Linux-AWK/C2/Basics-of-Single-Dimensional-Array-in-awk/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 Basics of single dimensional array in awk स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं - awk का अरेहरू
00:12 अरे एलिमेंटहरू राख्न,
00:15 यो कसरी अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजका अरेहरू भन्दा भिन्न छ र कुनै अरे को एलिमेंटहरू लाई कसरी प्रयोग गर्ने
00:23 यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं
00:26 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु:

उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम gedit टेक्स्ट एडिटर ३.२०.१

00:38 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:42 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ
00:49 तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को ज्ञान हुनुपर्छ
00:56 अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
01:02 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ

तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

01:11 awk मा अरे भन्नाले के बुझिन्छ?

awk मा अरेहरू सम्बन्धित् एलिमेंट हरू भण्डार गर्न प्रयोग गरिन्छ

01:18 एलिमेंट हरू कुनै एउटा नम्बर वा एउटा स्ट्रिंग हुन सक्छन्
01:21 awk मा अरेहरू एसोसिएटिभ हुन्छन्
01:24 यसको मतलब प्रत्येक अरे एलिमेंट को एउटा इन्डेक्स-मान को जोडी हुन्छ
01:29 यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजको अरेहरू जस्तै देखिन्छ
01:33 तर, केही एकदमै महत्त्वपूर्ण भिन्नताहरू छन्
01:36 पहिलो, हामीले कुनै अरे प्रयोग गर्नु अघि यसलाई घोषणा गर्नुपर्दैन
01:41 साथै, एउटा अरे मा कतिवटा एलिमेंटहरू हुन्छन् भनेर उल्लेख गर्न आवश्यक छैन
01:47 प्रोग्रामिंग ल्याङ्ग्वेजहरूमा अरे इन्डेक्स एउटा पोजिटिभ इन्टिजर हुन्छ
01:52 प्रायजसो, इन्डेक्स 0 बाट सुरु हुन्छ अनि 1, अनि 2 हुँदै जान्छ
01:58 तर awk मा, इन्डेक्स नम्बर वा स्ट्रिंग हुन सक्छ
02:03 awk मा कुनै अरे एलिमेंट राख्ने सिन्ट्याक्स यस्तो छ

अरेको नाम कुनै भेरिएबललाई मान्य हुने नाम हुन सक्छ

02:11 यहाँ, इन्डेक्स एउटा इन्टिजर वा एउटा स्ट्रिंग हुन सक्छ
02:16 एउटा इन्डेक्स वा एउटा मान जे भएपनि स्ट्रिंगहरू लाई सधैँ दोहोरो उद्दरणमा लेख्नुपर्छ
02:23 एउटा उदाहरण सहित बुझौं
02:27 मैले पहिले नै एउटा कोड लेखेर array_intro.awk मा सेभ गरेकी छु
02:34 यो प्ल्येर मुनिको Code Files लिंकमा उपलब्ध छ

कृपया यसलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

02:41 यहाँ, मैले एउटा उदाहरणको रूपमा हप्ताका बारहरू BEGIN सेक्सन भित्र लेखेकी छु
02:48 यहाँ, अरे को नाम day रहेको छ
02:52 मैले इन्डेक्स मा 1 र यसको मानमा "Sunday" राखेकी छु
02:57 यो अरे एलिमेंटमा, मैले इन्डेक्स मा एउटा स्ट्रिंग प्रयोग गरेकी छु

त्यसैले, first इन्डेक्स को लागि मान "Sunday" रहेको छ

03:06 यसैगरी, सम्पूर्ण अरे बनेको छ
03:10 यहाँ याद गरौं, अरे एलिमेंटहरू कुनै क्रममा छैनन्

मैले day three भन्दा अगाडी day four घोषणा गरेकी छु

03:18 awk अरेमा, इन्डेक्स क्रमानुसार हुनु पर्दैन
03:23 एसोसिएटिभ अरे हुनुको फाइदा भनेको कुनै पनि समयमा एउटा नयाँ जोडी थप्न सक्छौं
03:29 अरे मा day 6 थप्दै छु
03:33 अन्तिम लाइनको अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं

तलको टाइप गरौं

03:42 फाइल सेभ गरौं
03:44 हामीले अरे घोषणा गरेका छौं

अब, अरे एलिमेंट हरू कसरी प्रयोग गर्न सकिन्छ त?

03:49 कुनै पनि इन्डेक्स को एलिमेंट प्रयोग गर्न अरेको नाम अनि स्क्वायर ब्राकेटमा इन्डेक्स लेख्नुपर्छ

ल, यो गरेर हेरौं

03:58 पुन: एकपटक कोड मा जाऊ
04:01 बन्द हुने कर्ली ब्राकेटको अगाडी कर्सर राखौं
04:05 एन्टर थिचौं र टाइप गरौं: print स्पेस day स्क्वायर ब्राकेट भित्र 6
04:13 कोड सेभ गरौं
04:15 टर्मिनल खोल्न Ctrl, AltT किहरू थिचौं
04:20 cd कमाण्ड प्रयोग गरी Code Files डाउनलोड गरेको फोल्डरमा जाऊ
04:27 अब टाइप गरौं: awk स्पेस हाइफन सानो f स्पेस array_intro.awk

एन्टर थिचौं

04:38 हामीले आउटपुटमा Friday पाएको देख्छौं
04:42 अब, हामी अरे को निश्चित इन्डेक्स मा कुनै एलिमेंट छ कि जाँच्ने छौं
04:48 यसको लागि, हामीले in अपरेटर प्रयोग गर्नुपर्छ, म एउटा उदाहरण प्रयोग गर्ने छु
04:55 एडिटर विन्डो मा रहेको कोड मा जाऊ
04:59 print स्टेटमेन्ट को अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं

देखाए झैँ टाइप गरौं

05:09 कोड सेभ गरौं
05:11 मैले दुईवटा 'if' कन्डिसनहरू थपेकी छु
05:15 पहिलो if कन्डिसनले day मा इन्डेक्स 2 छ कि जाँच्ने छ
05:21 यदि यो sahi भएमा सम्बन्धित् print स्टेटमेन्ट एक्जिक्युट हुने छ
05:26 अनि दोस्रो कन्डिसन ले day मा इन्डेक्स 7 छ कि जाँच्ने छ

यदि यो सही भएमा print स्टेटमेन्ट एक्जिक्युट हुने छ

05:35 हामी देख्न सक्छौं: अरे मा इन्डेक्स 2 छ भने 7 छैन

अब आउटपुट हेर्न यो फाइल एक्जिक्युट गरौं

05:44 टर्मिनल मा जाऊ, अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त नभएसम्म अप एरो कि थिचौं
05:51 एक्जिक्युट गर्न एन्टर थिचौं
05:54 हामीले सोचे अनुसारको आउटपुट प्राप्त गरेका छौं
05:57 अब, हामी कोडमा केही परिवर्तन गर्ने छौं

यहाँ देखाए झैँ कोड अपडेट गरौं

06:04 मैले 7 in day कन्डिसनको मुनि एउटा अर्को कन्डिसन थपेकी छु
06:09 यसले इन्डेक्स सेभेन को मान नल छ/छैन जाँच्ने छ
06:14 यो सही भएमा यसले Index 7 is not null प्रिन्ट गर्ने छ
06:18 हामीलाई पहिले नै थाहा छ कि इन्डेक्स 7 छैन,

त्यसैले, यसले केही प्रिन्ट गर्दैन

06:24 अर्को, हामीले कन्डिसन 7 in day को print स्टेटमेन्ट मा केही परिवर्तन गरेका छौं
06:30 कोड सेभ गरौं

अब यो कोड एक्जिक्युट गर्दा के हुन्छ हेरौं

06:35 टर्मिनल मा जाऊ

अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं

06:43 एक्जिक्युट गर्न एन्टर थिचौं
06:46 हामीले अप्रत्याशित आउटपुट प्राप्त गरेका छौं
06:49 स्टेटमेन्ट "Index 7 is present after null comparison" प्रिन्ट भएको छ

यो कसरी सम्भव भयो त?

06:57 जब हामीले, day[7] नट इक्वल टु null लेखेका थियौं हामी इन्डेक्स 7 को एलिमेंट मा पुग्न चाहन्थ्यौं
07:04 यस्तो गर्दा, पहिले यसले आफैँ इन्डेक्स 7 मा एउटा एलिमेंट सृजना गर्छ र यसको मानमा null राख्छ
07:12 अर्को, हामीले इन्डेक्स 7 मा कुनै एलिमेंट छ कि जाँच्न खोजेका थियौँ
07:18 null एलिमेंट पहिले नै सृजना भएकोले आउटपुटमा, "Index 7 is present after null comparison" देखिन्छ
07:26 त्यसैले, यो सम्झौं:

day at index 7 not equal to null भन्नु कुनै एलिमेंट भए/नभएको को जाँच्ने गलत तरिका हो

07:34 यसले इन्डेक्स7 मा एउटा नल एलिमेंट सृजना गर्ने छ
07:38 त्यसको सट्टामा, हामीले एउटा in अपरेटर प्रयोग गर्नुपर्छ
07:41 यसले अरे मा कुनै थप एलिमेंट सृजना गर्ने छैन

यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

07:50 यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं -

awk मा अरेहरू,

07:54 अरे एलिमेंटहरू राख्न,
07:56 यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरूको अरेहरू भन्दा कसरी फरक छ
08:00 कुनैपनि अरे को एलिमेंट प्रयोग गर्न
08:03 कार्यको रूपमा -

एउटा अरे flowerColor परिभाषित गर्नुहोस्

08:07 फूलहरूको नाम इन्डेक्स हुने छ
08:10 मान मा सम्बन्धित फूलको रङ्ग हुने छ
08:14 तपाईको रोजाईको कुनैपनि पाँच फूलहरूको नाम दिनुहोस्
08:18 चौथो फूलको रङ्ग प्रिन्ट गर्नुहोस्

अरे मा “Lotus” नामक फूल छ कि जाँच्नुहोस्

08:25 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

08:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

08:42 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
08:46 आफ्नो जिज्ञासा रहेको समय सहित प्रश्नहरू यो फोरममा पोस्ट गर्नुहोला
08:50 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

09:01 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ

आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira