Tux-Typing/S1/Getting-started-with-Tux-Typing/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ |
00:04 | यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ |
00:10 | तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक : |
00:12 | इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ |
00:19 | तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ |
00:25 | टक्सटाइपिंग के हो? |
00:27 | टक्स टाइपिंग एक टाइपिंग गुरु हो |
00:30 | यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ |
00:38 | तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ |
00:41 | र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस् |
00:46 | टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ |
00:54 | यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं |
01:02 | तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ |
01:07 | उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस् |
01:16 | अब टक्स टाइपिंग खोलौं |
01:19 | पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस् |
01:26 | सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस् |
01:34 | सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ |
01:39 | टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस् |
01:42 | टक्स टाइपिंग विन्डो देखापर्छ |
01:46 | टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन् |
01:50 | फिस् क्यासकेड – एक खेल क्षेत्र कमेट ज्याप – अर्को खेल क्षेत्र |
01:56 | लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन् |
02:01 | अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन् |
02:13 | कुइट – खेल छोड्न क्लिक गर्नुहोस् |
02:16 | अब पाठहरू टाइप गर्न अभ्यास गरौँ |
02:20 | मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस् |
02:23 | पाठहरू भएको विन्डो देखापर्छ |
02:26 | अब पहिलो पाठ सिकेर सुरु गरौँ |
02:30 | basic_lesson_01.xml क्लिक गर्नुहोस् |
02:35 | निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस् |
02:41 | पाठ सुरु गर्न, इस्पेस बार थिचौं |
02:45 | किबोर्ड देखाऊने विन्डो देखापर्छ |
02:48 | अब हामी a अक्षर टाइप गर्न सिक्छौं |
02:52 | अभ्यास सुरु गर्न p थिचौं |
02:56 | टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ |
03:01 | ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ? |
03:07 | तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ |
03:10 | यो धर्कोलाई Teacher’s line नाम दिउँ |
03:13 | अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं |
03:19 | तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ |
03:27 | किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ |
03:35 | तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस् |
03:39 | किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन् |
03:51 | किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन् |
03:58 | तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस् |
04:02 | किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन् |
04:10 | ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस् |
04:14 | किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन् |
04:21 | ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस् |
04:27 | कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस् |
04:34 | उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ |
04:39 | उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस् |
04:44 | किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन् |
04:52 | अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं |
05:00 | यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन् |
05:10 | अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं |
05:14 | यो स्लाइडमा हेरौं |
05:16 | यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ: |
05:21 | लिटिल फिन्गर्स, रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र थम्ब |
05:27 | तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस् |
05:32 | यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ, |
05:35 | साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्, |
05:38 | माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्, |
05:41 | चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस् |
05:44 | तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस् |
05:49 | यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ, |
05:54 | साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्, |
05:56 | माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्, |
06:00 | चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस् |
06:03 | दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस् |
06:08 | तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ |
06:14 | तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ? |
06:19 | तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ |
06:23 | अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस् |
06:29 | अब, टाइप गर्न सुरु गरौँ |
06:32 | हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन् |
06:39 | यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ |
06:42 | अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ |
06:47 | तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन |
06:53 | त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ |
06:59 | अझ केहि अक्षरहरु टाइप गरौँ |
07:02 | अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं |
07:07 | अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला |
07:13 | टाईम – तपाईको टाइपिंग को गति बताउछ |
07:17 | क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ |
07:21 | सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ |
07:26 | डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ |
07:31 | ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ |
07:34 | शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ |
07:40 | मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस् |
07:45 | हामीले हाम्रो पहिलो पाठ पढ्यौं! |
07:47 | पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो |
07:52 | एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं |
07:59 | यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं |
08:03 | यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ |
08:11 | तपाईलाई यहाँ एउटा कार्य रहेको छ |
08:13 | basic_lesson_02.xml मा जानुहोस् |
08:19 | यहीं तहमा अभ्यास गर्नुहोस् |
08:21 | सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस् |
08:26 | पाठहरू अभ्यास गर्न सक्नुहुन्छ |
08:30 | तलको लिंकमा रहेको भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
08:33 | यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ |
08:36 | यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस् |
08:41 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम |
08:43 | स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ |
08:46 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ |
08:50 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस् |
08:56 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो |
09:00 | यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ |
09:08 | यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो मा पाइन्छ |
09:19 | यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ |