Linux/C2/File-System/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:34, 14 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search




Time Narration
0:00 लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत छ ।
0:04 म उबुन्टु .04 प्रयोग गर्छु ।
0:07 हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ ।
0:13 यदि ईच्छा भएमा http://spoken-tutorial.org मा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ ।
0:25 यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ ।
0:28 नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् ।
0:36 लिनक्समा लगभग सबै कुरा फाईल हो ।
0:39 फाईल भनेको के हो त ? फाईल भनेको डकुमेन्टस् र कागजहरु साचेर राख्ने ठाउँ हो ।
0:47 लिनक्समा फाईल भनेको जानकारी साचेर राख्ने भाडो हो ।
0:53 डिरेक्टरी भनेको के हो ?
0:56 डिरेक्टरी भनेको फाईलहरु र अरु सब- डिरेक्टरीहरुको संग्रह हो ।
1:02 डिरेक्टरीले हाम्रो फाईलहरुलाई व्यवस्थित बनाएर राख्न मद्त्त गर्दछ ।
1:08 यो विन्डोजको फोल्डर जस्तै हो ।
1:12 यसले हरेक युजरहरुलाई आफ्नै फाईलहरु भएको डिरेक्टरी राख्न दिन्छ जुन अरुले हेर्न वा बदल्न सक्दैन ।
1:20 यदि डिरेक्टरीहरु न हुने हो भने सिस्टममा भएको सबै फाईलहरुको छुट्टाछुट्टै नाम हुनुपर्छ जुन गर्न अत्यन्त गाह्रो हुन्छ ।
1:31 फाईल र डिरेक्टरीहरुको परिभाषाहरुले केही बताएतापनि ति सबै सटिक छैनन् ।
1:42 फाईलको नाम तथा प्रोपर्टीज वा एडमिनिस्ट्रेटिभ ईन्फरमेशन हुन्छ जस्तै फाईल जन्मेको वा परिवर्तन गरेको मिति र यसको प्रर्मिशन।
1:55 यी प्रोपर्टीहरु फाईलको ईनोड जुन फाईल सिस्टमको विषेश डाटा हो। यसमा फाईलको लम्बाई र फाईल डिस्कको कुन भागमा छ आदि जानकारी हुन्छ ।
2:08 सिस्टमले फाईल ईनोडको नम्बर प्रयोग गर्दछ । डायरेक्टरी संरचनाले फाईलको नाम राख्छ किनकि हामीलाई ठूलो संख्या भन्दा नाम सम्झन सजिलो हुन्छ ।
2:23 साधारण परिभाषा विपरित डायरेक्टरीले अरु फाईल साचेर राख्दैन। यो आफै एउटा फाईल हो जसले अरु फाईलको ईनोड संख्या र नाम साचेर राख्छ ।
2:37 वास्तवमा लिनक्समा तीन प्रकारका फाईलहरु हुन्छन् ।
2:41 1 रेगुलर फाईलहरु वा अर्डिनेरि फाईलहरु : यसमा डाटा वा अक्षरहरुको स्टिर्म हुन्छ ।
2:48 2 डिरेक्टरीज : पहिलेको स्लाईडमा हेरे जस्तै ।
2:52 3 डिभाईस फाईल : लिनक्समा सबै हार्डवेयर डिभाईस र पेरिफेरल्स् फाईलहरुको रुपमा हुन्छ ।
2:59 लिनक्समा CD, हार्डडिस्क, युएसबि स्टिक सबै फाईल हुन्छन् । यो किन यस्तो हो त ? किनकि यसले साधारण फाईलहरु जस्तै यी उपकरणहरुलाई पढ्न र लेख्न दिन्छ ।
3:15 लिनक्समा सबै फाईलहरु एउटा परिवार जस्तै एकअर्का संग सम्बन्धित हुन्छन् ।
3:22 केही फाईल र सबडिरेक्टरीको डिरेक्टरीसंग आमाबुबा - बच्चा सम्बन्ध हुन्छ । यसले लिनक्स फाईल सिस्टम ट्री लाई जन्म दिन्छ ।
3:34 सबैभन्दा माथि root(frontslash / ले जनाउने) हुन्छ । यसमा अरु सबै फाईलहरु र डिरेक्टरीहरु हुन्छन् ।
3:42 यसले हामीलाई सहि पाथ थाहा भएको खण्डमा, एउटा फाईल वा डिरेक्टरीबाट अर्कोमा जान सजिलो बनाउँछ ।
3:51 हामी लिनक्स फाईल सिस्टममा काम गर्दै जादाँ यहि ट्री संग लागिराखेको हुन्छौ ।
3:56 एउटा कमान्डले हामी एउटा ठाउँबाट अर्कोमा जान सक्छौ ।
4:01 रमाईलो सुनिन्छ!! हामी देख्छौ यो यस्तै छ ।
4:05 जब हामी लिनक्स सिस्टममा लगईन गर्दछौ, तब डिफ्ल्टले नै होम डिरेक्टरी पुग्छौ ।
4:11 टर्मिनलमा जानुहोस् ।
4:13 उबुन्टुमा Ctrl+alt+T ले टर्मिनल खोल्न मदत्त गर्छ ।
4:17 यो कमान्ड सबै unix सिस्टममा काम नगर्न सक्छ । टर्मिनल खोल्ने साधारण तरिका अर्को स्पोकन टिउटोरियलमा देखाइएको छ ।
होम डिरेक्टरीमा जान कमान्ड प्रोम्पटमा टाइप गर्नुहोस्
"echo space dollar H-O-M-E in capital" र इन्टर थिच्नुहोस् ।
4:40 यसले हाम्रो होम डिरेक्टरीको पाथनेम दिन्छ ।
4:44 हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ ।

4:47 तर एक समयमा हामी एउटा डिरेक्टरी मात्र हुन्छौ जसलाई करेन्ट डिरेक्टरी वा वर्किङ डिरेक्टरी भनिन्छ । अब स्लाईड्समा जानुहोस् ।
4:56 pwd कमान्डले करेन्ट डिरेक्टरी देखाउछ । pwd भनेको present working directory हो ।
5:03 कमान्ड प्रोम्पटमा "pwd" टाईप गरि इन्टर थिच्नुहोस् । यो हाम्रो present working directory हो ।
5:13 हामीले भनेका थियौ कि हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ ।
5:17 तर यो कसरी गर्ने ? यसको लागि हामी संग cd कमान्ड छ ।
5:22 यसका लागि कमान्ड cd, त्यसपछि जान लागेको डिरेक्टरीको पाथनेम टाइप गर्नुहोस् ।
5:28 फेरि हाम्रो करेन्ट डिरेक्टरी हेर्न कमान्ड प्रोम्पटमा pwd टाइप गरि इन्टर थिच्नुहोस् ।
5:37 अब हामी यो डिरेक्टरीमा छौ ।
अब भनौ हामीलाई स्लयास usr डिरेक्टरीमा जानपर्यो । टाइप
"cd space slash usr" याद गर्नुहोस् लिनक्समा slash भनेको front slash हो । इन्टर थिच्नुहोस् ।
5:56 अब हाम्रो करेन्ट डिरेक्टरी हेरौ । pwd टाइप गरि इन्टर थिच्नुहोस् ।
6:03 हामी slash usr directory मा पुगि सक्यौ ।
6:08 यहाँ समस्या के छ भने पाथनेमहरु धेरै लामो हुन्छ किनकि यिनीहरु एबसुलुट पाथनेम हुन् जसले रुट डिरेक्टरीबाट शुरु पुरै पाथ देखाउछ ।
6:18 यसको साटो हामी रिलेटिभ पाथनेमहरु प्रयोग गर्न सक्छौ जुन करेन्ट डिरेक्टरीबाट शुरु हुन्छ ।
हामीलाई दुईवटा स्पेशल क्यारेक्टर्स थाहा हुनुपर्छ
डट जसले करेन्ट डिरेक्टरी देखाउछ र डट डट जसले हालको डिरेक्टरीको प्यारेन्ट डिरेक्टरी।
6:36 अब cd कमान्डको बारेमा छोटो छलफल गरौ ।
6:40 कुनै आर्गुमेन्ट नराखेको cd कमान्डले होम डिरेक्टरीमा पुर्याउछ ।
6:46 कमान्ड प्रोम्पटमा "cd" टाइप गरि इन्टर थिच्नुहोस् ।
6:51 pwd कमान्ड राखि करेन्ट डिरेक्टरी जाचँ गर्नुहोस् ।
अब हामी होम डिरेक्टरीमा छौ ।

/home/gnuhata [ narration- slash home slash gnuhata ]
7:01 अब म्युजिक डिरेक्टरीमा जाउँ । कमान्ड प्रोम्पटमा "cd space Music(M in capital) slash" टाइप गरि इन्टर गर्नुहोस् ।
7:13 pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस्। pwd र इन्टर थिच्नुहोस् । हेर्नुस् हामी /home/gnuhata/Music मा छौ ।
7:26 अब म्युजिकबाट प्यारेन्ट डिरेक्टरीमा जाउँ । यसकालागि cd कमान्ड संग डट डट प्रयोग गर्नुहोस् ।
7:33 कमान्ड प्रोम्पटमा cd स्पेस डट डट टाईप गरि इन्टर थिच्नुहोस् ।
7:40 अब pwd टाइपगरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी फेरी /home/gnuhata मा छौ ।
7:51 अब फेरि डट प्रयोग गरि करेन्ट डिरेक्टरीको सब-डिरेक्टरीमा जाउँ ।
7:58 कमान्ड प्रोम्पटमा cd स्पेस dot slash डकुमेन्टस् (D in capital) slash टाइप गरि इन्टर गर्नुहोस् ।
8:09 pwd टाइप गरि करेन्ट डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata/Documents मा छौ ।
8:19 control L थिचेर म स्क्रिन सफा गर्छु । तपाई सफा देख्न सक्नु हुन्छ ।
cd कमान्ड प्रयोग गरेर होम डिरेक्टरीमा फिर्ता जानुहोस् ।
cd टाइप गरि इन्टर गर्नुहोस् ।
8:32 pwd कमान्ड प्रयोग गरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata मा छौ ।
8:41 रिलेटिभ पाथमा हामी जति पनि [narration - dot dot] ले छुट्टाएको / [narration- slash] प्रयोग गर्न सक्छौ ।
8:47 यस स्लाईडमा हामी फाईल सिस्टम हाइआर्कि देख्न सक्छौ । रुट वा / सबैभन्दा माथि हुन्छ । त्यसपछि root मुनि होम र बिन सब-डिरेक्टरी हुन्छ । यहाँ gnuhata नाम गरेको डिरेक्टरी होमको सब-डिरेक्टरी हो ।
9:05 अब हामी /home/gnuhata मा छौ । तर बिन डिरेक्टरीमा कसरी जाने ?
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"cd space dot dot slash dot dot slash bin" र इन्टर थिच्नुहोस् ।
pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस् ।
हामी /bin [narration - slash bin]मा छौ ।
9:30 पहिलो [narration-dot dot] ले /home/gnuhata [narration - slash home slash gnuhata] बाट /home [narration - slash home] मा लग्छ । । ९:३७ । अर्को ले /home to root मा लग्दछ ।
9:43 अब / or root बाट हामी /bin directory मा पुग्छौ ।
9:48 सीडि कमान्ड प्रयोग गरि होम डिरेक्टरीमा फर्ता जानुहोस् ।
9:52 नयाँ डिरेक्टरी बनाउन mkdir कमान्ड प्रयोग गर्नुहोस् ।
9:56 तपाईले कमान्ड र बनाउनु पर्ने डिरेक्टरीको नाम टाईप गर्नुपर्छ। करेन्ट डिरेक्टरी मुनि नयाँ डिरेक्टरी बन्छ ।
10:04 testdir नाम गरेको डिरेक्टरी बनाउन " mkdir space testdir" कमान्ड टाईप गरि इन्टर गर्नुहोस् ।
10:15 यसले testdir डिरेक्टरी बनाउछ ।
10:19 याद गर्नुहोस् कि डायरेक्टरी बनाएको वा हटाएको कुनै सुचना आउदैन ।
10:25 यदि कुनै ईरर् म्यासेज आएनभने सफलता साथ काम भएको बुझिन्छ ।
10:30 हामी रिलेटिभ वा एबसुलुट पाथनेम प्रयोग गरि ट्री को जहाँपनि डिरेक्टरी बनाउन सकिन्छ । यसका लागि हामी संग पर्मिसन हुनुपर्छ र त्यो नामको अरु फाईल हुनुहुदैन ।
10:43 यो तरिकाबाट थुप्रै डिरेक्टरीहरु वा डिरेक्टरीको हाईआर्कि बनाउन सकिन्छ ।
10:49 "mkdir space test1 space test2 टाईप गरि इन्टर थिच्नुहोस्। यसले हालको डिरेक्टरीको मुनि test1 र test2 नाम गरेको दुईवटा डिरेक्टरी बनाईदिन्छ ।
11:06 "mkdir space testtree space testtree slash test3" टाईप गर्नुहोस् ।
11:20 यसले testtree नाम गरेको डिरेक्टरी र यस्को मुनि test3 नाम गरेको सब-डिरेक्टरी बनाईदिन्छ ।
11:28 हामीले testdir,test1,test2 र testtree नाम गरेको चारवटा डिरेक्टरीरु बनाई सकेका छौ। यी मध्ये शुरुको तीनवटा खालि छन् भने अन्तिमकोमा test3 नाम गरेको सब-डिरेक्टरी छ ।
11:47 mkdir जस्तै mkdir कमान्डले एउटा वा धेरै डिरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ ।
11:56 "rmdir space test1" कमान्डले test1 डिरेक्टरीलाई हटाइदिन्छ ।
12:09 तपाई ओनर भएमात्र directory लाई हटाउन मिल्छ। अहिलेको डिरेक्टरी क्रम अनुसार हटाउन लागिएको डिरेक्टरी माथि छ र डिरेक्टरी खाली छ ।
अब कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"cd space testtree slash test3"

12:35 अब हामी test3 डिरेक्टरीमा छौ जुन testtree को सब-डिरेक्टरी हो ।
12:42 testdir डिरेक्टरीलाई हटाउन "rmdir space testdir ' टाईप गरि इन्टर गर्नुहोस् ।
12:55 हामी हेर्छे कि यो गर्न सकिन्न किनभने हालको डिरेक्टरी हटाउन लागेको डिरेक्टरीको माथि छैन ।
13:02 त्यसैले हामी टेस्टडिर डिरेक्टरीको माथिको डिरेक्टरीमा जानुपर्छ ।
13:08 " cd space dot dot " टाईप गरि इन्टर थिच्नुहोस् ।
13:14 " cd space dot dot " कमान्ड टाईप गरि प्यारेन्ट डिरिक्टरीमा जानुहोस् ।
13:20 फेरी अघिको कमान्ड प्रयोग गर्नुहोस् ।
13:24 "rmdir space testdir" टाईप गरि इन्टर थिच्नुहोस् ।
13:30 testdir डिरेक्टरी सफलताका साथ हट्यो । याद गर्नुहोस् कि testdir डिरेक्टरीपनि खालि थियो ।
13:38 एकै पल्ट धेरै डिरेक्टरीहरु वा डिरेक्टरीहरुको अनुक्रमलाई हटाउन सकिन्छ । अब testtree डिरेक्टरी संगै test3 सब-डिरेक्टरीलाई पनि हटाउने प्रयास गर्नुहोस् ।
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"rmdir space testtree space testtree slash test3" इन्टर थिच्नुहोस् ।
14:02 हेर्नुस्, यसले 'testree' डिरेक्टरी हटाउन नमानि ईरर् म्यासेज देखाउछ किनभने testtree खाली छैन ।
14:11 तर याद गर्नुहोस् testtree/test3 चाहिं खाली भएको कारणले हट्यो ।
14:19 त्यो जाचँ गर्न कमान्ड प्रोम्पटमा " cd space testtree " टाईप गरि इन्टर गर्नुहोस् ।
14:27 अब "ls" टाईपगरि इन्टर थिच्नुहोस् । डाईरेक्टरीमा केही पनि छैन । test3 हटिसक्यो ।
14:36 यस लिनक्स टिउटोरियलमा हामीले लिनक्स फाईलहरु र डिरेक्टरीहरु, लिनक्स डिरेक्टरीहरु संग काम गर्न सिक्यौ । फाईल र डिरेक्टरी हेर्न, अगाडी-पछाडि जाने, तिनलाई हटाउने आदि पनि सिक्यौ ।
14:49 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
15:03 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
15:08 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

Gaurav, Mandira, Pratik kamble, Udaya