Drupal/C2/Creating-New-Content-Types/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Creating New Content Types स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्न र कन्टेन्ट टाइप मा फिल्ड हरू थप्न

00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:

उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:29 हामीले पहिले नै सृजना गरेको वेबसाइट खोलौं
00:34 हामीलाई बिल्ट–इन् कन्टेन्ट टाइप को जानकारी छ, अब हामी केही कस्टम कन्टेन्ट टाइप हरू सृजना गर्ने छौं
00:41 कन्टेन्ट टाइप को परिचय सम्झौं
00:45 हामीले सबै कुरा बडी मा थोपर्नु हुन्न भन्ने जानेका थियौं
00:49 अब हामी कस्टम कन्टेन्ट टाइप सृजना गर्न सिक्ने छौं
00:55 हामी एउटा Events Content type सृजना गर्ने छौं जसले संसार भर हुने सम्पूर्ण ड्रुपल का कार्यक्रमहरूको जानकारी राख्छ
01:02 पहिले एउटा कागजमा हामीले कस्तो प्रकारको फिल्ड हरू यो कन्टेन्ट टाइप मा राख्ने डिजाइन गरौँ
01:09 ड्रुपल मा सम्पूर्ण नयाँ कन्टेन्ट टाइप हरूको लागि यसो गर्नु राम्रो अभ्यास हो
01:16 Field Name, Field Type,Purpose नामक कोलमहरू सहितको एउटा टेवल सृजना गरौँ
01:23 डिफल्टमा सम्पूर्ण ड्रुपल नोड हरूको Title Body फिल्डहरू परिभाषित हुन्छन्
01:29 Event Name यो कार्यक्रम चिन्ने Title फिल्ड हुन सक्छ
01:36 Event Description ले केही जानकारी दिने भएकोले यो Body फिल्ड हुन सक्छ
01:43 एउटा Event Logo मा कार्यक्रमको विशेष लोगो देखाउने ईमेज हुन्छ
01:50 हामीलाई कार्यक्रम सुरु हुने र अन्त हुने मिति राख्न Date टाइप को Event Date चाहिन्छ
01:58 कार्यक्रममा एउटा भिन्नै Event Website छ जुन यो कन्टेन्ट टाइप मा देखिने एउटा URL लिंक हो
02:07 हामी यो ट्युटोरियलमा यी पाँच फिल्डहरूको मात्र चर्चा गर्ने छौं, हामी अन्य थप दुई फिल्डहरू संलग्न गर्न सिक्ने छौं
02:17 प्रत्येक कार्यक्रम एउटा User Group ले स्पोन्सर गरेको हुन्छ, User Group अर्को कन्टेन्ट टाइप हो, हामी अर्को ट्युटोरियलमा यसको सृजना हेर्ने छौं
02:27 Entity Reference field प्रयोग गरी ड्रुपल मा दुई भिन्न प्रकारका कन्टेन्ट टाइपहरू सहितको नोड लिंक गरिन्छ
02:35 Event Topic एउटा Taxonomy field हो जुन विभिन्न किवर्ड अन्तर्गतका कार्यक्रमहरू वर्गीकरण गर्न प्रयोग गरिन्छ
02:44 अब, Structure अनि Content types मा क्लिक गरौँ
02:50 यिनीहरू २ बेसिक कन्टेन्ट टाइपहरू हुन्
02:53 Add content type को निलो बटन क्लिक गरौँ
02:57 हामी नयाँ कन्टेन्ट टाइप लाई "Events" भन्ने छौं
03:02 Description मा हामी यस्तो टाइप गर्ने छौं -"This is where we track all the Drupal events from around the world"
03:11 यहाँ तपाई आफूले चाहेको कुनै पनि टेक्स्ट टाइप गर्न सक्नुहुन्छ
03:15 यो Description Content type पेजमा देखापर्ने छ
03:20 हामी Drupal ले यसलाई एउटा Machine name दिएको देख्न सक्छौं, यहाँ यसको नाम "events" रहेको छ
03:28 Machine name मूलतः ड्रुपल ले डेटाबेसको सामग्रीलाई दिएको टेबल को नाम हो
03:36 Submission form settings मा Title लाई Event Name मा परिवर्तन गरौँ
03:43 Publishing options को Create new revision मा ठीक चिन्ह राखौं
03:49 यसको मतलब प्रत्येक पटक एउटा नोड सम्पादन गर्दा एउटा नयाँ संस्करण सृजना हुनेछ
03:55 अन्य सेटिंगहरूलाई यसै छोडौं, Display author and date information लाई निष्क्रिय पारौं
04:02 यो यसको लागि महत्वपूर्ण छैन, तलको कुराहरू भने हरेक कन्टेन्ट टाइप लाई लागू हुन्छ
04:09 Menu settings मा क्लिक गरौँ, Available menus भित्र ठीक भएका मेनुहरू सबै अन्चेक गरौँ
04:17 यसले कन्टेन्ट एडिटर लाई हाम्रो मेनु संरचना मा हजारौं कार्यक्रमहरू थप्न बाट रोक्छ
04:24 यसले हाम्रो मेनु सामग्रीमा अरूसँग कुनै कार्यक्रम थप्ने अनुमति नभएको पक्का गर्छ
04:31 यदि हामी पछि कुनै कार्यक्रम थप्न चाहन्छौं भने आफैं थप्न सक्छौं
04:37 Save and manage fields क्लिक गरौँ
04:40 हाम्रो Events Content type सेभ भएपछि हामी Body फिल्ड देख्ने छौं
04:45 दायाँ पट्टिको Edit मा क्लिक गरौँ र Label लाई "Event Description" मा परिवर्तन गरौँ
04:55 तलको Save settings बटनमा क्लिक गरौँ
04:59 हामीले ड्रुपलमा पहिलो कस्टम कन्टेन्ट टाइप सृजना गरेका छौं
05:04 अहिले यो सीमित छ, विशेषत: Title Body बेसिक पेज को जस्तै छ
05:13 अब, हामी कागजमा डिजाइन गरे अनुसार थुप्रै फिल्डहरू थप्ने छौं जसले यसलाई अझै उपयोगी बनाउने छ
05:23 माथिको Add field बटनमा क्लिक गरौँ
05:27 Select a field type ड्रप-डाउनमा Image छानौं, Label फिल्डमा "Event Logo" टाइप गरौँ
05:36 Save and continue मा क्लिक गरौँ
05:39 यहाँ हामी डिफल्ट ईमेज अपलोड गर्न चाहन्छौं भने Choose file बटन क्लिक क्लिक गर्न सक्छौं
05:48 हामी डिफल्ट Alternative text पनि थप्न सक्छौं
05:54 हामी प्रत्येक कार्यक्रममा एउटा लोगो मात्र राख्ने छौं, Save field settings मा क्लिक गरौँ
06:02 अब, हामीले Event logo फिल्डको सम्पूर्ण सेटिंगहरु मिलाउन सक्छौं
06:07 प्राय यिनीहरू समसामयिक र फिल्ड टाइप मा आधारित हुन्छन्
06:11 यहाँ हाम्रो कन्टेन्ट एडिटर को लागि केहि उपयोगी टेक्स्टहरू वा निर्देशनहरू राख्न सक्छौं
06:18 हामी Required field को बक्स पनि ठीक गर्न सक्छौं जसको मतलब एउटा इभेन्ट लोगो नथपे सम्म कन्टेन्ट आइटम वा नोड सेभ गर्न सकिदैन
06:30 यहाँ हामी अनुमति प्रदान गरिएका फाइल एक्सटेन्सन हरू बदल्न सक्छौं, यहाँ bitmap नथप्नु राम्रो हुनेछ
06:38 डिफल्टमा फाइल डिरेक्टरीमा वर्ष र महिना हुन्छ तर हामी आवश्यकता अनुसार यो बदल्न सक्छौं
06:47 उदाहरणको लागि, हामीसँग ईमेजहरू मा विभिन्न कन्टेन्ट टाइप हरू हुन सक्छन्
06:53 अनि तपाई एउटा प्रेफिक्स् events थप्न सक्नुहुन्छ जसले गर्दा Events Content type का सम्पूर्ण ईमेजहरू एकै फाइल डिरेक्टरीमा रहने छन्
07:04 ड्रुपल ले यसलाई हामीले चाहेको कुनै पनि नाम दिने सुविधा दिन्छ, तर यो पछि सजिलै बदल्न नसकिने हुनाले अलि ध्यान दिनुपर्छ
07:14 हामी Maximum Minimum image resolution र एउटा Maximum upload size पनि सेट गर्न सक्छौं
07:21 तपाईले यहाँ केही परिवर्तन गर्नु अघि राम्ररी सोच्नुहोस, मानौं हामी २ वा ३ मेगापिक्सल ईमेजहरू अपलोड गर्ने छौं
07:28 हाम्रो wysiwyg एडिटर प्रयोग गरौँ र यसलाई केही सय पिक्सलमा झारौं
07:35 ड्रुपल ले अहिले पनि २ मेगापिक्सल ईमेज लोड गर्छ जुन एकदमै नराम्रो देखिन्छ
07:41 यदि यसलाई मोबाइलमा हेरे यो झन् नराम्रो देखिन्छ, हाम्रो कारणले कुनै युजरले डेटा प्लानमा अकस्मात आफूलाई नचाहिने २ मेगाबाइट डाउनलोड गरेमा त्यो व्यर्थ हुने छ
07:51 हामीले ईमेजहरू अपलोड गर्नु पहिले तिनीहरू सहि रूपमा मिलेको पक्का गर्नुपर्छ
07:57 ईमेजको सबैभन्दा ठूलो साइज के हो र यसको सबैभन्दा सानो साइज के हो?
08:03 मतलब, Minimum Image resolution एकदमै महत्वपूर्ण हुन्छ
08:08 यो फिल्ड हामीले देखाउन चाहेको सबैभन्दा ठूलो ईमेज भन्दा सानो हुनु हुदैन
08:14 यसले ड्रुपल मा ईमेजलाई मूल साइज भन्दा ठूलो पिक्सलमा स्केल गर्न दिन्छ
08:21 मानौं, हाम्रो Maximum Image resolution मा 1000 x 1000 राखौं
08:26 Minimum Image resolution मा 100 x 100 राखौं
08:31 अनि Maximum upload size मा 80 kb राखौं
08:36 ड्रुपल ले ईमेजलाई एउटा 1000 बाई 1000 साइजबाट खुम्च्याएर 80 किलो बाइटको बनाउँछ
08:44 र यदि यसो नभएमा ड्रुपल ले ईमेज अस्वीकार गर्ने छ
08:48 यसलाई यो 600 बाई 600 पिक्सलको अझ गुणस्तरिय साइजमा बदल्नु राम्रो हुन्छ
08:56 हामी Enable Alt field' Alt field required चेक बक्सहरूमा ठीक गर्ने छौं
09:02 Save settings मा क्लिक गरौँ
09:05 अब हामीसँग कन्टेन्ट टाइप को लागि Event Logo फिल्ड छ
09:09 Add field मा क्लिक गरी अर्को फिल्ड थपौं
09:12 Add a new field ड्रप-डाउनमा Link छानौं, Label field मा "Event Website" टाइप गरौँ
09:22 Save and continue क्लिक गरौँ
09:25 तुरुन्तै हामीसँग Allowed number of values मागिन्छ, हामीसँग 1 मात्र छ
09:34 Save Field Settings क्लिक गरौँ, यो स्क्रिनले हाम्रो Link फिल्डको समसामयिक सेटिंग दिन्छ
09:43 Allowed Link type भित्र यी विकल्पहरू छन्

Internal links only External links only Both internal and external links

09:54 अब Allow link text लाई हामी Disabled, Optional वा Required के बनाउने हेर्ने छौं
10:04 अहिलेको लागि हामी यसलाई Optional राख्छौं र यसको काम हेर्छौं
10:09 Save settings मा क्लिक गरौँ अनि पुन: Add field मा क्लिक गरौँ
10:15 यो पटक हामी Date field छान्ने छौं
10:20 Label मा "Event Date" टाइप गरौँ
10:24 Save and continue मा क्लिक गरौँ
10:26 हामी अहिलेको लागि value मा 1 राख्ने छौं, Date type ड्रप डाउन मा Date only विकल्पमा क्लिक गरौँ
10:34 Save field settings क्लिक गरौँ, हामी पुन: समसामयिक सेटिंग पेज प्राप्त गर्ने छौं
10:43 यहाँ, Default date लाई Current date मा बदलौं
10:47 Save settings क्लिक गरौँ
10:49 अब यहाँ हामीसँग थप दुई फिल्डहरू रहेका छन् तर हामी तिनीहरूलाई अहिले पनि थप्न सक्दैनौं
10:55 हामी तिनीहरूको बारेमा आगामी ट्युटोरियलहरूमा चर्चा गर्ने छौं, यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:03 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्न र त्यसमा फिल्डहरू थप्न सिक्यौं
11:28 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी, बम्बे ले संशोधन गरेको हो
11:39 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
11:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:55 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
12:09 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira