Drupal/C2/Creating-New-Content-Types/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Creating New Content Types स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्न र कन्टेन्ट टाइप मा फिल्ड हरू थप्न |
00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:29 | हामीले पहिले नै सृजना गरेको वेबसाइट खोलौं |
00:34 | हामीलाई बिल्ट–इन् कन्टेन्ट टाइप को जानकारी छ, अब हामी केही कस्टम कन्टेन्ट टाइप हरू सृजना गर्ने छौं |
00:41 | कन्टेन्ट टाइप को परिचय सम्झौं |
00:45 | हामीले सबै कुरा बडी मा थोपर्नु हुन्न भन्ने जानेका थियौं |
00:49 | अब हामी कस्टम कन्टेन्ट टाइप सृजना गर्न सिक्ने छौं |
00:55 | हामी एउटा Events Content type सृजना गर्ने छौं जसले संसार भर हुने सम्पूर्ण ड्रुपल का कार्यक्रमहरूको जानकारी राख्छ |
01:02 | पहिले एउटा कागजमा हामीले कस्तो प्रकारको फिल्ड हरू यो कन्टेन्ट टाइप मा राख्ने डिजाइन गरौँ |
01:09 | ड्रुपल मा सम्पूर्ण नयाँ कन्टेन्ट टाइप हरूको लागि यसो गर्नु राम्रो अभ्यास हो |
01:16 | Field Name, Field Type, र Purpose नामक कोलमहरू सहितको एउटा टेवल सृजना गरौँ |
01:23 | डिफल्टमा सम्पूर्ण ड्रुपल नोड हरूको Title र Body फिल्डहरू परिभाषित हुन्छन् |
01:29 | Event Name यो कार्यक्रम चिन्ने Title फिल्ड हुन सक्छ |
01:36 | Event Description ले केही जानकारी दिने भएकोले यो Body फिल्ड हुन सक्छ |
01:43 | एउटा Event Logo मा कार्यक्रमको विशेष लोगो देखाउने ईमेज हुन्छ |
01:50 | हामीलाई कार्यक्रम सुरु हुने र अन्त हुने मिति राख्न Date टाइप को Event Date चाहिन्छ |
01:58 | कार्यक्रममा एउटा भिन्नै Event Website छ जुन यो कन्टेन्ट टाइप मा देखिने एउटा URL लिंक हो |
02:07 | हामी यो ट्युटोरियलमा यी पाँच फिल्डहरूको मात्र चर्चा गर्ने छौं, हामी अन्य थप दुई फिल्डहरू संलग्न गर्न सिक्ने छौं |
02:17 | प्रत्येक कार्यक्रम एउटा User Group ले स्पोन्सर गरेको हुन्छ, User Group अर्को कन्टेन्ट टाइप हो, हामी अर्को ट्युटोरियलमा यसको सृजना हेर्ने छौं |
02:27 | Entity Reference field प्रयोग गरी ड्रुपल मा दुई भिन्न प्रकारका कन्टेन्ट टाइपहरू सहितको नोड लिंक गरिन्छ |
02:35 | Event Topic एउटा Taxonomy field हो जुन विभिन्न किवर्ड अन्तर्गतका कार्यक्रमहरू वर्गीकरण गर्न प्रयोग गरिन्छ |
02:44 | अब, Structure अनि Content types मा क्लिक गरौँ |
02:50 | यिनीहरू २ बेसिक कन्टेन्ट टाइपहरू हुन् |
02:53 | Add content type को निलो बटन क्लिक गरौँ |
02:57 | हामी नयाँ कन्टेन्ट टाइप लाई "Events" भन्ने छौं |
03:02 | र Description मा हामी यस्तो टाइप गर्ने छौं -"This is where we track all the Drupal events from around the world" |
03:11 | यहाँ तपाई आफूले चाहेको कुनै पनि टेक्स्ट टाइप गर्न सक्नुहुन्छ |
03:15 | यो Description Content type पेजमा देखापर्ने छ |
03:20 | हामी Drupal ले यसलाई एउटा Machine name दिएको देख्न सक्छौं, यहाँ यसको नाम "events" रहेको छ |
03:28 | Machine name मूलतः ड्रुपल ले डेटाबेसको सामग्रीलाई दिएको टेबल को नाम हो |
03:36 | Submission form settings मा Title लाई Event Name मा परिवर्तन गरौँ |
03:43 | Publishing options को Create new revision मा ठीक चिन्ह राखौं |
03:49 | यसको मतलब प्रत्येक पटक एउटा नोड सम्पादन गर्दा एउटा नयाँ संस्करण सृजना हुनेछ |
03:55 | अन्य सेटिंगहरूलाई यसै छोडौं, Display author and date information लाई निष्क्रिय पारौं |
04:02 | यो यसको लागि महत्वपूर्ण छैन, तलको कुराहरू भने हरेक कन्टेन्ट टाइप लाई लागू हुन्छ |
04:09 | Menu settings मा क्लिक गरौँ, Available menus भित्र ठीक भएका मेनुहरू सबै अन्चेक गरौँ |
04:17 | यसले कन्टेन्ट एडिटर लाई हाम्रो मेनु संरचना मा हजारौं कार्यक्रमहरू थप्न बाट रोक्छ |
04:24 | यसले हाम्रो मेनु सामग्रीमा अरूसँग कुनै कार्यक्रम थप्ने अनुमति नभएको पक्का गर्छ |
04:31 | यदि हामी पछि कुनै कार्यक्रम थप्न चाहन्छौं भने आफैं थप्न सक्छौं |
04:37 | Save and manage fields क्लिक गरौँ |
04:40 | हाम्रो Events Content type सेभ भएपछि हामी Body फिल्ड देख्ने छौं |
04:45 | दायाँ पट्टिको Edit मा क्लिक गरौँ र Label लाई "Event Description" मा परिवर्तन गरौँ |
04:55 | तलको Save settings बटनमा क्लिक गरौँ |
04:59 | हामीले ड्रुपलमा पहिलो कस्टम कन्टेन्ट टाइप सृजना गरेका छौं |
05:04 | अहिले यो सीमित छ, विशेषत: Title र Body बेसिक पेज को जस्तै छ |
05:13 | अब, हामी कागजमा डिजाइन गरे अनुसार थुप्रै फिल्डहरू थप्ने छौं जसले यसलाई अझै उपयोगी बनाउने छ |
05:23 | माथिको Add field बटनमा क्लिक गरौँ |
05:27 | Select a field type ड्रप-डाउनमा Image छानौं, Label फिल्डमा "Event Logo" टाइप गरौँ |
05:36 | Save and continue मा क्लिक गरौँ |
05:39 | यहाँ हामी डिफल्ट ईमेज अपलोड गर्न चाहन्छौं भने Choose file बटन क्लिक क्लिक गर्न सक्छौं |
05:48 | हामी डिफल्ट Alternative text पनि थप्न सक्छौं |
05:54 | हामी प्रत्येक कार्यक्रममा एउटा लोगो मात्र राख्ने छौं, Save field settings मा क्लिक गरौँ |
06:02 | अब, हामीले Event logo फिल्डको सम्पूर्ण सेटिंगहरु मिलाउन सक्छौं |
06:07 | प्राय यिनीहरू समसामयिक र फिल्ड टाइप मा आधारित हुन्छन् |
06:11 | यहाँ हाम्रो कन्टेन्ट एडिटर को लागि केहि उपयोगी टेक्स्टहरू वा निर्देशनहरू राख्न सक्छौं |
06:18 | हामी Required field को बक्स पनि ठीक गर्न सक्छौं जसको मतलब एउटा इभेन्ट लोगो नथपे सम्म कन्टेन्ट आइटम वा नोड सेभ गर्न सकिदैन |
06:30 | यहाँ हामी अनुमति प्रदान गरिएका फाइल एक्सटेन्सन हरू बदल्न सक्छौं, यहाँ bitmap नथप्नु राम्रो हुनेछ |
06:38 | डिफल्टमा फाइल डिरेक्टरीमा वर्ष र महिना हुन्छ तर हामी आवश्यकता अनुसार यो बदल्न सक्छौं |
06:47 | उदाहरणको लागि, हामीसँग ईमेजहरू मा विभिन्न कन्टेन्ट टाइप हरू हुन सक्छन् |
06:53 | अनि तपाई एउटा प्रेफिक्स् events थप्न सक्नुहुन्छ जसले गर्दा Events Content type का सम्पूर्ण ईमेजहरू एकै फाइल डिरेक्टरीमा रहने छन् |
07:04 | ड्रुपल ले यसलाई हामीले चाहेको कुनै पनि नाम दिने सुविधा दिन्छ, तर यो पछि सजिलै बदल्न नसकिने हुनाले अलि ध्यान दिनुपर्छ |
07:14 | हामी Maximum र Minimum image resolution र एउटा Maximum upload size पनि सेट गर्न सक्छौं |
07:21 | तपाईले यहाँ केही परिवर्तन गर्नु अघि राम्ररी सोच्नुहोस, मानौं हामी २ वा ३ मेगापिक्सल ईमेजहरू अपलोड गर्ने छौं |
07:28 | हाम्रो wysiwyg एडिटर प्रयोग गरौँ र यसलाई केही सय पिक्सलमा झारौं |
07:35 | ड्रुपल ले अहिले पनि २ मेगापिक्सल ईमेज लोड गर्छ जुन एकदमै नराम्रो देखिन्छ |
07:41 | यदि यसलाई मोबाइलमा हेरे यो झन् नराम्रो देखिन्छ, हाम्रो कारणले कुनै युजरले डेटा प्लानमा अकस्मात आफूलाई नचाहिने २ मेगाबाइट डाउनलोड गरेमा त्यो व्यर्थ हुने छ |
07:51 | हामीले ईमेजहरू अपलोड गर्नु पहिले तिनीहरू सहि रूपमा मिलेको पक्का गर्नुपर्छ |
07:57 | ईमेजको सबैभन्दा ठूलो साइज के हो र यसको सबैभन्दा सानो साइज के हो? |
08:03 | मतलब, Minimum Image resolution एकदमै महत्वपूर्ण हुन्छ |
08:08 | यो फिल्ड हामीले देखाउन चाहेको सबैभन्दा ठूलो ईमेज भन्दा सानो हुनु हुदैन |
08:14 | यसले ड्रुपल मा ईमेजलाई मूल साइज भन्दा ठूलो पिक्सलमा स्केल गर्न दिन्छ |
08:21 | मानौं, हाम्रो Maximum Image resolution मा 1000 x 1000 राखौं |
08:26 | र Minimum Image resolution मा 100 x 100 राखौं |
08:31 | अनि Maximum upload size मा 80 kb राखौं |
08:36 | ड्रुपल ले ईमेजलाई एउटा 1000 बाई 1000 साइजबाट खुम्च्याएर 80 किलो बाइटको बनाउँछ |
08:44 | र यदि यसो नभएमा ड्रुपल ले ईमेज अस्वीकार गर्ने छ |
08:48 | यसलाई यो 600 बाई 600 पिक्सलको अझ गुणस्तरिय साइजमा बदल्नु राम्रो हुन्छ |
08:56 | हामी Enable Alt field' र Alt field required चेक बक्सहरूमा ठीक गर्ने छौं |
09:02 | Save settings मा क्लिक गरौँ |
09:05 | अब हामीसँग कन्टेन्ट टाइप को लागि Event Logo फिल्ड छ |
09:09 | Add field मा क्लिक गरी अर्को फिल्ड थपौं |
09:12 | Add a new field ड्रप-डाउनमा Link छानौं, Label field मा "Event Website" टाइप गरौँ |
09:22 | Save and continue क्लिक गरौँ |
09:25 | तुरुन्तै हामीसँग Allowed number of values मागिन्छ, हामीसँग 1 मात्र छ |
09:34 | Save Field Settings क्लिक गरौँ, यो स्क्रिनले हाम्रो Link फिल्डको समसामयिक सेटिंग दिन्छ |
09:43 | Allowed Link type भित्र यी विकल्पहरू छन्
Internal links only External links only र Both internal and external links |
09:54 | अब Allow link text लाई हामी Disabled, Optional वा Required के बनाउने हेर्ने छौं |
10:04 | अहिलेको लागि हामी यसलाई Optional राख्छौं र यसको काम हेर्छौं |
10:09 | Save settings मा क्लिक गरौँ अनि पुन: Add field मा क्लिक गरौँ |
10:15 | यो पटक हामी Date field छान्ने छौं |
10:20 | "Event Date" मा Label टाइप गरौँ |
10:24 | Save and continue मा क्लिक गरौँ |
10:26 | हामी अहिलेको लागि value मा 1 राख्ने छौं, Date type ड्रप डाउन मा Date only विकल्पमा क्लिक गरौँ |
10:34 | Save field settings क्लिक गरौँ, हामी पुन: समसामयिक सेटिंग पेज प्राप्त गर्ने छौं |
10:43 | यहाँ, Default date लाई Current date मा बदलौं |
10:47 | Save settings क्लिक गरौँ |
10:49 | अब यहाँ हामीसँग थप दुई फिल्डहरू रहेका छन् तर हामी तिनीहरूलाई अहिले पनि थप्न सक्दैनौं |
10:55 | हामी तिनीहरूको बारेमा आगामी ट्युटोरियलहरूमा चर्चा गर्ने छौं, यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:03 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्न र त्यसमा फिल्डहरू थप्न सिक्यौं |
11:28 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी, बम्बे ले संशोधन गरेको हो |
11:39 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
11:46 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:55 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
12:09 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |