Difference between revisions of "Blender/C2/Types-of-Windows-User-Preference/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
 
{| border=1
 
{| border=1
|| <center>'''Time'''</center>
+
|| '''Time'''
|| <center>'''Narration'''</center>
+
|| '''Narration'''
  
 
|-
 
|-

Revision as of 15:05, 15 July 2014

Time Narration
00:02 ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
00:05 यो ट्युटोरीअल ब्लेंडर २.५९ मा युजर प्रिफरेंसेसको बारेमा रहेको छ
00:12 यो स्क्रिप्ट मा मन्दिरा थापाको योगदान रहेको छ
00:22 यो ट्युटोरीअल हेरेपछि, तपाइले युजर प्रेफेरेन्सेस विन्डो को बारेमा जान्न सक्नुहुनेछ
00:30 युजर प्रेफेरेंसेस विन्डोमा पाइने विभिन्न बिकल्पहरु के हुन्?
00:36 र कसरी ब्लेंडर इन्टरफेसलाई युजर प्रेफेरेंसेस विन्डो प्रयोग गरि आफुले चाहे जस्तो बनाउने?
00:43 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसको आधारभूत जानकारी छ
00:48 यदि छैन भने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोला
00:52 ब्लेंडर इन्टरफेसको सामान्य जानकारी
00:58 ब्लेंडर इन्टरफेसको माथिल्लो बायाँ कुनाको File मा जानुहोस
01:05 खोल्नलाई Fileमा लेफ्ट क्लिक गर्नुहोस
01:08 यहाँ भएका विकल्पहरु पहिले नै फायल ब्राउजर र इन्फो प्यानल ट्युटोरीअल मा चर्चा गरिएका छन


01:19 User Preferences छान्नुहोस्
01:22 किबोर्ड सर्टकट को लागि Ctrl, Alt र Uथिच्नुहोस
01:32 यो युजर प्रेफेरेंसेस विन्डो हो
01:38 युजर प्रेफेरेंसेस विन्डोको माथिल्लो बायाँ कुनामा रहेको Interface मा जानुहोस
01:45 यसमा ब्लेंडर इन्टरफेसलाई फेरबदल गर्ने विभिन्न विकल्प रहेका छन
01:50 आधारभूत चाहिने बिकल्पहरु पहिले नै डिफल्टमा छानिएको छ
01:56 डिस्प्ले मिनी एक्सिस ले 3D भ्युको तल्लो बायाँ कुनामा रहेको मिनी अक्षलाई नियन्त्रण गर्छ
02:05 डिफल्ट साइज २५ हो
02:09 म ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा राम्रोसंग हेर्न को लागि साइज ६० प्रयोग गर्दैछु
02:16 म यो देखाउदैछु
02:18 User preferences विन्डो बन्द गर्नुहोस
02:24 3D भ्युको तल्लो बायाँ कुनामा, हामी मिनी अक्ष देख्न सक्छौं
02:32 मिनी अक्षले ब्लेंडर को 3D क्षेत्रको ग्लोबल रुपान्तर अक्ष जनाउछ
02:40 यो ब्लेंडरमा एनिमेसन गर्दा काम लाग्छ
02:44 हामी ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा पछिको ट्युटोरीअलमा बिस्तृत रुपमा चर्चा गर्नेछौं
02:52 युजर प्रेफेरेंसेस विन्डो खोल्न Ctrl, Alt र Uथिच्नुहोस
03:00 Rotate around selection एक्टिभेट गर्नुहोस
03:06 यसले तपाइलाई छानिएको बस्तुको वरिपरी घुम्न दिन्छ
03:12 यसको मतलब के हो हेरौं
03:15 युजर प्रेफेरेंसेस विन्डो खोल्नुहोस्
03:19 3D भ्यूको lampमा राइटक्लिक गर्नुहोस
03:27 माउस व्हिल वा बिचको बटन थिची राखी माउसलाई सार्नुहोस
03:35 हामी छानिएको बस्तुको वरिपरी घुम्दै छौं
03:42 यसैगरी, क्यामेरामा राइट क्लिक गर्नुहोस
03:47 माउस व्हिल वा बिचको बटन थिची राखी माउसलाई सार्नुहोस
03:55 अब हामी क्यामेराको वरिपरी घुम्दै छौं
04:03 युजर प्रेफेरेंसेस विन्डोखोल्न Ctrl, Alt र U थिच्नुहोस
04:10 Editingमा लेफ्ट क्लिक गर्नुहोस
04:14 यसमा ति प्यारामिटरहरु रहेका छन जसले ब्लेंडरमा बस्तुहरु सम्पादन गर्ने वा एडिट मोडको बिशेषता देखाउछ
04:24 फेरी सामान्य बिकल्पहरु डिफल्टमा नै एक्टिभेट हुन्छ
04:32 Global undo ले सम्पादन गर्दा लाग्न सक्ने अंडू प्रकृयाहरुको संख्या घटाउने/बढाउने गर्छ
04:44 Inputमा लेफ्ट क्लिक गर्नुहोस
04:46 यहाँ हामी ब्लेंडरमा प्रयोग गरिने सबै किबोर्ड सर्टकटहरु मिलाउन सक्छौं
04:53 Emulate 3-button mouseले ब्लेंडरमा तपाइलाई २-बटन माउसलाई ३-बटन माउस जस्तै काम गर्न दिन्छ
05:04 Select with ले छान्ने विकल्प तपाइको माउस दायाँबाट बायाँ बदल्न सक्छ
05:12 यो बायाँ हाते प्रयोगकर्ताहरुको लागि उपयोगी हुन्छ
05:19 Emulate numpad ले ब्लेंडरमा तपाइको किबोर्डको नम्बर किहरुलाई numpad keys जस्तै काम गराउछ
05:29 ल्यापटप प्रयोगकर्ताहरु जोसंग किबोर्डमा छुट्टै नमप्याड छैन, उनीहरुको लागि उपयोगी हुन्छ
05:41 Add-onsमा लेफ्ट क्लिक गर्नुहोस
05:43 यसमा ब्लेंडरमा भएका प्लग-इन्स को सूची रहेको छ
05:49 Enabled मा लेफ्ट क्लिक गर्नुहोस
05:52 केहि प्लग-इन्स डिफल्टमा एक्टिभेट भएका छन
05:55 अरु प्लग-इन्स सम्बन्धित वेबसाइटबाट इन्स्टल गर्न सकिन्छ
06:00 उदाहरणको लागि,क्लाउड क्रेट गर्ने प्लग-इन इन्स्टल गरौँ
06:07 Objectमा लेफ्ट क्लिक गरौँ
06:11 Object संगैको Cloud generator मा लेफ्ट क्लिक गर्नुहोस
06:19 link to wikiमा लेफ्ट क्लिक गर्नुहोस
06:23 यो लिंकले हाम्रो इन्टरनेट ब्राउजरमा एउटा वेब पेज खोल्छ
06:29 म फायरफक्स 3.०९ इन्टरनेट ब्राउजर प्रयोग गर्दै छु
06:35 यहाँ हामी ब्लेंडरमा क्लाउड जेनेरेटर प्लग-इन डाउनलोड अनि इन्स्टल गर्न सक्छौं
06:42 खाली यो पेजमा रहेको निर्देशनहरु अपनाउनुहोस्
06:47 यहाँ देखिएका प्रकृयाहरु इन्टरनेट ब्राउजरमा भए जस्तै छन
06:56 Theme मा लेफ्ट क्लिक गर्नुहोस
06:59 यहाँ तपाई ब्लेंडर इन्टरफेस को हरेक प्यानलको रंग फेर्न सक्नुहुन्छ
07:09 उदाहरणको लागि Timelineमा लेफ्ट क्लिक गर्नुहोस
07:14 यहाँ तपाई हालको हालको फ्रेम सूचक ग्रिड र अन्य एट्रीब्युट्सको पनि रंग देख्न सक्नुहुन्छ
07:24 करेन्ट फ्रेम संगैको हरियो बार मा लेफ्ट क्लिक गर्नुहोस
07:30 यो ब्लेंडरको कलर मोड विन्डो हो
07:38 यहाँ हरियो क्षेत्रमा भएको सेतो डट ले करेन्ट फ्रेम सूचकको रंग नियन्त्रण गर्छ
07:45 म यसलाई रातोमा बदल्दै छु
07:49 सेतो डटमा लेफ्ट क्लिक गर्नुहोस, तपाइको माउसलाई थिची राखी रातो क्षेत्रतिर तान्नुहोस
07:58 लेफ्ट clickछोड्नुहोस
08:01 कसरी RGB को मान फेरिएको छ त्यो पनि हेर्नुहोस
08:07 यसो गरि हामी अन्य कुनै सुचिकृत बिकल्पको पनि रंग फेर्न सक्छौं
08:15 Fileमा लेफ्ट क्लिक गर्नुहोस
08:20 यहाँ हामी, हाम्रो सिस्टमको फंट्स,टेक्चर्स,प्लग-इन्स,रेंडर आउटपुट, स्क्रिप्ट्स, साउन्ड्सआदिको स्थान देख्न सक्छौं
08:38 अब फंट्स को स्थान हेरौं
08:42 पहिलो आयताकार बारको दायाँ अन्त्यको फायल आइकनमा लेफ्ट क्लिक गर्नुहोस
08:53 एउटा फायल ब्राउजर खुल्छ
08:56 डिफल्टमा हामी लोकल C ड्राइभ डाइरेक्टरीभित्र छौं
09:02 windows डाइरेक्टरी मा लेफ्ट क्लिक गर्नुहोस
09:07 Fonts मा जानुहोस
09:11 स्क्रिनको माथिल्लो दायाँ कुनाको Accept मा लेफ्ट क्लिक गर्नुहोस
09:19 पहिलो आयताकार बारमा एउटा पाथ देखापर्छ
09:25 ब्लेंडरलाई अब फन्ट कहाँ हुन्छ भनि थाहा हुन्छ
09:32 यसैगरि, दोस्रो आयताकार बारको दायाँ अन्त्यको फायल आइकनमा लेफ्ट क्लिक गर्नुहोस
09:40 फेरी, फायल ब्राउजर खुल्छ
09:43 अब हामी फन्टलाई गरेजस्तै टेक्चर को लागि पनि हाम्रो सिस्टममा स्थान सेट गर्न सक्छौं
09:52 यदि म टेक्चरलाई कुनै स्थान नछानी यो फायल ब्राउजर बन्द गर्न चाहन्छु भने के हुन्छ?
10:00 युजर प्रेफेरेंसेस विन्डो मा फेरी फर्कन, स्क्रिनको माथि रहेको हेल्प संगैको Back to previous मा लेफ्ट क्लिक गर्नुहोस
10:11 दोस्रो आयताकार बारमा कुनै पाथ देखिदैन किनकि मैले कुनै एउटा छानेको छैन
10:20 System मा लेफ्ट क्लिक गर्नुहोस
10:23 यहाँ हामी, हामीले प्रयोग गर्ने कम्प्युटर अनुसार, ब्लेंडर को सेटिंग मिलाउन सक्छौं
10:29 DPIले ब्लेंडर डिस्प्लेको फन्टसाइज र रिजोलुसन फेर्छ
10:36 ब्लेंडर को डिफल्ट DPI 72 हो
10:42 म राम्रो हेराईको लागि ब्लेंडर्त्युटोरीअल शृंखलामा DPI:90 प्रयोग गर्दैछु
10:52 तल बायाँ कुनाको Save as default लाई हामीले ब्लेंडर इन्टरफेसमा गरेको फेरबदल सेभ गर्न प्रयोग गरिन्छ
11:01 किबोर्डसर्टकटको लागि CTRl र U थिच्नुहोस
11:07 यो युजरप्रेफेरेंसेस को आधारभूत जानकारी थियो
11:13 यो बाहेक पनि ब्लेंडर इन्टरफेसमा अरु विकल्पहरु रहेका छन, जुन पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
11:25 अब ब्लेंडर मा युजर प्रेफेन्सेस विन्डो किबोर्ड सर्टकट प्रयोग गरि खोल्नुहोस्
11:33 अनि, रोटेट अराउण्ड सेलेक्सन प्रयोग गरि क्युब्लाई 3D भ्युको केन्द्र बनाउनुहोस
11:42 ब्लेंडर को लागि क्लाउड जेनेरेटर प्लग-इन इन्स्टल गर्नुहोस,
11:47 टाइमलाइन को हालको फ्रेमको रंग बदल्नुहोस र रेंडर आउटपुट को लागि तपाइको कम्प्युटरमा स्थान छान्नुहोस्
11:57 राम्रो गर्नुहोस!
12:02 यसरी हाम्रो युजर प्रेफेरेंसेस को ट्युटोरीअल समाप्त हुन्छ
12:10 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
12:19 यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेका छन
12:23 oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
12:39 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
12:41 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
12:45 अनलाइन तस्त पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
12:50 बिस्तृत जानकारी को लागि कृपया

contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला

12:56 सहभागी हुनुभएको मा धन्यवाद
12:59 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Gaurav, Mandira, Pratik kamble, Ranjana