Drupal/C3/Finding-and-Evaluating-Modules/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Finding and Evaluating Modules स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

एउटा मोड्युल खोज्न र एउटा मोड्युल मूल्यांकन गर्न

00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:29 यो शृंखलामा अगाडी हामीले मोड्युल हरू प्रयोग गरी एउटा वेबसाइट विस्तार गर्न सिकेका थियौँ
00:34 र हामीले ड्रुपल मा उपलब्ध हुने केही मोड्युल हरूको चर्चा पनि गर्यौं
00:38 हामीले अघिल्लो पटक मोड्युल devel पनि इन्स्टल गरेका थियौं
00:43 अब हामी कसरी राम्रा मोड्युल हरू मुल्यांकन गर्ने र खोज्ने सिक्ने छौं
00:48 drupal.org/project/modules मा जाऊ
00:53 यहाँ लगभग १८,००० ड्रुपल मोड्युलहरू उपलब्ध छन्
00:58 यो याद राखौं कि कुनै पनि ड्रुपल मोड्युल ले लक्षित ड्रुपल संस्करणमा मात्र काम गर्छ
01:05 त्यसैले हामीले प्रयोग गरि रहेको ड्रुपल संस्करणको Core compatibility अपडेट गर्न आवश्यक छ
01:12 यो ट्युटोरियल ड्रुपल ८ रिलिज पूर्व रेकर्ड गरिएको हो

हामीले Drupal 8 खोजेमा केवल १००० मिल्दो मोड्युलहरू मात्र देख्ने छौं

01:23 यो डेमोमा मोड्युलहरूका उच्चतम विशेषताहरूको जानकारी दिन म Drupal 7 खोज्दै छुँ
01:30 Search क्लिक गरौं र त्यहाँ ड्रुपल ७ को लागि ११,००० मोड्युलहरू उपलब्ध भएको देख्छौं, यो एकदमै ठूलो भिन्नता हो
01:38 समय सँगै हामी ड्रुपल ८ मोड्युलहरू पनि छिटै बढ्ने देख्ने छौं
01:42 अहिले भने राम्रो मोड्युलहरू कसरी मुल्यांकन गर्ने हेरौं
01:47 यो पेजमा अहिले हामीले प्रयोग गरिरहेको ड्रुपलको संस्करणको Core compatibility को आधारमा फिल्टर गरौं

यो सूची Most installed वा Most popular को आधारमा क्रममा हुन्छ

01:59 Chaos tool suite वा ctools Views ड्रुपलका सदाबहार चर्चित मोड्युल हरू हुन्
02:07 Views मा क्लिक गरौं
02:09 एउटा राम्रो मोड्युल मुल्यांकन गर्ने सरल ३ चरणको विधि छ
02:14 मानौं हामी एउटा कार चलाउने लाइसेन्स लिन वा दर्ता गर्न सवारी अनुमति विभाग जादैछौं
02:21 अमेरिकाका प्राय राज्यहरूमा यसलाई dmv वा Department of Motor Vehicles भनिन्छ, त्यसैले यो सम्झी राखौं, 'd m' र 'v'.
02:34 'd' को मतलब documentation, 'm' को मतलब maintainers र 'v' को मतलब versions हुन्छ
02:42 Project Information Downloads अन्तर्गतका जानकारीहरू हेरौं
02:48 'd' बाट सुरु गरौं, Views दोस्रो सदाबहार चर्चित मोड्युल हो
02:53 वास्तवमा, यसलाई Drupal 8 मा समावेश गरिँदै छ र हामीले यो शृंखलामा Views धेरै पटक प्रयोग गरेका छौं
03:02 कुनै पनि ओपन सोर्समा डकुमेन्टेसन पढ्ने बाहेक एउटा मोड्युल सहि वा गलत छुट्टयाउने कुनै छोटो तरिका छैन
03:11 एउटा मोड्युलको कार्य जान्न सधैँ डकुमेन्टेसन पढौं
03:16 के समस्या छन् जान्न पनि डकुमेन्टेसन पढ्न आवश्यक छ
03:20 कुनै सहायताको बारेमा जान्न के गर्ने?

डकुमेन्टेसन पढ्ने

03:25 हामीले एउटा मोड्युल इन्स्टल गरेपछि कुन भाग सक्रिय पार्ने जान्न डकुमेन्टेसन पढ्न आवश्यक छ
03:32 डकुमेन्टेसन पढ्न एकदमै महत्वपूर्ण छ
03:36 कृपया याद गरौं कि ओपन सोर्स मा कुनै मोड्युलले हाम्रो साइट खराब बनाएमा कसैलाई उजुर गर्ने सक्दैनौं
03:42 हामीले डकुमेन्टेसन पढेर पहिले नै साइट मा प्रयोग गरेका कुराहरू सँग मोड्युल ले काम गर्छ वा गर्दैन पत्ता लगाउनु पर्छ
03:50 त्यसैले, यसमा ध्यान दिनु आवश्यक छ, सम्पूर्ण जानकारीहरूको लागि -

यो Documentation लिंक issue queue र bug reports क्लिक गरी पढेर

04:01 यो मोड्युल मा के रहेछ जानौं, ल यो त 'd' को चर्चा भयो
04:06 'm' को मतलब maintainers हो
04:09 यो मोड्युल merlinofchaos ले सुरु गरेका हुन्
04:13 अहिले हामीले उनको नाममा क्लिक गरेमा हामी उनको ड्रुपल प्रोफाइल मा पुग्ने छौं
04:19 आगामी ट्युटोरियलहरूमा हामी हाम्रो आफ्नै ड्रुपल प्रोफाइल सृजना गर्न सिक्ने छौं
04:24 यहाँ हामी Earl Miles एक ठुला योगदान कर्ता रहेको देख्छौं जसले ६३०० भन्दा बढि ड्रुपल प्रोजेक्टमा योगदान दिएका छन्

र उनी Chaos tools Views का मुख्य सर्जक हुन्

04:36 यो मोड्युल को लागि अन्य धेरै maintainers हरू पनि छन्
04:42 मोड्युलमा -

हामी एउटा मोड्युलको एकजना व्यवस्थापक वा एउटा समूह नै व्यवस्थापक रहेको देख्न सक्छौं

04:50 दुवै ठीक छन्
04:53 तर मानौं कुनै एउटा मोड्युल मिसन-सम्बन्धित छ र maintainer ले यसलाई सुचारु गरि रहन सक्दैन भने हामी समस्यामा पर्ने छौं
05:00 त्यसैले यो विचार गर्नु पर्ने कुरो हो
05:03 अन्त्यमा तल हाम्रो Project information Versions वा हाम्रो 'v' छ
05:09 अहिले 'v' को व्यवस्थापनको लागि co-maintainers चाहिन्छ, हामीले केही चिन्ता लिनु पर्दैन
05:15 Views पहिले नै ड्रुपल ८ मा समाविष्ट छ, त्यसैले हामी त्यहाँ केही सहायता पाउन सक्छौं
05:24 यो अहिले "under active development" छ
05:27 यो लगभग लाखौं साइटहरूमा छ र तथ्यांकले ७६ लाख डाउनलोड भैसकेको जनाउँछ
05:35 अहिले यो महत्वपूर्ण छ, यदि कुनै प्रोजेक्ट मा “abandoned” वा “I’ve given up” छ भए त्यस्तो मोड्युल प्रयोग नगरौं
05:42 तथापि प्राय तपाई त्यस्तो खासै देख्नुहुन्न
05:46 सधैँ हाम्रो मोड्युलको संस्करण र इन्स्टल गरेको ड्रुपलको संस्करण एकै हुनुपर्छ
05:52 यसमा ड्रुपल ८ संस्करण छैन किनभने Views पहिले नै core मा छ
05:57 तर, यदि मैले यसलाई ड्रुपल ७ साइट मा इन्स्टल गर्ने भए म यो लिंक मा क्लिक गर्दिन
06:04 यसले हामीलाई यो मोड्युलको विस्तृत जानकारी दिने एउटा नोडमा लैजाने छ
06:09 त्यसको सट्टा tar वा zip मा राइट क्लिक गरौं र Copy Link मा क्लिक गरौं
06:15 यो पहिले हामीले devel इन्स्टल गर्ने क्रममा उल्लेख गरिएको थियो
06:19 एउटा मोड्युल हाम्रो लागि उपयुक्त भए नभएको कसरी थाहा पाउने?
06:23 यो d m v जस्तै सरल छ
06:26 एउटा धेरै सोधिने प्रश्नमा – एउटा मोड्युल कसरी खोज्ने? पनि हो
06:31 एउटा विकल्प भनेको durpal डट org स्ल्याश project स्ल्याश modules मा जाने हो
06:37 Core compatibility - Categories को आधारमा फिल्टर गर्ने हो
06:42 अन्यथा, हामीले खोजेको मोड्युल drupal डट org मा पाउन कठिन हुन्छ
06:48 यदि तपाई यसमा पोख्त हुनुहुन्छ भने तपाईले तिनीहरू भेट्नु हुनेछ, तर नयाँ युजरहरू यहाँ सुचिकृत मोड्युलहरूको संख्याले भ्रमित हुन सक्ने छन्
06:57 पुन: - आफ्नो लागि कुन मोड्युल उपयुक्त छ? भन्ने प्रश्न आउँछ
07:02 यस्तो अवस्थामा गुगल प्रयोग गरौं
07:04 यदि तपाई एउटा Date फिल्ड सहितको ड्रुपल मोड्युल चाहनुहुन्छ भने टाइप गरौं: "drupal module date"
07:10 र सबैभन्दा पहिले देखिने भनेको Date Module हो
07:13 हामीलाई URL drupal डट org स्ल्याश project स्ल्याश date भन्ने थाहा छ
07:20 यदि हामीलाई एउटा रेटिंग सिस्टम चाहिएमा के गर्ने?
07:23 टाइप गरौं: "drupal module rating system"
07:26 अब, यहाँ हामी २ विकल्पहरू पाउने छौं -

Fivestar Rating Module वा Star Rating Module

07:34 यहाँ हाम्रो लागि राम्रो २ मोड्युलहरूको विकल्प छ
07:42 यदि हामीलाई एउटा webform चाहिएमा के गर्ने?
07:45 पुन: टाइप गरौं: "drupal module webform"
07:48 र हामी Webform नामक एउटा प्रोजेक्ट प्राप्त गर्छौं
07:52 यो सिकारूहरूले मोड्युल खोज्ने समाविष्ट उत्कृष्ट शैली हो
07:57 ड्रुपल मोड्युल र हामीलाई के गर्न मोड्युल चाहिएको वर्णन
08:02 आशा छ यो उपयोगी रह्यो, मोड्युलहरू खोज्न गुगल प्रयोग गर्न सम्झौं
08:08 र आफूलाई कुन मोड्युल उपयुक्त हुने बुझ्न d m v सम्झौं
08:14 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:18 संक्षेपमा हेरौं

यो ट्युटोरियलमा हामीले सिक्यौं: एउटा मोड्युल खोज्न र एउटा मोड्युल मुल्यांकन गर्न

08:29 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
08:38 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
08:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
08:52 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ
09:03 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira