Drupal/C2/Taxonomy/Nepali

From Script | Spoken-Tutorial
Revision as of 06:14, 14 May 2017 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Taxonomy स्पोकन ट्युटोरियल मा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी Taxonomy र एउटा Taxonomy थप्न सिक्ने छौं
00:11 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ,: उबुन्टु लिनक्स अपरेटिंग सिस्टम,ड्रुपल ८ फायरफक्स वेब ब्राउजर, तपाई आफ्नो रोजाईको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:23 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:27 अब हामीसँग कन्टेन्ट टाइपफिल्ड हरू पहिले नै छन्, अब हामीले वर्गीकरण थप्नुपर्छ, जहाँ Taxonomy को काम आउँछ
00:37 Taxonomy अरू केही नभएर क्याटेगरी हरू हुन्
00:41 हाम्रो IMDB को उदाहरणमा, IMDB site मा Movie Genre फिल्ड रहेको सम्झौं
00:50 अब ड्रुपलको taxonomy ले कसरी काम गर्छ हेरौं
00:54 Movie genre एउटा शब्दावली' हुनेछ र त्यो मुख्य वर्गको नाम हो
01:00 र त्यो शब्दावलीमा हामीसँग Terms
01:04 त्यसैले स्क्रिनमा हामीसँग ACTION, ADVENTURE, COMEDY, DRAMAROMANCE छन्
01:11 COMEDY भित्र ROMANTIC, ACTION, SLAPSTICKSCREWBALL
01:18 हामी एउटा ड्रुपल शब्द वा ट्याक्सोनोमी मा असिमित nested क्याटेगरी वा शब्दावली हरू राख्न सक्छौं
01:24 यहाँ एकदमै महत्वपूर्ण कुरा छ
01:28 प्रायजसो धेरै साइट हरू चुक्ने एउटा क्षेत्र भनेको सामग्रीहरू वर्गीकरण गर्न built-in tagging widget वा tag शब्दावली प्रयोग गर्ने हो
01:37 फ्लाईमा क्याटेगरी हरू थप्नु राम्रो भए पनि त्यसमा केही समस्याहरू रहेका छन्
01:44 यदि कसैले गलत टाइप गरेमा के हुन्छ?
01:47 "energy" – e n e r g ye n r e g y एकै होइन र ड्रुपललाई भिन्नता थाहा हुदैन
01:56 त्यसैले, हामीसँग २ क्याटेगरी हुन्छन् र सामग्री सम्बन्धित हुने छैन
02:02 स्र्किन मा देखाए झैँ एउटा क्लोजड taxonomy प्रयोग गर्नु राम्रो हुन्छ
02:08 यसको सेट अप गर्न धेरै सजिलो छ, हामी पछि यो शृंखलामा त्यसको चर्चा गर्ने छौं
02:12 अहिलेको लागि Taxonomy धेरै तरिकाले प्रयोग गर्न सकिने बुझौं
02:17 हामीले पहिले नै यसले कसरी कन्टेन्ट को सूची तयार पार्छ देखेका छौं तर हामीले सहि रूपमा प्रयोग गरे सबै प्रकारका View हरू फिल्टर गर्न र क्रममा राख्न सक्छौं
02:28 अब भने taxonomy को बारेमा हेरौं
02:32 हामी 'Events' Content type को लागि एउटा Taxonomy सेट गर्ने छौं
02:35 Structure मा क्लिक गरौँ, तल स्क्रोल गरौँ र Taxonomy क्लिक गरौँ
02:41 तपाई सम्झनुहुन्छ भने हामीले सम्पूर्ण ट्याग हरू सेटअप गर्न सिकेका छौं
02:46 तर पहिले उल्लेख गरे अनुसार हामी एउटा closed taxonomy प्रयोग गर्ने छौं - जुन हामी नियन्त्रण गर्न सकौं र अरू कसैले सजिलै शब्दावली हरू थप्न नसकून
02:56 त्यसैले, हामी Add Vocabulary मा क्लिक गर्ने छौं, यसलाई "Event Topics" नाम दिऊ
03:02 Description यस्तो टाइप गरौँ - "this is where we track the topics for Drupal events"
03:09 Save क्लिक गरौँ, अब हामी शब्दहरू मा नाम थप्न सक्छौं, Add a term क्लिक गरौँ
03:16 स्क्रिनमा हामीले थप्न लागेका नामहरू देख्न सकिन्छ – Introduction to Drupal, Site Building,
03:24 Module Development, ThemingPerformance
03:28 तिनीहरू थपौं –Introduction to DrupalSave क्लिक गरौँ
03:34 र यसले हामीलाई यो Add स्र्किनमा पुर्याउने छ
03:39 अब, "Site Building" टाइप गरौँ र Save क्लिक गरौँ
03:43 "Module Development" र Save क्लिक गरौँ, "Theming", म Enter थिच्ने छुँ र यसले स्वत: सेभ गर्ने छ
03:53 र अन्त्यमा "Performance" र Save क्लिक गरौँ
03:57 हामी यहाँ कम्प्लेक्स शब्दावली थप्ने सक्ने छौं तर हामी अहिलेको लागि यसलाई सरल राख्ने छौं
04:03 यहाँ Taxonomy मा क्लिक गरी Event Topics का नाम हरू सूचिकृत गरौँ
04:09 अब हामीसँग Introduction, Module Development, Performance, Site BuildingTheming
04:16 र तिनीहरू वर्ण क्रमानुसार छन्
04:19 तर म तिनीहरूलाई कठिनताको आधारमा मिलाउन चाहन्छु
04:23 त्यसैले, म Module Development तल र Site Building माथि सार्ने छुँ
04:27 र म Site Building पछि Theming र अन्त्यमा Performance राख्ने छुँ
04:34 यिनीहरू क्लिक गरी तानौं, सधै परिवर्तनहरू सेभ गरौँ
04:39 नत्रभने ड्रुपलले स्र्किन छोडेपछि सम्झने छैन
04:44 Save क्लिक गरौँ र हाम्रा शब्दावली हरू हामीले चाहेको क्रममा हुने छन
04:50 हामीले taxonomy थपेका छौं तर हाम्रो Content type लाई यसको ज्ञान छैन
04:56 त्यसैले, अब Structure अनि Content types क्लिक गरौँ
05:00 र हाम्रो फिल्ड हरु र 'Events' Content type व्यवस्थापन गरौँ, अनि Add field क्लिक गरौँ
05:06 अहिले एउटा फिल्ड टाइप छान्नु भनेको हामीले भर्खर सृजना गरेको शब्दावली मा Taxonomy term रेफ्रेन्स गर्ने हो
05:14 त्यसैले, Taxonomy term छानौं र यसलाई Event Topics नाम दिऊ, Save and continue क्लिक गरौँ
05:23 अब यसले Type of item to reference सोध्ने छ
05:28 त्यो हामीले पहिले नै छानेको हुनाले यहाँ ध्यान दिनुपर्छ, एउटा इभेन्ट को एकभन्दा बढि शिर्षक हुन सक्ने भएकोले हामीले यसलाई Unlimited मा बदल्ने छौं
05:37 Save field settings मा क्लिक गरौँ
05:40 र यहाँ तल हामीले सहि Reference type छानेको पक्का गर्नुपर्छ
05:46 Event Topics छानौं, यहाँ यसले हामीलाई references entities पहिले नै नभएमा सृजना गर्न दिने छ
05:56 यसलाई Inline entity reference भनिन्छ, यसको मतलब यदि हाम्रो सूचीमा नभएको कुनै शिर्षक भएमा त्यो कुनै पनि युजरले फ्लाईमा थप्न सक्छ
06:07 हामी त्यसो गर्न चाहदैनौं, त्यसैले हामी त्यो यसै छोड्ने छौं
06:11 Save settings क्लिक गरौँ
06:15 हामीले सामग्री थप्नु अघि एउटा अर्को कदम छ
06:18 हामीले हाम्रो URL patterns मिलाउनु पर्छ र यो हामी प्राय सामग्री थप्नु अघि गर्छौं
06:24 यसले हामीले थपेको सामग्रीको सहि मानव मैत्री URL भएको पक्का गर्छ
06:30 हामी त्यसको बारेमा यो शृंखलामा पछि चर्चा गर्ने छौं, यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:36 संक्षेपमा हेरौं
06:39 यो ट्युटोरियलमा हामीले Taxonomy र एउटा Taxonomy थप्न सिक्यौं
06:48 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
06:57 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
07:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
07:11 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ
07:23 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira