Health-and-Nutrition/C2/Physical-methods-to-increase-the-amount-of-breastmilk/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:41, 5 April 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 आमाको दूध वृद्धि गर्ने शारीरिक विधिहरूमा आधारित स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी विभिन्न शारीरिक विधिहरू प्रयोग गरी आमाको दूध वृद्धि गर्न सिक्ने छौं
00:17 सबैभन्दा पहिले, कंगारू मदर केयर को बारेमा जानौं
00:20 यसमा, बच्चालाई सकेसम्म आमाको शरीरको सम्पर्कमा राखिन्छ
00:27 याद गरौं, यसै श्रृंखलाको अर्को ट्युटोरियलमा कंगारू मदर केयर को विस्तृत जानकारी रहेको छ
00:34 अब हामी लेट डाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स कसरी बढाउने सिक्ने छौं

त्यो भन्दा पहिले, हामीले अक्सिटोसिन के हो? जान्नुपर्छ

00:44 अक्सिटोसिन एउटा हर्मोन हो जसले लेट डाउन रिफ्लेक्स लाई उत्साहित गर्छ जसले गर्दा बच्चाको बारेमा सोचे मात्र दूध बाहिर निस्कन्छ
00:54 त्यसैले, दूध बाहिर निकाल्न आमाले एकछिन आराम गरेपछि शान्त भएर बच्चालाई हेर्नुपर्छ
01:01 आमाले बच्चाको नधोएका कपडाहरू सुँघ्न सक्छिन् साथै सुमधुर सङ्गीत सुन्न सक्छिन्
01:09 वैकल्पिक रूपमा, दूध बाहिर पठाउने केही तरिकाहरू यी रहेका छन् -

तातो पानीले सेक्ने,

01:16 ढाडको माथिल्लो भाग र स्तनको मालिस गर्ने
01:20 अब तातो पानीले कसरी सेक्ने हेरौं
01:24 आमाले तातो पानीमा नुहाउनुपर्छ वा तातो पानीमा भिजाएको कपडा स्तनमा राख्दा पनि हुन्छ
01:30 यी दुवै तरिकाहरूले स्तनमा दूध संचार हुन र दूध लाई बाहिर निस्कन मा सहयोग गर्छन्
01:36 अब, मालिस बारे जानकारी लिऊ
01:40 माथिल्लो ढाड र स्तनमा एउटै नसा जाने भएकोले, ढाडको माथि र गर्दनमा मालिस गरेमा दूधको बहाव सहज हुन्छ
01:49 स्तनपान गराउनु अघि स्तन मालिस गर्दा दुग्ध नलीहरू खुल्ने छन्
01:53 तसर्थ, दूध मजाले बहन्छ, र दूध बढि मात्रामा उत्पादन हुन्छ, जुन स्तनपानको क्रममा सबै रित्तिन्छ
02:01 आमाको दूध को मात्रा बढाउने अर्को तरिका भनेको बच्चालाई स्तनसम्म पुग्न सहज बनाउने हो
02:09 अब यो कसरी गर्ने हेरौं
02:12 पहिले, स्तनको मुन्टो बच्चाको माथिल्लो ओठमा रगड्नुपर्छ

यस्तो गर्दा बच्चाले मुख चौडा खोल्ने छ र स्तनमा सजिलै पुग्छ, बच्चाको पहुँच सही भएपछि उसले पर्याप्त दूध प्राप्त गर्छ

02:24 स्तनपानको क्रममा यी कुराहरूमा ध्यान दिनुपर्छ -
02:27 आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ,
02:30 बच्चाको पेट आमाको पेटको सम्पर्कमा हुनुपर्छ,
02:34 बच्चाको टाउको, घाँटी र शरीर एउटै सिधा रेखामा पर्नुपर्छ
02:39 बच्चाको नाक र आमाको स्तनको मुन्टो एउटै रेखामा पर्नुपर्छ,
02:43 चिउँडोले थोरै अगाडी आएर आमाको स्तनमा जोड दिनुपर्छ र तल्लो ओठ बाहिरतिर फर्केको हुनुपर्छ
02:50 यो पक्का गरौं, बच्चाले स्तनमा मुख जोड्दा एरियोलाको तल्लो भाग धेरैजसो बच्चाको मुख भित्र जाओस् र माथिल्लो भाग चाहिँ धेरै देखियोस्
03:01 एरियोला भनेको स्तनको मुन्टो वरिपरिको गाढा घेरा भएको भाग हो
03:05 अब, स्तनमा हल्का थिच्ने शारीरिक तरिकाको बारेमा जानौं
03:12 त्यसो गर्न, स्तनपान गराउँदा स्तन समातेर हल्का निचोर्नुपर्छ
03:17 दुग्ध ग्रन्थिहरूमा हल्का जोड दिँदा धेरै दूध बाहिर आउँछ
03:22 यसले गर्दा बच्चाको प्रत्येक चुसाई मा बढि दूध आउने छ
03:27 यसरी स्तनमा हल्का जोड दिने तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा थप चर्चा गरिएको छ
03:33 एउटा रोचक कुरा के छ भने राति स्तनपान गराउनु एकदम महत्त्वपूर्ण मानिन्छ, अब यसको कारण बुझौं
03:41 राति स्तनमा पाइने प्रोल्याक्टिन् हर्मोनको मात्रा बढि हुन्छ
03:46 बच्चाले राति धेरै स्तनपान गर्छ भने दूधको मात्रा बढ्छ र बच्चाको विकासमा पनि सहयोग हुन्छ
03:56 आमाको दूध बढाउन महत्त्वपूर्ण अर्को तत्त्व भनेको स्तनपान को मात्रा हो
04:04 बच्चालाई २४ घण्टामा कम्तिमा पनि १०-१२ पटक स्तनपान गराउनु पर्छ

र, बच्चालाई राति कम्तिमा पनि २-३ पटक सम्म स्तनपान गराउनु पर्छ

04:15 बच्चालाई भोकै राख्नु हुँदैन
04:17 बच्चा भोकाएको समय थाहा पाउने विभिन्न सङ्केत हुन्छन् जस्तै: बच्चाले आफ्नो हात गोडा चलाउनु
04:24 बच्चा आफ्नो गालाले छोएको कुनै पनि बस्तु तर्फ फर्किएर मुख खोल्नु
04:30 याद गरौं, बच्चा रुनु भनेको स्तनपान गराउन ढिलो हुनु हो, त्यसैले भोकाएको सङ्केत पाएपछि स्तनपान गराई हाल्नु पर्छ
04:39 साथै, पहेँलो बाक्लो दूध हटाउन पनि जरुरी हुन्छ

बाक्लो दूध भनेको स्तनको पछिल्लो भागमा रहने दूध हो

04:49 यो चिल्लो पदार्थले बनेको हुन्छ र बाक्लो हुन्छ
04:53 त्यसैले, आमाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गराएर मात्र दोस्रो बाट स्तनपान गराउनु पर्छ
05:00 अब, बच्चालाई स्तनपान गराई सकेपछि दूध निचोरेर फाल्ने बारे चर्चा गरौं
05:06 यो आमाले आफैँ हातको बलले दूध निचोरेर फाल्ने तरिका हो
05:11 यसको लागि, आमाले आफ्ना औँलाहरू स्तनको मुन्टोको गाढा घेरामा राख्नुपर्छ
05:19 त्यसपछि, मुन्टोको गाढा भागलाई छातीतिर थिच्ने र छोड्ने गर्नुपर्छ
05:26 बच्चाले सबै दूध सकाए पनि यस्तो गरिन्छ
05:31 आमाले दुई स्तनपान बीचमा जम्मा भएको दूध पनि फाल्नुपर्छ
05:35 दूध नियमित रूपमा निकाल्नाले आमाको दूधको मात्रा बढ्ने छ
05:40 यी कुराहरू सधैँ याद राखौं: कृतिम मुन्टो वा कृतिम दूध प्रयोग गर्नु हुँदैन किनभने तिनीहरूले आमाको दूधको मात्रा घटाउँछ
05:50 गाई वा बाख्रोको दूधका साथै अन्य कृतिम दूध प्रयोग गर्नु हुँदैन
05:54 बच्चा झुक्किने हुनाले स्तनमा कृतिम मुन्टोको प्रयोग गर्नु हुँदैन
05:59 याद राखौं, बच्चाले प्रत्येक पटक भोकाएको सङ्केत दिएपछि स्तनपान गराउनु पर्छ
06:06 स्वास्थ्यकर्मी ले सुरुमा आमालाई बच्चा सही रूपमा स्तनसम्म पुर्याउने तरिकाहरू सिकाएर आमाको मनोबल बढाउनु पर्छ
06:12 बच्चाको वजन निरीक्षण गरी बच्चाको वजन दिनहुँ २५ देखि ३० ग्राम बढिरहेको पक्का गर्नुपर्छ
06:21 यसरी हामी आमाको दूध वृद्धि गर्ने शारीरिक विधिहरूको यस ट्युटोरियलको अन्त्यमा आएका छौं

म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira