स्पोकन टुटोरियलले कसरी Windows Movie Maker प्रयोग गरि एउटा भिडियो एडिट गर्ने भन्ने सामान्य जानकारी दिनेछ
00:19 Windows Movie Maker, Microsoft Windows को एउटा अंग हो र सबैभन्दा नयाँ विन्डो संस्करण

– Me, XP वा Vista सबैमा उपलब्ध एउटा सफ्टवेयर हो

00:31 यदि तपाईसंग यो तपाईको PC मा छैन भने यसलाई निशुल्क www.microsoft.com/downloads बाट डाउनलोड गर्न सक्नुहुन्छ
00:42 तपाईलाई मुभी क्लिपबाट अडियो सुन्न एउटा हेडसेट वा स्पीकर चाहिन्छ
00:47 प्रोग्राम रन गर्न Windows Movie Maker आइकनमा क्लिक गरौँ
00:52 यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्ट खोल्नेछ
00:57 माथि दायाँ तपाई मेन मेनु देख्न सक्नुहुन्छ
01:00 यसमा धेरै विकल्पहरु रहेका छ जुन हामी अगाडी हेर्नेछौं
01:05 स्क्रिनमा, तपाई बायाँपट्टि एउटा Movie Tasks प्यानल देख्न सक्नुहुन्छ, एउटा Collection प्यानल बीचमा र दायाँपट्टि एउटा Display प्यानल छ
01:17 यदि तपाईले पहिलो चोटी Windows Movie Maker प्रयोग गर्दैहुनुहुन्छ भने, Collection प्यानल खाली हुनेछ
01:23 सबै भिडियो क्लिपहरु, अडियो नरेसन र म्युजिक फाइलहरु जो प्रोजेक्टमा आवश्यक हुन्छन इम्पोर्ट गरेपछि

Collection प्यानलमा देखाइनेछ

01:32 यदि तपाईले प्रोग्राम पहिले प्रयोग गर्नुभएको छ भने पहिले इम्पोर्ट गरेका भिडियो र अडियो क्लिपहरु

तपाईको Collection प्यानलमा देखिनेछ

01:42 CRTL+A थिचेर Collection प्यानल सबै छानौं, कुनै पनि क्लिपमा राइटक्लिक गरौँ र Delete अप्सन छानौं
01:52 अब तपाईसंग तपाईको स्क्रिनमा खाली मुभी प्रोजेक्ट रहेको छ, तपाई Windows Movie Maker मा चाहिएको फाइल इम्पोर्ट गर्नसक्नुहुन्छ
01:59 Movie Tasks प्यानलमा विभिन्न विकल्पहरु रहेका छन् मुख्यतः Capture Video, Edit Movie र Finish Movie
02:09 त्यहाँ अर्को एउटा Movie Making Tips अप्सन पनि छ, Capture Video मुनि तपाई, Import Video अप्सन देख्नुहुन्छ
02:19 यसमा क्लिक गरौँ, वैकल्पिक रुपमा मेन मनुको फाइलमा गएर Import into Collections सब अप्सन छानौं
02:30 दुवै तरिकाले Import File Dialog बक्स खोल्नेछ, यहाँ तपाई आफुले एडिट गर्न चाहेको भिडियो पाथ र फाइलनेम दिएर छान्न सक्नुहुन्छ
02:39 म यो भिडियो छान्न्दै छुँ र Import बटनमा क्लिक गर्नेछुँ, छानेको भिडियो Collection प्यानलमा इम्पोर्ट हुदैछ
02:53 यदि भिडियो एकदमै ठुलो छ भने Windows Movie Maker ले स्वत यसलाई सानो क्लिपहरुमा टुक्राउँछ
02:58 CTRL+A थिचेर सबै छानौं, अब कुनै क्लिपमा राइट क्लिक गरौँ र Add to Timeline सब अप्सन छानौं
03:12 क्लिप Timeline मा Collection प्यानलमा देखिए जस्तै क्रममा थपिने छन
03:17 यदि तपाई चाहनुहुन्छ भने तपाई क्लिपलाई तानेर Timeline मा छोडी एक-एक गरि क्लिपहरु टाइमलाइनमा थप्न सक्नुहुन्छ, यसलाई पछाडी राखौं
03:30 Vista युजरले यो ध्यान दिनुपर्छ कि भिस्टामा चल्ने Windows Movie Maker ले भिडियोलाई सानो क्लिपहरुमा टुक्राउदैन
03:39 यो एउटा क्लिपको रुपमा कलेक्सन प्यानलमा देखिनेछ, त्यसैले फेरि एकपटक भिडियो क्लिपमा क्लिक गरौँ र

Add to Timeline विकल्प छानौं

03:49 यसले पुरै भिडियो एउटा क्लिपको रुपमा टाइमलाइनमा थप्नेछ
03:54 टाइमलाइनको माथिको सानो निलो आयत याद गरौ, यसलाई फ्रेम हेड भनिन्छ
04:00 यसले टाइमलाइनमा भिडियोको हालको स्थान देखाउछ, डिफल्टमा यो टाइमलाइनको सुरुवातमा हुन्छ
04:09 पहिलो क्लिपमा क्लिक गरौँ, यहाँ डिस्प्ले प्यानलमा पहिलो फ्रेम वा भिडियोको सुरुवात देखिने छ
04:19 जब भिडियो चल्दै हुन्छ यो डिस्प्ले प्यानलमा देखिनेछ, तपाई डिस्प्ले प्यानलको तल VCR कन्ट्रोल देख्न सक्नुहुन्छ
04:30 मैले तिनीहरुको वर्णन गर्नुपूर्व म फ्रेम हेड यहाँ सार्दैछुँ
04:38 पहिलो बटन प्ले वा पज हो, प्ले मोडमा फ्रेम हेड अगाडी बढ्छ
04:46 पज मोडमा फ्रेम हेड हालको स्थानमा रहन्छ
04:51 दोस्रो बटन प्लेब्याक स्टप गर्नलाई हो
04:55 क्लिक गरेपछि प्लेब्याक रोकिनेछ तर फ्रेम हेड चाहिँ टाइमलाइनको सुरुमा जानेछ
05:03 म फ्रेम हेड यहाँ सार्दै छुँ, तेस्रो बटन एक पटकमा एउटा क्लिप Rewind गर्न हो
05:15 याद गरौँ, फ्रेम हेड एकपटकमा एक क्लिप पछाडी सर्छ
05:21 छैठौं बटन एक पटकमा एक क्लिप Fast Forward गर्न हो
05:25 याद गरौँ फ्रेम हेड एकपटकमा एक क्लिप अघि सर्छ
05:32 चौथो र पाँचौं बटनहरु एक पटकमा एउटा फ्रेम Rewind र Fast Forward गर्न हो
05:40 याद गरौँ कि फ्रेम हेड एक पटकमा एक फ्रेम सर्दैछ
05:49 अब यो बटनलाई Split बटन भनिन्छ, यसले क्लिपलाई हालको स्थानमा दुईवटामा टुक्राउछ दुवै भिडियो र अडियो क्लिप पनि
06:01 म यो देखाउदैछुँ, म फ्रेम हेड यहाँ सार्नेछुँ र Split बटनमा क्लिक गर्नेछु
06:08 याद गरौँ अब क्लिप हालको स्थानमा २ क्लिपहरुमा टुक्रेको छ, यो सशक्त एडिटिंग टूल हो
06:18 अब म टाइमलाइनको लेआउट वर्णन गर्दैछुँ
06:22 टाइमलाइन तीन भागमा छुट्ट्याएको छ – Video, Audio/Music, र Title Overlay, भिडियो संगैको प्लस बटनमा क्लिक गरौँ
06:35 यसले भिडियो टाइमलाइन बढाउनेछ र अडियो टाइमलाइन त्यहाँ देखाउनेछ, यो डबिंग कार्यको लागि उपयोगी हुनेछ
06:44 मैले पहिले नै डबिंगको बारेमा अर्को टुटोरियलमा वर्णन गरिसकेको छुँ, तपाई त्यो हेर्न चाहनुहुन्छ होला
06:51 भिडियो संगैको माइनस बटनमा क्लिक गर्नाले Video Timeline हराउनेछ
06:58 टाइमलाइन माथि विभिन्न आइकनहरु रहेका छन जसले एडिटिंगको समयमा सहयोग गर्छ
07:06 Zoom In बटनले भिडियो टाइमलाइन ठुलो पार्छ जसले गर्दा हरेक फ्रेम एडिट गर्न सकिन्छ
07:15 Zoom Out बटनले Video Timeline घटाउनेछ जसले गर्दा तपाई पुरै भिडियो टाइमलाइनमा देख्न सक्नुहुन्छ
07:24 यो Rewind Timeline बटन हो
07:26 तपाईले यसलाई थिच्नुभायो भने फ्रेम हेड तपाइको भिडियोको सुरुमा जानेछ
07:32 यो Play Timeline बटन हो, यसलाई क्लिक गरेमा डिस्प्ले प्यानलमा भिडियो चल्नेछ
07:40 यो प्ले बटनले VCR कन्ट्रोल Play बटन जस्तै काम गर्छ
07:46 Windows Movie Maker को थप जानकारीको लागि Movie Tasks प्यानलको Moving Making Tips विकल्प हेर्न सकिन्छ
07:57 मैले Windows Movie Maker स्क्रिनको बेसिक स्क्रिनको वर्णन गरेकी छुँ, अब Timeline मा फर्कौं र एउटा भिडियोमा एउटा भाग कसरी थप्ने वा हटाउने सिकौं
08:09 म यहाँ जूम इन् गर्नेछु, तपाईले एकचोटी भिडियो इम्पोर्ट गरेपछि यसलाई सुरु देखि प्ले गरि तपाईले सम्पादन गर्न चाहनुभएको भाग टिप्नुहोस
08:25 म यहाँ बाट केहि सेकन्ड भिडियो हटाउन चाहन्छु
08:30 त्यसैले म यहाँ फ्रेम हेड सार्नेछु, र क्लिप प्ले गर्नेछु
08:36 म यहाँ प्लेब्याक पज गर्नेछु किनभने यो मैले मेट्न चाहेको स्थानको सुरुवात हो
08:42 अब म Split बटनमा क्लिक गर्नेछु
08:46 याद गरौँ कि क्लिप अहिले यो स्थानमा टुक्रेको छ
08:50 म प्लेब्याक रिज्युम गर्नेछु र फेरि मैले मेट्न चाहेको भागको अन्त्यमा पज गर्नेछु
08:57 Split बटनमा फेरि क्लिक गरौँ, याद गरौँ क्लिप फेरि यो स्थानमा टुक्रेको छ
09:04 म यसलाई पछाडी सार्नेछु, अब म क्लिप मा क्लिक गरेर यसलाई छान्नेछु र किबोर्डको डिलिट बटन थिच्नेछु
09:15 याद गरौँ अर्को क्लिप अघि बढ्छ र अघिल्लो क्लिप को अन्त्यमा जोडिने छ
09:22 Movie Maker ले भिडियो निरन्तर होस् भनेर यो आफैं गर्छ
09:27 सधै सम्झौं, जब तपाइले एउटा भिडियो मेट्नुहुनेछ, भिडियो संगै अडियो पनि मेटिनेछ
09:35 यसरी, तपाई भिडियोको एक भाग मेट्न सक्नुहुन्छ
09:39 अब म एउटा भइरहेको भिडियोमा कसरी थप क्लिप थप्ने भनि देखाउनेछु
09:44 मसंग एउटा सानो क्लिप छ जुन मेरो भिडियोमा समावेस गर्न चाहनुहुन्छ
09:49 त्यसैले, म यसलाई Import Video मा क्लिक गरि Collection मा इम्पोर्ट गर्नेछु
09:55 यो मैले इम्पोर्ट गर्न चाहेको फाईल हो, त्यसैले म यसलाई छान्ने छु र इम्पोर्ट बटनमा क्लिक गर्नेछु
10:03 क्लिप अहिले Collection प्यानलमा इम्पोर्ट हुदैछ
10:08 क्लिप अहिले Collection प्यानलमा देखापर्छ
10:12 म क्लिपमा क्लिक गरेर यो छान्नेछुँ, र यसलाई तानेर यसलाई टाइमलाइनमा चाहेको स्थानमा राख्नेछुँ
10:19 म माउस बटन छोड्नेछु र हालको स्थानमा मेरो क्लिप थपिने छ
10:27 याद गरौँ टाइमलाइनमा तपाई एउटा नयाँ क्लिप, अर्को क्लिपको सुरुमा वा अन्त्यमा मात्र थप्न सक्नुहुन्छ, बीचमा होइन
10:36 यदि तपाई बीचमा थप्न चाहनुहुन्छ भने तपाईले टाइमलाइनमा क्लिपलाई टुक्राउनुपर्छ र त्यहाँ नयाँ क्लिप थप्नुपर्छ
10:44 यसरी, तपाई एउटा भिडियोमा नयाँ भाग थप्न सक्नुहुन्छ,यो प्रक्रियालाई दुई वा बढि भिडियोहरु जोड्न प्रयोग गर्न सकिन्छ
10:52 अर्को मैले देखाउन चाहेको बिशेषता भनेको कसरी एउटा क्लिप वा क्लिपको भागको लम्बाई कसरी बढाउने हो
11:01 यो बिशेषत डबिंग गर्दा उपयोगी हुन्छ
11:04 कहिलेकाहीँ एउटा डबिंग गरिरहेको भाषामा वर्णन गर्न मूल भाषाको भिडियो भन्दा बढि शब्दहरु चाहिन सक्छ
11:13 त्यस्तो अवस्थामा, अडियोसँग मिलाउन भिडियो क्लिपको समय बढाउन पर्ने हुनसक्छ
11:21 तपाईले बढाउन चाहनुभएको भाग, मेट्न अपनाइने प्रकियाहरु अपनाई छानौं
11:29 म यो देखाउने छुँ, म यो फ्रेम हेड यहाँ सार्दैछुँ – भिडियो यहाँ टुक्राउ – प्ले र पज – भिडियो फेरी टुक्राउ
- क्लिप गरिएको भाग छानौं – राइट क्लिक गरौँ र Copy छानौं- फ्रेम हेडलाई तपाईले चाहेको स्थानमा सार्नुहोस- राइट क्लिक र Paste छानौं
11:56 वैकल्पिक रुपमा कपि गर्न CTRL+C र पेस्ट गर्न CTRL+V गरौँ, यो तरिकाले मैले क्लिपलाई चाहेको सेकन्ड संख्याले बढाएकी छुँ
12:08 जहिले एउटा क्लिपलाई एउटा लामो समयमा लम्बाउनु राम्रो हुन्छ अनि सम्पादनको अन्त्यमा तपाईलाई नचाहिने भाग काटेर फालौं
12:18 माउस नसारिकन एउटा भाग छानौं नत्र भने पेस्ट गरिएको स्थानमा पनि माउसको चाल दोहोरिनेछ
12:27 यसले दर्शकलाई भ्रमित पार्न सक्छ
12:29 ल, यो एउटा कुरो हो जुन हामीले भिडियो बढाउन कपि र पेस्ट गर्दा ध्यान दिनुपर्छ
12:38 यसले Windows Movie Maker को सामान्य सम्पादनका बिशेषताहरु समाबेश गर्छ
12:43 त्यसैले यी बिशेषताहरु तपाइको भिडियो सम्पादन गर्न प्रयोग गर्नुहोस्
12:49 अगाडी उल्लेख गरे जस्तै, तपाई एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने टुटोरियल हेर्न चाहनुहुन्छ होला
12:57 एकचोटी तपाई आधारभूत डबिंग र एडिटिंगसँग परिचित भएपछि, तपाई कसरी केहि रमाइला भिडीयो इफेक्ट थप्ने, टाइटल वा क्रेडिट र तपाइको भिडियोमा अडियो वा म्युजिक पनि हाल्न चाहनुहुन्छ होला
13:13 दर्शकले हाम्रो साइट www.spoken-tutorial.org पनि हेर्न चाहनुहुन्छ होला, यो साइटमा सबै अपरेटिंग सिस्टममा स्पोकन टुटोरियलहरु बनाउने सम्पादन गर्ने र डबिंग गर्ने जानकारीहरु रहेका छन
13:32 आशा गरौँ तपाईलाई यो जानकारी उपयोगी हुनेछ, कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार र सहभागिताको लागि धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble