LibreOffice-Suite-Writer/C2/Typing-text-and-basic-formatting/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ – टाईपीङ द टेक्सट् र बेसिक फर्मेटिङ्ग। |
00:07 | यो ट्युटोरिअलमा हामी निम्न कुराहरु सिक्ने छौं। |
00:10 | राइटरमा एलाईनिङ टेक्सट् । |
00:12 | बुलेट्स र नंबरिङ। |
00:14 | राइटरमा रहेको कट, कपि र पेस्ट विकल्प। |
00:18 | बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्पहरु। |
00:21 | राईटरमा रहेको फन्टको नाम, फन्टको आकार, फन्टको रङ। |
00:26 | यी विशेषताहरु राखेर डकुमेन्ट्सलाई साधारण टेक्सट् राखेको डकुमेन्टस भन्दा बढी आकर्षक र पढ्न सजिलो बनाउन सकिन्छ । |
00:36 | हामी यहाँ अपरेटिङ सिस्टम उबुन्टु लिनक्स .04 र लिब्रे अफिस सुट 3.3.4 संस्करण प्रयोग गर्दैछौं । |
00:47 | सुरुमा हामी राईटरमा “अलाईनिङ टेक्सट्” सिक्दै छौँ। |
00:50 | तपाईले आफूलाई मनपर्ने नयाँ डकुमेन्ट राईटरमा खोली यी विशेषताहरुलाई प्रयोग गर्न सक्नुहुन्छ । |
00:57 | हामीले पहिलेको ट्उटोरियलमा बनाएको resume.odt फाईललाई ओपन गर्नेछौं । |
01:08 | हामीले पहिलेनै RESUME शव्द टाईप गरिसकेका छौँ र पेजको बिचमा अलाइन गरिसकेका छौँ। |
01:14 | यो शब्द छानेर Align Left मा क्लिक गर्नुहोस् । तपाई देख्नुहुन्छ कि "RESUME" शब्द लेफ्ट-अलाइन्ड हुन्छ, माने यो डकुमेन्ट पेजको बायाँतिर पुग्छ । |
01:25 | यदि “अलाइन राईट” मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि RESUME शब्द पेजको दायाँतिर अलाइन हुन्छ । |
01:32 | यदि हामीले Justify मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि RESUME शब्द यसरी अलाईन भएर बस्छ कि टेक्सट् पेजको दायाँ र बायाँ मार्जिन बीचमा बराबर बाडीन्छन्। |
01:44 | यो विशेषता बढि टेक्सट को पेराग्राफ हुँदा बढि प्रत्यक्ष हुन्छ। |
01:51 | यसलाई अनडु गरौं। |
01:54 | स्वतन्त्र पोइन्टहरु लेख्नु पर्दा बुलेट्स र नंम्बरिङ प्रयोग हुन्छ। |
01:58 | हरेक पोइन्ट बुलेट वा नंबरबाट सुरु हुन्छ। |
02:02 | यसरी डकुमेन्टमा लेखिएको विभिन्न प्वाईन्टहरुलाई छुट्याउन सकिन्छ । |
02:07 | यो पहिले मेनु बारमा भएको "फर्मयाट" अप्सनमा क्लिक गरि "बुलेटस् र नंबरिङ”मा क्लिक गरि चलाउन सकिन्छ । |
02:15 | “बुलेटस् र नंबरिङ”मा क्लिक गरेपछि देखिने डायलग बक्समा छुटै ट्याब मुनि विभिन्न शैलीहरु भेटिन्छ जुन डकुमेन्टमा लागु गर्न सकिन्छ । |
02:26 | नंबरिङपनि यहि तरिकाले नंबरिङ अप्सन छानेर गर्न सकिन्छ र हरेक लाईन नयाँ नंबरबाट शुरु हुन्छ । |
02:34 | “नंबरिङ टाईप” स्टाईल बाट दोस्रो स्टाईलमा क्लिक गर्नुहोस् । |
02:40 | अब “OK” बटनमा क्लिक गर्नुहोस्। |
02:42 | तपाई अब पहिलो (वर्णन) वाक्य टाईप गर्न तयार हुनुहुन्छ। |
02:46 | अब NAME: RAMESH टाईप गरौं |
02:50 | अब एउटा (स्टेटमेन्ट) वाक्य टाईप गरि "इन्टर" कि थिच्नुहोस् । नयाँ बुलेट प्वाईन्ट वा एक बढेको नंबर तपाईले देख्नुहुनेछ । |
03:05 | हामीले छानेको फर्मयाट टाईपको आधारमा बुलेटहरु भित्र बुलेटहरु साथै नंबरहरु भित्र नंबरहरु हुनसक्छ । |
03:13 | त्यसैले हामी रेजुमेमा दोस्रो वर्णन FATHER’S NAME colon MAHESH टाईप गर्र्छौ। |
03:20 | फेरि “इन्टर” की (दाबौँ ) दबाऊ र MOTHER’S NAME colon SHWETA टाईप गरौं। |
03:27 | यस्तै हामीले FATHERS OCCUPATION colon GOVERNMENT SERVANT र MOTHERS OCCUPATION colon HOUSEWIFE लाई छुट्टै प्वाईन्टहरुको रुपमा टाईप गर्छौं । |
03:39 | तपाईले ट्याब र सिफ्ट ट्याब कि प्रयोग गरेर बुलेटहरुको इन्डेन्ट क्रमश: बढाउन वा घटाउन सक्नुहुन्छ । |
03:47 | “बुलेट्स एन्ड नंबरिङ” अप्सन बन्द गर्न, पहिले कर्सरलाई HOUSEWIFE शब्द (छउमा) छेउमा लगि इन्टर किमा क्लिक गर्नुहोस् र “बुलेट्स एन्ड नंबरिङ” डायलग बक्सको “नंबरिङ अफ” भन्ने अप्सन क्लिक गर्नुहोस् । |
04:03 | तपाई देख्नुहुन्छ कि बुलेट शैली हामीले टाईप गर्ने नयाँ टेक्सटको लागि उपलब्ध छैन। |
04:10 | याद (गरैकि ) गरौकि हामीले यो डकुमेन्टमा “नेम” शव्द दुई चोटि टाईप गरेका छौँ। |
04:14 | एउटै टेक्सट फेरी टाईप गर्नु भन्दा हामी “कपि” र “पेस्ट” अप्सन प्रयोग गर्नसक्छौं । |
04:21 | अब यो कसरी गर्ने (सिकैँ ) । |
04:24 | अब हामी “मदर्स नेम” टेक्सटबाट “नेम” शब्द हटाउछौं र कपि र पेस्ट अप्सन प्रयोग गरि नेम फेरि लेख्छौं । |
04:33 | "फादर्स नेम” टेक्सटमा पहिले "नेम" शब्दमा कर्सरलाई ड्राग गरेर सेलेक्ट गर्नुहोस् । |
04:40 | अब माउसमा दायाँ क्लिक गरि “कपि” अपस्न क्लिक गरौँ। |
04:45 | MOTHER’S शव्द पछाडि कर्सर राख्नुहोस्। |
04:48 | माउसमा दायाँ क्लिक गरि “पेष्ट” अपश्नमा क्लिक गर्नुहोस्। |
04:54 | हामी देख्न सक्छौँ की “नेम” स्वत: पेष्ट हुन्छ। |
04:57 | यसको लागी सरतकट किजहरु छ्न्- कपि गर्नलाई CTRL+C र ()पेस्ट गर्नलाई CTRL+V |
05:08 | डकुमेन्टहरुमा लेख्ने बेला धेरै संख्यामा मिल्ने टेक्सट् भएमा यो विशेषता धेरै काम लाग्छ । |
05:19 | टेक्सटलाई डकुमेन्टको एक ठाउँबाट यता उता सार्नपनि हामी "कट" र "पेस्ट" प्रयोग गर्नसक्छौं । |
05:26 | अब यो कसरी गर्ने हेरौँ। |
05:29 | पहिला “MOTHER’S” पछि “नेम” शव्द डिलिट गरौँ। |
05:34 | यो शब्द कट र पेस्ट गर्नको लागि स्टेटमेन्ट “फादर्स नेम” बाट “नेम”लाई सेलेक्ट गर्नुहोस् । |
05:40 | माउसलाई दायाँ क्लिक गरि कट अप्सनलाई क्लिक गर्नुहोस् । याद गर्नुहोस् कि “नेम” शब्द "FATHER'S" शब्द को छेउमा छैन जसको मतलब त्यसलाई कट अथवा डिलिट गरियो । |
05:54 | अब कर्सरलाई MOTHER'S को छेउमा राखि माउसमा दायाँ क्लिक गर्नुहोस् । |
05:59 | “पेस्ट” अपश्न क्लिक गर्नुहोस्। |
06:02 | तपाईले देख्न सक्नु हुन्छ त्यो शब्द अब MOTHER'S शब्दको छेउमा पेस्ट भएको छ । |
06:07 | कटको शर्टकट की - CTRL+X हो। |
06:11 | त्यसैले कपि गर्नु र कट गर्नुमा फरक यति मात्र छ को “कपि” अप्सनले कपि गरेको शब्दलाई हटाउदैन भने कट अप्सनले शब्दलाई शुरुको ठाउँबाट पुरै हटाई दिन्छ । |
06:27 | “नेम” शव्द फादर्सको पछाडि पेष्ट गरौँ र अगाडी बडौँ |
06:31 | EDUCATION DETAILS नामक नयाँ हेडिङ टाईप गरौँ। |
06:35 | राईटरमा “बुलेटस् र नम्बरिङ” सिके पछि, अब हामी कुनैपनि टेक्सट्को “फन्टको नाम” र “फन्टको आकार” कसरी परिवर्तन गर्ने र लागु गर्ने सिक्छौं । |
06:45 | फर्म्याट टुल बारमा माथि “फन्ट नेम” लेखेको ठाउँ छ । |
06:52 | फन्टको नाम डिफल्टमा Liberation Serif राखिएको हुन्छ। |
06:57 | फन्ट नेम आफुलाई चाहिने फन्टको टाईप छान्न र परिवर्तन गर्नको लागि प्रयोग गरिन्छ । |
07:04 | जस्तै, हेडिङ Education Details लाई छुट्टै तरिकाको फन्ट शैली र फन्ट आकार दिऊँ । |
07:11 | पहिले टेक्सट Education details लाई सेलेक्ट गरौं अनि “फन्ट नाम” फिल्डमा गएर तलको ऐरो थिच्नुहोस् । |
07:19 | ड्रप डाउन मेनुमा हामी धेरै थरिका फन्टनेम देख्न सक्छौं । |
07:25 | Liberation Sans खोज्नुस र त्यसमा क्लिक गर्नुहोस्। |
07:29 | तपाईले छान्नु भएको टेक्शटमा फन्ट परिवर्तन भएको देख्न सक्नु हुन्छ। |
07:34 | “फन्ट नाम” को फिल्ड बाहेक, हामी सँग “फन्टको आकार” को फिल्ड पनि छ। |
07:38 | नेमले भने जस्तै “फन्ट साईज” हामीले छानेको टेक्सटलाई बढाउन वा घटाउन प्रयोग गरिन्छ वा नयाँ टेक्सट कुन फन्ट साईजमा टाईप गर्ने भनि यसले निर्धारित गर्छ । |
07:52 | त्यसैले, हामी पहिले EDUCATION DETAILS टेक्सट छानौं . |
07:55 | वर्तमानमा फन्टको आकार १२ छ। |
07:58 | अब “फन्ट साईज” फिल्डमा डाउन ऐरो थिचेर ११ मा क्लिक गर्नुहोस् । |
08:05 | तपाईले देख्न सक्नु हुन्छ की टेक्स्टको फन्टको आकार घटेको छ। |
08:09 | यसरी नै फन्टको आकार बढाउन सकिन्छ । |
08:13 | फन्टको आकारको बारेमा सिके पछि, हामी राईटरमा कसरी फन्टको रंग परिवर्तन गर्ने हेर्छौं । |
08:21 | “फन्ट कलर” प्रयोग गरि टेक्सट्को रंग जुन डकुमेन्ट वा लाईन टाईप गर्नकालागि चाहिन्छ छान्न सकिन्छ । |
08:27 | उदाहरणको लागि, हेडिङ EDUCATION DETAILS लाई रंग लगौँ । |
08:32 | त्यसौले फेरी टेक्सट EDUCATION DETAILSलाई सेलेक्ट गरौँ। |
08:36 | टुलबारमा भएको “फन्ट कलर” अप्सनको डाउन ऐरोमा क्लिक गर्नुहोस् र टेक्सट Light green रंग बनाउन परेमा light green बक्समा क्लिक गर्नुहोस् । |
08:48 | अब हेडिङ ग्रीन रंग भएको देख्न सक्नुहुन्छ । |
08:52 | फन्ट साईज अप्सनको छेउमा “बोल्ड” “ईटालिक” र “अन्डरलाइन” तीनवटा अप्सन देख्न सक्नुहुन्छ । |
09:00 | नामले भने जस्तै यसले तपाईको टेक्सटलाई बोल्ड, इटालिक वा अन्डरलाईन गरिदिन्छ । |
09:07 | पहिला हेडिङ EDUCATION DETAILS लाई छान्नुहोस् । |
09:11 | अब बोल्ड आईकनमा क्लिक गरि टेक्सटलाई बोल्ड गर्नुहोस् । |
09:15 | छानेको टेक्सट अब बोल्ड हुन्छ । |
09:19 | यस्तै “ईटालिक” आईकनमा क्लिक गर्नुभयो भने यसले टेक्सटलाई ईटालिक बनाउछँ । |
09:25 | “अण्डरलाईन” मा क्लिक गर्नुहोस्।“अन्डरलाईन” आईकनमा क्लिक गरेमा टेक्सटलाई अन्डरलाईन गरिदिन्छ । |
09:31 | तपाईले देख्न सक्नुहुन्छ कि छानेको टेक्सट अब अन्डरलाईन हुन्छ । |
09:35 | हेडिङलाई बोल्ड र अन्डरलाईन बनाई राख्न ईटालिक अप्सनलाई क्लिक गरि हटाईदिनुहोस् र अरु दुई अप्सनलाई छानि राक्नुहोस् । |
09:45 | अब हेडिङ बोल्ड र अन्डरलाईन पनि छ। |
09:50 | हामी लिब्रे अफिस राईटरको यस स्पोकन टिउटोरियलको अन्त्यमा पुग्यौं । |
09:55 | संक्षेपमा, हामीले यी कुराहरु सक्यौं: |
09:57 | राईटरमा एलाईनिङ टेक्श्ट । |
10:00 | बुलेट्स र नंबरिङ। |
10:02 | राइटरमा कट, कपि र पेष्ट विकल्प। |
10:05 | बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्प। |
10:09 | राईटरमा फन्टको नाम, फन्टको आकार, फन्टको रंग। |
10:13 | COMPREHENSIVE असाईनमेन्ट |
10:16 | बुलेट्स र नंबरिङलाई सक्रिय पार्न। |
10:18 | शैली छानेर केहि पोइन्टस् राईट गर्न। |
10:22 | कुनै टेक्सट छान्न र फन्ट नेम “Free Sans” मा परिवर्तन गर्न र फन्ट साईज " " । |
10:29 | टेक्स्ट “इटालिक्स” बनाउन। |
10:32 | फन्टको रङ रातोमा परिर्वतन गर्न। |
10:35 | यो लिङ्कमा गएर भिडियो हेर्नु होला। |
10:38 | यो स्पोकन टिउटोरेयल प्रोजेक्टको सार हो । |
10:41 | तपाई संग राम्रो ब्याण्डविथ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ। |
10:46 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस् प्रयोग गरि कार्यशाला आयोजना गर्छ। |
10:52 | अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ |
10:55 | अधिक जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
11:02 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो। |
11:06 | यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ सी टि, एम एच आर दी, भारत सरकारबाट समर्थित छ । |
11:14 | यस मिसनको अधिक जानकारी |
11:18 | स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रो |
11:25 | यस ट्युटोरिअललाई शुसन श्रेष्ठद्वारा(स्क्रिप्ट लेख्ने र वाचककार) योगदान गरिएको हो. |
11:30 | सहभागि हुनुभएकोमा धन्यवाद । |