Drupal/C2/Managing-Content/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | Managing Content स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
एउटा नयाँ कन्टेन्ट सृजना गर्न |
| 00:11 | कन्टेन्ट र रिभिजनहरू व्यबस्थापन गर्न |
| 00:15 | यो ट्युटोरियल रेकर्ड गर्न हामी:
उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर प्रयोग गर्दैछौं |
| 00:25 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:29 | हामीले पहिले सृजना गरेको हाम्रो वेबसाइट खोलौं |
| 00:33 | अब हामी नयाँ सामग्री कसरी सृजना गर्ने सिक्ने छौं |
| 00:37 | हामी हाम्रो पहिलो Event थप्ने छौं, Content मा क्लिक गरौँ |
| 00:42 | Add content मा क्लिक गरौँ र Events छानौं |
| 00:46 | हामीले सेट अप गरेका केही कुराहरू प्रस्तुत गर्न हामी एउटा नमुना Event बनाउने छौं |
| 00:52 | Event Name मा टाइप गरौँ: “DrupalCamp Cincinnati” |
| 00:58 | Event Description फिल्डमा टाइप गरौँ: “This is the first DrupalCamp in the southern Ohio region” |
| 01:07 | याद गरौँ, यहाँ Create New revision चेकबक्स ठीक गरिएको छ |
| 01:12 | यहाँ दायाँपट्टि हामीले केही पनि गर्नुपर्दैन |
| 01:17 | अहिलेको लागि Event Logo खाली छोडौं |
| 01:21 | तर हामी एउटा Event Website भने चाहन्छौं |
| 01:24 | त्यसैले हामी URL मा यस्तो टाइप गर्ने छौं: "http://drupalcampcincinnati.org" |
| 01:34 | हामी यो Link text खाली छोड्ने छौं, अहिले वास्तविक URL नै देखापरेको छ, त्यसैले यसै छोडौं |
| 01:44 | हामीले Event Date मा क्लिक गर्दा एउटा सानो क्यालेन्डर देखा पर्छ |
| 01:49 | January 11th 2016 छानौं |
| 01:54 | अहिले सम्म हामी EVENT SPONSORS थप्न सक्दैनौं किनभने हामीसँग कुनै User Groups छैन |
| 02:01 | ड्रुपलको अर्को महत्वपूर्ण विशेषता भनेको Inline Entity Reference हो |
| 02:07 | यसले तपाईलाई फ्लाईमा युजर ग्रुप थप्न दिन्छ तर हामी यसको बारेमा पछि हेर्ने छौं |
| 02:13 | हामीसँग केहि EVENT TOPICS छन्, ‘I’ टाइप गरौँ र ‘Introduction to Drupal’ छानौं |
| 02:21 | Add another item मा क्लिक गरौँ र ‘m' टाइप गरौँ |
| 02:27 | ‘m’ भएको सम्पूर्ण शिर्षकहरू देखापर्ने छन् |
| 02:32 | त्यसैले, Module Development छानौं, तपाई अन्य कुनै शिर्षक पनि छान्न सक्नुहुन्छ |
| 02:38 | अनि, Save and publish क्लिक गरौँ |
| 02:41 | यहाँ हाम्रो DrupalCamp Cincinnati नोड छ |
| 02:45 | Title, Body र Event Website स्वत: लिंक भएका हुन्छन् तर तिनीहरू वास्तवमा हुदैनन् |
| 02:53 | हामी यो Event Date फर्म्याट बदल्न पनि सक्छौं |
| 02:58 | यो एउटा taxonomy हो |
| 03:00 | यो लिंक क्लिक गरेमा Introduction to Drupal मा ट्याग भएका प्रत्येक Event उपलब्ध हुने छन् र प्रकाशनको मिति अनुसार सूचिकृत हुने छन् |
| 03:12 | हामीले सफलतापूर्वक हाम्रो पहिलो event नोड सृजना गरेका छौं |
| 03:17 | अब, Shortcuts र Add content मा क्लिक गरौँ, अब हाम्रो User Group थपौं |
| 03:27 | हामी यसलाई "Cincinnati User Group" भन्ने छौं |
| 03:31 | User Group Description फिल्ड मा यस्तो टाइप गरौँ: “This is the user group from the southern Ohio region based in Cincinnati” |
| 03:42 | “We meet on the 3rd Thursday of every month” |
| 03:47 | हामी त्यहाँ थप जानकारीहरू पनि थप्न सक्छौं |
| 03.51 | यो User Group को URL: https कोलन स्ल्याश स्ल्याश groups डट drupal डट org स्ल्याश Cincinnati हो |
| 04:03 | अहिले यो देखिएको छैन तर साधारणतया यसरी नै देखिन्छ |
| 04:10 | आफ्नो क्षेत्रमा एउटा User Group खोज्न groups dot drupal dot org मा जाऊ |
| 04:16 | अनि आफूले इच्छाएको कुरा सर्च गरौँ |
| 04:21 | संसारभर धेरै User Groups रहेका छन् |
| 04:25 | Group Contact मा, टाइप गरौँ: Drupal space Group र Contact Email मा: drupalgroup@email.com टाइप गरौँ |
| 04:38 | याद गरौ, यो सहि फर्म्याटको इमेल एड्रेस हुनुपर्छ नत्रभने ड्रुपल ले यो अस्वीकार गर्ने छ |
| 04:46 | यहाँ विभिन्न विकल्पहरूबाट Group Level छानौं |
| 04:50 | र EVENTS SPONSORED मा हामीले एउटा Event छान्नुपर्छ |
| 04:55 | यदि तपाईले 'd' मात्र टाइप गरेमा ड्रप-डाउनमा "Drupal Camp Cincinnati" देखापर्छ |
| 05:02 | Save and Publish क्लिक गरौँ |
| 05:05 | हामीले सफलतापूर्वक हाम्रो पहिलो User Group सृजना गरेका छौं |
| 05:09 | अब हामी सामग्री व्यवस्थापन गर्न सिक्ने छौं |
| 05:13 | Content मा क्लिक गरेमा हाम्रो साइट मा कन्टेन्टको सूची देखिने छ |
| 05:19 | जुनसुकै कन्टेन्ट टाइप भएपनि हामी सबै कन्टेन्ट देख्न सक्छौं |
| 05:25 | हामी Publish status, Content type र Title प्रयोग गरी फिल्टर गर्न सक्छौं |
| 05:32 | यहाँ ‘W’ टाइप गरेर Filter क्लिक गरेमा हामी ‘w’ बाट सुरु हुने सम्पूर्ण नोडहरू देख्छौं |
| 05:41 | Reset मा क्लिक गरौँ |
| 05:43 | यदि हामीसँग एकभन्दा बढि भाषाहरू भएमा हामी अर्को भाषा पनि छान्न सक्छौं |
| 05:49 | र हाम्रो सूची तयार भएपछि हामी एकभन्दा बढि नोड छान्न सक्छौं र यस्तो केहि गरौँ – यसलाई Delete, Sticky, Promote र Publish आदि गरौँ |
| 06:04 | म Unpublish content गर्ने छुँ र Apply मा क्लिक गरौँ |
| 06:09 | मेरो छानिएको नोडको स्टेटस Unpublished भएको याद गरौँ |
| 06:16 | यो कन्टेन्ट व्यवस्थापन गर्ने सबैभन्दा सजिलो स्थान हो |
| 06:20 | सम्पूर्ण नोडहरू एकैपटक छानौं, Publish क्लिक गरी Apply क्लिक गरौँ |
| 06:28 | यदि केही पहिले नै प्रकाशित भए पनि फरक पर्दैन, अहिले सम्पूर्ण कन्टेन्ट प्रकाशित भएका छन् |
| 06:35 | यहाँ हामी एउटा नोड Edit वा Delete गर्न सक्छौं वा नोडहरूको एउटा ब्याच नै पनि छानेर कन्टेन्ट मेट्न सक्छौं |
| 06:44 | ड्रुपल मा कन्टेन्ट व्यवस्थापन गर्नु निकै सरल छ, टूलबारको Content लिंकमा क्लिक गरौँ र यसले यो पेजमा पुर्याउने छ |
| 06:54 | माथि रहेको ट्याबहरू प्रयोग गरी हामी कमेन्टहरू पनि व्यवस्थापन गर्न सक्छौं |
| 07:00 | साथै कुनै पनि file फिल्डमा अपलोड भएका कुनै पनि फाइलहरु पनि व्यवस्थापन गर्न सक्छौं |
| 07:05 | ईमेज हेर्न यसमा क्लिक गरौँ र यो स्क्रिनमा खुल्ने छ |
| 07:10 | ईमेज कहाँ प्रयोग भएको छ हेर्न Places लिंकमा क्लिक गरौँ, यसले फाइल प्रयोग भएको स्थानको नोडहरूको सूची दिन्छ |
| 07:20 | हामी Administration टूलबारमा कन्टेन्ट लिंकको हाम्रो कन्टेन्ट, कमेन्ट र फाइल व्यवस्थापन गर्न सक्छौं |
| 07:29 | अब हाम्रो कुनै एक नोडमा एउटा कमेन्ट थपौं |
| 07:33 | म यस्तो कमेन्ट थप्दै छुँ – “Great Node!" "Fantastic content.” |
| 07:39 | Save क्लिक गरौँ |
| 07:42 | हामीले superuser को रुपमा लगिन गरेको भएर हामीलाई सबै कुरा स्वीकृत हुन्छ, त्यसैले हामीले केही गर्नु पर्दैन |
| 07:50 | यदि तपाई कमेन्टहरू को लागि स्वीकृति चाहनुहुन्छ भने Content, Comments क्लिक गरौँ, यहाँ तपाई तिनीहरूलाई व्यवस्थापन गर्न सक्नुहुन्छ |
| 07:59 | उदाहरणको लागि – एकैपटक धेरै कमेन्टहरू प्रकाशन गर्ने वा तिनीहरूलाई यो स्क्रिनबाट मेटाउने |
| 08:05 | ड्रुपलमा कन्टेन्ट, कमेन्ट र फाइलहरू सबै एकै स्थानबाट व्यवस्थापन गर्न सकिन्छ |
| 08:12 | अब, एउटा नोड अपडेट गरौँ वा एउटा नोडमा केही परिवर्तन गरौँ र Revisions ले कसरी काम गर्छ हेरौं |
| 08:20 | होम पेज मा फर्किन Home लिंकमा क्लिक गरौँ |
| 08:24 | DrupalCamp Cincinnati मा Quick edit क्लिक गरौँ |
| 08:29 | यो नोडको बडी मा केही थप सामग्री थपौं – “There is another great camp in Columbus every October.” |
| 08:39 | Save क्लिक गरौँ |
| 08:41 | अब, DrupalCamp Cincinnati मा क्लिक गरौँ, हामी Revisions नामक एउटा नयाँ नोड देख्न सक्छौं |
| 08:49 | Revisions मा क्लिक गरौँ र एडमिन ले यो नोड 2:37 मा अपडेट गरेको र यो करेन्ट रिभिजन भएको देख्न सकिन्छ |
| 09:00 | पुरानो संस्करण पनि उपलब्ध छ |
| 09:03 | यसमा क्लिक गरी हामी पुरानो संस्करण हेर्न सक्छौं जसमा दोस्रो प्याराग्राफ छैन |
| 09:09 | Revisions क्लिक गरी फर्कौं अनि हामी पुरानो संस्करणलाई हामी Revert वा Delete गर्न सक्छौं |
| 09:18 | यसलाई सहज बनाउने अन्य मोड्युलहरू पनि रहेका छन् |
| 09:22 | तर ड्रुपलमा पूर्ण बिल्ट इन् भर्सन कन्ट्रोल छ, त्यसैले कसले र कतिबेला कुनै पनि नोडमा परिवर्तन गरेको हो थाहा हुन्छ र आफूले चाहेमा यसलाई कुनै पनि समय फर्काउन सकिन्छ |
| 09:36 | त्यसैले, ड्रुपल मा भर्सन कन्ट्रोल बिल्ट इन् हुन्छ र एकदमै उपयोगी हुन्छ |
| 09:41 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
| 09:47 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
कन्टेन्टहरू सृजना गर्न कन्टेन्टहरू र रिभिजनहरू व्यवस्थापन गर्न |
| 10:06 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
| 10:16 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 10:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ
बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
| 10:32 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई-
NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
| 10:45 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |