Tux-Typing/S1/Getting-started-with-Tux-Typing/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:04 यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ
00:10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक :
00:12 इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00:19 तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ
00:25 टक्सटाइपिंग के हो?
00:27 टक्स टाइपिंग एक टाइपिंग गुरु हो
00:30 यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ
00:38 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00:41 र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस्
00:46 टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ
00:54 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
01:02 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ
01:07 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01:16 अब टक्स टाइपिंग खोलौं
01:19 पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01:26 सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस्
01:34 सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ
01:39 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
01:42 टक्स टाइपिंग विन्डो देखापर्छ
01:46 टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन्
01:50 फिस् क्यासकेड – एक खेल क्षेत्र कमेट ज्याप – अर्को खेल क्षेत्र
01:56 लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन्
02:01 अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन्
02:13 कुइट – खेल छोड्न क्लिक गर्नुहोस्
02:16 अब पाठहरू टाइप गर्न अभ्यास गरौँ
02:20 मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस्
02:23 पाठहरू भएको विन्डो देखापर्छ
02:26 अब पहिलो पाठ सिकेर सुरु गरौँ
02:30 basic_lesson_01.xml क्लिक गर्नुहोस्
02:35 निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस्
02:41 पाठ सुरु गर्न, इस्पेस बार थिचौं
02:45 किबोर्ड देखाऊने विन्डो देखापर्छ
02:48 अब हामी a अक्षर टाइप गर्न सिक्छौं
02:52 अभ्यास सुरु गर्न p थिचौं
02:56 टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ
03:01 ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ?
03:07 तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ
03:10 यो धर्कोलाई Teacher’s line नाम दिउँ
03:13 अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं
03:19 तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ
03:27 किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03:35 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03:39 किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन्
03:51 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन्
03:58 तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
04:02 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
04:10 ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
04:14 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
04:21 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
04:27 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
04:34 उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ
04:39 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04:44 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌‍
04:52 अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं
05:00 यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
05:10 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
05:14 यो स्लाइडमा हेरौं
05:16 यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
05:21 लिटिल फिन्गर्स, रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र थम्ब
05:27 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05:32 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05:35 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05:38 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05:41 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05:44 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05:49 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ,
05:54 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्,
05:56 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्,
06:00 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
06:03 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
06:08 तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ
06:14 तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ?
06:19 तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ
06:23 अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस्
06:29 अब, टाइप गर्न सुरु गरौँ
06:32 हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन्
06:39 यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ
06:42 अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ
06:47 तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन
06:53 त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ
06:59 अझ केहि अक्षरहरु टाइप गरौँ
07:02 अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं
07:07 अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला
07:13 टाईम – तपाईको टाइपिंग को गति बताउछ
07:17 क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ
07:21 सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ
07:26 डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ
07:31 ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ
07:34 शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ
07:40 मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस्
07:45 हामीले हाम्रो पहिलो पाठ पढ्यौं!
07:47 पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो
07:52 एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं
07:59 यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
08:03 यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ
08:11 तपाईलाई यहाँ एउटा कार्य रहेको छ
08:13 basic_lesson_02.xml मा जानुहोस्
08:19 यहीं तहमा अभ्यास गर्नुहोस्
08:21 सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस्
08:26 पाठहरू अभ्यास गर्न सक्नुहुन्छ
08:30 तलको लिंकमा रहेको भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
08:33 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
08:36 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
08:41 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
08:43 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
08:46 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
08:50 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
08:56 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
09:00 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
09:08 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो मा पाइन्छ
09:19 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ

Contributors and Content Editors

Mandira, PoojaMoolya