BASH/C3/More-on-functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 18:17, 11 January 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 More on functions स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 एउटा फंक्सन मा एउटा आर्गुमेंट पठाउन
00:11 एउटा फंक्सन भित्र एउटा लोकल भ्यारीएबल परिभाषित गर्न
00:16 एउटा फंक्सन मा ग्लोबल भ्यारीएबल घोषणा गर्न
00:19 केहि उदाहरणहरु प्रयोग गरी
00:23 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई ब्याशमा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि तल दिएको हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:35 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:37 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:42 GNU BASH संस्करण ४.२
00:45 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:52 पहिले एउटा फंक्सन मा एउटा आर्गुमेंट कसरी पठाउने र यसको प्रयोग हेरौं
00:59 म फाइल 'function_(अन्डरस्कोर) parameters.sh' खोल्ने छुँ
01:05 यो shebang लाइन हो
01:08 हाम्रो फंक्सनको नाम say_(अन्डरस्कोर)welcome हो
01:13 खुल्ने कर्ली ब्राकेटले फंक्सन डेफिनिसन खोल्छ
01:18 $(डलर)1 पहिलो पोजिसनल प्यारामिटर हो
01:22 $(डलर)2 दोस्रो पोजिसनल प्यारामिटर हो
01:26 बन्द हुने कर्ली ब्राकेटले फंक्सन डेफिनिसन बन्द गर्छ
01:30 यहाँ, फंक्सन ''say_welcome' आर्गुमेंटहरु सहित कल गरिने छ
01:35 सिनट्याक्स हो, फंक्सन name मतलब say welcome ... दोहोरो उद्दरण भित्र आर्गुमेंटहरु मतलब Bashlearning
01:49 सोहि तरिकामा, म सोहि फंक्सन एउटा भिन्न आर्गुमेंटहरु को सेट सहित कल गर्नेछुँ, त्यसैले, मसँग यस्तो छ, say_welcome स्पेस दोहोरो उद्दरण भित्र functions in स्पेस र दोहोरो उद्दरण भित्र Bash
02:05 फाइल सेभ गरौं र टर्मिनलमा जाऊ
02:08 टाइप गरौँ, chmod स्पेस प्लस x function अन्डरस्कोर parameters डट sh
02:17 इन्टर थिचौं
02:19 टाइप गरौँ, डट स्ल्याश function अन्डरस्कोर parameters डट sh
02:26 इन्टर थिचौं
02:28 हामी देख्न सक्छौं पोजिसनल प्यारामिटरहरु फंक्सन मा पठाइएका आर्गुमेंटहरु ले बदलिन्छन्
02:36 डलर 1($1)' स्ट्रिंग Bashडलर 2($2) ' learning ले बदलिने छ
02:45 अनि पुन:,डलर 1($1) functions inडलर 2($2) Bash ले बदलिन्छ
02:55 ब्याशमा, भ्यारीएबल हरु लोकल भ्यारीएबलग्लोबल भ्यारीएबल को रुपमा घोषणा गर्न सकिन्छ
03:01 लोकल भ्यारीएबल:
03:03 यसको मान यसको परिभाषा रहेको फंक्सन भित्र मात्र मान्य रहनेछ
03:10 लोकल भ्यारीएबल हरु किवर्ड local प्रयोग गरी घोषणा गरिन्छ
03:15 ग्लोबल भ्यारीएबल
03:17 एउटा ग्लोबल भ्यारीएबल एउटा ब्याश स्क्रिप्ट मार्फत प्रयोग गर्न सकिन्छ
03:24 एउटा फंक्सन भित्र एउटा भ्यारीएबल घोषणा गर्ने दुई तरिकाहरु सिकौं
03:29 म एउटा function_(अन्डरस्कोर)local.sh' फाइल खोल्ने छुँ
03:35 यो shebang लाइन हो
03:39 फंक्सनको नाम say_(अन्डरस्कोर) hello
03:43 यहाँ, भ्यारीएबल' first_name किवर्ड local प्रयोग गरी घोषणा गरिएको छ
03:49 जसको मतलब, यसको मान फंक्सन say_hello भित्र मात्र मान्य हुने छ
03:55 कुनै पनि किवर्ड विना घोषित भ्यारीएबल लाई एउटा ग्लोबल भ्यारीएबल मानिन्छ
04:01 त्यसैले, भ्यारीएबल last_name स्क्रिप्टभर प्रयोग गर्न सकिन्छ
04:08 यो echo लाइनमा हामी भ्यारीएबल को मान देखाउने छौं
04:12 first_name,
04:14 middle_name
04:15 last_name
04:17 यसपछि, हामी फंक्सन बन्द गर्छौं
04:21 अब, यहाँ भ्यारीएबल middle_name किवर्ड विना नै घोषणा गरिएको छ त्यसैले यसको मान स्क्रिप्टभर ग्लोबल रहने छ
04:30 हामी पुन: यहाँ फंक्सन कल गर्ने छौं
04:34 हामी यो फंक्सन कल मा दुई आर्गुमेंटहरु पठाउने छौं नामत: “Pratik” “Patil”
04:41 यी echo स्टेटमेन्टहरु भ्यारीएबलको मान देखाउने छन्
04:45 $first_name
04:46 $middle_name $last_name
04:51 कृपया यो सम्झौं भ्यारीएबल first_name एउटा लोकल भ्यारीएबल हो
04:57 फाइल सेभ गरौँ र टर्मिनल मा जाऊ
05:00 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस function अन्डरस्कोर local डट sh
05:09 इन्टर थिचौं
05:11 टाइप गरौँ, डट स्ल्याश function अन्डरस्कोर local डट sh
05:16 इन्टर थिचौं
05:18 आउटपुटको पहिलो लाइनमा यस्तो संदेश देखिन्छ, Hello Pratik K Patil.
05:25 यहाँ, भ्यारीएबल first_name जसमा मान Pratikलोकल हो
05:31 यसको मतलब मान फंक्सन भित्र सिमित हुन्छ
05:35 अब, लोकल भ्यारीएबल ले फंक्सन बाहिर कस्तो ब्यबहार देखाउँछ हेरौं
05:41 यहाँ, first_name मा केहि पनि देखाइएको छैन
05:44 यो किनभने first_name को मान फंक्सन मा लोकल हुन्छ र यो फंक्सन बाहिर उपलब्ध हुने छैन
05:53 middle_namelast_name हरु प्रिन्ट हुनेछन् किनभने तिनीहरु ग्लोबल भ्यारीएबल हुन्
05:59 तपाईले भिन्नता बुझ्नुभयो भन्ने आशा गरौँ
06:02 संक्षेपमा हेरौं
06:04 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:07 एउटा फंक्सन मा आर्गुमेंट पठाउन, एउटा फंक्सन मा लोकल भ्यारीएबल घोषणा गर्न
06:14 केहि उदाहरणहरु प्रयोग गरी एउटा फंक्सनमा ग्लोबल भ्यारीएबल घोषणा गर्न
06:20 कार्यको रुपमा
06:22 एउटा प्रोग्राम लेख्नुहोस्
06:23 जहाँ फंक्सनले दुई आर्गुमेंटहरु लिन्छ र फंक्सन ले दुई आर्गुमेंटहरु गुणा गर्नुपर्छ
06:31 आर्गुमेंटहरु (1, 2), (2, 3) र (3, 4) सहित ३ फंक्सन कलहरु गरौँ
06:39 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:43 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:51 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:00 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
07:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:11 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
07:26 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:31 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya