Linux-AWK/C2/Basics-of-Single-Dimensional-Array-in-awk/Nepali
|
|
00:01 | Basics of single dimensional array in awk स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं - awk का एरेहरू |
00:12 | एरे एलिमेंटहरू राख्न, |
00:15 | यो कसरी अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजका एरेहरू भन्दा भिन्न छ र कुनै एरे को एलिमेंटहरू लाई कसरी प्रयोग गर्ने |
00:23 | यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं |
00:26 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु:
उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम र gedit टेक्स्ट एडिटर ३.२०.१ |
00:38 | तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:42 | यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ |
00:49 | तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को ज्ञान हुनुपर्छ |
00:56 | अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला |
01:02 | यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ
तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला |
01:11 | awk मा एरे भन्नाले के बुझिन्छ?
awk मा एरेहरू सम्बन्धित् एलिमेंट हरू भण्डार गर्न प्रयोग गरिन्छ |
01:18 | एलिमेंट हरू कुनै एउटा नम्बर वा एउटा स्ट्रिंग हुन सक्छन् |
01:21 | awk मा एरेहरू एसोसिएटिभ हुन्छन् |
01:24 | यसको मतलब प्रत्येक एरे एलिमेंट को एउटा इन्डेक्स-मान को जोडी हुन्छ |
01:29 | यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजको एरेहरू जस्तै देखिन्छ |
01:33 | तर, केही एकदमै महत्त्वपूर्ण भिन्नताहरू छन् |
01:36 | पहिलो, हामीले कुनै एरे प्रयोग गर्नु अघि यसलाई घोषणा गर्नुपर्दैन |
01:41 | साथै, एउटा एरे मा कतिवटा एलिमेंटहरू हुन्छन् भनेर उल्लेख गर्न आवश्यक छैन |
01:47 | प्रोग्रामिंग ल्याङ्ग्वेजहरूमा एरे इन्डेक्स एउटा पोजिटिभ इन्टिजर हुन्छ |
01:52 | प्रायजसो, इन्डेक्स 0 बाट सुरु हुन्छ अनि 1, अनि 2 हुँदै जान्छ |
01:58 | तर awk मा, इन्डेक्स नम्बर वा स्ट्रिंग हुन सक्छ |
02:03 | awk मा कुनै एरे एलिमेंट राख्ने सिन्ट्याक्स यस्तो छ
एरेको नाम कुनै भेरिएबललाई मान्य हुने नाम हुन सक्छ |
02:11 | यहाँ, इन्डेक्स एउटा इन्टिजर वा एउटा स्ट्रिंग हुन सक्छ |
02:16 | एउटा इन्डेक्स वा एउटा मान जे भएपनि स्ट्रिंगहरू लाई सधैँ दोहोरो उद्दरणमा लेख्नुपर्छ |
02:23 | एउटा उदाहरण सहित बुझौं |
02:27 | मैले पहिले नै एउटा कोड लेखेर यसलाई array_intro.awk मा सेभ गरेकी छु |
02:34 | यो प्ल्येर मुनिको Code Files लिंकमा उपलब्ध छ
कृपया यसलाई डाउनलोड गरी प्रयोग गर्नुहोला |
02:41 | यहाँ, मैले एउटा उदाहरणको रूपमा हप्ताका बारहरू BEGIN सेक्सन भित्र लेखेकी छु |
02:48 | यहाँ, एरे को नाम day रहेको छ |
02:52 | मैले इन्डेक्स मा 1 र यसको मानमा "Sunday" राखेकी छु |
02:57 | यो एरे एलिमेंटमा, मैले इन्डेक्स मा एउटा स्ट्रिंग प्रयोग गरेकी छु
त्यसैले, first इन्डेक्स को लागि मान "Sunday" रहेको छ |
03:06 | यसैगरी, सम्पूर्ण एरे बनेको छ |
03:10 | यहाँ याद गरौं, एरे एलिमेंटहरू कुनै क्रममा छैनन्
मैले day three भन्दा अगाडी day four घोषणा गरेकी छु |
03:18 | awk एरेमा, इन्डेक्स क्रमानुसार हुनु पर्दैन |
03:23 | एसोसिएटिभ एरे हुनुको फाइदा भनेको कुनै पनि समयमा एउटा नयाँ जोडी थप्न सक्छौं |
03:29 | म एरे मा day 6 थप्दै छु |
03:33 | अन्तिम लाइनको अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं
तलको टाइप गरौं |
03:42 | फाइल सेभ गरौं |
03:44 | हामीले एरे घोषणा गरेका छौं
अब, एरे एलिमेंट हरू कसरी प्रयोग गर्न सकिन्छ त? |
03:49 | कुनै पनि इन्डेक्स को एलिमेंट प्रयोग गर्न एरेको नाम अनि स्क्वायर ब्राकेटमा इन्डेक्स लेख्नुपर्छ
ल, यो गरेर हेरौं |
03:58 | पुन: एकपटक कोड मा जाऊ |
04:01 | बन्द हुने कर्ली ब्राकेटको अगाडी कर्सर राखौं |
04:05 | एन्टर थिचौं र टाइप गरौं: print स्पेस day स्क्वायर ब्राकेट भित्र 6 |
04:13 | कोड सेभ गरौं |
04:15 | टर्मिनल खोल्न Ctrl, Alt र T किहरू थिचौं |
04:20 | cd कमाण्ड प्रयोग गरी Code Files डाउनलोड गरेको फोल्डरमा जाऊ |
04:27 | अब टाइप गरौं: awk स्पेस हाइफन सानो f स्पेस array_intro.awk
एन्टर थिचौं |
04:38 | हामीले आउटपुटमा Friday पाएको देख्छौं |
04:42 | अब, हामी एरे को निश्चित इन्डेक्स मा कुनै एलिमेंट छ कि जाँच्ने छौं |
04:48 | यसको लागि, हामीले in अपरेटर प्रयोग गर्नुपर्छ, म एउटा उदाहरण प्रयोग गर्ने छु |
04:55 | एडिटर विन्डो मा रहेको कोड मा जाऊ |
04:59 | print स्टेटमेन्ट को अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं
देखाए झैँ टाइप गरौं |
05:09 | कोड सेभ गरौं |
05:11 | मैले दुईवटा 'if' कन्डिसनहरू थपेकी छु |
05:15 | पहिलो if कन्डिसनले day मा इन्डेक्स 2 छ कि जाँच्ने छ |
05:21 | यदि यो sahi भएमा सम्बन्धित् print स्टेटमेन्ट एक्जिक्युट हुने छ |
05:26 | अनि दोस्रो कन्डिसन ले day मा इन्डेक्स 7 छ कि जाँच्ने छ
यदि यो सही भएमा print स्टेटमेन्ट एक्जिक्युट हुने छ |
05:35 | हामी देख्न सक्छौं: एरे मा इन्डेक्स 2 छ भने 7 छैन
अब आउटपुट herna यो फाइल एक्जिक्युट गरौं |
05:44 | टर्मिनल मा जाऊ, अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त नभएसम्म अप एरो कि थिचौं |
05:51 | एक्जिक्युट गर्न एन्टर थिचौं |
05:54 | हामीले सोचे अनुसारको आउटपुट प्राप्त गरेका छौं |
05:57 | अब, हामी कोडमा केही परिवर्तन गर्ने छौं
यहाँ देखाए झैँ कोड अपडेट गरौं |
06:04 | मैले 7 in day कन्डिसनको मुनि एउटा अर्को कन्डिसन थपेकी छु |
06:09 | यसले इन्डेक्स सेभेन को मान नल छ/छैन जाँच्ने छ |
06:14 | यो सही भएमा यसले Index 7 is not null प्रिन्ट गर्ने छ |
06:18 | हामीलाई पहिले नै थाहा छ कि इन्डेक्स 7 छैन,
त्यसैले, यसले केही प्रिन्ट गर्दैन |
06:24 | अर्को, हामीले कन्डिसन 7 in day को print स्टेटमेन्ट मा केही परिवर्तन गरेका छौं |
06:30 | कोड सेभ गरौं
अब यो कोड एक्जिक्युट गर्दा के हुन्छ हेरौं |
06:35 | टर्मिनल मा जाऊ
अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं |
06:43 | एक्जिक्युट गर्न एन्टर थिचौं |
06:46 | हामीले अप्रत्याशित आउटपुट प्राप्त गरेका छौं |
06:49 | स्टेटमेन्ट "Index 7 is present after null comparison" प्रिन्ट भएको छ
यो कसरी सम्भव भयो त? |
06:57 | जब हामीले, day[7] नट इक्वल टु null लेखेका थियौं हामी इन्डेक्स 7 को एलिमेंट मा पुग्न चाहन्थ्यौं |
07:04 | यस्तो गर्दा, पहिले यसले आफैँ इन्डेक्स 7 मा एउटा एलिमेंट सृजना गर्छ र यसको मानमा null राख्छ |
07:12 | अर्को, हामीले इन्डेक्स 7 मा कुनै एलिमेंट छ कि जाँच्न खोजेका थियौँ |
07:18 | null एलिमेंट पहिले नै सृजना भएकोले आउटपुटमा, "Index 7 is present after null comparison" देखिन्छ |
07:26 | त्यसैले, यो सम्झौं:
day at index 7 not equal to null भन्नु कुनै एलिमेंट भए/नभएको को जाँच्ने गलत तरिका हो |
07:34 | यसले इन्डेक्स7 मा एउटा नल एलिमेंट सृजना गर्ने छ |
07:38 | त्यसको सट्टामा, हामीले एउटा in अपरेटर प्रयोग गर्नुपर्छ |
07:41 | यसले एरे मा कुनै थप एलिमेंट सृजना गर्ने छैन
यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:50 | यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं -
awk मा एरेहरू, |
07:54 | एरे एलिमेंटहरू राख्न, |
07:56 | यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरूको एरेहरू भन्दा कसरी फरक छ |
08:00 | कुनैपनि एरे को एलिमेंट प्रयोग गर्न |
08:03 | कार्यको रूपमा -
एउटा एरे flowerColor परिभाषित गर्नुहोस् |
08:07 | फूलहरूको नाम इन्डेक्स हुने छ |
08:10 | मान मा सम्बन्धित फूलको रङ्ग हुने छ |
08:14 | तपाईको रोजाईको कुनैपनि पाँच फूलहरूको नाम दिनुहोस् |
08:18 | चौथो फूलको रङ्ग प्रिन्ट गर्नुहोस्
एरे मा “Lotus” नामक फूल छ कि जाँच्नुहोस् |
08:25 | तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
08:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ
र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:42 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
08:46 | आफ्नो जिज्ञासा रहेको समय सहित प्रश्नहरू यो फोरममा पोस्ट गर्नुहोला |
08:50 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:01 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ
आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |