LibreOffice-Suite-Impress/C3/Custom-Animation/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको Custom Animation स्पोकन टिउटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामीले इम्प्रेसको कस्टम एनिमेसन बारे सिक्नेछौं
00:12 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ
00:21 पहिले, Sample-Impress.odp प्रस्तुति खोलौ
00:26 Slides पेनको Potential Alternatives थम्बनेल क्लिक गरौँ
00:32 यो स्लाइड अब Main पेनमा देखाइएको छ
00:36 हाम्रो प्रस्तुति आकर्षक बनाउन कस्टम एनिमेसन कसरी प्रयोग गर्ने सिकौं
00:43 स्लाइडको बाँयाको पहिलो टेक्स्ट बक्स छानौ
00:47 यसो गर्न टेक्स्टमा किल्क गरौ र त्यसपछि देखापरेको बोर्डरमा क्लिक गरौ
00:54 दाहिनेतिरको Impress विन्डोबाट Task पेनको Custom Animation मा क्लिक गरौ
01:01 Addमा क्लिक गरौ
01:03 Custom Animation डाइलग बक्स देखिन्छ
01:07 याद गरौ, Entrance ट्याब खुल्छ
01:10 यस Entrance ट्याबले स्क्रीनमा देखापरेको बस्तुलाई नियन्त्रण गर्छ
01:15 हामी यो श्रृंखलाका अन्य ट्याबहरु पछिको ट्यूटोरियलमा सिक्नेछौ
01:21 Basic अन्तर्गत Diagonal Squares छानौ
01:25 तपाईं एनिमेसन देखापर्ने स्थानमा गति नियन्त्रण गर्न पनि सक्नुहुन्छ
01:30 Speed field को ड्रप डाउन बक्समा क्लिक गरौ, Slow छानौं र OK क्लिक गरौ
01:37 यस Effect क्षेत्रले तपाईलाई एनिमेसन विकल्प सेट गर्न दिन्छ
01:43 बक्सको तल्लो Effect फिल्डले प्रस्तुतिमा थपिएको एनिमेसन देखाउछ
01:51 याद गरौँ, एनिमेसनको सूचीमा पहिलो एनिमेसन थपिएको छ
01:56 तल स्क्रोल गरौ र Play क्लिक गरौ
02:00 तपाईले रोजेको सबै एनिमेसनको प्रिभ्यु अब मेन पेनमा चल्ने छ
02:08 अब स्लाइडको दोस्रो टेक्स्ट बक्स छानौं, Custom Animation अन्तर्गत Add क्लिक गरौ
02:18 देखापर्ने Custom Animation डाइलग बक्सको Basic Animation अन्तर्गत Wedge छानौं
02:25 गति Medium मा सेट गरौ, OKमा क्लिक गरौ
02:31 याद गरौ, यो एनिमेसन बक्समा थपिएको छ
02:36 सूचीमा एनिमेसन हामीले रचना गरेको क्रममा भएको नियाल्नुहोस्
02:42 दोस्रो एनिमेसन छानौं, Play बटनमा क्लिक गरौ
02:47 तपाई प्रिभ्युमा एक भन्दा बढी एनिमेसन पनि छान्न सक्नुहुन्छ
02:51 यसो गर्न Shift की थिची राखी एनिमेसन छानौं
02:57 Play क्लिक गरौ, तपाईले छानेका सबै एनिमेसनका प्रिभ्युहरु चल्नेछन्
03:05 अब, तेस्रो टेक्स्ट बक्स छानौं, लेआउटस् मा Add क्लिक गरौ
03:10 Entrance ट्याबको Basic अन्तर्गत Diamond छानौं
03:17 गति Slow मा सेट गरौ, OK क्लिक गरौ
03:22 प्रत्येक एनिमेसनमा निश्चित पूर्वनिर्धारित गुणहरू आउछ
03:26 तपाई पनि Change Order बटन प्रयोग गरेर एनिमेसनको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
03:32 प्रत्येक एनिमेसनका लागि पूर्वनिर्धारित गुण हेरौ र कसरी तिनीहरुलाई फेरबदल गर्ने सिकौं
03:40 सुचीको पहिलो एनिमेसनमा दोहोरो क्लिक गरौ, यो एउटा Diagonal Squares विकल्प हो
03:46 Effects Options डाइलग बक्स देखापर्छ
03:50 डिफल्ट Effects ट्याब देखिन्छ
03:54 Setting अन्तर्गत Direction ड्रप डाउनमा क्लिक गरौ र From right to top छानौं
04:01 यसमा दाहिनेतिरबाट सुरु गरेको एनिमेसनको प्रभाव छ र हुदै जाँदा माथितिर सर्ने छ
04:08 डाइलग बक्स बन्द गर्न OK क्लिक गरौ
04:12 तपाईले थपेको एनिमेसन हेर्न Play बटन क्लिक गरौ
04:17 पुन यो एनिमेसनमा दोहोरो क्लिक गरौ, Effect Options डाइलग बक्स देखिन्छ
04:24 Timing ट्याबमा क्लिक गरौ
04:26 Delay फिल्डमा डीलेलाई १.० सेकन्डले बढाऊ, यसको असरले एनिमेसन एक सेकन्ड पछाडी सुरु हुन्छ OK क्लिक गरौँ
04:39 अब पहिलो एनिमेसन छानौं
04:43 Play बटन क्लिक गरौ
04:45 तपाईले एनिमेसनमा गरेको परिवर्तनको प्रभाव देख्न सक्नु हुनेछ
04:50 सूचीको दोस्रो एनिमेसनमा दोहोरो क्लिक गरौ, हामीले सेट गरेको Wedges विकल्प हो
04:54 Effects Options डाइलग बक्स देखिन्छ
05:02 Text Animation ट्याब क्लिक गरौ
05:05 Text Animation ट्याबले टेक्स्टलाई एनिमेट गर्ने विभिन्न विकल्पहरू प्रदान गर्छ
05:12 Group text फिल्डमा By 1st level paragraphs छानौं
05:16 यसले प्रत्येक बुलेट बिन्दु अलग्गै देखाउछ
05:20 तपाई अर्कोमा जानु भन्दा अगाडी कुनै एक बुंदामा बहस गर्न चाहनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ
05:28 OK क्लिक गरौ , Play क्लिक गरौ
05:32 यो टिउटोरियललाई रोकौ र यो कार्य गरौ
05:36 विभिन्न एनिमेसनको सिर्जना गरौ र प्रत्येक एनिमेसनको लागि Effect जाँच गरौ
05:43 अब हामीले बनाएको एनिमेसनको प्रभाव हेर्न सिकौं
05:48 Slide Show बटनमा क्लिक गरौ, त्यसपछि एनिमेसन हेर्नलाई स्क्रिनको कुनै ठाउँमा क्लिक गरौ
05:59 एनिमेसन एक प्रस्तुतिमा निरसता हटाउनको लागि एक राम्रो उपाय हो र ब्याख्या गर्न कठिनाइ पर्ने बुँदाहरू स्पष्ट पार्न मद्दत गर्छ
06:09 तथापि, यो धेरै नगर्न होसियार हुनुपर्छ
06:13 अधिक धेरै एनिमेसनले दर्शकहरूलाई बहसको बिषय भन्दा बाहिर लैजानेछ
06:20 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
06:23 यो टिउटोरियलमा हामीले कस्टम एनिमेसन, Effect विकल्पको बारेमा सिक्यौं
06:30 यहाँ तपाईका लागि एक कार्य
06:33 तीन बुलेट पोइन्टहरु सहितको एउटा टेक्स्ट बक्स सिर्जना गरौ
06:36 टेक्स्टलाई लाइन लाइनमा देखिने गरि एनिमेट गरौँ
06:41 यो एनिमेसन प्ले गरौँ
06:44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
06:51 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुनेछ
06:55 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
07:04 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:22 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
07:33 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya