Health-and-Nutrition/C2/Kangaroo-Mother-Care/Nepali
From Script | Spoken-Tutorial
00:00 | कंगारू मदर केयर स्पोकन ट्युटोरियलमा तपाईको स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं - |
00:08 | कंगारू मदर केयर के हो? |
00:10 | यसका अङ्गहरू र महत्त्व र |
00:13 | कंगारू मदर केयर को प्रक्रिया |
00:17 | अब, कंगारू मदर केयर को परिचय बाट सुरु गरौं |
00:22 | नामले भने झैँ - |
00:24 | यसमा आमा र बच्चाको शरीरको सम्पर्क हुन्छ |
00:29 | र यसलाई KMC पनि भनिन्छ |
00:32 | याद गरौं, बच्चा जन्मने बितिक्कै KMC को प्रयोग गर्नुपर्छ |
00:39 | यो कम तौलका बच्चालाई बढि आवश्यक हुन्छ जस्तै - |
00:44 | जसको तौल २.५ किलोग्राम भन्दा पनि कम छ र |
00:48 | जसलाई निरन्तर निरीक्षण आवश्यक पर्दैन |
00:52 | तथापि, यो सामान्य रूपमा, पूर्ण अवधि पुरा गरी जन्मिएका बच्चाहरूलाई पनि दिन सकिन्छ |
00:59 | KMC मा मुख्य दुई भाग छन्: |
01:03 | निरन्तर र लामो समयसम्म हुने आमा र बच्चाको शरीरको सम्पर्क |
01:09 | र स्तनपान मात्र गराउने |
01:13 | अब, यिनीहरूको बारेमा विस्तृत रूपमा चर्चा गरौं |
01:17 | पहिलो भाग भनेको दुई शरीरको सम्पर्क हो |
01:21 | यसले लेट डाउन रिफ्लेक्समा मद्दत गर्छ |
01:24 | र अन्ततः यसले आमाको दूध उत्पादन बढाउने छ |
01:28 | लेट डाउन रिफ्लेक्सको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
01:34 | अर्को भाग भनेको स्तनपान मात्र गराउनु हो |
01:38 | याद राखौं - |
01:40 | पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउनु राम्रो मानिन्छ |
01:45 | अब, कंगारू केयरको महत्त्वको चर्चा गरौं |
01:50 | KMC मा हुने लामो समयको आमा र बच्चाको शरीरको सम्पर्कले बच्चाको शरीरको तापक्रम उचित अवस्थामा राख्छ |
01:57 | र बच्चाले सुरक्षित महसुस गर्छ |
02:01 | KMC ले यी कुराहरू घटाउने छ - |
02:03 | सङ्क्रमणको मात्रा र |
02:05 | बच्चामा हुने एपप्नियाको मात्रा |
02:09 | एपप्निया भनेको लामो समय रोकिएर सास लिनु हो |
02:13 | यी बाहेक - |
02:15 | KMC ले स्तनपानको मात्रा र अवधिमा पनि सुधार ल्याउने छ |
02:20 | र यसले आमा र बच्चा बीचको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने छ |
02:26 | KMC ले बच्चालाई यी कुराहरूमा सघाउँछ - |
02:28 | अन्य परम्परागत प्रक्रिया भन्दा धेरै वजन बढाउन जस्तै - |
02:33 | बच्चालाई विकिरणको तापमा राख्ने |
02:36 | जसले आमा र बच्चा दुवैमा तनाव पैदा हुन्छ |
02:40 | यसले आमाको सन्तुष्टि र आत्मविश्वास बढाउन पनि सहयोग गर्छ |
02:45 | किनभने उनले आफ्नो बच्चाको लागि थप मेहनत गर्छिन् |
02:49 | रमाइलो यो छ कि, KMCआमाले बाहेक- |
02:54 | बुबाले वा |
02:56 | परिवारको अन्य कोही वयस्क व्यक्तिले पनि दिन सक्छन् |
02:58 | अब हामी KMC दिने व्यक्तिले पालना गर्नुपर्ने प्रक्रियाको चर्चा गर्ने छौं: |
03:04 | KMC दिने व्यक्ति स्वस्थ र निरोगी हुनुपर्छ |
03:09 | उनले सामान्य सरसफाइका प्रक्रियाहरू पालना गर्नुपर्छ जस्तै- |
03:14 | हात धुने, |
03:16 | दिनहुँ नुहाउने,
नङ काट्ने, |
03:18 | कपाल बाँध्ने |
03:20 | र सफा कपडा लगाउने |
03:22 | उनले आफ्नो शरीरमा कुनै पनि गरगहना, घडी र धागोहरू लगाउनु हुँदैन- |
03:26 | किनभने यिनीहरू सरसफाईका बाधक बन्न सक्छन् |
03:31 | र बच्चालाई चोटपटक लाग्न सक्छ |
03:35 | अब, KMC दिने व्यक्तिले लगाउनुपर्ने कपडाहरूको बारेमा जानौं- |
03:42 | कपडा अगाडी खुल्ने, र हल्का हुनुपर्छ |
03:46 | उदाहरणको लागि, सारी-ब्लाउज वा अगाडी खुल्ने गाउन |
03:51 | याद गरौं,
KMC दिने व्यक्तिले यस्तो अगाडी खुल्ने गाउन वा ब्लाउज KMC को र्याप बाहिर लगाउनु पर्छ |
03:58 | कंगारू ब्याग बाइण्डर बजारमा किन्न सकिन्छ |
04:04 | यदि लामो समयसम्म KMC गर्नुपर्ने भएमा यी उपयोगी हुने छन् |
04:09 | वैकल्पिक रूपमा, KMC दिने व्यक्तिले सुति को कपडा लगाउन सक्छन् |
04:16 | KMC को समयमा बच्चाले भने- |
04:19 | एउटा टोपी र टालो लगाएको हुनुपर्छ |
04:22 | यदि KMC को समयमा बच्चाले दिसा वा पिसाब गरेमा - |
04:27 | उसलाई सफा गरेर ओबानो पार्नुपर्छ |
04:30 | अब, हामी कंगारू केयर को प्रक्रिया विस्तृत रूपमा जान्ने छौं |
04:36 | पहिलो, आमाले सिधा उभिनुपर्छ |
04:40 | अनि एउटा स्वास्थ्यकर्मी वा परिवारको कुनै सदस्यले तलका चरणबद्ध प्रक्रिया पालना गर्नुपर्छ- |
04:48 | बच्चाको जिऊ तल र टाउकोमा आड दिएर - |
04:51 | बच्चालाई आमाको नाङ्गो स्तनहरू बीच मास्तिर फर्काएर राख्नुपर्छ |
04:56 | अनि, बच्चाको टाउको एकातिर फर्काउनु पर्छ |
05:00 | यो पक्का गरौं,
बच्चाको टाउको हल्का पछिल्तिर ढल्किएको छ |
05:04 | यो आसनले -
बच्चाको नाकको प्वाल खुला राख्छ |
05:08 | र बच्चालाई आमाको आँखासँग आँखा जुधाउन दिन्छ |
05:14 | अब बच्चाको फिलालाई हल्का बाहिरतिर फर्काउनुपर्छ |
05:18 | याद राखौं -
बच्चाको पाखुरा आमाको स्तन माथि राख्नुपर्छ |
05:23 | गोडाहरू आमाको स्तन तल हुनुपर्छ |
05:27 | बच्चाको पेट आमाको छातीमा हुनुपर्छ |
05:29 | बच्चालाई कपडाले बेर्नु पहिले - |
05:32 | यदि मौसम चिसो छ भने एउटा कम्बल ओडाउनु पर्छ |
05:36 | यसले बच्चा र आमालाई न्यानो राख्छ |
05:39 | अनि,
बच्चा र आमाको छाती र पेट वरिपरि एउटा कपडा बेर्नुपर्छ |
05:45 | कपडा बेर्दा यी कुराहरू पक्का गरौं - |
05:47 | कपडाको बीच भाग बच्चामा परेको छ |
05:50 | कपडाको दुवै छेउ - |
05:53 | आमाको काखी मुनि भएर जानुपर्छ |
05:56 | र ढाडमा छड्के पारी |
05:59 | दुवै टुप्पोहरू अगाडी ल्याउनुपर्छ |
06:03 | यी टुप्पोहरूले बच्चाको तल पर्ने गरी राम्ररी गाँठो कस्नुपर्छ |
06:09 | यो आरामदायी हुन्छ र बच्चाले आड पाउँछ |
06:14 | यसले बच्चालाई सर्न दिदैँन |
06:17 | याद राखौं-
आमाले पछि गएर आफैँ कपडा बाँध्न सिक्नुपर्छ |
06:24 | KMC को क्रममा आफैँ कपडा बाँध्ने तरिका भने यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिने छ |
06:32 | यसले आमाको आत्मबल बढाउने छ र उनी आत्मनिर्भर हुने छिन् |
06:37 | यदि आमालाई कपडा प्रयोग गर्दा असहज महसुस भएमा तन्किने फित्ता प्रयोग गर्न सक्छिन् |
06:43 | यो प्रयोग गर्न सजिलो र आरामदायी हुन्छ |
06:46 | तन्किने फित्ता प्रयोग गर्दा - |
06:49 | बच्चाको टाउकोमा आड दिन, फित्तालाई बच्चाको कानसम्म पुर्याउनु पर्छ |
06:54 | त्यसपछि, बच्चाको टाउको हल्का ढल्काउनु पर्छ- |
06:57 | जसले गर्दा सास फेर्न सजिलो हुन्छ र |
06:59 | पहिले उल्लेख गरे जस्तै आमासँग आँखा जुधाउन पनि मिल्छ |
07:04 | बाँधिएको कपडा वा तन्किने फित्ता एकदमै कसिएको वा खुकुलो हुनु हुँदैन |
07:11 | यो बच्चाले सहजै सास फेर्न सक्ने हुनुपर्छ |
07:15 | याद राखौं, बच्चालाई KMC मा बोकेपछि, आमाले यी काम हरू गर्न सक्नुपर्छ - |
07:20 | हिँड्न,
उठ्न, बस्न वा |
07:23 | विभिन्न क्रियाकलापहरू गर्न |
07:26 | यदि आमालाई एकदमै आराम मिलेको छ भने |
07:29 | उनी कंगारू केयर को क्रममा पूर्ण रूपमा ढल्किएर वा आधा ढल्किएर सुत्न सक्छिन् |
07:35 | अब, KMC को क्रममा स्तनपान कसरी गराउने सिकौं- |
07:40 | आमाले बच्चालाई स्तनपान गराउन - |
07:43 | बाँधिएको कपडा खुकुलो पार्न सक्छिन् र |
07:46 | बच्चालाई स्तनपानको आसनमा राख्न सक्छिन् |
07:50 | वा हातले स्तन निचोरेर |
07:54 | बच्चालाई कप वा चम्चाले खुवाउन सक्छिन् |
07:57 | याद राखौं,
बच्चा प्रत्येक दिन २५-३० ग्राम बढ्नु पर्छ |
08:03 | बच्चाको प्रति महिना अनुमानित ९०० देखि १००० ग्राम वजन बढ्ने छ |
08:10 | त्यसैले, आमा वा स्वास्थ्य-कर्मीले - |
08:13 | बच्चाको वजनको नियमित निरीक्षण गर्नुपर्छ |
08:17 | यदि बच्चाको पर्याप्त वजनमा वृद्धि हुँदैन भने - |
08:21 | स्वास्थ्य-कर्मीले आमाको स्तनपान गराउने तरिका निरीक्षण गर्नुपर्छ वा |
08:25 | बच्चाले कति पटक पिसाब फेर्छ जाँच्नु पर्छ |
08:28 | साथै, आमालाई बच्चालाई स्तन सम्म पुर्याउने सही तरिका सिकाउनु पर्छ |
08:32 | बच्चालाई स्तन सम्म पुर्याउने सही तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
08:39 | अब, बच्चालाई बाँधिएको कपडाबाट कसरी निकाल्ने सिकौं - |
08:44 | पहिले, आमा सिधा बस्नुपर्छ |
08:48 | अनि, एउटा हातले गाँठो फुकाउन सुरु गर्नुपर्छ र |
08:53 | अर्को हातले भने बच्चाको तल्लो भागमा आड दिनुपर्छ |
08:58 | त्यसपछि – अघि गाँठो खोलेको हातले कपडा खुकुलो पार्नुपर्छ |
09:04 | अनि बच्चाको तल्लो भागमा आड दिइरहेको हात बदल्नु पर्छ र |
09:11 | अब अर्को हातले बच्चाको तल्लो भागमा आड दिनुपर्छ |
09:16 | अनि, बच्चालाई उचालेर बेरिएको कपडा बाहिर निकाल्नुपर्छ |
09:21 | त्यसपछि, बच्चाको टाउको समाउने तरिका सम्झौं - |
09:26 | आमाको बूढी औँला एउटा कान पछाडी हुनुपर्छ र |
09:28 | बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ |
09:30 | KMC को क्रममा- |
09:32 | तलका अवस्थाहरूमा तुरुन्तै डाक्टर वा स्वास्थ्य-कर्मीसँग परामर्श लिनुपर्छ - |
09:37 | बच्चा चनाखो र फुर्तिलो छैन |
09:41 | बच्चा एकदमै छिटो-छिटो वा ढिलो सास फेरिरहेको छ |
09:46 | बच्चाको ओठ वा जिब्रो निलो भएको छ |
09:50 | वा बच्चाका गोडाहरू चिसो छन् |
09:53 | यसरी हामी कंगारू मदर केयर स्पोकन ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:58 | सहभागिताको लागि धन्यवाद, नमस्कार |