Tux-Typing/S1/Getting-started-with-Tux-Typing/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00.00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ |
00.04 | यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ |
00.10 | तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक : |
00.12 | इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ |
00.19 | तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ |
00.25 | टक्सटाइपिंग के हो? |
00.27 | टक्स टाइपिंग एक टाइपिंग गुरु हो |
00.30 | यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ
|
00.38 | तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ |
00.41 | र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस् |
00.46 | टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ |
00.54 | यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं |
01.02 | तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ |
01.07 | उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस् |
01.16 | अब टक्स टाइपिंग खोलौं |
01.19 | पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस् |
01.26 | सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस् |
01.34 | सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ |
01.39 | टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस् |
01.42 | टक्स टाइपिंग विन्डो देखापर्छ |
01.46 | टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन् |
01.50 | फिस् क्यासकेड – एक खेल क्षेत्र
कमेट ज्याप – अर्को खेल क्षेत्र |
01.56 | लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन् |
02.01 | अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन् |
02.13 | कुइट – खेल छोड्न क्लिक गर्नुहोस् |
02.16 | अब पाठहरू टाइप गर्न अभ्यास गरौँ |
02.20 | मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस् |
02.23 | पाठहरू भएको विन्डो देखापर्छ |
02.26 | अब पहिलो पाठ सिकेर सुरु गरौँ |
02.30 | basic_lesson_01.xml क्लिक गर्नुहोस् |
02.35 | निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस् |
02.41 | पाठ सुरु गर्न, इस्पेस बार थिचौं |
02.45 | किबोर्ड देखाऊने विन्डो देखापर्छ |
02.48 | अब हामी a अक्षर टाइप गर्न सिक्छौं |
02.52 | अभ्यास सुरु गर्न p थिचौं |
02.56 | टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ |
03.01 | ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ? |
03.07 | तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ |
03.10 | यो धर्कोलाई Teacher’s line नाम दिउँ |
03.13 | अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं |
03.19 | तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ |
03.27 | किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ |
03.35 | तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस् |
03.39 | किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन् |
03.51 | किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन् |
03.58 | तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस् |
04.02 | किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन् |
04.10 | ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस् |
04.14 | किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन् |
04.21 | ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस् |
04.27 | कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस् |
04.34 | उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ |
04.39 | उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस् |
04.44 | किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन् |
04.52 | अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं |
05.00 | यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन् |
05.10 | अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं |
05.14 | यो स्लाइडमा हेरौं |
05.16 | यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ: |
05.21 | लिटिल फिन्गर्स,
रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र थम्ब |
05.27 | तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस् |
05.32 | यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ, |
05.35 | साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्, |
05.38 | माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्, |
05.41 | चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस् |
05.44 | तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस् |
05.49 | यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ, |
05.54 | साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्, |
05.56 | माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्, |
06.00 | चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस् |
06.03 | दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस् |
06.08 | तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ |
06.14 | तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ? |
06.19 | तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ |
06.23 | अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस् |
06.29 | अब, टाइप गर्न सुरु गरौँ |
06.32 | हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन् |
06.39 | यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ |
06.42 | अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ |
06.47 | तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन |
06.53 | त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ |
06.59 | अझ केहि अक्षरहरु टाइप गरौँ |
07.02 | अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं |
07.07 | अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला
|
07.13 | टाईम – तपाईको टाइपिंग को गति बताउछ |
07.17 | क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ |
07.21 | सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ |
07.26 | डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ |
07.31 | ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ |
07.34 | शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ |
07.40 | मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस् |
07.45 | हामीले हाम्रो पहिलो पाठ पढ्यौं! |
07.47 | पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो |
07.52 | एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं |
07.59 | यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं |
08.03 | यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ |
08.11 | तपाईलाई यहाँ एउटा कार्य रहेको छ |
08.13 | basic_lesson_02.xml मा जानुहोस् |
08.19 | यहीं तहमा अभ्यास गर्नुहोस् |
08.21 | सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस् |
08.26 | पाठहरू अभ्यास गर्न सक्नुहुन्छ |
08.30 | तलको लिंकमा रहेको भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
08.33 | यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ |
08.36 | यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस् |
08.41 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम |
08.43 | स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ |
08.46 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ |
08.50 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस् |
08.56 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
|
09.00 | यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ |
09.08 | यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
मा पाइन्छ |
09.19 | यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ |