LibreOffice-Suite-Impress/C3/Custom-Animation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:26, 17 April 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Custom Animation
Visual Cue Narration
00.00 लिब्रे अफिस इम्प्रेसको Custom Animation स्पोकन टिउटोरियलमा स्वागत छ
00.07 यो ट्युटोरियलमा हामीले इम्प्रेसको कस्टम एनिमेसन बारे सिक्नेछौं
00.12 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ
00.21 पहिले, Sample-Impress.odp प्रस्तुति खोलौ
00.26 Slides पेनको Potential Alternatives थम्बनेल क्लिक गरौँ
00.32 यो स्लाइड अब Main पेनमा देखाइएको छ
00.36 हाम्रो प्रस्तुति आकर्षक बनाउन कस्टम एनिमेसन कसरी प्रयोग गर्ने सिकौं
00.43 स्लाइडको बाँयाको पहिलो टेक्स्ट बक्स छानौ
00.47 यसो गर्न टेक्स्टमा किल्क गरौ र त्यसपछि देखापरेको बोर्डरमा क्लिक गरौ
00.54 दाहिनेतिरको Impress विन्डोबाट Task पेनको Custom Animation मा क्लिक गरौ
01.01 Addमा क्लिक गरौ
01.03 Custom Animation डाइलग बक्स देखिन्छ
01.07 याद गरौ, Entrance ट्याब खुल्छ
01.10 यस Entrance ट्याबले स्क्रीनमा देखापरेको बस्तुलाई नियन्त्रण गर्छ
01.15 हामी यो श्रृंखलाका अन्य ट्याबहरु पछिको ट्यूटोरियलमा सिक्नेछौ
01.21 Basic अन्तर्गत Diagonal Squares छानौ
01.25 तपाईं एनिमेसन देखापर्ने स्थानमा गति नियन्त्रण गर्न पनि सक्नुहुन्छ
01.30 Speed field को ड्रप डाउन बक्समा क्लिक गरौ, Slow छानौं र OK क्लिक गरौ
01.37 यस Effect क्षेत्रले तपाईलाई एनिमेसन विकल्प सेट गर्न दिन्छ
01.43 बक्सको तल्लो Effect फिल्डले प्रस्तुतिमा थपिएको एनिमेसन देखाउछ
01.51 याद गरौँ, एनिमेसनको सूचीमा पहिलो एनिमेसन थपिएको छ
01.56 तल स्क्रोल गरौ र Play क्लिक गरौ
02.00 तपाईले रोजेको सबै एनिमेसनको प्रिभ्यु अब मेन पेनमा चल्ने छ
02.08 अब स्लाइडको दोस्रो टेक्स्ट बक्स छानौं, Custom Animation अन्तर्गत Add क्लिक गरौ
02.18 देखापर्ने Custom Animation डाइलग बक्सको Basic Animation अन्तर्गत Wedge छानौं
02.25 गति Medium मा सेट गरौ, OKमा क्लिक गरौ
02.31 याद गरौ, यो एनिमेसन बक्समा थपिएको छ
02.36 सूचीमा एनिमेसन हामीले रचना गरेको क्रममा भएको नियाल्नुहोस्
02.42 दोस्रो एनिमेसन छानौं, Play बटनमा क्लिक गरौ
02.47 तपाई प्रिभ्युमा एक भन्दा बढी एनिमेसन पनि छान्न सक्नुहुन्छ
02.51 यसो गर्न Shift की थिची राखी एनिमेसन छानौं
02.57 Play क्लिक गरौ, तपाईले छानेका सबै एनिमेसनका प्रिभ्युहरु चल्नेछन्
03.05 अब, तेस्रो टेक्स्ट बक्स छानौं, लेआउटस् मा Add क्लिक गरौ
03.10 Entrance ट्याबको Basic अन्तर्गत Diamond छानौं
03.17 गति Slow मा सेट गरौ, OK क्लिक गरौ
03.22 प्रत्येक एनिमेसनमा निश्चित पूर्वनिर्धारित गुणहरू आउछ
03.26 तपाई पनि Change Order बटन प्रयोग गरेर एनिमेसनको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
03.32 प्रत्येक एनिमेसनका लागि पूर्वनिर्धारित गुण हेरौ र कसरी तिनीहरुलाई फेरबदल गर्ने सिकौं
03.40 सुचीको पहिलो एनिमेसनमा दोहोरो क्लिक गरौ, यो एउटा Diagonal Squares विकल्प हो
03.46 Effects Options डाइलग बक्स देखापर्छ
03.50 डिफल्ट Effects ट्याब देखिन्छ
03.54 Setting अन्तर्गत Direction ड्रप डाउनमा क्लिक गरौ र From right to top छानौं
04.01 यसमा दाहिनेतिरबाट सुरु गरेको एनिमेसनको प्रभाव छ र हुदै जाँदा माथितिर सर्ने छ
04.08 डाइलग बक्स बन्द गर्न OK क्लिक गरौ
04.12 तपाईले थपेको एनिमेसन हेर्न Play बटन क्लिक गरौ
04.17 पुन यो एनिमेसनमा दोहोरो क्लिक गरौ, Effect Options डाइलग बक्स देखिन्छ
04.24 Timing ट्याबमा क्लिक गरौ
04.26 Delay फिल्डमा डीलेलाई १.० सेकन्डले बढाऊ, यसको असरले एनिमेसन एक सेकन्ड पछाडी सुरु हुन्छ
OK क्लिक गरौँ
04.39 अब पहिलो एनिमेसन छानौं
04.43 Play बटन क्लिक गरौ
04.45 तपाईले एनिमेसनमा गरेको परिवर्तनको प्रभाव देख्न सक्नु हुनेछ
04.50 सूचीको दोस्रो एनिमेसनमा दोहोरो क्लिक गरौ, हामीले सेट गरेको Wedges विकल्प हो
04.54 Effects Options डाइलग बक्स देखिन्छ
05.02 Text Animation ट्याब क्लिक गरौ
05.05 Text Animation ट्याबले टेक्स्टलाई एनिमेट गर्ने विभिन्न विकल्पहरू प्रदान गर्छ
05.12 Group text फिल्डमा By 1st level paragraphs छानौं
05.16 यसले प्रत्येक बुलेट बिन्दु अलग्गै देखाउछ
05.20 तपाई अर्कोमा जानु भन्दा अगाडी कुनै एक बुंदामा बहस गर्न चाहनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ
05.28 OK क्लिक गरौ
05.29 Play क्लिक गरौ
05.32 यो टिउटोरियललाई रोकौ र यो कार्य गरौ
05.36 विभिन्न एनिमेसनको सिर्जना गरौ र प्रत्येक एनिमेसनको लागि Effect जाँच गरौ
05.43 अब हामीले बनाएको एनिमेसनको प्रभाव हेर्न सिकौं
05.48 Slide Show बटनमा क्लिक गरौ, त्यसपछि एनिमेसन हेर्नलाई स्क्रिनको कुनै ठाउँमा क्लिक गरौ
05.59 एनिमेसन एक प्रस्तुतिमा निरसता हटाउनको लागि एक राम्रो उपाय हो र ब्याख्या गर्न कठिनाइ पर्ने बुँदाहरू स्पष्ट पार्न मद्दत गर्छ
06.09 तथापि, यो धेरै नगर्न होसियार हुनुपर्छ
06.13 अधिक धेरै एनिमेसनले दर्शकहरूलाई बहसको बिषय भन्दा बाहिर लैजानेछ
06.20 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
06.23 यो टिउटोरियलमा हामीले कस्टम एनिमेसन, Effect विकल्पको बारेमा सिक्यौं
06.30 यहाँ तपाईका लागि एक कार्य
06.33 तीन बुलेट पोइन्टहरु सहितको एउटा टेक्स्ट बक्स सिर्जना गरौ
06.36 टेक्स्टलाई लाइन लाइनमा देखिने गरि एनिमेट गरौँ
06.41 यो एनिमेसन प्ले गरौँ
06.44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
06.51 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुनेछ
06.55 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ

07.04 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07.11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

07.22 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

07.33 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07.38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya