Advance-C/C2/Union-and-Typedef/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 Typedef and Union in C स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी उदाहरणहरु प्रयोग गरी यी सिक्ने छौं

typedef किवर्ड union किवर्ड

00:17 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc कम्पाईलर संस्करण ४.६.१
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाई C ट्युटोरियलहरुसँग परिचित हुनुपर्छ
00:36 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:43 typedef किवर्ड को परिचयसंगै सुरु गर्छु
00:49 Typedef किवर्ड हाल भएको type वा user-defined datatype लाई सिम्बोलिक नाम दिन प्रयोग गरिन्छ
00:58 यो कमाण्डहरुको alias परिभाषित गर्ने एउटा तरिका हो
01:03 यसले कोडलाई प्रष्ट पार्न सघाउँछ
01:07 यसले कोड बुझ्न र परिवर्तन गर्न सजिलो बनाउँछ
01:12 सिनट्याक्स: typedef existing_name alias_name, उदाहरण: typedef unsigned int uint;
01:24 एउटा उदाहरण कोड हेरौं
01:28 हाम्रो फाइलको नाम pallindrome.c
01:34 यो प्रोग्राममा हामी दिएको नम्बर pallindrome हो वा होइन जाच्ने छौं
01:41 हामीले typedef किवर्ड प्रयोग गरी unsigned int datatype लाई alias नाम uint दिएका छौं
01:52 यहाँ हामी भ्यारीएबलहरु घोषणा गर्न uint प्रयोग गर्दैछौं
01:59 यो pallindrome को लजिक हो
02:03 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:06 तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिची टर्मिनल खोलौं
02:16 टाइप गरौँ, gcc space pallindrome dot c space hyphen o space pallindrome, इन्टर थिचौं
02:29 टाइप गरौँ,: dot slash pallindrome
02:34 हामी : Enter any three digit number देख्छौं
02:38 121 इन्टर गर्ने छुँ
02:42 आउटपुट यस्तो छ: Given number is a palindrome number
02:47 अब हामी union datatype को बारेमा सिक्ने छौं
02:52 Union एकै ठाउँमा ग्रुप भएका विभिन्न डाटाटाइपहरुको समुह हो
02:57 Union ले आफ्ना सम्पूर्ण मेम्बरहरुको लागि एउटा साझा स्टोरेज स्पेस दिन्छ
03:03 हामी एकपटकमा युनियनको एउटा मात्र मेम्बर प्रयोग गर्न सक्छौं
03:08 सिनट्याक्स १:

union union_name कर्ली ब्राकेट भित्र members; कर्ली ब्राकेट पछि union_variable र एउटा सेमिकोलन

03:21 हामीसँग वैकल्पिक सिनट्याक्स पनि छ

सिनट्याक्स २: union union_name कर्ली ब्राकेट भित्र members; कर्ली ब्राकेट पछि सेमिकोलन union union_name union_variable;

03:39 एउटा उदाहरण हेरौं
03:41 मसँग कोड फाइल छ, यो हेरौं
03:47 हाम्रो फाइलको नाम union dot c
03:52 हामीले student नामक union घोषणा गरेका छौं
03:56 यहाँ हामीसँग तीन भ्यारीएबलहरु छन्: english, maths science
04:02 main function मा हामीले एउटा union भ्यारीएबल stud घोषणा गरेका छौं
04:09 हामी यहाँ union भ्यारीएबल प्रयोग गरी union मेम्बर प्रयोग गर्न सक्छौं

stud dot english stud dot maths stud dot science

04:21 अनि हामी कुल अंक गणना गर्ने छौं र यसलाई देखाउने छौं
04:26 एक्जिक्युट गरौँ, टर्मिनल मा टाइप गरौँ, gcc space union dot c space hyphen o space union

टाइप गरौँ, dot slash union

04:44 आउटपुट यस्तो छ: Total is 228
04:50 अब structure union बिचको भिन्नता हेरौं
04:55 Union ले यसका सम्पूर्ण मेम्बरहरुको लागि साझा स्टोरेज स्पेस तोक्छ
05:01 Structure ले आफ्ना मेम्बरहरुको लागि छुट्टाछुट्टै स्टोरेज स्पेस तोक्छ
05:07 Union ले थोरै मेमोरी स्पेस लिन्छ
05:11 Structure ले ठूलो मेमोरी स्पेस लिन्छ
05:14 union को उदाहरण:

union student { int marks; char name[6]; double average;};

05:27 union भ्यारीएबलले मेमोरीको 8 bytes लिन्छ

किनभने double datatype ले अधिकतम मेमोरी स्पेस लिन्छ

05:39 structure को उदाहरण :

struct student {int mark;char name[6];double average;};

05:48 स्ट्रक्चरको मेमोरी एलोकेसन यस्तो हुन्छ: 2bytes+6bytes+8bytes =16bytes
06:00 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:04 संक्षेपमा हेरौं
06:06 यो ट्युटोरियलमा हामीले सिक्यौं,

typedef union unionstructure को भिन्नता

06:14 कार्यको रुपमा,
06:17 एउटा कामदारको रेकर्ड देखाउने प्रोग्राम लेख्नुहोस्
06:21 जस्तै: नाम, ठेगाना, तलब
06:25 employee नामक एउटा union परिभाषित गरौँ
06:29 typedef प्रयोग गरी एउटा अलाएस् नाम emp दिऊ
06:35 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:39 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:42 यदि तपाईसँग ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:08 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:16 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
07:22 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya