Drupal/C2/Taxonomy/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | Taxonomy स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:05 | यो ट्युटोरियलमा हामी Taxonomy र एउटा Taxonomy थप्न सिक्ने छौं |
| 00:11 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ,: उबुन्टु लिनक्स अपरेटिंग सिस्टम,ड्रुपल ८ फायरफक्स वेब ब्राउजर, तपाई आफ्नो रोजाईको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:23 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
| 00:27 | अब हामीसँग कन्टेन्ट टाइप र फिल्ड हरू पहिले नै छन्, अब हामीले वर्गीकरण थप्नुपर्छ, जहाँ Taxonomy को काम आउँछ |
| 00:37 | Taxonomy अरू केही नभएर क्याटेगरी हरू हुन् |
| 00:41 | हाम्रो IMDB को उदाहरणमा, IMDB site मा Movie Genre फिल्ड रहेको सम्झौं |
| 00:50 | अब ड्रुपलको taxonomy ले कसरी काम गर्छ हेरौं |
| 00:54 | Movie genre एउटा शब्दावली' हुनेछ र त्यो मुख्य वर्गको नाम हो |
| 01:00 | र त्यो शब्दावलीमा हामीसँग Terms छ |
| 01:04 | त्यसैले स्क्रिनमा हामीसँग ACTION, ADVENTURE, COMEDY, DRAMA र ROMANCE छन् |
| 01:11 | र COMEDY भित्र ROMANTIC, ACTION, SLAPSTICK र SCREWBALL छ |
| 01:18 | हामी एउटा ड्रुपल शब्द वा ट्याक्सोनोमी मा असिमित nested क्याटेगरी वा शब्दावली हरू राख्न सक्छौं |
| 01:24 | यहाँ एकदमै महत्वपूर्ण कुरा छ |
| 01:28 | प्रायजसो धेरै साइट हरू चुक्ने एउटा क्षेत्र भनेको सामग्रीहरू वर्गीकरण गर्न built-in tagging widget वा tag शब्दावली प्रयोग गर्ने हो |
| 01:37 | फ्लाईमा क्याटेगरी हरू थप्नु राम्रो भए पनि त्यसमा केही समस्याहरू रहेका छन् |
| 01:44 | यदि कसैले गलत टाइप गरेमा के हुन्छ? |
| 01:47 | "energy" – e n e r g y र e n r e g y एकै होइन र ड्रुपललाई भिन्नता थाहा हुदैन |
| 01:56 | त्यसैले, हामीसँग २ क्याटेगरी हुन्छन् र सामग्री सम्बन्धित हुने छैन |
| 02:02 | स्र्किन मा देखाए झैँ एउटा क्लोजड taxonomy प्रयोग गर्नु राम्रो हुन्छ |
| 02:08 | यसको सेट अप गर्न धेरै सजिलो छ, हामी पछि यो शृंखलामा त्यसको चर्चा गर्ने छौं |
| 02:12 | अहिलेको लागि Taxonomy धेरै तरिकाले प्रयोग गर्न सकिने बुझौं |
| 02:17 | हामीले पहिले नै यसले कसरी कन्टेन्ट को सूची तयार पार्छ देखेका छौं तर हामीले सहि रूपमा प्रयोग गरे सबै प्रकारका View हरू फिल्टर गर्न र क्रममा राख्न सक्छौं |
| 02:28 | अब भने taxonomy को बारेमा हेरौं |
| 02:32 | हामी 'Events' Content type को लागि एउटा Taxonomy सेट गर्ने छौं |
| 02:35 | Structure मा क्लिक गरौँ, तल स्क्रोल गरौँ र Taxonomy क्लिक गरौँ |
| 02:41 | तपाई सम्झनुहुन्छ भने हामीले सम्पूर्ण ट्याग हरू सेटअप गर्न सिकेका छौं |
| 02:46 | तर पहिले उल्लेख गरे अनुसार हामी एउटा closed taxonomy प्रयोग गर्ने छौं - जुन हामी नियन्त्रण गर्न सकौं र अरू कसैले सजिलै शब्दावली हरू थप्न नसकून |
| 02:56 | त्यसैले, हामी Add Vocabulary मा क्लिक गर्ने छौं, यसलाई "Event Topics" नाम दिऊ |
| 03:02 | Description यस्तो टाइप गरौँ - "this is where we track the topics for Drupal events" |
| 03:09 | Save क्लिक गरौँ, अब हामी शब्दहरू मा नाम थप्न सक्छौं, Add a term क्लिक गरौँ |
| 03:16 | स्क्रिनमा हामीले थप्न लागेका नामहरू देख्न सकिन्छ – Introduction to Drupal, Site Building, |
| 03:24 | Module Development, Theming र Performance |
| 03:28 | तिनीहरू थपौं –Introduction to Drupal र Save क्लिक गरौँ |
| 03:34 | र यसले हामीलाई यो Add स्र्किनमा पुर्याउने छ |
| 03:39 | अब, "Site Building" टाइप गरौँ र Save क्लिक गरौँ |
| 03:43 | "Module Development" र Save क्लिक गरौँ, "Theming", म Enter थिच्ने छुँ र यसले स्वत: सेभ गर्ने छ |
| 03:53 | र अन्त्यमा "Performance" र Save क्लिक गरौँ |
| 03:57 | हामी यहाँ कम्प्लेक्स शब्दावली थप्ने सक्ने छौं तर हामी अहिलेको लागि यसलाई सरल राख्ने छौं |
| 04:03 | यहाँ Taxonomy मा क्लिक गरी Event Topics का नाम हरू सूचिकृत गरौँ |
| 04:09 | अब हामीसँग Introduction, Module Development, Performance, Site Building र Theming छ |
| 04:16 | र तिनीहरू वर्ण क्रमानुसार छन् |
| 04:19 | तर म तिनीहरूलाई कठिनताको आधारमा मिलाउन चाहन्छु |
| 04:23 | त्यसैले, म Module Development तल र Site Building माथि सार्ने छुँ |
| 04:27 | र म Site Building पछि Theming र अन्त्यमा Performance राख्ने छुँ |
| 04:34 | यिनीहरू क्लिक गरी तानौं, सधै परिवर्तनहरू सेभ गरौँ |
| 04:39 | नत्रभने ड्रुपलले स्र्किन छोडेपछि सम्झने छैन |
| 04:44 | Save क्लिक गरौँ र हाम्रा शब्दावली हरू हामीले चाहेको क्रममा हुने छन |
| 04:50 | हामीले taxonomy थपेका छौं तर हाम्रो Content type लाई यसको ज्ञान छैन |
| 04:56 | त्यसैले, अब Structure अनि Content types क्लिक गरौँ |
| 05:00 | र हाम्रो फिल्ड हरु र 'Events' Content type व्यवस्थापन गरौँ, अनि Add field क्लिक गरौँ |
| 05:06 | अहिले एउटा फिल्ड टाइप छान्नु भनेको हामीले भर्खर सृजना गरेको शब्दावली मा Taxonomy term रेफ्रेन्स गर्ने हो |
| 05:14 | त्यसैले, Taxonomy term छानौं र यसलाई Event Topics नाम दिऊ, Save and continue क्लिक गरौँ |
| 05:23 | अब यसले Type of item to reference सोध्ने छ |
| 05:28 | त्यो हामीले पहिले नै छानेको हुनाले यहाँ ध्यान दिनुपर्छ, एउटा इभेन्ट को एकभन्दा बढि शिर्षक हुन सक्ने भएकोले हामीले यसलाई Unlimited मा बदल्ने छौं |
| 05:37 | Save field settings मा क्लिक गरौँ |
| 05:40 | र यहाँ तल हामीले सहि Reference type छानेको पक्का गर्नुपर्छ |
| 05:46 | Event Topics छानौं, यहाँ यसले हामीलाई references entities पहिले नै नभएमा सृजना गर्न दिने छ |
| 05:56 | यसलाई Inline entity reference भनिन्छ, यसको मतलब यदि हाम्रो सूचीमा नभएको कुनै शिर्षक भएमा त्यो कुनै पनि युजरले फ्लाईमा थप्न सक्छ |
| 06:07 | हामी त्यसो गर्न चाहदैनौं, त्यसैले हामी त्यो यसै छोड्ने छौं |
| 06:11 | Save settings क्लिक गरौँ |
| 06:15 | हामीले सामग्री थप्नु अघि एउटा अर्को कदम छ |
| 06:18 | हामीले हाम्रो URL patterns मिलाउनु पर्छ र यो हामी प्राय सामग्री थप्नु अघि गर्छौं |
| 06:24 | यसले हामीले थपेको सामग्रीको सहि मानव मैत्री URL भएको पक्का गर्छ |
| 06:30 | हामी त्यसको बारेमा यो शृंखलामा पछि चर्चा गर्ने छौं, यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
| 06:36 | संक्षेपमा हेरौं |
| 06:39 | यो ट्युटोरियलमा हामीले Taxonomy र एउटा Taxonomy थप्न सिक्यौं |
| 06:48 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
| 06:57 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 07:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
| 07:11 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ |
| 07:23 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |