Blender/C2/3D-Cursor/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:03 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ
00:15 यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ
00:25 यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो,
00:32 ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ
00:46 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ
00:51 यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला
00:57 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो
01:06 अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं
01:12 हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन
01:15 पहिले डेस्कटपको Blender icon मा जाऊ, Blender iconमा राइट क्लिक गरि Openमा लेफ्ट क्लिक गरौँ
01:27 दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को Blender icon मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो
01:42 यो Blender 2.59 हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन 1024 by 768 pixels देखाइएको छ
01:54 तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ
02:01 इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला
02:12 यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी reference links देखाउछ
02:20 स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को ESC कि थिच्नुहोस
02:25 वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस
02:32 अब तपाई डिफल्ट ब्लेंडर वर्कस्पेस देख्न सक्नुहुन्छ
02:37 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ
02:43 हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ
02:48 डिफल्टमा, क्युब पहिले नै छानिएको छ
02:51 मेट्नलाई किबोर्डको delete बटन थिच्नुहोस, Deleteमा लेफ्ट क्लिक गर्नुहोस
02:58 ल, अब तपाई 3D कर्सर अझ राम्रो देख्न सक्नुहुन्छ
03:04 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो
03:15 ADDमा, अनि Meshमा जानुहोस, Cube मा लेफ्ट क्लिक गर्नुहोस
03:19 तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट shift र A थिच्न सक्नुहुन्छ
03:27 3D भ्यू मा नयाँ क्युब थपिएको छ
03:30 तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ
03:38 अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं
03:44 पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ
03:48 यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस
03:53 म क्युब को बायाँपट्टि क्लिक गर्दैछु
03:59 नयाँ बस्तु थप्न Shift र A, अनि Mesh, UV sphereमा लेफ्ट क्लिक गर्नुहोस
04:10 UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ
04:15 अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं
04:22 Objectजानुहोस,अनि Snapमा , यो Snap मेनु हो
04:29 यहाँ विभिन्न बिकल्प रहेका छन्
04:31 तपाई किबोर्ड सटकट Shift र S पनि प्रयोग गर्न सक्नुहुन्छ
04:38 Selection to cursor ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ
04:45 उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ
04:50 cubeमा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न Shift र S क्लिक गरौँ
04:58 Selection to cursor मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ
05:06 अब क्युबलाई दायाँतिर सारौँ, green handleमा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ
05:17 किबोर्ड बाट G र Y थिच्नुहोस
05:23 3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस
05:35 Shift र S ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ cursor to selected मा लेफ्ट क्लिक गर्नुहोस
05:43 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ
05:50 तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन
05:59 Cursor to selected ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ
06:07 म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ
06:12 UV स्फेर छान्न शिफ्ट + राइट क्लिक गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन
06:22 स्न्याप मेनु निकाल्न Shift र S थिच्नुहोस, Cursor to selected क्लिक गर्नुहोस
06:30 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ
06:36 अब शिफ्ट + राइट क्लिक गर्नुहोस, ल्याम्प, शिफ्ट र S थिची स्न्याप मेनु निकाल्नुहोस
06:47 Cursor to Selected मा क्लिक गर्नुहोस, 3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ
06:58 ३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु
07:07 शिफ्ट र S थिची स्न्याप नहु निकाल्नुहोस
07:12 Cursor to Center क्लिक गर्नुहोस, 3D कर्सर 3D भ्यू को बिचमा स्न्याप लिन्छ
07:22 बस्तुहरु नछान्न, किबोर्डबाट A थिच्नुहोस
07:28 अब UV sphere राइट क्लिक गर्नुहोस, यसलाई नछान्न A थिच्नुहोस
07:39 स्न्याप मेनु निकाल्न शिफ्ट र S थिच्नुहोस
07:44 Cursor to active मा क्लिक गर्नुहोस
07:47 3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ
07:56 यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ
08:03 तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं
08:08 अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं
08:16 त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला
08:26 अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ
08:31 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08:40 यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
09:00 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:02 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
09:11 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला
09:17 सहभागीता को लागि धन्यबाद
09:19 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana