Inkscape/C2/Overview-of-Inkscape/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | इनक्स्केप स्पोकन ट्युटोरियल शृंखलामा स्वागत छ |
00:05 | यो शृंखलामा हामी इनक्स्केप र यसका बिशेषताहरुसँग परिचित हुनेछौं |
00:11 | हामी विभिन्न पूर्वपरिभाषित आकारहरु कोर्न र सम्पादन गर्न सिक्नेछौं |
00:21 | Color Wheel को प्रयोग |
00:26 | Bezier Tool को प्रयोग |
00:33 | आवश्यकता अनुसार टेक्स्ट प्रयोग गर्न र बदल्न |
00:37 | उदाहरणको लागि सुपरस्क्रिप्ट र सबस्क्रिप्ट |
00:42 | टेक्स्टमा इमेज सुपर इम्पोज गर्न |
00:47 | यो शृंखलामा हामी आकारहरुको समूह प्रयोग गरी एउटा टाइलको ढांचा बनाउन सिक्ने छौं |
00:54 | ग्राफिक्स जस्तै एउटा फूल |
00:58 | ब्रोसर र फ्लायरहरु |
01:02 | पोस्टर र ब्यानरहरु |
01:06 | CD लेबल |
01:10 | भिजिटिंग कार्ड |
01:13 | लोगो र अन्य धेरै |
01:17 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ र विन्डोज 7 ओएस |
01:24 | इनक्स्केप संस्करण ०.४८.४ |
01:28 | इनक्स्केप एउटा ओपन सोर्स भेक्टर ग्राफिक्स एडिटर हो |
01:31 | यसले लिनक्स, म्याक ओएस एक्स र विन्डोज मा काम गर्छ |
01:36 | इनक्स्केप सबै प्रकारको 2D ग्राफिक डिजाइन गर्न प्रयोग गर्न सकिन्छ |
01:41 | जस्तै चित्र र कार्टुनहरु कोर्न |
01:46 | रंगिन प्याटर्न वा पृष्ठभूमिहरु सिर्जना गर्न |
01:50 | एउटा वेब पेज लेआउट बनाउन |
01:53 | इमेजहरु कोर्न |
01:56 | वेबमा आधारित बटन र आइकनहरु कोर्न |
02:00 | वेबमा इमेजहरु फेरबदल गर्न |
02:05 | इनक्स्केप उबुन्टु लिनक्स मा सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी इन्स्टल गर्न सकिन्छ |
02:11 | सिन्याप्टिक प्याकेज म्यानेजर सम्बन्धित बिस्तृत जानकारीको लागि यो वेबसाइटको लिनक्स ट्युटोरियलमा हेर्नुहोस् |
02:17 | ड्याश होम मा जाऊ र टाइप गरौँ, Inkscape |
02:20 | तपाई लोगो मा दोहोरो क्लिक गरी पनि इनक्स्केप खोल्न सक्नुहुन्छ |
02:23 | अब हामी विन्डोजमा इनक्स्केप इन्स्टल गर्न सिक्ने छौं |
02:28 | ब्राउजर खोलौं र inkscape.org मा जाऊ |
02:33 | Download बटनमा क्लिक गरौँ, Windows को Installer छानौं |
02:40 | तपाई Download Inkscape with this version देख्न सक्नुहुन्छ, यसमा क्लिक गरौँ |
02:46 | डाइलग बक्स देखापर्छ, Save मा क्लिक गरौँ |
02:51 | इन्स्टलर फाइल तपाईको कम्प्युटरमा डाउनलोड हुनेछ, download फोल्डरमा जाऊ |
02:58 | इनक्स्केप इन्स्टल गर्न exe फाइलमा दोहोरो क्लिक गरौँ |
03:02 | डिफल्ट भाषा English हुन्छ, अब Next मा क्लिक गरौँ |
03:07 | पुन: Next मा क्लिक गरौँ |
03:09 | पुन: Next क्लिक गरौँ |
03:11 | Destination folder डाइलग बक्स देखापर्छ, डिफल्टमा इनक्स्केप Program files मा सेभ हुन्छ, अब Install मा क्लिक गरौँ |
03:20 | इनक्स्केप इन्स्टल भैरहेको छ, यसलाई केहि मिनेट लाग्नेछ |
03:25 | Next मा क्लिक गरौँ, र इन्स्टलेसन पुरा गर्न Finish मा क्लिक गरौँ |
03:30 | अब इनक्स्केप सफ्टवेयर स्वत: खुल्ने छ |
03:34 | खुलेन भने डेस्कटपमा एउटा सर्टकट आइकन छ, यसमा दोहोरो क्लिक गरेर खोलौं |
03:42 | यदि इनक्स्केप खोल्ने यी दुवै तरिकाहरुले काम गरेनन् भने Start menu, All programs अनि Inkscape क्लिक गरौँ |
03:50 | अब इनक्स्केप इन्टरफेस खुल्ने छ |
03:54 | अब म यो देखाउन Linux मा जानेछुँ |
03:58 | तथापि देखाइएका तरिकाहरुले कुनै पनि ओएसको इनक्स्केपमा काम गर्नेछ |
04:04 | मुख्य ड्रइंग क्षेत्रलाई क्यानभास भनिन्छ, यहाँ हामी सम्पूर्ण ग्राफिक्स सिर्जना गर्ने छौं |
04:10 | इनक्स्केप मा विभिन्न टूल र मेनु विकल्पहरु रहेका छन्, हामी तिनीहरु प्रत्येकको बारेमा बिस्तृत रुपमा सिक्ने छौं |
04:17 | अब, इनक्स्केप कसरी प्रयोग गर्ने छोटकरीमा जानौं |
04:21 | हामी rectangle टूल प्रयोग गरी एउटा आयत कोर्ने छौं |
04:25 | आयताकार कोर्न, canvas मा क्लिक गरौँ र तानौं |
04:29 | यहाँ हाम्रो आयत छ |
04:32 | म यो इनक्स्केप ड्रइंग सेभ गर्छु |
04:34 | File मेनु मा जाऊ र Save मा क्लिक गरौँ |
04:38 | म यसलाई drawing_1.svg नाम दिनेछु र यसलाई documents फोल्डरमा सेभ गर्नेछुँ |
04:45 | यहाँ svg ले डिफल्ट Inkscape फाइल एक्सटेन्सन जनाउँछ |
04:49 | हामी आगामी ट्युटोरियलहरुमा इनक्स्केप र यसका उत्साहजनक बिशेषताहरुको बारेमा थप जान्ने छौं |
04:55 | मैले यसको जानकारी यो ट्युटोरियलमा अगाडी नै गराइसकेको छुँ |
05:00 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यो हेर्नुहोस् |
05:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:13 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
05:15 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:21 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
05:25 | हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
05:27 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |