Java/C2/Errors-and-Debugging-in-Eclipse/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Errors and Debugging using Eclipseस्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी यो जान्ने छौं, |
00:10 | एउटा सामान्य जाबा प्रोग्राम लेख्दा सम्भावित एररहरु के हुन् |
00:14 | एररहरु कसरी पत्ता लगाउने र इक्लिप्स प्रयोग गरि कसरी सुधार्ने |
00:20 | यो ट्युटोरियलमा हामी Ubuntu 11.10 र Eclipse 3.7 प्रयोग गर्दैछौं |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई |
00:30 | इक्लिप्समा एउटा जाबा प्रोग्राम रन गर्ने ज्ञान हुनुपर्छ |
00:33 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
[1] |
00:41 | एउटा सामान्य जाबा प्रोग्राममा, हुनसक्ने एररहरु |
00:45 | अर्धविराम छुट्ने(;) |
00:47 | मेसेजबाट दोहोरो उद्धरण छुट्ने(" ") |
00:50 | फाइलनेम र क्लासनेम मिसिने र |
00:52 | प्रिन्ट स्टेटमेन्ट लोअर केसमा टाइप गर्ने |
00:55 | हामी Eclipseमा एउटा प्रोग्राम लेख्नेछौं र हरेक एररहरु गरेर के हुन्छ हेर्नेछौ |
01:04 | यहाँ हामीसंग Eclipse IDE र HelloWorld ट्युटोरियलको लागि प्रयोग गरिएको प्रोजेक्ट छ |
01:11 | हामी प्रोजेक्टमा एउटा नयाँ क्लास बनाउनेछौं र यसलाई New क्लास प्रयोग गर्छौं, क्लासको नाम Error Free राखौं र मेठोड़ स्ट्ब्स public static Void mainछानौं |
01:37 | प्याकेज एक्स्प्लोरर मिनिमाइज गरौँ,p कमेन्टहरु हटाउ pर केहि एररहरुसहित प्रिन्ट स्टेटमेन्ट थपौंp |
02:23 | Eclipseमा, एरर भएको लाइनलाई बायाँ मार्जिनमा एउटा रातो क्रस चिन्हले जनाइनेछ |
02:35 | अहिले, System.out.println लाइनमा एउटा एरर छ र त्यसैले बायाँमा रातो क्रस चिन्ह छ |
02:44 | माउसलाई क्रस चिन्हमाथि चलायो भने एररहरुको सूची देखाइनेछ |
02:51 | पहिलो देखाइएको एरर, insert “;” to complete BolckStatements, सिनट्याक्स एरर हो, |
02:58 | यो किनभने हामीले प्रोग्रामको हरेक स्टेटमेन्टहरु एउटा अर्धविरामले अन्त्य गर्नुपर्छ |
03:03 | त्यसैले स्टेटमेन्टको अन्त्यमा अर्धविराम थपौं |
03:08 | फाइल Ctrl sले सेभ गरौँ |
03:16 | याद गर्नुहोस कि हामीले अर्धविराम थपेर फाइल सेभ गरेपछि, पहिलो एरर हराउछ |
03:21 | त्यहाँ अब एउटा मात्र एरर छ, hello world cannot be resolved to a variable, मतलब कुनै पनि मेसेज कन्सोलमा देखाउन, मेसेजलाई दोहोरो उद्धरण चिन्ह भित्र राख्नुपर्छ |
03:37 | उद्धरण बिना जाबाले HelloWorld लाई भ्यारीएबलको नाम सम्झन्छ |
03:41 | मेसेजको अघि र पछि दोहोरो उद्धरण थपौं |
03:55 | सेभ गर्न, Ctrl s ,हामी देख्छौं कि रातो क्रस चिन्ह हटेको छ र प्रोग्राम एरर रहित भएको छ, प्रोग्राम run गरौँ र के हुन्छ हेरौं |
04:10 | रन एज 'Java applications |
04:15 | हामी कन्सोलमा मेसेज प्रिन्ट भएको देख्न सक्छौं |
04:22 | अब, अर्को एरर हेरौं |
04:25 | यो फाइल नेम र क्लास नेमको मिश्रणले हो |
04:29 | Eclipseमा प्राय यो हुदैन |
04:31 | यो किनभने हामी नयाँ फाइल बनाउन New Class wizard प्रयोग गर्छौं र इक्लिप्सले |
04:39 | एउटा फाइल स्वतः बनाउछ |
04:41 | तर यदि हामीले एउटा जाबा फाइल, Eclipseको बाहिर बनायौं र यसलाई एउटा प्रोजेक्टमा राख्यौं भने त्यहाँ एरर हुने सम्भावना हुन्छ |
04:47 | अब, क्लासको नाम बदलेर एउटा एरर बनाऊ |
04:59 | जाबा केस सेंसिटिभ भएकोले, अब क्लास नेम र फाइल नेम मिल्दैन |
05:09 | याद गर्नुहोस्, बायाँ मार्जिनमा एउटा रातो क्रस चिन्ह छ |
05:14 | र एरर मेसेज यस्तो छ, The public type errorfree must be defined in its own file |
05:20 | यो पनि याद गर्नुहोस् कि errorfreeशब्द रातोले अन्डरलाइन गरिएको छ |
05:29 | जाबाले इन्टेलिजेन्ट फिक्सेस गर्छ, हामीसंग दुई फिक्सेस छन् |
05:35 | पहिलो rename compilation unit to errorfree.javaहो |
05:39 | दोस्रो 'rename the type to errorfree हो |
05:43 | हामीले हेर्ने फिक्स् दोस्रो हो, हामी देख्छौं कि तपाइले क्लासको नाम फेरी एररफ्री रिनेम गरेपछि यहाँ एरर हराउछ |
06:03 | अर्को एरर प्रिन्ट स्टेटमेन्टको टाइपिंग गल्तीले हुन्छ |
06:09 | क्यापिटल S लाई सानो sले बदलौं |
06:15 | हामी देख्छौं कि त्यहाँ रातो क्रस चिन्ह छ |
06:18 | र एरर मेसेजले भन्छ; system cannot be resolved |
06:23 | यसको मतलब, जाबालेsystemनामले कुनै क्लास वा अब्जेक्ट वा भ्यारीएबलको नाम अपेक्षा गर्छ |
06:28 | तर कोडमा त्यस्तो कुनै सिस्टम अब्जेक्ट छैन |
06:33 | त्यसैले सम्भावित फिक्सेस हेरौं |
06:39 | त्यहाँ ११ फिक्सेसछन् जसमध्ये हामीले हेर्ने फिक्स् आठौँ विकल्प हो |
06:48 | Change to 'System'(java.lang) |
06:58 | हामी देख्न सक्छौं कि जब हामीले यसलाई क्यापिटल 'S' मा बदल्छौँ, एरर हराउँछ |
07:06 | यसरी तपाई जाबामा इक्लिप्स प्रयोग गरि एररहरु पत्ता लगाउन र तिनीहरुलाई सुधार्न सक्नुहुन्छ |
07:15 | हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:18 | यो ट्युटोरियलमा हामीले हेर्यौं |
07:20 | एउटा सामान्य जाबा प्रोग्राम लेख्दा सम्भावित एररहरु के हुन् |
07:23 | कसरी एररहरु पत्ता लगाउने र इक्लिप्स प्रयोग गरि सुधार्ने |
07:30 | यो ट्युटोरियलको कार्यको रुपमा, तलको कोडमा रहेको एरर पत्ता लगाउनुहोस् र तिनीहरुलाई ठिक गर्नुहोस् |
07:39 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न |
07:42 | यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ |
07:48 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:53 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:57 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:11 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:17 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
08:23 | र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु,
सहभागिताको लागि धन्यवाद |