Drupal/C3/Finding-and-Evaluating-Modules/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Finding and Evaluating Modules स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
एउटा मोड्युल खोज्न र एउटा मोड्युल मूल्यांकन गर्न |
00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:29 | यो शृंखलामा अगाडी हामीले मोड्युल हरू प्रयोग गरी एउटा वेबसाइट विस्तार गर्न सिकेका थियौँ |
00:34 | र हामीले ड्रुपल मा उपलब्ध हुने केही मोड्युल हरूको चर्चा पनि गर्यौं |
00:38 | हामीले अघिल्लो पटक मोड्युल devel पनि इन्स्टल गरेका थियौं |
00:43 | अब हामी कसरी राम्रा मोड्युल हरू मुल्यांकन गर्ने र खोज्ने सिक्ने छौं |
00:48 | drupal.org/project/modules मा जाऊ |
00:53 | यहाँ लगभग १८,००० ड्रुपल मोड्युलहरू उपलब्ध छन् |
00:58 | यो याद राखौं कि कुनै पनि ड्रुपल मोड्युल ले लक्षित ड्रुपल संस्करणमा मात्र काम गर्छ |
01:05 | त्यसैले हामीले प्रयोग गरि रहेको ड्रुपल संस्करणको Core compatibility अपडेट गर्न आवश्यक छ |
01:12 | यो ट्युटोरियल ड्रुपल ८ रिलिज पूर्व रेकर्ड गरिएको हो
हामीले Drupal 8 खोजेमा केवल १००० मिल्दो मोड्युलहरू मात्र देख्ने छौं |
01:23 | यो डेमोमा मोड्युलहरूका उच्चतम विशेषताहरूको जानकारी दिन म Drupal 7 खोज्दै छुँ |
01:30 | Search क्लिक गरौं र त्यहाँ ड्रुपल ७ को लागि ११,००० मोड्युलहरू उपलब्ध भएको देख्छौं, यो एकदमै ठूलो भिन्नता हो |
01:38 | समय सँगै हामी ड्रुपल ८ मोड्युलहरू पनि छिटै बढ्ने देख्ने छौं |
01:42 | अहिले भने राम्रो मोड्युलहरू कसरी मुल्यांकन गर्ने हेरौं |
01:47 | यो पेजमा अहिले हामीले प्रयोग गरिरहेको ड्रुपलको संस्करणको Core compatibility को आधारमा फिल्टर गरौं
यो सूची Most installed वा Most popular को आधारमा क्रममा हुन्छ |
01:59 | Chaos tool suite वा ctools र Views ड्रुपलका सदाबहार चर्चित मोड्युल हरू हुन् |
02:07 | Views मा क्लिक गरौं |
02:09 | एउटा राम्रो मोड्युल मुल्यांकन गर्ने सरल ३ चरणको विधि छ |
02:14 | मानौं हामी एउटा कार चलाउने लाइसेन्स लिन वा दर्ता गर्न सवारी अनुमति विभाग जादैछौं |
02:21 | अमेरिकाका प्राय राज्यहरूमा यसलाई dmv वा Department of Motor Vehicles भनिन्छ, त्यसैले यो सम्झी राखौं, 'd m' र 'v'. |
02:34 | 'd' को मतलब documentation, 'm' को मतलब maintainers र 'v' को मतलब versions हुन्छ |
02:42 | Project Information र Downloads अन्तर्गतका जानकारीहरू हेरौं |
02:48 | 'd' बाट सुरु गरौं, Views दोस्रो सदाबहार चर्चित मोड्युल हो |
02:53 | वास्तवमा, यसलाई Drupal 8 मा समावेश गरिँदै छ र हामीले यो शृंखलामा Views धेरै पटक प्रयोग गरेका छौं |
03:02 | कुनै पनि ओपन सोर्समा डकुमेन्टेसन पढ्ने बाहेक एउटा मोड्युल सहि वा गलत छुट्टयाउने कुनै छोटो तरिका छैन |
03:11 | एउटा मोड्युलको कार्य जान्न सधैँ डकुमेन्टेसन पढौं |
03:16 | के समस्या छन् जान्न पनि डकुमेन्टेसन पढ्न आवश्यक छ |
03:20 | कुनै सहायताको बारेमा जान्न के गर्ने?
डकुमेन्टेसन पढ्ने |
03:25 | हामीले एउटा मोड्युल इन्स्टल गरेपछि कुन भाग सक्रिय पार्ने जान्न डकुमेन्टेसन पढ्न आवश्यक छ |
03:32 | डकुमेन्टेसन पढ्न एकदमै महत्वपूर्ण छ |
03:36 | कृपया याद गरौं कि ओपन सोर्स मा कुनै मोड्युलले हाम्रो साइट खराब बनाएमा कसैलाई उजुर गर्ने सक्दैनौं |
03:42 | हामीले डकुमेन्टेसन पढेर पहिले नै साइट मा प्रयोग गरेका कुराहरू सँग मोड्युल ले काम गर्छ वा गर्दैन पत्ता लगाउनु पर्छ |
03:50 | त्यसैले, यसमा ध्यान दिनु आवश्यक छ, सम्पूर्ण जानकारीहरूको लागि -
यो Documentation लिंक issue queue र bug reports क्लिक गरी पढेर |
04:01 | यो मोड्युल मा के रहेछ जानौं, ल यो त 'd' को चर्चा भयो |
04:06 | 'm' को मतलब maintainers हो |
04:09 | यो मोड्युल merlinofchaos ले सुरु गरेका हुन् |
04:13 | अहिले हामीले उनको नाममा क्लिक गरेमा हामी उनको ड्रुपल प्रोफाइल मा पुग्ने छौं |
04:19 | आगामी ट्युटोरियलहरूमा हामी हाम्रो आफ्नै ड्रुपल प्रोफाइल सृजना गर्न सिक्ने छौं |
04:24 | यहाँ हामी Earl Miles एक ठुला योगदान कर्ता रहेको देख्छौं जसले ६३०० भन्दा बढि ड्रुपल प्रोजेक्टमा योगदान दिएका छन्
र उनी Chaos tools र Views का मुख्य सर्जक हुन् |
04:36 | यो मोड्युल को लागि अन्य धेरै maintainers हरू पनि छन् |
04:42 | मोड्युलमा -
हामी एउटा मोड्युलको एकजना व्यवस्थापक वा एउटा समूह नै व्यवस्थापक रहेको देख्न सक्छौं |
04:50 | दुवै ठीक छन् |
04:53 | तर मानौं कुनै एउटा मोड्युल मिसन-सम्बन्धित छ र maintainer ले यसलाई सुचारु गरि रहन सक्दैन भने हामी समस्यामा पर्ने छौं |
05:00 | त्यसैले यो विचार गर्नु पर्ने कुरो हो |
05:03 | अन्त्यमा तल हाम्रो Project information र Versions वा हाम्रो 'v' छ |
05:09 | अहिले 'v' को व्यवस्थापनको लागि co-maintainers चाहिन्छ, हामीले केही चिन्ता लिनु पर्दैन |
05:15 | Views पहिले नै ड्रुपल ८ मा समाविष्ट छ, त्यसैले हामी त्यहाँ केही सहायता पाउन सक्छौं |
05:24 | यो अहिले "under active development" छ |
05:27 | यो लगभग लाखौं साइटहरूमा छ र तथ्यांकले ७६ लाख डाउनलोड भैसकेको जनाउँछ |
05:35 | अहिले यो महत्वपूर्ण छ, यदि कुनै प्रोजेक्ट मा “abandoned” वा “I’ve given up” छ भए त्यस्तो मोड्युल प्रयोग नगरौं |
05:42 | तथापि प्राय तपाई त्यस्तो खासै देख्नुहुन्न |
05:46 | सधैँ हाम्रो मोड्युलको संस्करण र इन्स्टल गरेको ड्रुपलको संस्करण एकै हुनुपर्छ |
05:52 | यसमा ड्रुपल ८ संस्करण छैन किनभने Views पहिले नै core मा छ |
05:57 | तर, यदि मैले यसलाई ड्रुपल ७ साइट मा इन्स्टल गर्ने भए म यो लिंक मा क्लिक गर्दिन |
06:04 | यसले हामीलाई यो मोड्युलको विस्तृत जानकारी दिने एउटा नोडमा लैजाने छ |
06:09 | त्यसको सट्टा tar वा zip मा राइट क्लिक गरौं र Copy Link मा क्लिक गरौं |
06:15 | यो पहिले हामीले devel इन्स्टल गर्ने क्रममा उल्लेख गरिएको थियो |
06:19 | एउटा मोड्युल हाम्रो लागि उपयुक्त भए नभएको कसरी थाहा पाउने? |
06:23 | यो d m v जस्तै सरल छ |
06:26 | एउटा धेरै सोधिने प्रश्नमा – एउटा मोड्युल कसरी खोज्ने? पनि हो |
06:31 | एउटा विकल्प भनेको durpal डट org स्ल्याश project स्ल्याश modules मा जाने हो |
06:37 | र Core compatibility - Categories को आधारमा फिल्टर गर्ने हो |
06:42 | अन्यथा, हामीले खोजेको मोड्युल drupal डट org मा पाउन कठिन हुन्छ |
06:48 | यदि तपाई यसमा पोख्त हुनुहुन्छ भने तपाईले तिनीहरू भेट्नु हुनेछ, तर नयाँ युजरहरू यहाँ सुचिकृत मोड्युलहरूको संख्याले भ्रमित हुन सक्ने छन् |
06:57 | पुन: - आफ्नो लागि कुन मोड्युल उपयुक्त छ? भन्ने प्रश्न आउँछ |
07:02 | यस्तो अवस्थामा गुगल प्रयोग गरौं |
07:04 | यदि तपाई एउटा Date फिल्ड सहितको ड्रुपल मोड्युल चाहनुहुन्छ भने टाइप गरौं: "drupal module date" |
07:10 | र सबैभन्दा पहिले देखिने भनेको Date Module हो |
07:13 | हामीलाई URL drupal डट org स्ल्याश project स्ल्याश date भन्ने थाहा छ |
07:20 | यदि हामीलाई एउटा रेटिंग सिस्टम चाहिएमा के गर्ने? |
07:23 | टाइप गरौं: "drupal module rating system" |
07:26 | अब, यहाँ हामी २ विकल्पहरू पाउने छौं -
Fivestar Rating Module वा Star Rating Module |
07:34 | यहाँ हाम्रो लागि राम्रो २ मोड्युलहरूको विकल्प छ |
07:42 | यदि हामीलाई एउटा webform चाहिएमा के गर्ने? |
07:45 | पुन: टाइप गरौं: "drupal module webform" |
07:48 | र हामी Webform नामक एउटा प्रोजेक्ट प्राप्त गर्छौं |
07:52 | यो सिकारूहरूले मोड्युल खोज्ने समाविष्ट उत्कृष्ट शैली हो |
07:57 | ड्रुपल मोड्युल र हामीलाई के गर्न मोड्युल चाहिएको वर्णन |
08:02 | आशा छ यो उपयोगी रह्यो, मोड्युलहरू खोज्न गुगल प्रयोग गर्न सम्झौं |
08:08 | र आफूलाई कुन मोड्युल उपयुक्त हुने बुझ्न d m र v सम्झौं |
08:14 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:18 | संक्षेपमा हेरौं
यो ट्युटोरियलमा हामीले सिक्यौं: एउटा मोड्युल खोज्न र एउटा मोड्युल मुल्यांकन गर्न |
08:29 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
08:38 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
08:45 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
08:52 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
09:03 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |