Linux-Old/C2/Ubuntu-Software-Center/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | उबुन्टु सफ्टवेयर सेन्टर स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा हामी उबुन्टु सफ्टवेयर सेन्टर कसरी प्रयोग गर्ने जान्ने छौं |
00:09 | उबुन्टु सफ्टवेयर सिस्टममा सफ्टवेयर डाउनलोड, इन्स्टल, अपडेट र अनइन्स्टल गर्न सिक्नेछौं |
00:16 | उबुन्टु सफ्टवेयर सेन्टर के हो? |
00:18 | यो उबुन्टु ओएसमा तपाईलाई सफ्टवेयरहरु ब्यबस्थापन गर्न दिने एउटा टूल हो |
00:23 | तपाई यो प्रयोग गरी एउटा सफ्टवेयर खोज्न, डाउनलोड, इन्स्टल, अपडेट वा अनइन्स्टल गर्न सक्नुहुन्छ |
00:30 | उबुन्टु सफ्टवेयर सेन्टरले प्रत्येक सफ्टवेयरको प्रतिक्रिया र रेटिंग पनि दिन्छ |
00:36 | यसरी तपाईले सफ्टवेयर प्रयोग गर्नु पहिले यसको जानकारी पाउनुहुन्छ |
00:41 | यसले सफ्टवेयरको हिस्ट्री रेकर्ड पनि राख्छ |
00:45 | यो स्पोकन ट्युटोरियलमा हामी उबुन्टु संस्करण ११.१० मा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गर्ने छौं |
00:52 | यो ट्युटोरियलमा अघि बढ्न, |
00:54 | तपाईसँग इन्टरनेट जडान हुनुपर्छ |
00:56 | सफ्टवेयर इन्स्टल गर्न तपाई एउटा सिस्टम एड्मिनिस्ट्रेटर वा एड्मिनिस्ट्रेटरको अधिकार भएको हुनुपर्छ |
01:04 | तपाईको लन्चरबाट, उबुन्टु सफ्टवेयर सेन्टर आइकनमा क्लिक गरौँ |
01:08 | उबुन्टु सफ्टवेयर सेन्टर विन्डो खुल्छ |
01:12 | माथि बायाँ विन्डोमा All Software, Installed र History बटनहरु देखिन्छन् |
01:19 | माथिको दायाँ कुनामा सर्च फिल्ड देखिन्छ |
01:23 | उबुन्टु सफ्टवेयर सेन्टर विन्डो दुई प्यानलहरुमा बिभिजित छन् |
01:28 | बायाँ प्यानलले सुचिकृत सफ्टवेयरको क्याटगरीहरु देखाउँछ |
01:33 | दायाँ प्यानलले What’s New र Top Rated देखाउँछ |
01:38 | What’s New प्यानलले भर्खरै रिलिज गरिएका सफ्टवेयरहरु सुचिकृत गर्छ |
01:42 | Top Rated प्यानलले सबैभन्दा धेरै युजर रेटिंग र बारम्बार डाउनलोड भएका सफ्टवेयरहरु सुचिकृत गर्छ |
01:51 | क्याटगरीको हिसाबले सफ्टवेयर ब्राउज गरौँ |
01:55 | बायाँ प्यानलमा Internet मा क्लिक गरौँ |
01:58 | इन्टरनेट सफ्टवेयरको एउटा सुची र इन्टरनेट क्याटगरिको लागि उच्च अंक प्राप्त सफ्टवेयरहरु देखाइएका छन् |
02:05 | केहि सफ्टवेयरहरुमा एउटा ठिक चिन्ह सहित एउटा वृत भएको याद गरौँ |
02:10 | यसको मतलब हाम्रो कम्प्युटरमा त्यो सफ्टवेयर पहिले नै इन्स्टल भएको छ |
02:15 | Internet क्याटगरी को थप सफ्टवेयरहरु हेर्न All आइकन क्लिक गरौँ |
02:21 | विन्डोमा इन्टरनेट क्याटगरीमा उपलब्ध सम्पूर्ण सफ्टवेयरहरु सुचिकृत छन् |
02:26 | हामी सफ्टवेयर By Name, By Top Rated वा By Newest First प्रयोग गरि क्रममा राख्न सक्छौं |
02:32 | माथि दायाँ कुनाको ड्रप-डाउनमा क्लिक गरौँ |
02:36 | सूचीबाट By Top Rated छानौं |
02:40 | इन्टरनेट सफ्टवेयरहरु रेटिंगको आधारमा क्रममा राखिएका छन् |
02:45 | तपाईको कम्प्युटरमा इन्स्टल भएका सफ्टवेयरहरुको पूर्ण सूची हेर्न |
02:50 | Installed बटनमा क्लिक गरौँ |
02:53 | सफ्टवेयर क्याटगरी देखाइएको छ |
02:56 | Sound and Video अगाडीको सानो त्रिकोणात्मक बटनमा क्लिक गरौँ |
03:02 | Sound and Video को लागि तपाईको कम्प्युटरमा इन्स्टल भएका सफ्टवेयरहरु देखापर्छन् |
03:08 | All Software क्लिक गरौँ र ड्रप-डाउनबाट Provided by Ubuntu छानौं |
03:14 | उबुन्टुबाट प्राप्त सम्पूर्ण सफ्टवेयरहरु सुचिकृत छन् |
03:19 | अब. सफ्टवेयर VLC media player इन्स्टल गरौँ |
03:24 | विन्डोको माथि दायाँ सर्च बक्समा टाइप गरौँ, VLC |
03:29 | VLC मिडिया प्लेयर देखिन्छ |
03:33 | अब Install क्लिक गरौँ |
03:35 | Authentication डाइलग बक्स देखापर्छ |
03:38 | सिस्टम पासवर्ड इन्टर गरौँ |
03:42 | Authenticate क्लिक गरौँ |
03:44 | VLC इन्स्टल भैरहेको जनाउने प्रगति बार हेरौं |
03:50 | इन्स्टल भैरहेको प्याकेजको नम्बर र साइज अनुसार इन्स्टल हुन केहि समय लाग्न सक्छ |
03:57 | प्रगति माथि रहेको बटनले पनि देखाउनेछ |
04:02 | इन्स्टलेसन हुन्जेल तपाई अन्य एप्लिकेसनहरु प्रयोग गर्न सक्नुहुन्छ |
04:07 | एकपटक VLC इन्स्टल भएपछि, VLC मा एउटा सानो ठिक चिन्ह हुन्छ |
04:13 | दायाँतिर Remove बटन देखिएको छ |
04:17 | यदि तपाई VLC अनइन्स्टल गर्न चाहनुहुन्छ भने Remove बटन क्लिक गर्नुहोस् |
04:23 | यसैगरी, तपाई अन्य सम्पूर्ण सफ्टवेयर प्याकेजहरु खोज्न र इन्स्टल गर्न सक्नुहुन्छ |
04:29 | अब हिस्ट्री हेरौं |
04:31 | यसले हामीलाई इन्स्टलेसन लगायत सम्पूर्ण परिवर्तनहरु हेर्न दिन्छ |
04:37 | अपडेट र सफ्टवेयरहरु हटाउन |
04:40 | History क्लिक गरौँ, हिस्ट्री डाइलग बक्स देखापर्छ |
04:45 | तपाई आफ्नो हिस्ट्री जाच्न All Changes, Installations, Updates, र Removals प्रयोग गर्न सक्नुहुन्छ |
04:51 | All Changes क्लिक गरौँ |
04:53 | सम्पूर्ण भएका परिवर्तनहरुको सूची मतलब इन्स्टलेसन, अपडेट र हटाउने कार्यहरु देखिन्छन् |
05:01 | तपाई नियमित रुपमा इन्स्टल गरिएका सफ्टवेयर पनि अपडेट गर्न सक्नुहुन्छ |
05:07 | तपाई उबुन्टु र उबुन्टु सफ्टवेयर सेन्टर सम्बन्धि थप जानकारी उबुन्टु वेबसाइटमा प्राप्त गर्न सक्नुहुन्छ |
05:17 | यसरी हामी यो उबुन्टु सफ्टवेयर सेन्टर ट्युटोरियलको अन्तमा आएका छौं |
05:21 | यो ट्युटोरियलमा हामीले उबुन्टु सफ्टवेयर सेन्टर कसरी प्रयोग गर्ने सिक्यौं |
05:26 | हामीले उबुन्टु अपरेटिंग सिस्टममा कसरी सफ्टवेयर डाउनलोड, इन्स्टल, अपडेट र अनइन्स्टल गर्ने पनि सिक्यौं |
05:36 | यहाँ तपाईको लागि एउटा कार्य छ |
05:39 | उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि Thunderbird डाउनलोड र इन्स्टल गरौँ |
05:46 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
05:49 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
05:52 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने तपाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
05:57 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
05:59 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
06:02 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:06 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस् |
06:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:24 | यो मिसन सम्बन्धि थप जानकारी |
06:28 | स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रोमा उपलब्ध छ |
06:35 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |