BASH/C2/More-on-Loops/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Nested for Loop in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी एउटा उदाहरण प्रयोग गरी नेस्टेड for लूप सिक्ने छौं |
00:13 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र GNU BASH संस्करण ४.१.१० |
00:24 | कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:31 | यो ट्युटोरियल सिक्न तपाईसँग Bash' मा लुपहरु को ज्ञान हुनुपर्छ |
00:37 | सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् http://spoken-tutorial.org |
00:43 | नेस्टेड लूप को परिचय सँगै सुरु गरौँ |
00:46 | एउटा लुप भित्र रहेको लुपलाई नेस्टेड लूप भनिन्छ |
00:51 | सिनट्याक्स हेरौं, बाहिरी for लूप expression 1, 2, 3 |
00:57 | भित्री for लूप expression 1, 2, 3 |
01:01 | स्टेटमेन्ट 1 स्टेटमेन्ट 2 |
01:04 | भित्री for लूप को अन्त्य बाहिरी for लूप को अन्त्य |
01:09 | नेस्टेड for लूप' को एउटा उदाहरण हेरौं |
01:12 | पहिले डिरेक्टरी संरचना हेरौं |
01:17 | यहाँ, Desktop मा simple-nested-for नामक डिरेक्टरी छ, यसलाई खोलौं |
01:24 | हामीसँग सब-डिरेक्टरीहरु test, test2 र test3 र एउटा Bash script छ |
01:31 | प्रत्येक सब डिरेक्टरीमा एक भन्दा बढि टेक्स्ट फाइलहरु छन् |
01:36 | अब हामी हाम्रो कोडमा जाने छौं |
01:39 | यो प्रोग्रामले प्रत्येक सब-डिरेक्टरी भित्रको सम्पूर्ण फाइलहरु देखाउने छ |
01:45 | कृपया याद गरौँ,सोहि कुरा एउटा एक लाइनको कमाण्डले पनि प्राप्त गर्न सकिन्छ ls -1 (हाइफन वान) -R(हाइफन R) test*(test asterix) |
01:53 | तर यो हामी एउटा for लूप प्रयोग गरी गर्नेछौं |
01:58 | याद गरौँ, हाम्रो ब्याश स्क्रिप्ट को नाम nested-(hyphen)for डट sh छ |
02:05 | यो हाम्रो shebang लाइन हो |
02:08 | यो हाम्रो बाहिरी for लूप हो |
02:10 | यो for लूप ले test बाट सुरु हुने डिरेक्टरीहरु जाच्ने छ |
02:15 | पहिलो echo लाइनले सब-डिरेक्टरीहरुको नाम देखाउने छ |
02:21 | दोस्रो echo लाइनले एउटा खाली लाइन सिर्जना गर्ने छ |
02:25 | यो भित्री for लूप हो, यसले डिरेक्टरीहरु भित्र भएका फाइलहरुको जाँच गर्ने छ |
02:32 | ls ले डिरेक्टरीको सामग्रीहरु देखाउने छ |
02:36 | -1 (हाइफन वान) ले एक लाइनमा एउटा फाइल सुचिकृत गर्ने छ |
02:41 | यहाँ, हामी फाइलहरु सुचिकृत गर्ने छौं, done ले भित्री for लूप बन्द गर्छ |
02:45 | यो कमाण्डले for-लूप को प्रत्येक साइकल समापन पछि एउटा ठाडो लाइन प्रिन्ट गर्ने छ |
02:53 | done ले बाहिरी for लूप बन्द गर्छ |
02:57 | प्रोग्राम एक्जिक्युट गरौँ तपाईको किबोर्डको ctrl+alt+t कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
03:08 | अब हाम्रो Bash स्क्रिप्ट भएको डिरेक्टरीमा जाऊ |
03:13 | यो Desktop मा छ |
03:15 | टाइप गरौँ, cd Desktop, simple-(hyphen)nested-(hyphen)for फोल्डरमा जाऊ |
03:22 | इन्टर थिचौं |
03:24 | टाइप गरौँ, chmod प्लस +x नेस्टेड-(हाइफन)for डट sh |
03:32 | इन्टर थिचौं |
03:34 | टाइप गरौँ, डट slash नेस्टेड-(हाइफन)for डट sh |
03:39 | इन्टर थिचौं आउटपुट देखिन्छ, यसले test डिरेक्टरीका फाइलहरु, test2 डिरेक्टरीका फाइलहरु र test3 डिरेक्टरीका फाइलहरु देखाउँछ |
03:52 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
03:56 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं,नेस्टेड for लूप |
04:02 | कार्यको रुपमा |
04:04 | नेस्टेड while लुप प्रयोग गरी nested (हाइफन)-for डट sh ब्याश स्क्रिप्ट पुन: टाइप गरौँ, |
04:11 | तपाईको फाइल 'नेस्टेड-(हाइफन)while डट sh' को रुपमा सेभ गरौँ |
04:17 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:23 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
04:28 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
04:37 | बिस्तृत जानकारीको contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
04:45 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
04:57 | यो मिसन सम्बन्धि थप जानकरीको लागि तलको लिंकमा हेर्नुहोस्: http://spoken-tutorial.org\NMEICT-Intro |
05:03 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
05:08 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद |