Blender/C2/Types-of-Windows-Properties-Part-2/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:04 ब्लेडर ट्युटोरीअल को शृंखला मा स्वागत छ
00:08 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जन्नुहुनेछ;
00:35 प्रोपर्टीज विन्डो भित्रका सिन प्यानल, वर्ल्ड प्यानल र अब्जेक्ट प्यानल के हुन्;
00:42 प्रोपर्टीज विन्डो भित्रका सिन प्यानल, वर्ल्ड प्यानल र अब्जेक्ट प्यानल का विभिन्न सेटिंगहरु के हुन्;
00:52 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
00:57 यदि छैन भने कृपया हाम्रो - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01:05 प्रोपर्टीज विन्डो हाम्रो विन्डोको दायाँ पट्टि रहेको छ
01:11 हामीले पहिले नै प्रोपर्टीज विन्डोको पहिलो प्यानलको प्रोपर्टीज र सेटिंगहरु अगाडिको ट्युटोरीअलमा हेरेका छौं
01:17 अब प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01:21 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न ठुलो पार्न पर्छ
01:27 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गर्नुहोस र थिची राखी बायाँतिर तान्नुहोस
01:37 अब हामी प्रोपर्टीज विन्डोका विकल्पहरु अझ राम्ररी देख्न सक्छौं
01:42 कसरी ब्लेंडर विन्डो सानो/ ठुलो गर्ने जान्न हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला
01:51 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको दोस्रो आइकनमा लेफ्ट क्लिक गर्नुहोस, यो दृश्य प्यानल हो
02:02 Camera दृश्य रेंडर गर्न प्रयोग गरिने एक्टिभ क्यामेरा हो
02:08 Units ले दृश्यमा बस्तुको इकाई नाप्छ
02:14 यो ब्लेंडर मा एनिमेसन गर्दा एकदमै उपयोगी र महत्वपूर्ण हुन्छ
02:20 डिफल्टमा Units, nonedegreesमा सेट हुन्छन
02:26 Metric मा लेफ्ट क्लिक गर्नुहोस, अब सबै दृश्यका बस्तुहरु मिटरमा नापिन्छ
02:35 Gravityमा हेर्नुहोस
02:38 याद गर्नुहोस कि ग्र्याभिटीको xyz इकाई मिटर पर सेकन्ड स्क्वारबदलिएको छ
02:46 हामीले ब्लेंडरमा फिजिक्स प्रयोग गरि बस्तुहरु एनिमेट गर्दा ग्र्याभीटि प्रयोगमा आउछ
02:52 त्यो हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं
02:56 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको तेस्रो आईकनमा लेफ्ट क्लिक गर्नुहोस
03:03 यो World panelहो, यहाँ हामी ब्लेंडरको वर्ल्ड सेटिंग वा पृष्ठभूमि सेटिंग बदल्न सक्छौं
03:12 Blend Skyमा लेफ्ट क्लिक गर्नुहोस, प्रिभ्यु gradient रंगमा बदल्छ
03:21 तर 3D भ्यू उस्तै देखिन्छ, त्यसैले हामी पृष्ठभूमिको रंग साच्चिकै बदलिएको छ/छैन कसरि थाहा पाउछौं?
03:30 एक्टिभ क्यामेर भ्यू रेंडर गर्न F12 थिच्नुहोस
03:36 अब हामी फेरिएको पृष्ठभूमि देख्न सक्छौं
03:40 रेंडर डिस्प्ले बन्द गर्नुहोस
03:46 जेनिथ कलरमा लेफ्ट क्लिक गर्नुहोस , menuबाट एउटा रंग छान्नुहोस्, म सेतो छान्दैछु
03.58 अब पृष्ठभूमि कालो र सेतो gradient सहित रेंडर हुन्छ
04:03 World panelका अन्य सेटिंगहरु - Ambient Occlusion, environment lighting, Indirect lighting, Gather, Mist, Starsहुन्
04:21 यी सेटिंगहरु हामी पछिको ब्लेंडरमा लाइटिंग ट्युटोरीअलमा हेर्नेछौं
04:29 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको चौथो आइकनमा लेफ क्लिक गर्नुहोस
04:37 यो Object प्यानल हो , यसमा एक्टिभ बस्तुको सेटिंग रहेको छ
04:45 डिफल्टमा,क्युब एक्टिभ बस्तु हो, त्यसैले यहाँ भएका सबै सेटिंगहरु क्युबको लागि हो
04:54 Transform ले एक्टिभ बस्तुको स्थान, रोटेसन र इकाई दिन्छ
05:04 लोकेसनमा X 0मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 1 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
05:14 क्युब १ युनिटले x अक्षमा अघि बढ्छ
05:20 यसरी हामी अब्जेक्ट प्यानल एक्टिभ बस्तु सार्न, रोटेट र स्केल गर्न प्रयोग गर्न सक्छौं
05:28 यो ब्लेंडर मा किफ्रेम एनिमेट गर्दा एकदमै उपयोगी हुन्छ
05:35 3ड भ्युको Camera मा राइट क्लिक गर्नुहोस
05:40 याद राख्नुहोस कि कसरी अब्जेक्ट प्यानलको ट्रांस्फर्म भित्रको स्थान, रोटेसन र स्केलको इकाई बदलिन्छ
05:50 यी सेटिंगहरु छानिएको क्यामेराको लागि हो
05:55 अर्को सेटिंग Relationsहो, यहाँ हामी हाम्रो एक्टिभ बस्तुको लागि layerparent छान्न सक्छौं
06:07 लेयर मुनिको second square मा लेफ्ट क्लिक गर्नुहोस, अब क्यामेरा देखिदैन
06:13 बास्तवमा, यो दोस्रो लेयरमा सारिएको छ, लेयर नदेखिने भएकोले क्यामेरा पनि देखिदैन
06:23 3D भ्युको तल्लो बायाँ कुनाको View मा जानुहोस, खोल्नलाई menuमा लेफ्ट क्लिक गर्नुहोस
06:32 show all layersछान्नुहोस्, 3D भ्युमा क्यामेरा फेरी देख्न सकिन्छ
06:42 लेयर एउटा दृश्यमा धेरै बस्तुहरु संग काम गर्दा धेरै उपयोगी हुन्छ
06:50 अब्जेक्ट प्यानलको Relations मुनिको Parent मा लेफ्ट क्लिक गर्नुहोस
06:55 Parent, 3D एनिमेसन सफ्टवेरमा प्रयोग गरिने सबै भन्दा महत्वपुर्ण साधन हो
07:03 हामी, ब्लेंडरको एनिमेसन ट्युटोरीअलमा यो धेरै प्रयोग गर्ने छौं
07:10 क्युब छान्नुहोस्,
07:13 क्यामेरा, क्युबमा प्यारेन्टेड भएको छ
07:16 क्युब मूल बस्तु हो भने क्यामेरा त्यसको अंश जस्तो हो, यसको मतलब के हो हेरौं
07:24 3D भ्युमा क्युब छान्न राइट क्लिक गर्नुहोस
07:28 निलो ह्यान्डलमा लेफ्ट क्लिक गर्नुहोस, र तपाइको माउस थिची राखी माथि र तल गर्नुहोस
07:36 क्यामेरा क्युबसंगै माथि र तल गर्छ
07:44 क्युबको नयाँ स्थान पक्का गर्न स्क्रिन मा लेफ्ट क्लिक गर्नुहोस
07:51 3D भ्युमा Cameraलाई राइट क्लिक गर्नुहोस, अब अब्जेक्ट प्यानलको Parent मा जानुहोस
08:02 Parentमा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट Backspaceथिच्नुहोस र इन्टर गर्नुहोस
08:11 अब क्यामेरा क्युबमा प्यारेंटेड छैन
08:15 यो आफ्नो 3D भ्युको मूल स्थानमा फर्कन्छ भने क्युब नयाँ स्थानमा नै रहन्छ
08:22 यसको मतलब प्यारेंटिंगले चाइल्ड बस्तुको मूल ट्रांस्फार्म सेटिंग बदल्दैन
08:29 यसरी हामीले यो ट्युटोरीअलमा प्रोपर्टीज विन्डोको scene panel, world panelObject panelको चर्चा गरेउ
08:39 बाकी प्यानलहरु अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ
08:45 अब, एउटा ब्लेंड फायल बनाउनुहोस, दृश्यको इकाई मेट्रिकमा बदल्नुहोस
08:52 वर्ल्ड रंगलाई ब्लेंड आकाशे निलो र कालो मा बदल्नुहोस
08:58 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09:08 यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेका छन

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro

09:28 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
09:30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
09:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
09:38 बिस्तृत जानकारी को लागि कृपया

contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला

09:45 सहभागी हुनुभएकोमा धन्यवाद
09:47 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana