Blender/C2/Types-of-Windows-Properties-Part-2/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:50, 4 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.04 ब्लेडर ट्युटोरीअल को शृंखला मा स्वागत छ
00.08 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00.15 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00.28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जन्नुहुनेछ;
00.35 प्रोपर्टीज विन्डो भित्रका सिन प्यानल, वर्ल्ड प्यानल र अब्जेक्ट प्यानल के हुन्;
00.42 प्रोपर्टीज विन्डो भित्रका सिन प्यानल, वर्ल्ड प्यानल र अब्जेक्ट प्यानल का विभिन्न सेटिंगहरु के हुन्;
00.52 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
00.57 यदि छैन भने कृपया हाम्रो - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01.05 प्रोपर्टीज विन्डो हाम्रो विन्डोको दायाँ पट्टि रहेको छ
01.11 हामीले पहिले नै प्रोपर्टीज विन्डोको पहिलो प्यानलको प्रोपर्टीज र सेटिंगहरु अगाडिको ट्युटोरीअलमा हेरेका छौं
01.17 अब प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01.21 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न ठुलो पार्न पर्छ
01.27 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गर्नुहोस र थिची राखी बायाँतिर तान्नुहोस
01.37 अब हामी प्रोपर्टीज विन्डोका विकल्पहरु अझ राम्ररी देख्न सक्छौं
01.42 कसरी ब्लेंडर विन्डो सानो/ ठुलो गर्ने जान्न हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला
01.51 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको दोस्रो आइकनमा लेफ्ट क्लिक गर्नुहोस, यो दृश्य प्यानल हो
02.02 Camera दृश्य रेंडर गर्न प्रयोग गरिने एक्टिभ क्यामेरा हो
02.08 Units ले दृश्यमा बस्तुको इकाई नाप्छ
02.14 यो ब्लेंडर मा एनिमेसन गर्दा एकदमै उपयोगी र महत्वपूर्ण हुन्छ
02.20 डिफल्टमा Units, nonedegreesमा सेट हुन्छन
02.26 Metric मा लेफ्ट क्लिक गर्नुहोस, अब सबै दृश्यका बस्तुहरु मिटरमा नापिन्छ
02.35 Gravityमा हेर्नुहोस
02.38 याद गर्नुहोस कि ग्र्याभिटीको xyz इकाई मिटर पर सेकन्ड स्क्वारबदलिएको छ
02.46 हामीले ब्लेंडरमा फिजिक्स प्रयोग गरि बस्तुहरु एनिमेट गर्दा ग्र्याभीटि प्रयोगमा आउछ
02.52 त्यो हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं
02.56 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको तेस्रो आईकनमा लेफ्ट क्लिक गर्नुहोस
03.03 यो World panelहो, यहाँ हामी ब्लेंडरको वर्ल्ड सेटिंग वा पृष्ठभूमि सेटिंग बदल्न सक्छौं
03.12 Blend Skyमा लेफ्ट क्लिक गर्नुहोस, प्रिभ्यु gradient रंगमा बदल्छ
03.21 तर 3D भ्यू उस्तै देखिन्छ, त्यसैले हामी पृष्ठभूमिको रंग साच्चिकै बदलिएको छ/छैन कसरि थाहा पाउछौं?
03.30 एक्टिभ क्यामेर भ्यू रेंडर गर्न F12 थिच्नुहोस
03.36 अब हामी फेरिएको पृष्ठभूमि देख्न सक्छौं
03.40 रेंडर डिस्प्ले बन्द गर्नुहोस
03.46 जेनिथ कलरमा लेफ्ट क्लिक गर्नुहोस , menuबाट एउटा रंग छान्नुहोस्, म सेतो छान्दैछु
03.58 अब पृष्ठभूमि कालो र सेतो gradient सहित रेंडर हुन्छ
04.03 World panelका अन्य सेटिंगहरु - Ambient Occlusion, environment lighting, Indirect lighting, Gather, Mist, Starsहुन्
04.21 यी सेटिंगहरु हामी पछिको ब्लेंडरमा लाइटिंग ट्युटोरीअलमा हेर्नेछौं
04.29 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको चौथो आइकनमा लेफ क्लिक गर्नुहोस
04.37 यो Object प्यानल हो , यसमा एक्टिभ बस्तुको सेटिंग रहेको छ
04.45 डिफल्टमा,क्युब एक्टिभ बस्तु हो, त्यसैले यहाँ भएका सबै सेटिंगहरु क्युबको लागि हो
04.54 Transform ले एक्टिभ बस्तुको स्थान, रोटेसन र इकाई दिन्छ
05.04 लोकेसनमा X 0मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 1 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
05.14 क्युब १ युनिटले x अक्षमा अघि बढ्छ
05.20 यसरी हामी अब्जेक्ट प्यानल एक्टिभ बस्तु सार्न, रोटेट र स्केल गर्न प्रयोग गर्न सक्छौं
05.28 यो ब्लेंडर मा किफ्रेम एनिमेट गर्दा एकदमै उपयोगी हुन्छ
05.35 3ड भ्युको Camera मा राइट क्लिक गर्नुहोस
05.40 याद राख्नुहोस कि कसरी अब्जेक्ट प्यानलको ट्रांस्फर्म भित्रको स्थान, रोटेसन र स्केलको इकाई बदलिन्छ
05.50 यी सेटिंगहरु छानिएको क्यामेराको लागि हो
05.55 अर्को सेटिंग Relationsहो, यहाँ हामी हाम्रो एक्टिभ बस्तुको लागि layerparent छान्न सक्छौं
06.07 लेयर मुनिको second square मा लेफ्ट क्लिक गर्नुहोस, अब क्यामेरा देखिदैन
06.13 बास्तवमा, यो दोस्रो लेयरमा सारिएको छ, लेयर नदेखिने भएकोले क्यामेरा पनि देखिदैन
06.23 3D भ्युको तल्लो बायाँ कुनाको View मा जानुहोस, खोल्नलाई menuमा लेफ्ट क्लिक गर्नुहोस
06.32 show all layersछान्नुहोस्, 3D भ्युमा क्यामेरा फेरी देख्न सकिन्छ
06.42 लेयर एउटा दृश्यमा धेरै बस्तुहरु संग काम गर्दा धेरै उपयोगी हुन्छ
06.50 अब्जेक्ट प्यानलको Relations मुनिको Parent मा लेफ्ट क्लिक गर्नुहोस
06.55 Parent, 3D एनिमेसन सफ्टवेरमा प्रयोग गरिने सबै भन्दा महत्वपुर्ण साधन हो
07.03 हामी, ब्लेंडरको एनिमेसन ट्युटोरीअलमा यो धेरै प्रयोग गर्ने छौं
07.10 क्युब छान्नुहोस्,
07.13 क्यामेरा, क्युबमा प्यारेन्टेड भएको छ
07.16 क्युब मूल बस्तु हो भने क्यामेरा त्यसको अंश जस्तो हो, यसको मतलब के हो हेरौं
07.24 3D भ्युमा क्युब छान्न राइट क्लिक गर्नुहोस
07.28 निलो ह्यान्डलमा लेफ्ट क्लिक गर्नुहोस, र तपाइको माउस थिची राखी माथि र तल गर्नुहोस
07.36 क्यामेरा क्युबसंगै माथि र तल गर्छ
07.44 क्युबको नयाँ स्थान पक्का गर्न स्क्रिन मा लेफ्ट क्लिक गर्नुहोस
07.51 3D भ्युमा Cameraलाई राइट क्लिक गर्नुहोस, अब अब्जेक्ट प्यानलको Parent मा जानुहोस
08.02 Parentमा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट Backspaceथिच्नुहोस र इन्टर गर्नुहोस
08.11 अब क्यामेरा क्युबमा प्यारेंटेड छैन
08.15 यो आफ्नो 3D भ्युको मूल स्थानमा फर्कन्छ भने क्युब नयाँ स्थानमा नै रहन्छ
08.22 यसको मतलब प्यारेंटिंगले चाइल्ड बस्तुको मूल ट्रांस्फार्म सेटिंग बदल्दैन
08.29 यसरी हामीले यो ट्युटोरीअलमा प्रोपर्टीज विन्डोको scene panel, world panelObject panelको चर्चा गरेउ
08.39 बाकी प्यानलहरु अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ
08.45 अब, एउटा ब्लेंड फायल बनाउनुहोस, दृश्यको इकाई मेट्रिकमा बदल्नुहोस
08.52 वर्ल्ड रंगलाई ब्लेंड आकाशे निलो र कालो मा बदल्नुहोस
08.58 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09.08 यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेका छन

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro

09.28 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
09.30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
09.33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
09.38 बिस्तृत जानकारी को लागि कृपया

contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला

09.45 सहभागी हुनुभएकोमा धन्यवाद
09.47 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana