Advance-C/C2/Union-and-Typedef/Nepali
From Script | Spoken-Tutorial
|
|
---|---|
00:01 | Typedef and Union in C स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी उदाहरणहरु प्रयोग गरी यी सिक्ने छौं
typedef किवर्ड union किवर्ड |
00:17 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc कम्पाईलर संस्करण ४.६.१ |
00:29 | यो ट्युटोरियल अनुसरण गर्न तपाई C ट्युटोरियलहरुसँग परिचित हुनुपर्छ |
00:36 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:43 | म typedef किवर्ड को परिचयसंगै सुरु गर्छु |
00:49 | Typedef किवर्ड हाल भएको type वा user-defined datatype लाई सिम्बोलिक नाम दिन प्रयोग गरिन्छ |
00:58 | यो कमाण्डहरुको alias परिभाषित गर्ने एउटा तरिका हो |
01:03 | यसले कोडलाई प्रष्ट पार्न सघाउँछ |
01:07 | यसले कोड बुझ्न र परिवर्तन गर्न सजिलो बनाउँछ |
01:12 | सिनट्याक्स: typedef existing_name alias_name, उदाहरण: typedef unsigned int uint; |
01:24 | एउटा उदाहरण कोड हेरौं |
01:28 | हाम्रो फाइलको नाम pallindrome.c छ |
01:34 | यो प्रोग्राममा हामी दिएको नम्बर pallindrome हो वा होइन जाच्ने छौं |
01:41 | हामीले typedef किवर्ड प्रयोग गरी unsigned int datatype लाई alias नाम uint दिएका छौं |
01:52 | यहाँ हामी भ्यारीएबलहरु घोषणा गर्न uint प्रयोग गर्दैछौं |
01:59 | यो pallindrome को लजिक हो |
02:03 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
02:06 | तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:16 | टाइप गरौँ, gcc space pallindrome dot c space hyphen o space pallindrome, इन्टर थिचौं |
02:29 | टाइप गरौँ,: dot slash pallindrome |
02:34 | हामी : Enter any three digit number देख्छौं |
02:38 | म 121 इन्टर गर्ने छुँ |
02:42 | आउटपुट यस्तो छ: Given number is a palindrome number |
02:47 | अब हामी union datatype को बारेमा सिक्ने छौं |
02:52 | Union एकै ठाउँमा ग्रुप भएका विभिन्न डाटाटाइपहरुको समुह हो |
02:57 | Union ले आफ्ना सम्पूर्ण मेम्बरहरुको लागि एउटा साझा स्टोरेज स्पेस दिन्छ |
03:03 | हामी एकपटकमा युनियनको एउटा मात्र मेम्बर प्रयोग गर्न सक्छौं |
03:08 | सिनट्याक्स १:
union union_name कर्ली ब्राकेट भित्र members; कर्ली ब्राकेट पछि union_variable र एउटा सेमिकोलन |
03:21 | हामीसँग वैकल्पिक सिनट्याक्स पनि छ
सिनट्याक्स २: union union_name कर्ली ब्राकेट भित्र members; कर्ली ब्राकेट पछि सेमिकोलन union union_name union_variable; |
03:39 | एउटा उदाहरण हेरौं |
03:41 | मसँग कोड फाइल छ, यो हेरौं |
03:47 | हाम्रो फाइलको नाम union dot c छ |
03:52 | हामीले student नामक union घोषणा गरेका छौं |
03:56 | यहाँ हामीसँग तीन भ्यारीएबलहरु छन्: english, maths र science |
04:02 | main function मा हामीले एउटा union भ्यारीएबल stud घोषणा गरेका छौं |
04:09 | हामी यहाँ union भ्यारीएबल प्रयोग गरी union मेम्बर प्रयोग गर्न सक्छौं
stud dot english stud dot maths stud dot science |
04:21 | अनि हामी कुल अंक गणना गर्ने छौं र यसलाई देखाउने छौं |
04:26 | एक्जिक्युट गरौँ, टर्मिनल मा टाइप गरौँ, gcc space union dot c space hyphen o space union
टाइप गरौँ, dot slash union |
04:44 | आउटपुट यस्तो छ: Total is 228 |
04:50 | अब structure र union बिचको भिन्नता हेरौं |
04:55 | Union ले यसका सम्पूर्ण मेम्बरहरुको लागि साझा स्टोरेज स्पेस तोक्छ |
05:01 | Structure ले आफ्ना मेम्बरहरुको लागि छुट्टाछुट्टै स्टोरेज स्पेस तोक्छ |
05:07 | Union ले थोरै मेमोरी स्पेस लिन्छ |
05:11 | Structure ले ठूलो मेमोरी स्पेस लिन्छ |
05:14 | union को उदाहरण:
union student { int marks; char name[6]; double average;}; |
05:27 | union भ्यारीएबलले मेमोरीको 8 bytes लिन्छ
किनभने double datatype ले अधिकतम मेमोरी स्पेस लिन्छ |
05:39 | structure को उदाहरण :
struct student {int mark;char name[6];double average;}; |
05:48 | स्ट्रक्चरको मेमोरी एलोकेसन यस्तो हुन्छ: 2bytes+6bytes+8bytes =16bytes |
06:00 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:04 | संक्षेपमा हेरौं |
06:06 | यो ट्युटोरियलमा हामीले सिक्यौं,
typedef union union र structure को भिन्नता |
06:14 | कार्यको रुपमा, |
06:17 | एउटा कामदारको रेकर्ड देखाउने प्रोग्राम लेख्नुहोस् |
06:21 | जस्तै: नाम, ठेगाना, तलब |
06:25 | employee नामक एउटा union परिभाषित गरौँ |
06:29 | typedef प्रयोग गरी एउटा अलाएस् नाम emp दिऊ |
06:35 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:39 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:42 | यदि तपाईसँग ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:47 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
06:53 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:04 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:08 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:16 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
07:22 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |