Blender/C2/Types-of-Windows-User-Preference/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ |
00:05 | यो ट्युटोरीअल ब्लेंडर २.५९ मा युजर प्रिफरेंसेसको बारेमा रहेको छ |
00:12 | यो स्क्रिप्ट मा मन्दिरा थापाको योगदान रहेको छ |
00:22 | यो ट्युटोरीअल हेरेपछि, तपाइले युजर प्रेफेरेन्सेस विन्डो को बारेमा जान्न सक्नुहुनेछ |
00:30 | युजर प्रेफेरेंसेस विन्डोमा पाइने विभिन्न बिकल्पहरु के हुन्? |
00:36 | र कसरी ब्लेंडर इन्टरफेसलाई युजर प्रेफेरेंसेस विन्डो प्रयोग गरि आफुले चाहे जस्तो बनाउने? |
00:43 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसको आधारभूत जानकारी छ |
00:48 | यदि छैन भने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोला |
00:52 | ब्लेंडर इन्टरफेसको सामान्य जानकारी |
00:58 | ब्लेंडर इन्टरफेसको माथिल्लो बायाँ कुनाको File मा जानुहोस |
01:05 | खोल्नलाई Fileमा लेफ्ट क्लिक गर्नुहोस |
01:08 | यहाँ भएका विकल्पहरु पहिले नै फायल ब्राउजर र इन्फो प्यानल ट्युटोरीअल मा चर्चा गरिएका छन |
01:19 | User Preferences छान्नुहोस् |
01:22 | किबोर्ड सर्टकट को लागि Ctrl, Alt र Uथिच्नुहोस |
01:32 | यो युजर प्रेफेरेंसेस विन्डो हो |
01:38 | युजर प्रेफेरेंसेस विन्डोको माथिल्लो बायाँ कुनामा रहेको Interface मा जानुहोस |
01:45 | यसमा ब्लेंडर इन्टरफेसलाई फेरबदल गर्ने विभिन्न विकल्प रहेका छन |
01:50 | आधारभूत चाहिने बिकल्पहरु पहिले नै डिफल्टमा छानिएको छ |
01:56 | डिस्प्ले मिनी एक्सिस ले 3D भ्युको तल्लो बायाँ कुनामा रहेको मिनी अक्षलाई नियन्त्रण गर्छ |
02:05 | डिफल्ट साइज २५ हो |
02:09 | म ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा राम्रोसंग हेर्न को लागि साइज ६० प्रयोग गर्दैछु |
02:16 | म यो देखाउदैछु |
02:18 | User preferences विन्डो बन्द गर्नुहोस |
02:24 | 3D भ्युको तल्लो बायाँ कुनामा, हामी मिनी अक्ष देख्न सक्छौं |
02:32 | मिनी अक्षले ब्लेंडर को 3D क्षेत्रको ग्लोबल रुपान्तर अक्ष जनाउछ |
02:40 | यो ब्लेंडरमा एनिमेसन गर्दा काम लाग्छ |
02:44 | हामी ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा पछिको ट्युटोरीअलमा बिस्तृत रुपमा चर्चा गर्नेछौं |
02:52 | युजर प्रेफेरेंसेस विन्डो खोल्न Ctrl, Alt र Uथिच्नुहोस |
03:00 | Rotate around selection एक्टिभेट गर्नुहोस |
03:06 | यसले तपाइलाई छानिएको बस्तुको वरिपरी घुम्न दिन्छ |
03:12 | यसको मतलब के हो हेरौं |
03:15 | युजर प्रेफेरेंसेस विन्डो खोल्नुहोस् |
03:19 | 3D भ्यूको lampमा राइटक्लिक गर्नुहोस |
03:27 | माउस व्हिल वा बिचको बटन थिची राखी माउसलाई सार्नुहोस |
03:35 | हामी छानिएको बस्तुको वरिपरी घुम्दै छौं |
03:42 | यसैगरी, क्यामेरामा राइट क्लिक गर्नुहोस |
03:47 | माउस व्हिल वा बिचको बटन थिची राखी माउसलाई सार्नुहोस |
03:55 | अब हामी क्यामेराको वरिपरी घुम्दै छौं |
04:03 | युजर प्रेफेरेंसेस विन्डोखोल्न Ctrl, Alt र U थिच्नुहोस |
04:10 | Editingमा लेफ्ट क्लिक गर्नुहोस |
04:14 | यसमा ति प्यारामिटरहरु रहेका छन जसले ब्लेंडरमा बस्तुहरु सम्पादन गर्ने वा एडिट मोडको बिशेषता देखाउछ |
04:24 | फेरी सामान्य बिकल्पहरु डिफल्टमा नै एक्टिभेट हुन्छ |
04:32 | Global undo ले सम्पादन गर्दा लाग्न सक्ने अंडू प्रकृयाहरुको संख्या घटाउने/बढाउने गर्छ |
04:44 | Inputमा लेफ्ट क्लिक गर्नुहोस |
04:46 | यहाँ हामी ब्लेंडरमा प्रयोग गरिने सबै किबोर्ड सर्टकटहरु मिलाउन सक्छौं |
04:53 | Emulate 3-button mouseले ब्लेंडरमा तपाइलाई २-बटन माउसलाई ३-बटन माउस जस्तै काम गर्न दिन्छ |
05:04 | Select with ले छान्ने विकल्प तपाइको माउस दायाँबाट बायाँ बदल्न सक्छ |
05:12 | यो बायाँ हाते प्रयोगकर्ताहरुको लागि उपयोगी हुन्छ |
05:19 | Emulate numpad ले ब्लेंडरमा तपाइको किबोर्डको नम्बर किहरुलाई numpad keys जस्तै काम गराउछ |
05:29 | ल्यापटप प्रयोगकर्ताहरु जोसंग किबोर्डमा छुट्टै नमप्याड छैन, उनीहरुको लागि उपयोगी हुन्छ |
05:41 | Add-onsमा लेफ्ट क्लिक गर्नुहोस |
05:43 | यसमा ब्लेंडरमा भएका प्लग-इन्स को सूची रहेको छ |
05:49 | Enabled मा लेफ्ट क्लिक गर्नुहोस |
05:52 | केहि प्लग-इन्स डिफल्टमा एक्टिभेट भएका छन |
05:55 | अरु प्लग-इन्स सम्बन्धित वेबसाइटबाट इन्स्टल गर्न सकिन्छ |
06:00 | उदाहरणको लागि,क्लाउड क्रेट गर्ने प्लग-इन इन्स्टल गरौँ |
06:07 | Objectमा लेफ्ट क्लिक गरौँ |
06:11 | Object संगैको Cloud generator मा लेफ्ट क्लिक गर्नुहोस |
06:19 | link to wikiमा लेफ्ट क्लिक गर्नुहोस |
06:23 | यो लिंकले हाम्रो इन्टरनेट ब्राउजरमा एउटा वेब पेज खोल्छ |
06:29 | म फायरफक्स 3.०९ इन्टरनेट ब्राउजर प्रयोग गर्दै छु |
06:35 | यहाँ हामी ब्लेंडरमा क्लाउड जेनेरेटर प्लग-इन डाउनलोड अनि इन्स्टल गर्न सक्छौं |
06:42 | खाली यो पेजमा रहेको निर्देशनहरु अपनाउनुहोस् |
06:47 | यहाँ देखिएका प्रकृयाहरु इन्टरनेट ब्राउजरमा भए जस्तै छन |
06:56 | Theme मा लेफ्ट क्लिक गर्नुहोस |
06:59 | यहाँ तपाई ब्लेंडर इन्टरफेस को हरेक प्यानलको रंग फेर्न सक्नुहुन्छ |
07:09 | उदाहरणको लागि Timelineमा लेफ्ट क्लिक गर्नुहोस |
07:14 | यहाँ तपाई हालको हालको फ्रेम सूचक ग्रिड र अन्य एट्रीब्युट्सको पनि रंग देख्न सक्नुहुन्छ |
07:24 | करेन्ट फ्रेम संगैको हरियो बार मा लेफ्ट क्लिक गर्नुहोस |
07:30 | यो ब्लेंडरको कलर मोड विन्डो हो |
07:38 | यहाँ हरियो क्षेत्रमा भएको सेतो डट ले करेन्ट फ्रेम सूचकको रंग नियन्त्रण गर्छ |
07:45 | म यसलाई रातोमा बदल्दै छु |
07:49 | सेतो डटमा लेफ्ट क्लिक गर्नुहोस, तपाइको माउसलाई थिची राखी रातो क्षेत्रतिर तान्नुहोस |
07:58 | लेफ्ट clickछोड्नुहोस |
08:01 | कसरी RGB को मान फेरिएको छ त्यो पनि हेर्नुहोस |
08:07 | यसो गरि हामी अन्य कुनै सुचिकृत बिकल्पको पनि रंग फेर्न सक्छौं |
08:15 | Fileमा लेफ्ट क्लिक गर्नुहोस |
08:20 | यहाँ हामी, हाम्रो सिस्टमको फंट्स,टेक्चर्स,प्लग-इन्स,रेंडर आउटपुट, स्क्रिप्ट्स, साउन्ड्सआदिको स्थान देख्न सक्छौं |
08:38 | अब फंट्स को स्थान हेरौं |
08:42 | पहिलो आयताकार बारको दायाँ अन्त्यको फायल आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
08:53 | एउटा फायल ब्राउजर खुल्छ |
08:56 | डिफल्टमा हामी लोकल C ड्राइभ डाइरेक्टरीभित्र छौं |
09:02 | windows डाइरेक्टरी मा लेफ्ट क्लिक गर्नुहोस |
09:07 | Fonts मा जानुहोस |
09:11 | स्क्रिनको माथिल्लो दायाँ कुनाको Accept मा लेफ्ट क्लिक गर्नुहोस |
09:19 | पहिलो आयताकार बारमा एउटा पाथ देखापर्छ |
09:25 | ब्लेंडरलाई अब फन्ट कहाँ हुन्छ भनि थाहा हुन्छ |
09:32 | यसैगरि, दोस्रो आयताकार बारको दायाँ अन्त्यको फायल आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
09:40 | फेरी, फायल ब्राउजर खुल्छ |
09:43 | अब हामी फन्टलाई गरेजस्तै टेक्चर को लागि पनि हाम्रो सिस्टममा स्थान सेट गर्न सक्छौं |
09:52 | यदि म टेक्चरलाई कुनै स्थान नछानी यो फायल ब्राउजर बन्द गर्न चाहन्छु भने के हुन्छ? |
10:00 | युजर प्रेफेरेंसेस विन्डो मा फेरी फर्कन, स्क्रिनको माथि रहेको हेल्प संगैको Back to previous मा लेफ्ट क्लिक गर्नुहोस |
10:11 | दोस्रो आयताकार बारमा कुनै पाथ देखिदैन किनकि मैले कुनै एउटा छानेको छैन |
10:20 | System मा लेफ्ट क्लिक गर्नुहोस |
10:23 | यहाँ हामी, हामीले प्रयोग गर्ने कम्प्युटर अनुसार, ब्लेंडर को सेटिंग मिलाउन सक्छौं |
10:29 | DPIले ब्लेंडर डिस्प्लेको फन्टसाइज र रिजोलुसन फेर्छ |
10:36 | ब्लेंडर को डिफल्ट DPI 72 हो |
10:42 | म राम्रो हेराईको लागि ब्लेंडर्त्युटोरीअल शृंखलामा DPI:90 प्रयोग गर्दैछु |
10:52 | तल बायाँ कुनाको Save as default लाई हामीले ब्लेंडर इन्टरफेसमा गरेको फेरबदल सेभ गर्न प्रयोग गरिन्छ |
11:01 | किबोर्डसर्टकटको लागि CTRl र U थिच्नुहोस |
11:07 | यो युजरप्रेफेरेंसेस को आधारभूत जानकारी थियो |
11:13 | यो बाहेक पनि ब्लेंडर इन्टरफेसमा अरु विकल्पहरु रहेका छन, जुन पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ |
11:25 | अब ब्लेंडर मा युजर प्रेफेन्सेस विन्डो किबोर्ड सर्टकट प्रयोग गरि खोल्नुहोस् |
11:33 | अनि, रोटेट अराउण्ड सेलेक्सन प्रयोग गरि क्युब्लाई 3D भ्युको केन्द्र बनाउनुहोस |
11:42 | ब्लेंडर को लागि क्लाउड जेनेरेटर प्लग-इन इन्स्टल गर्नुहोस, |
11:47 | टाइमलाइन को हालको फ्रेमको रंग बदल्नुहोस र रेंडर आउटपुट को लागि तपाइको कम्प्युटरमा स्थान छान्नुहोस् |
11:57 | राम्रो गर्नुहोस! |
12:02 | यसरी हाम्रो युजर प्रेफेरेंसेस को ट्युटोरीअल समाप्त हुन्छ |
12:10 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
12:19 | यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेका छन |
12:23 | oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
12:39 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट- |
12:41 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ |
12:45 | अनलाइन तस्त पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ |
12:50 | बिस्तृत जानकारी को लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला |
12:56 | सहभागी हुनुभएको मा धन्यवाद |
12:59 | र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार! |