Drupal/C2/Managing-Content/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Managing Content स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

एउटा नयाँ कन्टेन्ट सृजना गर्न

00:11 कन्टेन्ट र रिभिजनहरू व्यबस्थापन गर्न
00:15 यो ट्युटोरियल रेकर्ड गर्न हामी:

उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर प्रयोग गर्दैछौं

00:25 तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:29 हामीले पहिले सृजना गरेको हाम्रो वेबसाइट खोलौं
00:33 अब हामी नयाँ सामग्री कसरी सृजना गर्ने सिक्ने छौं
00:37 हामी हाम्रो पहिलो Event थप्ने छौं, Content मा क्लिक गरौँ
00:42 Add content मा क्लिक गरौँ र Events छानौं
00:46 हामीले सेट अप गरेका केही कुराहरू प्रस्तुत गर्न हामी एउटा नमुना Event बनाउने छौं
00:52 Event Name मा टाइप गरौँ: “DrupalCamp Cincinnati”
00:58 Event Description फिल्डमा टाइप गरौँ: “This is the first DrupalCamp in the southern Ohio region”
01:07 याद गरौँ, यहाँ Create New revision चेकबक्स ठीक गरिएको छ
01:12 यहाँ दायाँपट्टि हामीले केही पनि गर्नुपर्दैन
01:17 अहिलेको लागि Event Logo खाली छोडौं
01:21 तर हामी एउटा Event Website भने चाहन्छौं
01:24 त्यसैले हामी URL मा यस्तो टाइप गर्ने छौं: "http://drupalcampcincinnati.org"
01:34 हामी यो Link text खाली छोड्ने छौं, अहिले वास्तविक URL नै देखापरेको छ, त्यसैले यसै छोडौं
01:44 हामीले Event Date मा क्लिक गर्दा एउटा सानो क्यालेन्डर देखा पर्छ
01:49 January 11th 2016 छानौं
01:54 अहिले सम्म हामी EVENT SPONSORS थप्न सक्दैनौं किनभने हामीसँग कुनै User Groups छैन
02:01 ड्रुपलको अर्को महत्वपूर्ण विशेषता भनेको Inline Entity Reference हो
02:07 यसले तपाईलाई फ्लाईमा युजर ग्रुप थप्न दिन्छ तर हामी यसको बारेमा पछि हेर्ने छौं
02:13 हामीसँग केहि EVENT TOPICS छन्, ‘I’ टाइप गरौँ र ‘Introduction to Drupal’ छानौं
02:21 Add another item मा क्लिक गरौँ र ‘m' टाइप गरौँ
02:27 ‘m’ भएको सम्पूर्ण शिर्षकहरू देखापर्ने छन्
02:32 त्यसैले, Module Development छानौं, तपाई अन्य कुनै शिर्षक पनि छान्न सक्नुहुन्छ
02:38 अनि, Save and publish क्लिक गरौँ
02:41 यहाँ हाम्रो DrupalCamp Cincinnati नोड छ
02:45 Title, BodyEvent Website स्वत: लिंक भएका हुन्छन् तर तिनीहरू वास्तवमा हुदैनन्
02:53 हामी यो Event Date फर्म्याट बदल्न पनि सक्छौं
02:58 यो एउटा taxonomy हो
03:00 यो लिंक क्लिक गरेमा Introduction to Drupal मा ट्याग भएका प्रत्येक Event उपलब्ध हुने छन् र प्रकाशनको मिति अनुसार सूचिकृत हुने छन्
03:12 हामीले सफलतापूर्वक हाम्रो पहिलो event नोड सृजना गरेका छौं
03:17 अब, ShortcutsAdd content मा क्लिक गरौँ, अब हाम्रो User Group थपौं
03:27 हामी यसलाई "Cincinnati User Group" भन्ने छौं
03:31 User Group Description फिल्ड मा यस्तो टाइप गरौँ: “This is the user group from the southern Ohio region based in Cincinnati”
03:42 “We meet on the 3rd Thursday of every month”
03:47 हामी त्यहाँ थप जानकारीहरू पनि थप्न सक्छौं
03.51 यो User Group को URL: https कोलन स्ल्याश स्ल्याश groups डट drupal डट org स्ल्याश Cincinnati हो
04:03 अहिले यो देखिएको छैन तर साधारणतया यसरी नै देखिन्छ
04:10 आफ्नो क्षेत्रमा एउटा User Group खोज्न groups dot drupal dot org मा जाऊ
04:16 अनि आफूले इच्छाएको कुरा सर्च गरौँ
04:21 संसारभर धेरै User Groups रहेका छन्
04:25 Group Contact मा, टाइप गरौँ: Drupal space GroupContact Email मा: drupalgroup@email.com टाइप गरौँ
04:38 याद गरौ, यो सहि फर्म्याटको इमेल एड्रेस हुनुपर्छ नत्रभने ड्रुपल ले यो अस्वीकार गर्ने छ
04:46 यहाँ विभिन्न विकल्पहरूबाट Group Level छानौं
04:50 EVENTS SPONSORED मा हामीले एउटा Event छान्नुपर्छ
04:55 यदि तपाईले 'd' मात्र टाइप गरेमा ड्रप-डाउनमा "Drupal Camp Cincinnati" देखापर्छ
05:02 Save and Publish क्लिक गरौँ
05:05 हामीले सफलतापूर्वक हाम्रो पहिलो User Group सृजना गरेका छौं
05:09 अब हामी सामग्री व्यवस्थापन गर्न सिक्ने छौं
05:13 Content मा क्लिक गरेमा हाम्रो साइट मा कन्टेन्टको सूची देखिने छ
05:19 जुनसुकै कन्टेन्ट टाइप भएपनि हामी सबै कन्टेन्ट देख्न सक्छौं
05:25 हामी Publish status, Content type Title प्रयोग गरी फिल्टर गर्न सक्छौं
05:32 यहाँ ‘W’ टाइप गरेर Filter क्लिक गरेमा हामी ‘w’ बाट सुरु हुने सम्पूर्ण नोडहरू देख्छौं
05:41 Reset मा क्लिक गरौँ
05:43 यदि हामीसँग एकभन्दा बढि भाषाहरू भएमा हामी अर्को भाषा पनि छान्न सक्छौं
05:49 र हाम्रो सूची तयार भएपछि हामी एकभन्दा बढि नोड छान्न सक्छौं र यस्तो केहि गरौँ – यसलाई Delete, Sticky, PromotePublish आदि गरौँ
06:04 Unpublish content गर्ने छुँ र Apply मा क्लिक गरौँ
06:09 मेरो छानिएको नोडको स्टेटस Unpublished भएको याद गरौँ
06:16 यो कन्टेन्ट व्यवस्थापन गर्ने सबैभन्दा सजिलो स्थान हो
06:20 सम्पूर्ण नोडहरू एकैपटक छानौं, Publish क्लिक गरी Apply क्लिक गरौँ
06:28 यदि केही पहिले नै प्रकाशित भए पनि फरक पर्दैन, अहिले सम्पूर्ण कन्टेन्ट प्रकाशित भएका छन्
06:35 यहाँ हामी एउटा नोड Edit वा Delete गर्न सक्छौं वा नोडहरूको एउटा ब्याच नै पनि छानेर कन्टेन्ट मेट्न सक्छौं
06:44 ड्रुपल मा कन्टेन्ट व्यवस्थापन गर्नु निकै सरल छ, टूलबारको Content लिंकमा क्लिक गरौँ र यसले यो पेजमा पुर्याउने छ
06:54 माथि रहेको ट्याबहरू प्रयोग गरी हामी कमेन्टहरू पनि व्यवस्थापन गर्न सक्छौं
07:00 साथै कुनै पनि file फिल्डमा अपलोड भएका कुनै पनि फाइलहरु पनि व्यवस्थापन गर्न सक्छौं
07:05 ईमेज हेर्न यसमा क्लिक गरौँ र यो स्क्रिनमा खुल्ने छ
07:10 ईमेज कहाँ प्रयोग भएको छ हेर्न Places लिंकमा क्लिक गरौँ, यसले फाइल प्रयोग भएको स्थानको नोडहरूको सूची दिन्छ
07:20 हामी Administration टूलबारमा कन्टेन्ट लिंकको हाम्रो कन्टेन्ट, कमेन्टफाइल व्यवस्थापन गर्न सक्छौं
07:29 अब हाम्रो कुनै एक नोडमा एउटा कमेन्ट थपौं
07:33 म यस्तो कमेन्ट थप्दै छुँ – “Great Node!" "Fantastic content.”
07:39 Save क्लिक गरौँ
07:42 हामीले superuser को रुपमा लगिन गरेको भएर हामीलाई सबै कुरा स्वीकृत हुन्छ, त्यसैले हामीले केही गर्नु पर्दैन
07:50 यदि तपाई कमेन्टहरू को लागि स्वीकृति चाहनुहुन्छ भने Content, Comments क्लिक गरौँ, यहाँ तपाई तिनीहरूलाई व्यवस्थापन गर्न सक्नुहुन्छ
07:59 उदाहरणको लागि – एकैपटक धेरै कमेन्टहरू प्रकाशन गर्ने वा तिनीहरूलाई यो स्क्रिनबाट मेटाउने
08:05 ड्रुपलमा कन्टेन्ट, कमेन्ट फाइलहरू सबै एकै स्थानबाट व्यवस्थापन गर्न सकिन्छ
08:12 अब, एउटा नोड अपडेट गरौँ वा एउटा नोडमा केही परिवर्तन गरौँ र Revisions ले कसरी काम गर्छ हेरौं
08:20 होम पेज मा फर्किन Home लिंकमा क्लिक गरौँ
08:24 DrupalCamp Cincinnati मा Quick edit क्लिक गरौँ
08:29 यो नोडको बडी मा केही थप सामग्री थपौं – “There is another great camp in Columbus every October.”
08:39 Save क्लिक गरौँ
08:41 अब, DrupalCamp Cincinnati मा क्लिक गरौँ, हामी Revisions नामक एउटा नयाँ नोड देख्न सक्छौं
08:49 Revisions मा क्लिक गरौँ र एडमिन ले यो नोड 2:37 मा अपडेट गरेको र यो करेन्ट रिभिजन भएको देख्न सकिन्छ
09:00 पुरानो संस्करण पनि उपलब्ध छ
09:03 यसमा क्लिक गरी हामी पुरानो संस्करण हेर्न सक्छौं जसमा दोस्रो प्याराग्राफ छैन
09:09 Revisions क्लिक गरी फर्कौं अनि हामी पुरानो संस्करणलाई हामी Revert वा Delete गर्न सक्छौं
09:18 यसलाई सहज बनाउने अन्य मोड्युलहरू पनि रहेका छन्
09:22 तर ड्रुपलमा पूर्ण बिल्ट इन् भर्सन कन्ट्रोल छ, त्यसैले कसले र कतिबेला कुनै पनि नोडमा परिवर्तन गरेको हो थाहा हुन्छ र आफूले चाहेमा यसलाई कुनै पनि समय फर्काउन सकिन्छ
09:36 त्यसैले, ड्रुपल मा भर्सन कन्ट्रोल बिल्ट इन् हुन्छ र एकदमै उपयोगी हुन्छ
09:41 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
09:47 यो ट्युटोरियलमा हामीले सिक्यौं:

कन्टेन्टहरू सृजना गर्न कन्टेन्टहरू र रिभिजनहरू व्यवस्थापन गर्न

10:06 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
10:16 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
10:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ

बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

10:32 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई-

NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ

10:45 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira