Linux-Old/C2/Ubuntu-Software-Center/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:09, 15 December 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 उबुन्टु सफ्टवेयर सेन्टर स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामी उबुन्टु सफ्टवेयर सेन्टर कसरी प्रयोग गर्ने जान्ने छौं
00:09 उबुन्टु सफ्टवेयर सिस्टममा सफ्टवेयर डाउनलोड, इन्स्टल, अपडेट र अनइन्स्टल गर्न सिक्नेछौं
00:16 उबुन्टु सफ्टवेयर सेन्टर के हो?
00:18 यो उबुन्टु ओएसमा तपाईलाई सफ्टवेयरहरु ब्यबस्थापन गर्न दिने एउटा टूल हो
00:23 तपाई यो प्रयोग गरी एउटा सफ्टवेयर खोज्न, डाउनलोड, इन्स्टल, अपडेट वा अनइन्स्टल गर्न सक्नुहुन्छ
00:30 उबुन्टु सफ्टवेयर सेन्टरले प्रत्येक सफ्टवेयरको प्रतिक्रिया र रेटिंग पनि दिन्छ
00:36 यसरी तपाईले सफ्टवेयर प्रयोग गर्नु पहिले यसको जानकारी पाउनुहुन्छ
00:41 यसले सफ्टवेयरको हिस्ट्री रेकर्ड पनि राख्छ
00:45 यो स्पोकन ट्युटोरियलमा हामी उबुन्टु संस्करण ११.१० मा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गर्ने छौं
00:52 यो ट्युटोरियलमा अघि बढ्न,
00:54 तपाईसँग इन्टरनेट जडान हुनुपर्छ
00:56 सफ्टवेयर इन्स्टल गर्न तपाई एउटा सिस्टम एड्मिनिस्ट्रेटर वा एड्मिनिस्ट्रेटरको अधिकार भएको हुनुपर्छ
01:04 तपाईको लन्चरबाट, उबुन्टु सफ्टवेयर सेन्टर आइकनमा क्लिक गरौँ
01:08 उबुन्टु सफ्टवेयर सेन्टर विन्डो खुल्छ
01:12 माथि बायाँ विन्डोमा All Software, Installed र History बटनहरु देखिन्छन्
01:19 माथिको दायाँ कुनामा सर्च फिल्ड देखिन्छ
01:23 उबुन्टु सफ्टवेयर सेन्टर विन्डो दुई प्यानलहरुमा बिभिजित छन्
01:28 बायाँ प्यानलले सुचिकृत सफ्टवेयरको क्याटगरीहरु देखाउँछ
01:33 दायाँ प्यानलले What’s New र Top Rated देखाउँछ
01:38 What’s New प्यानलले भर्खरै रिलिज गरिएका सफ्टवेयरहरु सुचिकृत गर्छ
01:42 Top Rated प्यानलले सबैभन्दा धेरै युजर रेटिंग र बारम्बार डाउनलोड भएका सफ्टवेयरहरु सुचिकृत गर्छ
01:51 क्याटगरीको हिसाबले सफ्टवेयर ब्राउज गरौँ
01:55 बायाँ प्यानलमा Internet मा क्लिक गरौँ
01:58 इन्टरनेट सफ्टवेयरको एउटा सुची र इन्टरनेट क्याटगरिको लागि उच्च अंक प्राप्त सफ्टवेयरहरु देखाइएका छन्
02:05 केहि सफ्टवेयरहरुमा एउटा ठिक चिन्ह सहित एउटा वृत भएको याद गरौँ
02:10 यसको मतलब हाम्रो कम्प्युटरमा त्यो सफ्टवेयर पहिले नै इन्स्टल भएको छ
02:15 Internet क्याटगरी को थप सफ्टवेयरहरु हेर्न All आइकन क्लिक गरौँ
02:21 विन्डोमा इन्टरनेट क्याटगरीमा उपलब्ध सम्पूर्ण सफ्टवेयरहरु सुचिकृत छन्
02:26 हामी सफ्टवेयर By Name, By Top Rated वा By Newest First प्रयोग गरि क्रममा राख्न सक्छौं
02:32 माथि दायाँ कुनाको ड्रप-डाउनमा क्लिक गरौँ
02:36 सूचीबाट By Top Rated छानौं
02:40 इन्टरनेट सफ्टवेयरहरु रेटिंगको आधारमा क्रममा राखिएका छन्
02:45 तपाईको कम्प्युटरमा इन्स्टल भएका सफ्टवेयरहरुको पूर्ण सूची हेर्न
02:50 Installed बटनमा क्लिक गरौँ
02:53 सफ्टवेयर क्याटगरी देखाइएको छ
02:56 Sound and Video अगाडीको सानो त्रिकोणात्मक बटनमा क्लिक गरौँ
03:02 Sound and Video को लागि तपाईको कम्प्युटरमा इन्स्टल भएका सफ्टवेयरहरु देखापर्छन्
03:08 All Software क्लिक गरौँ र ड्रप-डाउनबाट Provided by Ubuntu छानौं
03:14 उबुन्टुबाट प्राप्त सम्पूर्ण सफ्टवेयरहरु सुचिकृत छन्
03:19 अब. सफ्टवेयर VLC media player इन्स्टल गरौँ
03:24 विन्डोको माथि दायाँ सर्च बक्समा टाइप गरौँ, VLC
03:29 VLC मिडिया प्लेयर देखिन्छ
03:33 अब Install क्लिक गरौँ
03:35 Authentication डाइलग बक्स देखापर्छ
03:38 सिस्टम पासवर्ड इन्टर गरौँ
03:42 Authenticate क्लिक गरौँ
03:44 VLC इन्स्टल भैरहेको जनाउने प्रगति बार हेरौं
03:50 इन्स्टल भैरहेको प्याकेजको नम्बर र साइज अनुसार इन्स्टल हुन केहि समय लाग्न सक्छ
03:57 प्रगति माथि रहेको बटनले पनि देखाउनेछ
04:02 इन्स्टलेसन हुन्जेल तपाई अन्य एप्लिकेसनहरु प्रयोग गर्न सक्नुहुन्छ
04:07 एकपटक VLC इन्स्टल भएपछि, VLC मा एउटा सानो ठिक चिन्ह हुन्छ
04:13 दायाँतिर Remove बटन देखिएको छ
04:17 यदि तपाई VLC अनइन्स्टल गर्न चाहनुहुन्छ भने Remove बटन क्लिक गर्नुहोस्
04:23 यसैगरी, तपाई अन्य सम्पूर्ण सफ्टवेयर प्याकेजहरु खोज्न र इन्स्टल गर्न सक्नुहुन्छ
04:29 अब हिस्ट्री हेरौं
04:31 यसले हामीलाई इन्स्टलेसन लगायत सम्पूर्ण परिवर्तनहरु हेर्न दिन्छ
04:37 अपडेट र सफ्टवेयरहरु हटाउन
04:40 History क्लिक गरौँ, हिस्ट्री डाइलग बक्स देखापर्छ
04:45 तपाई आफ्नो हिस्ट्री जाच्न All Changes, Installations, Updates, र Removals प्रयोग गर्न सक्नुहुन्छ
04:51 All Changes क्लिक गरौँ
04:53 सम्पूर्ण भएका परिवर्तनहरुको सूची मतलब इन्स्टलेसन, अपडेट र हटाउने कार्यहरु देखिन्छन्
05:01 तपाई नियमित रुपमा इन्स्टल गरिएका सफ्टवेयर पनि अपडेट गर्न सक्नुहुन्छ
05:07 तपाई उबुन्टु र उबुन्टु सफ्टवेयर सेन्टर सम्बन्धि थप जानकारी उबुन्टु वेबसाइटमा प्राप्त गर्न सक्नुहुन्छ
05:17 यसरी हामी यो उबुन्टु सफ्टवेयर सेन्टर ट्युटोरियलको अन्तमा आएका छौं
05:21 यो ट्युटोरियलमा हामीले उबुन्टु सफ्टवेयर सेन्टर कसरी प्रयोग गर्ने सिक्यौं
05:26 हामीले उबुन्टु अपरेटिंग सिस्टममा कसरी सफ्टवेयर डाउनलोड, इन्स्टल, अपडेट र अनइन्स्टल गर्ने पनि सिक्यौं
05:36 यहाँ तपाईको लागि एउटा कार्य छ
05:39 उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि Thunderbird डाउनलोड र इन्स्टल गरौँ
05:46 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:49 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:52 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने तपाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
05:57 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
05:59 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:06 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्
06:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:24 यो मिसन सम्बन्धि थप जानकारी
06:28 स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रोमा उपलब्ध छ
06:35 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya