Health-and-Nutrition/C2/Physical-methods-to-increase-the-amount-of-breastmilk/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:02 | आमाको दूध वृद्धि गर्ने शारीरिक विधिहरूमा आधारित स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
| 00:08 | यो ट्युटोरियलमा, हामी विभिन्न शारीरिक विधिहरू प्रयोग गरी आमाको दूध वृद्धि गर्न सिक्ने छौं |
| 00:17 | सबैभन्दा पहिले, कंगारू मदर केयर को बारेमा जानौं |
| 00:20 | यसमा, बच्चालाई सकेसम्म आमाको शरीरको सम्पर्कमा राखिन्छ |
| 00:27 | याद गरौं, यसै श्रृंखलाको अर्को ट्युटोरियलमा कंगारू मदर केयर को विस्तृत जानकारी रहेको छ |
| 00:34 | अब हामी लेट डाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स कसरी बढाउने सिक्ने छौं
त्यो भन्दा पहिले, हामीले अक्सिटोसिन के हो? जान्नुपर्छ |
| 00:44 | अक्सिटोसिन एउटा हर्मोन हो जसले लेट डाउन रिफ्लेक्स लाई उत्साहित गर्छ जसले गर्दा बच्चाको बारेमा सोचे मात्र दूध बाहिर निस्कन्छ |
| 00:54 | त्यसैले, दूध बाहिर निकाल्न आमाले एकछिन आराम गरेपछि शान्त भएर बच्चालाई हेर्नुपर्छ |
| 01:01 | आमाले बच्चाको नधोएका कपडाहरू सुँघ्न सक्छिन् साथै सुमधुर सङ्गीत सुन्न सक्छिन् |
| 01:09 | वैकल्पिक रूपमा, दूध बाहिर पठाउने केही तरिकाहरू यी रहेका छन् -
तातो पानीले सेक्ने, |
| 01:16 | ढाडको माथिल्लो भाग र स्तनको मालिस गर्ने |
| 01:20 | अब तातो पानीले कसरी सेक्ने हेरौं |
| 01:24 | आमाले तातो पानीमा नुहाउनुपर्छ वा तातो पानीमा भिजाएको कपडा स्तनमा राख्दा पनि हुन्छ |
| 01:30 | यी दुवै तरिकाहरूले स्तनमा दूध संचार हुन र दूध लाई बाहिर निस्कन मा सहयोग गर्छन् |
| 01:36 | अब, मालिस बारे जानकारी लिऊ |
| 01:40 | माथिल्लो ढाड र स्तनमा एउटै नसा जाने भएकोले, ढाडको माथि र गर्दनमा मालिस गरेमा दूधको बहाव सहज हुन्छ |
| 01:49 | स्तनपान गराउनु अघि स्तन मालिस गर्दा दुग्ध नलीहरू खुल्ने छन् |
| 01:53 | तसर्थ, दूध मजाले बहन्छ, र दूध बढि मात्रामा उत्पादन हुन्छ, जुन स्तनपानको क्रममा सबै रित्तिन्छ |
| 02:01 | आमाको दूध को मात्रा बढाउने अर्को तरिका भनेको बच्चालाई स्तनसम्म पुग्न सहज बनाउने हो |
| 02:09 | अब यो कसरी गर्ने हेरौं |
| 02:12 | पहिले, स्तनको मुन्टो बच्चाको माथिल्लो ओठमा रगड्नुपर्छ
यस्तो गर्दा बच्चाले मुख चौडा खोल्ने छ र स्तनमा सजिलै पुग्छ, बच्चाको पहुँच सही भएपछि उसले पर्याप्त दूध प्राप्त गर्छ |
| 02:24 | स्तनपानको क्रममा यी कुराहरूमा ध्यान दिनुपर्छ - |
| 02:27 | आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ, |
| 02:30 | बच्चाको पेट आमाको पेटको सम्पर्कमा हुनुपर्छ, |
| 02:34 | बच्चाको टाउको, घाँटी र शरीर एउटै सिधा रेखामा पर्नुपर्छ |
| 02:39 | बच्चाको नाक र आमाको स्तनको मुन्टो एउटै रेखामा पर्नुपर्छ, |
| 02:43 | चिउँडोले थोरै अगाडी आएर आमाको स्तनमा जोड दिनुपर्छ र तल्लो ओठ बाहिरतिर फर्केको हुनुपर्छ |
| 02:50 | यो पक्का गरौं, बच्चाले स्तनमा मुख जोड्दा एरियोलाको तल्लो भाग धेरैजसो बच्चाको मुख भित्र जाओस् र माथिल्लो भाग चाहिँ धेरै देखियोस् |
| 03:01 | एरियोला भनेको स्तनको मुन्टो वरिपरिको गाढा घेरा भएको भाग हो |
| 03:05 | अब, स्तनमा हल्का थिच्ने शारीरिक तरिकाको बारेमा जानौं |
| 03:12 | त्यसो गर्न, स्तनपान गराउँदा स्तन समातेर हल्का निचोर्नुपर्छ |
| 03:17 | दुग्ध ग्रन्थिहरूमा हल्का जोड दिँदा धेरै दूध बाहिर आउँछ |
| 03:22 | यसले गर्दा बच्चाको प्रत्येक चुसाई मा बढि दूध आउने छ |
| 03:27 | यसरी स्तनमा हल्का जोड दिने तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा थप चर्चा गरिएको छ |
| 03:33 | एउटा रोचक कुरा के छ भने राति स्तनपान गराउनु एकदम महत्त्वपूर्ण मानिन्छ, अब यसको कारण बुझौं |
| 03:41 | राति स्तनमा पाइने प्रोल्याक्टिन् हर्मोनको मात्रा बढि हुन्छ |
| 03:46 | बच्चाले राति धेरै स्तनपान गर्छ भने दूधको मात्रा बढ्छ र बच्चाको विकासमा पनि सहयोग हुन्छ |
| 03:56 | आमाको दूध बढाउन महत्त्वपूर्ण अर्को तत्त्व भनेको स्तनपान को मात्रा हो |
| 04:04 | बच्चालाई २४ घण्टामा कम्तिमा पनि १०-१२ पटक स्तनपान गराउनु पर्छ
र, बच्चालाई राति कम्तिमा पनि २-३ पटक सम्म स्तनपान गराउनु पर्छ |
| 04:15 | बच्चालाई भोकै राख्नु हुँदैन |
| 04:17 | बच्चा भोकाएको समय थाहा पाउने विभिन्न सङ्केत हुन्छन् जस्तै: बच्चाले आफ्नो हात गोडा चलाउनु |
| 04:24 | बच्चा आफ्नो गालाले छोएको कुनै पनि बस्तु तर्फ फर्किएर मुख खोल्नु |
| 04:30 | याद गरौं, बच्चा रुनु भनेको स्तनपान गराउन ढिलो हुनु हो, त्यसैले भोकाएको सङ्केत पाएपछि स्तनपान गराई हाल्नु पर्छ |
| 04:39 | साथै, पहेँलो बाक्लो दूध हटाउन पनि जरुरी हुन्छ
बाक्लो दूध भनेको स्तनको पछिल्लो भागमा रहने दूध हो |
| 04:49 | यो चिल्लो पदार्थले बनेको हुन्छ र बाक्लो हुन्छ |
| 04:53 | त्यसैले, आमाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गराएर मात्र दोस्रो बाट स्तनपान गराउनु पर्छ |
| 05:00 | अब, बच्चालाई स्तनपान गराई सकेपछि दूध निचोरेर फाल्ने बारे चर्चा गरौं |
| 05:06 | यो आमाले आफैँ हातको बलले दूध निचोरेर फाल्ने तरिका हो |
| 05:11 | यसको लागि, आमाले आफ्ना औँलाहरू स्तनको मुन्टोको गाढा घेरामा राख्नुपर्छ |
| 05:19 | त्यसपछि, मुन्टोको गाढा भागलाई छातीतिर थिच्ने र छोड्ने गर्नुपर्छ |
| 05:26 | बच्चाले सबै दूध सकाए पनि यस्तो गरिन्छ |
| 05:31 | आमाले दुई स्तनपान बीचमा जम्मा भएको दूध पनि फाल्नुपर्छ |
| 05:35 | दूध नियमित रूपमा निकाल्नाले आमाको दूधको मात्रा बढ्ने छ |
| 05:40 | यी कुराहरू सधैँ याद राखौं: कृतिम मुन्टो वा कृतिम दूध प्रयोग गर्नु हुँदैन किनभने तिनीहरूले आमाको दूधको मात्रा घटाउँछ |
| 05:50 | गाई वा बाख्रोको दूधका साथै अन्य कृतिम दूध प्रयोग गर्नु हुँदैन |
| 05:54 | बच्चा झुक्किने हुनाले स्तनमा कृतिम मुन्टोको प्रयोग गर्नु हुँदैन |
| 05:59 | याद राखौं, बच्चाले प्रत्येक पटक भोकाएको सङ्केत दिएपछि स्तनपान गराउनु पर्छ |
| 06:06 | स्वास्थ्यकर्मी ले सुरुमा आमालाई बच्चा सही रूपमा स्तनसम्म पुर्याउने तरिकाहरू सिकाएर आमाको मनोबल बढाउनु पर्छ |
| 06:12 | बच्चाको वजन निरीक्षण गरी बच्चाको वजन दिनहुँ २५ देखि ३० ग्राम बढिरहेको पक्का गर्नुपर्छ |
| 06:21 | यसरी हामी आमाको दूध वृद्धि गर्ने शारीरिक विधिहरूको यस ट्युटोरियलको अन्त्यमा आएका छौं
म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद नमस्कार |