LibreOffice-Suite-Writer/C2/Typing-text-and-basic-formatting/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:05, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
0:01 लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ – टाईपीङ द टेक्सट् र बेसिक फर्मेटिङ्ग।
0:07 यो ट्युटोरिअलमा हामी निम्न कुराहरु सिक्ने छौं।
0:10 राइटरमा एलाईनिङ टेक्सट् ।
0:12 बुलेट्स र नंबरिङ।
0:14 राइटरमा रहेको कट, कपि र पेस्ट विकल्प।
0:18 बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्पहरु।
0:21 राईटरमा रहेको फन्टको नाम, फन्टको आकार, फन्टको रङ।
0:26 यी विशेषताहरु राखेर डकुमेन्ट्सलाई साधारण टेक्सट् राखेको डकुमेन्टस भन्दा बढी आकर्षक र पढ्न सजिलो बनाउन सकिन्छ ।
0:36 हामी यहाँ अपरेटिङ सिस्टम उबुन्टु लिनक्स .04 र लिब्रे अफिस सुट 3.3.4 संस्करण प्रयोग गर्दैछौं ।
0:47 सुरुमा हामी राईटरमा “अलाईनिङ टेक्सट्” सिक्दै छौँ।
0:50 तपाईले आफूलाई मनपर्ने नयाँ डकुमेन्ट राईटरमा खोली यी विशेषताहरुलाई प्रयोग गर्न सक्नुहुन्छ ।
0:57 हामीले पहिलेको ट्उटोरियलमा बनाएको “resume.odt” फाईललाई ओपन गर्नेछौं ।
1:08 हामीले पहिलेनै “RESUME” शव्द टाईप गरिसकेका छौँ र पेजको बिचमा अलाइन गरिसकेका छौँ।
1:14 यो शब्द छानेर "Align Left" मा क्लिक गर्नुहोस् । तपाई देख्नुहुन्छ कि "RESUME" शब्द लेफ्ट-अलाइन्ड हुन्छ, माने यो डकुमेन्ट पेजको बायाँतिर पुग्छ ।
1:25 यदि “अलाइन राईट” मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि "RESUME" शब्द पेजको दायाँतिर अलाइन हुन्छ ।
1:32 यदि हामीले “Justify”मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि “RESUME” शब्द यसरी अलाईन भएर बस्छ कि टेक्सट् पेजको दायाँ र बायाँ मार्जिन बीचमा बराबर बाडीन्छन्।
1:44 यो विशेषता बढि टेक्सट को पेराग्राफ हुँदा बढि प्रत्यक्ष हुन्छ।
1:51 यसलाई अनडु गरौं।
1:54 स्वतन्त्र पोइन्टहरु लेख्नु पर्दा बुलेट्स र नंम्बरिङ प्रयोग हुन्छ।
1:58 हरेक पोइन्ट बुलेट वा नंबरबाट सुरु हुन्छ।
2:02 यसरी डकुमेन्टमा लेखिएको विभिन्न प्वाईन्टहरुलाई छुट्याउन सकिन्छ ।
2:07 यो पहिले मेनु बारमा भएको "फर्मयाट" अप्सनमा क्लिक गरि "बुलेटस् र नंबरिङ”मा क्लिक गरि चलाउन सकिन्छ ।
2:15 “बुलेटस् र नंबरिङ”मा क्लिक गरेपछि देखिने डायलग बक्समा छुटै ट्याब मुनि विभिन्न शैलीहरु भेटिन्छ जुन डकुमेन्टमा लागु गर्न सकिन्छ ।
2:26 नंबरिङपनि यहि तरिकाले नंबरिङ अप्सन छानेर गर्न सकिन्छ र हरेक लाईन नयाँ नंबरबाट शुरु हुन्छ ।
2:34 “नंबरिङ टाईप” स्टाईल बाट दोस्रो स्टाईलमा क्लिक गर्नुहोस् ।
2:40 अब “OK” बटनमा क्लिक गर्नुहोस्।
2:42 तपाई अब पहिलो (वर्णन) वाक्य टाईप गर्न तयार हुनुहुन्छ।
2:46 अब “NAME: RAMESH” टाईप गरौं
2:50 अब एउटा (स्टेटमेन्ट) वाक्य टाईप गरि "इन्टर" कि थिच्नुहोस् । नयाँ बुलेट प्वाईन्ट वा एक बढेको नंबर तपाईले देख्नुहुनेछ ।
3:05 हामीले छानेको फर्मयाट टाईपको आधारमा बुलेटहरु भित्र बुलेटहरु साथै नंबरहरु भित्र नंबरहरु हुनसक्छ ।
3:13 त्यसैले हामी रेजुमेमा दोस्रो वर्णन “ FATHER’S NAME colon MAHESH” टाईप गर्र्छौ।
3:20 फेरि “इन्टर” की (दाबौँ ) दबाऊ र “MOTHER’S NAME colon SHWETA” टाईप गरौं।
3:27 यस्तै हामीले “FATHERS OCCUPATION colon GOVERNMENT SERVANT” र “MOTHERS OCCUPATION colon HOUSEWIFE” लाई छुट्टै प्वाईन्टहरुको रुपमा टाईप गर्छौं ।
3:39 तपाईले ट्याब र सिफ्ट ट्याब कि प्रयोग गरेर बुलेटहरुको इन्डेन्ट क्रमश: बढाउन वा घटाउन सक्नुहुन्छ ।
3:47 “बुलेट्स एन्ड नंबरिङ” अप्सन बन्द गर्न, पहिले कर्सरलाई HOUSEWIFE शब्द (छउमा) छेउमा लगि इन्टर किमा क्लिक गर्नुहोस् र “बुलेट्स एन्ड नंबरिङ” डायलग बक्सको “नंबरिङ अफ” भन्ने अप्सन क्लिक गर्नुहोस् ।
4:03 तपाई देख्नुहुन्छ कि बुलेट शैली हामीले टाईप गर्ने नयाँ टेक्सटको लागि उपलब्ध छैन।
4:10 याद (गरैकि ) गरौकि हामीले यो डकुमेन्टमा “नेम” शव्द दुई चोटि टाईप गरेका छौँ।
4:14 एउटै टेक्सट फेरी टाईप गर्नु भन्दा हामी “कपि” र “पेस्ट” अप्सन प्रयोग गर्नसक्छौं ।
4:21 अब यो कसरी गर्ने (सिकैँ ) ।
4:24 अब हामी “मदर्स नेम” टेक्सटबाट “नेम” शब्द हटाउछौं र कपि र पेस्ट अप्सन प्रयोग गरि नेम फेरि लेख्छौं ।
4:33 "फादर्स नेम” टेक्सटमा पहिले "नेम" शब्दमा कर्सरलाई ड्राग गरेर सेलेक्ट गर्नुहोस् ।
4:40 अब माउसमा दायाँ क्लिक गरि “कपि” अपस्न क्लिक गरौँ।
4:45 “MOTHER’S” शव्द पछाडि कर्सर राख्नुहोस्।
4:48 माउसमा दायाँ क्लिक गरि “पेष्ट” अपश्नमा क्लिक गर्नुहोस्।
4:54 हामी देख्न सक्छौँ की “नेम” स्वत: पेष्ट हुन्छ।
4:57 यसको लागी सरतकट किजहरु छ्न्- कपि गर्नलाई CTRL+C र ()पेस्ट गर्नलाई CTRL+V
5:08 डकुमेन्टहरुमा लेख्ने बेला धेरै संख्यामा मिल्ने टेक्सट् भएमा यो विशेषता धेरै काम लाग्छ ।
5:19 टेक्सटलाई डकुमेन्टको एक ठाउँबाट यता उता सार्नपनि हामी "कट" र "पेस्ट" प्रयोग गर्नसक्छौं ।
5:26 अब यो कसरी गर्ने हेरौँ।
5:29 पहिला “MOTHER’S” पछि “नेम” शव्द डिलिट गरौँ।
5:34 यो शब्द कट र पेस्ट गर्नको लागि स्टेटमेन्ट “फादर्स नेम” बाट “नेम”लाई सेलेक्ट गर्नुहोस् ।
5:40 माउसलाई दायाँ क्लिक गरि कट अप्सनलाई क्लिक गर्नुहोस् । याद गर्नुहोस् कि “नेम” शब्द "FATHER'S" शब्द को छेउमा छैन जसको मतलब त्यसलाई कट अथवा डिलिट गरियो ।
5:54 अब कर्सरलाई “MOTHER'S” को छेउमा राखि माउसमा दायाँ क्लिक गर्नुहोस् ।
5:59 “पेस्ट” अपश्न क्लिक गर्नुहोस्।
6:02 तपाईले देख्न सक्नु हुन्छ त्यो शब्द अब “MOTHER'S” शब्दको छेउमा पेस्ट भएको छ ।
6:07 कटको शर्टकट की - CTRL+X हो।
6:11 त्यसैले कपि गर्नु र कट गर्नुमा फरक यति मात्र छ को “कपि” अप्सनले कपि गरेको शब्दलाई हटाउदैन भने कट अप्सनले शब्दलाई शुरुको ठाउँबाट पुरै हटाई दिन्छ ।
6:27 “नेम” शव्द फादर्सको पछाडि पेष्ट गरौँ र अगाडी बडौँ
6:31 “EDUCATION DETAILS” नामक नयाँ हेडिङ टाईप गरौँ।
6:35 राईटरमा “बुलेटस् र नम्बरिङ” सिके पछि, अब हामी कुनैपनि टेक्सट्को “फन्टको नाम” र “फन्टको आकार” कसरी परिवर्तन गर्ने र लागु गर्ने सिक्छौं ।
6:45 फर्म्याट टुल बारमा माथि “फन्ट नेम” लेखेको ठाउँ छ ।
6:52 फन्टको नाम डिफल्टमा “Liberation Serif” राखिएको हुन्छ।
6:57 फन्ट नेम आफुलाई चाहिने फन्टको टाईप छान्न र परिवर्तन गर्नको लागि प्रयोग गरिन्छ ।
7:04 जस्तै, हेडिङ “Education Details” लाई छुट्टै तरिकाको फन्ट शैली र फन्ट आकार दिऊँ ।
7:11 पहिले टेक्सट “Education details”लाई सेलेक्ट गरौं अनि “फन्ट नाम” फिल्डमा गएर तलको ऐरो थिच्नुहोस् ।
7:19 ड्रप डाउन मेनुमा हामी धेरै थरिका फन्टनेम देख्न सक्छौं ।
7:25 “Liberation Sans” खोज्नुस र त्यसमा क्लिक गर्नुहोस्।
7:29 तपाईले छान्नु भएको टेक्शटमा फन्ट परिवर्तन भएको देख्न सक्नु हुन्छ।
7:34 “फन्ट नाम” को फिल्ड बाहेक, हामी सँग “फन्टको आकार” को फिल्ड पनि छ।
7:38 नेमले भने जस्तै “फन्ट साईज” हामीले छानेको टेक्सटलाई बढाउन वा घटाउन प्रयोग गरिन्छ वा नयाँ टेक्सट कुन फन्ट साईजमा टाईप गर्ने भनि यसले निर्धारित गर्छ ।
7:52 त्यसैले, हामी पहिले “EDUCATION DETAILS” टेक्सट छानौं .
7:55 वर्तमानमा फन्टको आकार १२ छ।
7:58 अब “फन्ट साईज” फिल्डमा डाउन ऐरो थिचेर ११ मा क्लिक गर्नुहोस् ।
8:05 तपाईले देख्न सक्नु हुन्छ की टेक्स्टको फन्टको आकार घटेको छ।
8:09 यसरी नै फन्टको आकार बढाउन सकिन्छ ।
8:13 फन्टको आकारको बारेमा सिके पछि, हामी राईटरमा कसरी फन्टको रंग परिवर्तन गर्ने हेर्छौं ।
8:21 “फन्ट कलर” प्रयोग गरि टेक्सट्को रंग जुन डकुमेन्ट वा लाईन टाईप गर्नकालागि चाहिन्छ छान्न सकिन्छ ।
8:27 उदाहरणको लागि, हेडिङ “EDUCATION DETAILS” लाई रंग लगौँ ।
8:32 त्यसौले फेरी टेक्सट “EDUCATION DETAILS”लाई सेलेक्ट गरौँ।
8:36 टुलबारमा भएको “फन्ट कलर” अप्सनको डाउन ऐरोमा क्लिक गर्नुहोस् र टेक्सट “Light green” रंग बनाउन परेमा light green बक्समा क्लिक गर्नुहोस् ।
8:48 अब हेडिङ ग्रीन रंग भएको देख्न सक्नुहुन्छ ।
8:52 फन्ट साईज अप्सनको छेउमा “बोल्ड” “ईटालिक” र “अन्डरलाइन” तीनवटा अप्सन देख्न सक्नुहुन्छ ।
9:00 नामले भने जस्तै यसले तपाईको टेक्सटलाई बोल्ड, इटालिक वा अन्डरलाईन गरिदिन्छ ।
9:07 पहिला हेडिङ “EDUCATION DETAILS” लाई छान्नुहोस् ।
9:11 अब बोल्ड आईकनमा क्लिक गरि टेक्सटलाई बोल्ड गर्नुहोस् ।
9:15 छानेको टेक्सट अब बोल्ड हुन्छ ।
9:19 यस्तै “ईटालिक” आईकनमा क्लिक गर्नुभयो भने यसले टेक्सटलाई ईटालिक बनाउछँ ।
9:25 “अण्डरलाईन” मा क्लिक गर्नुहोस्।
9:26 “अन्डरलाईन” आईकनमा क्लिक गरेमा टेक्सटलाई अन्डरलाईन गरिदिन्छ ।
9:31 तपाईले देख्न सक्नुहुन्छ कि छानेको टेक्सट अब अन्डरलाईन हुन्छ ।
9:35 हेडिङलाई बोल्ड र अन्डरलाईन बनाई राख्न ईटालिक अप्सनलाई क्लिक गरि हटाईदिनुहोस् र अरु दुई अप्सनलाई छानि राक्नुहोस् ।
9:45 अब हेडिङ बोल्ड र अन्डरलाईन पनि छ।
9:50 हामी लिब्रे अफिस राईटरको यस स्पोकन टिउटोरियलको अन्त्यमा पुग्यौं ।
9:55 संक्षेपमा, हामीले यी कुराहरु सक्यौं:
9:57 राईटरमा एलाईनिङ टेक्श्ट ।
10:00 बुलेट्स र नंबरिङ।
10:02 राइटरमा कट, कपि र पेष्ट विकल्प।
10:05 बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्प।
10:09 राईटरमा फन्टको नाम, फन्टको आकार, फन्टको रंग।
10:13 COMPREHENSIVE असाईनमेन्ट
10:16 बुलेट्स र नंबरिङलाई सक्रिय पार्न।
10:18 शैली छानेर केहि पोइन्टस् राईट गर्न।
10:22 कुनै टेक्सट छान्न र फन्ट नेम “Free Sans” मा परिवर्तन गर्न र फन्ट साईज " " ।
10:29 टेक्स्ट “इटालिक्स” बनाउन।
10:32 फन्टको रङ रातोमा परिर्वतन गर्न।
10:35 यो लिङ्कमा गएर भिडियो हेर्नु होला।
10:38 यो स्पोकन टिउटोरेयल प्रोजेक्टको सार हो ।
10:41 तपाई संग राम्रो ब्याण्डविथ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ।
10:46 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस् प्रयोग गरि कार्यशाला आयोजना गर्छ।
10:52 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
10:55 अधिक जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:02 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो।
11:06 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ सी टि, एम एच आर दी, भारत सरकारबाट समर्थित छ ।
11:14 यस मिसनको अधिक जानकारी
11:18 स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रो
11:25 यस ट्युटोरिअललाई शुसन श्रेष्ठद्वारा(स्क्रिप्ट लेख्ने र वाचककार) योगदान गरिएको हो.
11:30 सहभागि हुनुभएकोमा धन्यवाद ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya