Blender/C2/3D-Cursor/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:38, 15 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.03 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00.07 यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ
00.15 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00.25 यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो,
00.32 ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ
00.46 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ
00.51 यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला
00.57 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो
01.06 अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं
01.12 हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन
01.15 पहिले डेस्कटपको Blender icon मा जाऊ, Blender iconमा राइट क्लिक गरि Openमा लेफ्ट क्लिक गरौँ
01.27 दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को Blender icon मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो
01.42 यो Blender 2.59 हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन 1024 by 768 pixels देखाइएको छ
01.54 तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ
02.01 इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला
02.12 यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी reference links देखाउछ
02.20 स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को ESC कि थिच्नुहोस
02.25 वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस
02.32 अब तपाई डिफल्ट ब्लेंडर वर्कस्पेस देख्न सक्नुहुन्छ
02.37 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ
02.43 हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ
02.48 डिफल्टमा, क्युब पहिले नै छानिएको छ
02.51 मेट्नलाई किबोर्डको delete बटन थिच्नुहोस, Deleteमा लेफ्ट क्लिक गर्नुहोस
02.58 ल, अब तपाई 3D कर्सर अझ राम्रो देख्न सक्नुहुन्छ
03.04 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो
03.15 ADDमा, अनि Meshमा जानुहोस, Cube मा लेफ्ट क्लिक गर्नुहोस
03.19 तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट shift र A थिच्न सक्नुहुन्छ
03.27 3D भ्यू मा नयाँ क्युब थपिएको छ
03.30 तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ
03.38 अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं
03.44 पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ
03.48 यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस
03.53 म क्युब को बायाँपट्टि क्लिक गर्दैछु
03.59 नयाँ बस्तु थप्न Shift र A, अनि Mesh, UV sphereमा लेफ्ट क्लिक गर्नुहोस
04.10 UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ
04.15 अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं
04.22 Objectजानुहोस,अनि Snapमा , यो Snap मेनु हो
04.29 यहाँ विभिन्न बिकल्प रहेका छन्
04.31 तपाई किबोर्ड सटकट Shift र S पनि प्रयोग गर्न सक्नुहुन्छ
04.38 Selection to cursor ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ
04.45 उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ
04.50 cubeमा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न Shift र S क्लिक गरौँ
04.58 Selection to cursor मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ
05.06 अब क्युबलाई दायाँतिर सारौँ, green handleमा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ
05.17 किबोर्ड बाट G र Y थिच्नुहोस
05.23 3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस
05.35 Shift र S ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ cursor to selected मा लेफ्ट क्लिक गर्नुहोस
05.43 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ
05.50 तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन
05.59 Cursor to selected ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ
06.07 म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ
06.12 UV स्फेर छान्न शिफ्ट + राइट क्लिक गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन
06.22 स्न्याप मेनु निकाल्न Shift र S थिच्नुहोस, Cursor to selected क्लिक गर्नुहोस
06.30 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ
06.36 अब शिफ्ट + राइट क्लिक गर्नुहोस, ल्याम्प, शिफ्ट र S थिची स्न्याप मेनु निकाल्नुहोस
06.47 Cursor to Selected मा क्लिक गर्नुहोस, 3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ
06.58 ३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु
07.07 शिफ्ट र S थिची स्न्याप नहु निकाल्नुहोस
07.12 Cursor to Center क्लिक गर्नुहोस, 3D कर्सर 3D भ्यू को बिचमा स्न्याप लिन्छ
07.22 बस्तुहरु नछान्न, किबोर्डबाट A थिच्नुहोस
07.28 अब UV sphere राइट क्लिक गर्नुहोस, यसलाई नछान्न A थिच्नुहोस
07.39 स्न्याप मेनु निकाल्न शिफ्ट र S थिच्नुहोस
07.44 Cursor to active मा क्लिक गर्नुहोस
07.47 3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ
07.56 यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ
08.03 तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं
08.08 अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं
08.16 त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला
08.26 अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ
08.31 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08.40 यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
09.00 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09.02 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09.06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
09.11 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला
09.17 सहभागीता को लागि धन्यबाद
09.19 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana