BASH/C3/More-on-functions/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | More on functions स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | एउटा फंक्सन मा एउटा आर्गुमेंट पठाउन |
00:11 | एउटा फंक्सन भित्र एउटा लोकल भ्यारीएबल परिभाषित गर्न |
00:16 | एउटा फंक्सन मा ग्लोबल भ्यारीएबल घोषणा गर्न |
00:19 | केहि उदाहरणहरु प्रयोग गरी |
00:23 | यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई ब्याशमा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:28 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि तल दिएको हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:35 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:37 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:42 | GNU BASH संस्करण ४.२ |
00:45 | कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:52 | पहिले एउटा फंक्सन मा एउटा आर्गुमेंट कसरी पठाउने र यसको प्रयोग हेरौं |
00:59 | म फाइल 'function_(अन्डरस्कोर) parameters.sh' खोल्ने छुँ |
01:05 | यो shebang लाइन हो |
01:08 | हाम्रो फंक्सनको नाम say_(अन्डरस्कोर)welcome हो |
01:13 | खुल्ने कर्ली ब्राकेटले फंक्सन डेफिनिसन खोल्छ |
01:18 | $(डलर)1 पहिलो पोजिसनल प्यारामिटर हो |
01:22 | $(डलर)2 दोस्रो पोजिसनल प्यारामिटर हो |
01:26 | बन्द हुने कर्ली ब्राकेटले फंक्सन डेफिनिसन बन्द गर्छ |
01:30 | यहाँ, फंक्सन ''say_welcome' आर्गुमेंटहरु सहित कल गरिने छ |
01:35 | सिनट्याक्स हो, फंक्सन name मतलब say welcome ... दोहोरो उद्दरण भित्र आर्गुमेंटहरु मतलब Bash र learning |
01:49 | सोहि तरिकामा, म सोहि फंक्सन एउटा भिन्न आर्गुमेंटहरु को सेट सहित कल गर्नेछुँ, त्यसैले, मसँग यस्तो छ, say_welcome स्पेस दोहोरो उद्दरण भित्र functions in स्पेस र दोहोरो उद्दरण भित्र Bash |
02:05 | फाइल सेभ गरौं र टर्मिनलमा जाऊ |
02:08 | टाइप गरौँ, chmod स्पेस प्लस x function अन्डरस्कोर parameters डट sh |
02:17 | इन्टर थिचौं |
02:19 | टाइप गरौँ, डट स्ल्याश function अन्डरस्कोर parameters डट sh |
02:26 | इन्टर थिचौं |
02:28 | हामी देख्न सक्छौं पोजिसनल प्यारामिटरहरु फंक्सन मा पठाइएका आर्गुमेंटहरु ले बदलिन्छन् |
02:36 | डलर 1($1)' स्ट्रिंग Bash र डलर 2($2) ' learning ले बदलिने छ |
02:45 | अनि पुन:,डलर 1($1) functions in र डलर 2($2) Bash ले बदलिन्छ |
02:55 | ब्याशमा, भ्यारीएबल हरु लोकल भ्यारीएबल र ग्लोबल भ्यारीएबल को रुपमा घोषणा गर्न सकिन्छ |
03:01 | लोकल भ्यारीएबल: |
03:03 | यसको मान यसको परिभाषा रहेको फंक्सन भित्र मात्र मान्य रहनेछ |
03:10 | लोकल भ्यारीएबल हरु किवर्ड local प्रयोग गरी घोषणा गरिन्छ |
03:15 | ग्लोबल भ्यारीएबल |
03:17 | एउटा ग्लोबल भ्यारीएबल एउटा ब्याश स्क्रिप्ट मार्फत प्रयोग गर्न सकिन्छ |
03:24 | एउटा फंक्सन भित्र एउटा भ्यारीएबल घोषणा गर्ने दुई तरिकाहरु सिकौं |
03:29 | म एउटा function_(अन्डरस्कोर)local.sh' फाइल खोल्ने छुँ |
03:35 | यो shebang लाइन हो |
03:39 | फंक्सनको नाम say_(अन्डरस्कोर) hello छ |
03:43 | यहाँ, भ्यारीएबल' first_name किवर्ड local प्रयोग गरी घोषणा गरिएको छ |
03:49 | जसको मतलब, यसको मान फंक्सन say_hello भित्र मात्र मान्य हुने छ |
03:55 | कुनै पनि किवर्ड विना घोषित भ्यारीएबल लाई एउटा ग्लोबल भ्यारीएबल मानिन्छ |
04:01 | त्यसैले, भ्यारीएबल last_name स्क्रिप्टभर प्रयोग गर्न सकिन्छ |
04:08 | यो echo लाइनमा हामी भ्यारीएबल को मान देखाउने छौं |
04:12 | first_name, |
04:14 | middle_name र last_name |
04:17 | यसपछि, हामी फंक्सन बन्द गर्छौं |
04:21 | अब, यहाँ भ्यारीएबल middle_name किवर्ड विना नै घोषणा गरिएको छ त्यसैले यसको मान स्क्रिप्टभर ग्लोबल रहने छ |
04:30 | हामी पुन: यहाँ फंक्सन कल गर्ने छौं |
04:34 | हामी यो फंक्सन कल मा दुई आर्गुमेंटहरु पठाउने छौं नामत: “Pratik” र “Patil” |
04:41 | यी echo स्टेटमेन्टहरु भ्यारीएबलको मान देखाउने छन् |
04:45 | $first_name'$middle_name र $last_name' |
04:51 | कृपया यो सम्झौं भ्यारीएबल first_name एउटा लोकल भ्यारीएबल हो |
04:57 | फाइल सेभ गरौँ र टर्मिनल मा जाऊ |
05:00 | टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस function अन्डरस्कोर local डट sh |
05:09 | इन्टर थिचौं |
05:11 | टाइप गरौँ, डट स्ल्याश function अन्डरस्कोर local डट sh |
05:16 | इन्टर थिचौं |
05:18 | आउटपुटको पहिलो लाइनमा यस्तो संदेश देखिन्छ, Hello Pratik K Patil. |
05:25 | यहाँ, भ्यारीएबल first_name जसमा मान Pratik छ लोकल हो |
05:31 | यसको मतलब मान फंक्सन भित्र सिमित हुन्छ |
05:35 | अब, लोकल भ्यारीएबल ले फंक्सन बाहिर कस्तो ब्यबहार देखाउँछ हेरौं |
05:41 | यहाँ, first_name मा केहि पनि देखाइएको छैन |
05:44 | यो किनभने first_name को मान फंक्सन मा लोकल हुन्छ र यो फंक्सन बाहिर उपलब्ध हुने छैन |
05:53 | middle_name र last_name हरु प्रिन्ट हुनेछन् किनभने तिनीहरु ग्लोबल भ्यारीएबल हुन् |
05:59 | तपाईले भिन्नता बुझ्नुभयो भन्ने आशा गरौँ |
06:02 | संक्षेपमा हेरौं |
06:04 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:07 | एउटा फंक्सन मा आर्गुमेंट पठाउन, एउटा फंक्सन मा लोकल भ्यारीएबल घोषणा गर्न |
06:14 | केहि उदाहरणहरु प्रयोग गरी एउटा फंक्सनमा ग्लोबल भ्यारीएबल घोषणा गर्न |
06:20 | कार्यको रुपमा |
06:22 | एउटा प्रोग्राम लेख्नुहोस् जहाँ फंक्सनले दुई आर्गुमेंटहरु लिन्छ र फंक्सन ले दुई आर्गुमेंटहरु गुणा गर्नुपर्छ |
06:31 | आर्गुमेंटहरु (1, 2), (2, 3) र (3, 4) सहित ३ फंक्सन कलहरु गरौँ |
06:39 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:43 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:51 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:00 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
07:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:11 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
07:26 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:31 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |