Linux/C2/File-System/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिनक्स फाइल सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:04 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
00:07 हामी मान्छौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने ज्ञान छ र कमान्डको आधारभूत जानकारी छ
00:13 यदि तपाई इच्छुक हुनुहुन्छ भने यो अर्को स्पोकन ट्युटोरीयलमा उपलब्ध छ,वेबसाइट हो:http://spoken-tutorial.org
00:25 यो पनि ध्यान दिनुहोस कि लिनक्स केस सेन्सिटिभ हुन्छ
00:28 यो ट्युटोरीयलमा नभनेसम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छ
00:36 लिनक्समा सबैकुरा एउटा फाइल हुन्छ
00:39 त्यसोभए फाइल के हो? वास्तविक रुपमा फाइल एउटा स्थान हो जहाँ हाम्रो डकुमेन्टहरु र पेपरहरु रहन्छन
00:47 यसैगरी, लिनक्समा एउटा फाइल सूचना भण्डार गर्ने भाडो हो
00:53 अब, डाइरेक्टरी के हो त?
00:56 एउटा डाइरेक्टरीलाई एउटा फाइलहरु र अन्य सब डाइरेक्टरीहरुको समूह भनि बुझ्न सकिन्छ
01:02 डाइरेक्टरीले हाम्रो फाइलहरु एउटा व्यवस्थित तरिकाले राख्न सहयोग गर्छ
01:08 यो हामीले विन्डोजमा फोल्डर भने जस्तै हो
01:12 यसले बिभिन्न युजरलाई उनीहरुको फाइलहरु सहितको आफ्नै डाइरेक्टरी बनाउन र अरुले प्रयोग गर्ने र हेरफेर गर्न नसक्ने बनाउन दिन्छ
01:20 र त्यहाँ केहि डाइरेक्टरी छैन भने सिस्टममा भएका सबै फाइलहरुको भिन्न नाम हुनुपर्छ, जुन सम्हाल्न धेरै गाह्रो हुन्छ
01:31 यी फाइल र डाइरेक्टरीका परिभाषाहरु तिनीहरुका बारेमा जान्न पुग्ने भएपनि, यी पुरै सहि छैन
01:42 साथै यसका सामग्रीहरु,एउटा फाइलको नाम र केहि बिशेषता वा “प्रशासकीय सूचना”; भन्नाले फाइल बनेको/बदलेको मिति र यसका अनुमतिहरु छन
01:55 बिशेषताहरु फाइलको inodeमा भण्डार गरिन्छ,जहाँ फाइल सिस्टमको बिशेष डाटाको ब्लक छ जसमा फाइलको लम्बाई र यो डिस्कमा कहाँ भण्डार भएको छ भन्ने जानकारी पनि छ
02:08 सिस्टमले फाइल इनोडको नम्बर प्रयोग गर्छ; डाइरेक्टरी संरचनाले हाम्रो फाइदाको लागि फाइलको नाम दिन्छ किनकि ठूला नम्बरहरु भन्दा नाम सम्झिन सजिलो बनाउछ
02:23 यो धेरै नै सामान्य बनाईएका परिभाषा बिपरित, एउटा डाइरेक्टरीले खासमा अन्य फाइल सेभ गर्दैन, यसले खाली इनोड नम्बरहरु र अन्य फाइलको नाम राख्छ
02:37 वास्तवमा लिनक्समा तीन प्रकारका फाइल छन:
02:41 १सामान्य फाइलहरु: यसमा अक्षरहरुको प्रवाहको रुपमा डाटा मात्र हुन्छ
02:48 २ डाइरेक्टरीहरु:हामीले पहिलेको स्लाइडमा देखे जस्तै
02:52 ३ डिभाइस फाइलहरु: लिनक्समा सबै हार्डवेयर यन्त्र र अन्य सबै फाइलको रुपमा प्रस्तुत गरिन्छ
02:59 एउटा CD, एउटा हार्डडिस्क वा एउटा usb स्टिक, सबै लिनक्समा एउटा फाइल हो, तर यो किन यस्तो? यसले हामीलाई यी डिभाइसहरुमा सामान्य फाइलहरुमा जस्तै लेख्न र पढ्न सघाउछ
03:15 लिनक्समा सबै फाइलहरु सम्बन्धित हुन्छन, छोटकरीमा भन्दा सबैले हामीले जस्तै एउटा परिवार बनाउछन
03:22 मानौं एउटा डाइरेक्टरी जसमा केहि फाइलहरु वा सब डाइरेक्टरीहरु छन्,यसमा एक अर्कासंग प्यारेन्ट-चाइल्ड सम्बन्ध हुनेछ, यसले लिनक्स फाइल सिस्टम ट्री लाई जन्माउछ
03:34 माथि रुट हुन्छ (/स्ल्याशले जनाईएको हुन्छ), यसमा अन्य सबै फाइलहरु र डाइरेक्टरी हुन्छ
03:42 यदि हामीलाई सहि पाथ थाहा छ भने यसले एउटा फाइल वा डाइरेक्टरीबाट अर्कोमा जान पनि सघाउछ
03:51 हामी लिनक्स फाइल सिस्टममा काम गर्दै जादा,लाग्छ कि हामी यो ट्री अनुरुप चलिरहेका छौं
03:56 एउटा कमाण्ड र तपाई एक ठाउँबाट अर्कोमा पुग्नुहुन्छ
04:01 सुन्दा रमाइलो छ! वास्तबमै यो छ!! हामी हेर्नेछौं
04:05 जब हामी लिनक्स सिस्टममा लगिन गर्छौं , डिफल्टमा हामी होम डाइरेक्टरीमा हुन्छौं
04:11 अब, टर्मिनलमा जाउँ
04:13 Ctrl+alt+T ले उबुन्टुमा टर्मिनल सुरु गर्छ
04:17 यो कमाण्डले सबै युनिक्स सिस्टममा काम नगर्न सक्छ, टर्मिनल खोल्ने सामान्य प्रकृया अर्को स्पोकन ट्युटोरीयलमा पहिले नै बर्णन गरिएको छ
04:27 होम डाइरेक्टरी हेर्न, कमाण्ड प्रम्प्टमा यो टाइप गर्नुहोस "echo स्पेस डलर क्यापिटलमा H-O-M-E" र इन्टर थिच्नुहोस
04:40 यसले हाम्रो होम डाइरेक्टरीको पाथनेम दिन्छ
04:44 हामी एक डाइरेक्टरीबाट अर्कोमा जान सक्छौं
04:47 तर कुनै पनि समयमा हामी एउटा डाइरेक्टरीमा हुन सक्छौं र यसलाई करेन्ट डाइरेक्टरी वा वर्किंग डाइरेक्टरी भनिन्छ, अब स्लाइडमा फर्कौं
04:56 pwd कमान्डले करेन्ट डाइरेक्टरी हेर्न मद्दत गर्छ, pwd को मतलब प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
05:03 कमाण्ड प्रम्प्टमा "pwd" कमाण्ड इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस्, अब यो हाम्रो प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
05:13 हामीले एक डाइरेक्टरी देखि अर्कोमा जान सक्छौं भनेका थियौं
05:17 तर यो कसरी गर्ने ? यसको लागि हामी cd कमाण्ड प्रयोग गर्नेछौं
05:22 तपाइले तपाई जान चाहनुभएको डाइरेक्टरिको पाथनेम सहित cd कमाण्ड टाइप गर्नुपर्छ
05:28 अब, प्रम्प्टमा pwd टाइप र इन्टर गरि हाम्रो करेन्ट डाइरेक्टरी हेरौं
05:37 हामी यो डाइरेक्टरीमा काम गर्दैछौं
05:41 अब, मानौं हामी स्ल्यास usr डाइरेक्टरीमा जान चाहन्छौं, अब,टाइप गरौँ "cd स्पेस स्ल्याश usr" ,यहाँ स्ल्याश भन्नाले अघिल्लो स्ल्याश बुझिन्छ र इन्टर गर्नुहोस
05:56 अब, हाम्रो हालको डाइरेक्टरी हेरौं, pwd टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
06:03 अ, हामी स्ल्यास usr डाइरेक्टरीमा पुगेका छौं
06:08 यहाँ समस्या के हो भने पाथनेम धेरै लामो हुनसक्दैन, यो किनभने यिनीहरु Absolute Pathnames हुन् जसले पुरै रुट डाइरेक्टरी देखि सुरु हुने पाथ देखाउछ
06:18 बदलामा हामी करेन्ट डाइरेक्टरीबाट सुरु हुने रिलेटिभ पाथनेम प्रयोग गर्न सक्छौं
06:23 यहाँ, हामीले दुई बिशेष अक्षरहरु थाहा पाउनुपर्छ डटजसले करेन्ट डाइरेक्टरी जनाउछ र डट डट जसले करेन्ट डाइरेक्टरीको प्यारेन्ट डाइरेक्टरी जनाउछ
06:36 अब, cd कमाण्डको बारेमा केहि जानकारी लिउँ
06:40 कुनै अर्गुमेंट बिनाको cd कमाण्ड होम डाइरेक्टरीमा फर्कन प्रयोग गरिन्छ
06:46 कमाण्ड प्रम्प्टमा "cd" टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
06:51 अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं
06:55 हामी हाम्रो होम डाइरेक्टरीमा फर्केका छौं /home/gnuhata [होम स्ल्याश gnuhata]
07:01 अब, म्युजिक डाइरेक्टरीमा जाऊ, कमाण्ड प्रम्प्टमा "cd स्पेस Music(M क्यापिटलमा) स्ल्याश" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस
07:13 अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस्, pwd र इन्टर गर्नुहोस, हेर्नुहोस कि हामी /home/gnuhata/Music मा पुगेका छौं
07:26 म्युजिकबाट प्यारेन्ट डाइरेक्टरीमा जाऊ, यसको लागि तपाइले cd कमाण्ड डट डट सहित प्रयोग गर्नुपर्छ
07:33 कमाण्ड प्रम्प्टमा cd स्पेस डट डट टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
07:40 अब, pwd टाइप गरि प्रेजेन्ट डाइरेक्टरी जाच्नुहोस हामी फेरि /home/gnuhataमा छौं
07:51 अब डट प्रयोग गरि करेन्ट डाइरेक्टरीबाट यसको एउटा सबडाइरेक्टरीमा जानुहोस्
07:58 कमाण्ड प्रम्प्टमा cd स्पेस डट स्ल्याश Documents(D क्यापिटलमा) स्ल्याश टाइप गर्नुहोस्, इन्टर थिच्नुहोस
08:09 pwd टाइप गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, हामी /home/gnuhata/Documentsमा छौं
08:19 कन्ट्रोल L थिची स्क्रिन सफा पार्नुहोस्, अब तपाई राम्ररी देख्न सक्नुहुन्छ
08:23 cd कमाण्ड प्रयोग गरि होम डाइरेक्टरीमा फर्कौं cd टाइप गरौँ र इन्टर थिचौं
08:32 फेरि pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं,हामी /home/gnuhata मा फर्केका छौं
08:41 हामी रिलेटिभ पाथमा /स्ल्याशले छुट्ट्याएको कुनै पनि संख्याको डट डट जोड्न सक्दैनौं,
08:47 यो स्लाइडमा,तपाई फाइल सिस्टम हाइर्यार्की देख्न सक्नुहुन्छ,रुट वा / माथि छ,होम र बिन रुट भित्रको दुई सब डाइरेक्टरी हुन्,युजरनेम, यहाँ डाइरेक्टरीको नाम gnuhata होम भित्रको सब डाइरेक्टरी हो
09:05 अब, हामी /home/gnuhataमा छौं,हामी अब, बिन डाइरेक्टरीमा कसरी जान सक्छौं?
09:12 कमाण्ड प्रम्प्टमा "cd स्पेस डट डट स्ल्यास डट डट स्ल्यास बिन"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
09:23 pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस,हामी /bin [स्ल्यास बिन डाइरेक्टरीमा छौं]
09:30 पहिलो डट डट ले हामीलाई स्ल्याश होम स्ल्याश gnuhata बाट स्ल्याश होममा लैजान्छ
09:37 अर्को हामीलाई स्ल्याश होमबाट रुटमा लैजान्छ
09:43 अब, स्ल्याश वा रुटबाट, हामी स्ल्याश बिन डाइरेक्टरीमा सरेका छौं
09:48 cd कमाण्ड प्रयोग गरि हाम्रो होम डाइरेक्टरीमा फर्कनुहोस
09:52 एउटा डाइरेक्टरी बनाउन हामी mkdir कमाण्ड प्रयोग गर्छौं
09:56 तपाइले कमाण्ड र बनाउनु पर्ने डाइरेक्टरीको नाम टाइप गर्नुपर्छ र करेन्ट डाइरेक्टरी भित्र एउटा नयाँ डाइरेक्टरी बन्नेछ
10:04 testdir नामक डाइरेक्टरी बनाउन, कमाण्ड "mkdir स्पेस testdir" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
10:15 यसले सफलतापुर्बक testdir डाइरेक्टरी बनाउछ
10:19 याद गर्नुहोस कि त्यहाँ डाइरेक्टरी सफलतापुर्बक बनाएको र हटाएको कुनै स्पष्ट जानकारी हुदैन
10:25 यदि तपाइले कुनै गल्तिको संदेश पाउनु भएन भने, यसले एक्जिक्युसन् सफलतापुर्बक भएको जनाउछ
10:30 हामी डाइरेक्टरी बनाउन ट्री भित्र कहिँ पनि रिलेटिभ र अब्सोलुट पाथनेम प्रयोग गर्न सक्छौं, यदि हामीसंग त्यसो गर्ने अनुमति छ र सोहि नामको डाइरेक्टरी पहिले नै छैन भने
10:43 यो प्रक्रियाले बढि डाइरेक्टरी वा अझ डाइरेक्टरीहरुको हाईर्यार्की पनि बनाउन सकिन्छ
10:49 "mkdir स्पेस test1स्पेस test2टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, यसले प्रेजेन्ट डाइरेक्टरी भित्र test1 रtest2 नामक दुई डाइरेक्टरीहरु बनाउछ
11:06 "mkdir स्पेस testtree स्पेस testtree स्ल्याशtest3"टाइप गर्नुहोस्
11:20 यसले testtreeनामक एउटा डाइरेक्टरी र अर्को testtreeभित्र test3सब डाइरेक्टरी बनाउछ
11:28 ल, हामीले करेन्ट डाइरेक्टरीमा चार डाइरेक्टरीहरु बनाएका छौं, नामत: testdir,test1,test2 र testtree , तीमध्ये पहिलो तीन खाली छन् र अन्तिममा एउटा test3नामक सब डाइरेक्टरी छ
11:47 mkdir जस्तै rmdir कमाण्ड डाइरेक्टरी वा डाइरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ
11:56 कमाण्ड "rmdir स्पेस test1" ले सफलतापुर्बक test1डाइरेक्टरी हटाउछ
12:09 यदि तपाइले कुनै डाइरेक्टरी बनाउनुभएको छ भने मात्र तपाई यसलाई हटाउन सक्नुहुन्छ, डाइरेक्टरी हटाउन तपाइको करेन्ट डाइरेक्टरी हटाउने डाइरेक्टरीभन्दा क्रमको हिसाबले माथि हुनुपर्छ र त्यो खाली हुनुपर्छ
12:23 अब, कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree स्ल्यास test3"टाइप गर्नुहोस
12:35 हामी अहिलेtest3 डाइरेक्टरीमा छौं जुन testtree भित्रको सब डाइरेक्टरी हो
12:42 अब, "rmdir स्पेस testdir" कमाण्ड टाइप गरि testdir डाइरेक्टरी हटाऊ
12:55 हामी यो हुन नसकेको देख्छौं, किनभने करेन्ट डाइरेक्टरी हटाउन पर्ने डाइरेक्टरी भन्दा हाइर्यार्कीको हिसाबले माथि छैन
13:02 त्यसैले हामी testdir डाइरेक्टरी भन्दा हाइर्यार्कीको डाइरेक्टरीमा जानुपर्छ
13:08 "cd स्पेस डट डट" र इन्टर थिच्नुहोस्
13:14 अब, "cd स्पेस डट डट" टाइप गरि प्यारेन्ट डाइरेक्टरीमा फर्कौं
13:20 फेरि, अब पहिलेको कमाण्ड हेरौं
13:24 "rmdir स्पेस testdir"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
13:30 testdir डाइरेक्टरी सफलतापुर्बक मेटियो, याद गर्नुहोस, testdir डाइरेक्टरी पनि खाली थियो
13:38 धेरै डाइरेक्टरी वा एउटा डाइरेक्टरीहरुको हाइर्यार्की एकैचोटी हटाउन सकिन्छ, त्यसैले testtree डाइरेक्टरी यसको सबडाइरेक्टरी test3सहित मेटौं
13:48 कमाण्ड प्रम्प्टमा "rmdir स्पेस testtree स्पेस testtree स्ल्याश test3" टाइप गरौँ र इन्टर गरौँ
14:02 हेर्नुहोस कि यसले 'testree' डाइरेक्टरी हटाउन सकिदैन किनभने 'testree' खाली छैन भनि एरर मेसेज दिएको छ
14:11 तर तपाइले भुल्न सक्ने अर्को कुरा भनेको testtree/test3 मेटिएको छ किनकि यो खाली थियो
14:19 यो जाच्न,कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree"कमाण्ड टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
14:27 अब, "ls" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, हेर्नुहोस कि डाइरेक्टरीमा केहि छैन, त्यसैले test3 मेटिएको छ
14:36 ल, हामीले यो लिनक्स ट्युटोरीयलमा लिनक्स फाईहरु डाइरेक्टरीहरु, र कसरी लिनक्स डाइरेक्टरीहरुमा काम गर्ने भनि सिक्यौं, अब, तिनीहरुलाई हेर्नुहोस, एकअर्कोमा जानुहोस, बनाउनुहोस् र हटाउनुहोस
14:49 यसले हामीलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ
15:03 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
15:08 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, Pratik kamble, Udaya