Linux/C2/Working-with-Regular-Files/Nepali
From Script | Spoken-Tutorial
Revision as of 10:38, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | लिनक्समा वर्किंग विथ रेगुलर फाइल्स स्पोकन ट्युटोरीयलमा स्वागत छ |
00:07 | फाइलहरु र डाइरेक्टरीहरु मिली लिनक्स फाइल सिस्टम बनाउछन |
00:13 | पहिलेको ट्युटोरीयलमा हामीले डाइरेक्टरीहरु संग कसरी काम गर्ने हेर्यौं, तपाइले ट्युटोरीयल यो वेबसाइटमा पाउन सक्नुहुन्छ |
00:25 | यो ट्युटोरीयलमा हामी कसरी रेगुलर फाइलहरु सम्हाल्ने सिक्नेछौं |
00:31 | हामीले पहिले नै अर्को ट्युटोरीयलमा कसरी cat कमाण्ड प्रयोग गरि एउटा फाइल बनाउन सक्छौं भनि हेरेका थियौं, बिस्तृत जानकारीको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:46 | अब,फाइल एउटा ठाउँबाट अर्को ठाउँमा कसरी कपि गर्ने हेरौं, यसको लागि हामीसंग cp कमाण्ड छ |
00:55 | कमाण्ड कसरी प्रयोग गरिन्छ हेरौं |
01:00 | एउटा मात्र कपि गर्न, cp स्पेस एक वा बढि विकल्प [OPTION]... स्पेस स्रोत फाइलको नाम स्पेस गन्तब्य फाइलको नाम DEST |
01:15 | एकैचोटी धेरै फाइलहरु कपि गर्न,हामी cp स्पेस एक वा बढि विकल्प[OPTION]... स्रोत फाइलको नाम... हामीले कपि गर्न चाहेका फाइलहरुको नाम र यी फाइलहरु कपि हुने गन्तब्य डाइरेक्टरीको नाम DIRECTORY |
01:34 | एउटा उदाहरण हेरौं, पहिले टर्मिनल खोलौं |
01:42 | हामीसंग पहिले नै /home/anirban/arc/माtest1 फाइल छ |
01:49 | test1मा के छ हेर्न, हामी $ cat test1 टाइप गर्छौं र इन्टर थिच्छौँ |
02:00 | हामी टेस्ट1को सामग्री देख्छौं, अब यदि हामी यसलाई अर्को फाइल test2 मा कपि गर्न चाहन्छौं भने हामी यो लेख्नेछौं: $ cp test1 test2 र इन्टर थिच्नुहोस् |
02:22 | अब फाइल कपि भएको छ |
02:25 | यदि टेस्ट2 छैन भने यो पहिले बनाइन्छ र अनि टेस्ट1 को सामग्री यसमा कपि गरिनेछ |
02:35 | यदि यो पहिले नै छ भने यो ओवर राइट हुनेछ , कपि भएको फाइल हेर्न,$ cat test2 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
02:52 | तपाई फाइलहरु भिन्न डाइरेक्टरीमा कपि र डाइरेक्टरी देखि कपि गर्न सक्नुहुन्छ, उदाहरणको लागि, टाइप गर्नुहोस्, $ cp /home/anirban/arc/demo1 /home/anirban/demo2 र इन्टर थिच्नुहोस् |
03:31 | यसले के गर्नेछ भने यसले फाइल डेमो1 स्रोत डाइरेक्टरी /home/anirban/arc/ बाट गन्तब्य डाइरेक्टरी /home/anirbanमा फाइल डेमो 2मा कपि गर्नेछ |
03:51 | त्यहाँ डेमो 2छ भनि हेर्न, ls स्पेस /home/anirban टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
04:13 | हामी माथि स्क्रोल गर्छौं र देख्छौं डेमो2यहाँ छ |
04:19 | अघि बढ्नु पहिले स्क्रिन सफा पारौं |
04:25 | यदि तपाई गन्तब्य डाइरेक्टरीमा फाइलको नाम उही चाहनुहुन्छ भने, तपाइले फाइलको नाम पनि उल्लेख गर्नुपर्दैन |
04:35 | $ cp /home/anirban/arc/demo1 /home/anirban/ टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
05:03 | यसले डेमो1 फाइल /home/anirban/arc/ डाइरेक्टरीबाट /home/anirban डाइरेक्टरीमा एउटा फाइलमा कपि गर्नछ जसको नाम डेमो1 हुनेछ |
05:20 | पहिले जस्तै demo1 हेर्न,ls/home/anirban टाइप गर्नुहोस र इन्टर गर्नुहोस् |
05:33 | यहाँ फेरि हामी माथि स्क्रोल गर्नेछौं र तपाई त्यहाँ demo1फाइल देख्न सक्नुहुन्छ |
05:40 | फेरि अघि बढ्नु पहिले,स्क्रिन सफा पारौं |
05:48 | यदि तपाई धेरै फाइलहरु कपि गर्न चाहनुहुन्छ भने हामीले गन्तब्य फाइलको नाम दिनुपर्दैन |
05:56 | हामी मान्छौं कि हामीसंग हाम्रो होम डाइरेक्टरी test1, test2 र test3 नामक तीन फाइलहरु छन |
06:04 | अब, हामी यस्तो टाइप गर्छौं, $ cp test1 test2 test3 /home/anirban/testdir र इन्टर थिच्छौँ |
06:27 | यसले सबै तीन फाइलहरु test1,test2 र test3 /home/anirban/testdir डाइरेक्टरीमा तिनीहरुको नाम नफेरी कपि गर्छ |
06:41 | तपाई देख्नुहुनेछ कि फाइलहरु कपि गर्नेछ, हामी ls /home/anirban/testdir टाइप गर्नुहोस र इन्टर गर्नुहोस् |
07:03 | तपाइले यो डाइरेक्टरीमा test1,test2 र test3 भएको देख्नुहुन्छ |
07:10 | cp मा अन्य धेरै विकल्पहरु हुन्छन्,यहाँ हामी तिनीहरु मध्ये महत्वपूर्ण हेर्नेछौं |
07:18 | पहिले स्लाइडमा फर्कौं |
07:23 | विकल्पहरु मध्ये -R महत्वपूर्ण एउटा हो, यसले पुरै डाइरेक्टरी संरचनाको बारम्बार कपि गर्छ |
07:33 | एउटा उदाहरण हेरौं |
07:38 | testdirडाइरेक्टरीको सबै सामग्री test नामक डाइरेक्टरीमा कपि गरौँ |
07:48 | त्यसको लागि cp testdir/ test टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् |
08:02 | तपाई आउटपुट मेसेजबाट देख्नसक्नुहुन्छ कि |
08:06 | सामान्यतया, हामी केहि सामग्री भएका डाइरेक्टरी सिधै cp कमाण्डले कपि गर्न सक्दैनौ |
08:14 | तर -R विकल्प प्रयोग गरि यसो गर्न सकिन्छ |
08:19 | अब,हामी cp -R testdir/ test टाइप गर्छौं र इन्टर गर्छौं |
08:36 | फाइलहरु कपि भएका छन, टेस्ट डाइरेक्टरी वास्तबमै छ भने हेर्न, ls टाइप गरि इन्टर थिच्नुहोस |
08:47 | तपाई टेस्ट डाइरेक्टरी देख्न सक्नुहुन्छ, अब, स्क्रिन सफा गरौँ |
08:57 | टेस्ट भित्रको सामग्री हेर्न ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
09:08 | तपाई टेस्ट डाइरेक्टरीको सामग्री देख्न सक्नुहुन्छ |
09:13 | अब, स्लाइडमा फर्कौं |
09:16 | हामीले देखेका थियौं कि यदि कुनै पहिले नै भएको फाइलमा कपि गर्यौं भने यो ओवरराइट हुन्छ |
09:25 | अब, यदि हामीले ध्यान नपुर्याई एउटा महत्वपूर्ण फाइल ओवरराइट गर्यौं भने के गर्ने? |
09:30 | यस्तो कुनै चिज हुनबाट बच्न, हामीसंग -b विकल्प छ |
09:36 | यसले हरेक गन्तब्य फाइलको ब्याकअप बनाउछ |
09:41 | हामी -i(अन्तरक्रियात्मक)विकल्प प्रयोग गर्न सक्छौं, यसले कुनै गन्तब्य फाइल ओवरराइट गर्नु अघि चेतावनी दिन्छ |
09:54 | अब, कसरी mv कमान्डले काम गर्छ हेरौं |
09:59 | यो फाइलहरु सार्न प्रयोग गर्छौं, त्यो कसरी उपयोगी हुन्छ त? |
10:04 | यसको मुख्य दुई प्रयोगहरु छन् |
10:07 | यो फाइल वा डाइरेक्टरीको पुनः नाम दिनुहोस् |
10:11 | यसले एउटा फाइलहरुको समूह बिभिन्न डाइरेक्टरीमा पनि सार्न सक्छौं |
10:17 | mv हामीले पहिले हेरेको cp जस्तै छ, त्यसैले यसलाई कसरी प्रयोग गर्ने छिटो हेरौं |
10:29 | हामी टर्मिनल खोल्न सक्छौं र $ mv test1 test2 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
10:43 | यसले होम डाइरेक्टरीमा पहिले नै भएको टेस्ट 1नामक फाइलको पुन नाम टेस्ट2 मा बदल्छ |
10:52 | यदि टेस्ट2 पहिले नै छ भने यो ओवरराइट हुन्छ |
11:00 | यदि हामी फाइल ओवरराइट हुनुपूर्व चेतावनी चाहन्छौं भने |
11:05 | हामी mv कमान्डमा -i विकल्प प्रयोग गर्न सक्छौं |
11:10 | मानौं हामीसंग अर्को anirban भन्ने फाइल छ, यो फाइललाई पनि हामी पुन टेस्ट2 नाम दिन चाहन्छौं |
11:20 | हामी mv -i anirban test2 टाइप गर्नेछौं र इन्टर थिच्छौँ |
11:32 | तपाई देख्न सक्नुहुन्छ कि टेस्ट2 ओवरराइट गर्न हुन्छ कि हुदैन भन्ने चेतावनी देखिएको छ |
11:41 | यदि हामी y अनि इन्टर थिच्छौँ भने, फाइल साच्चिक्कै ओवरराइट हुन्छ |
11:49 | cp जस्तै हामी mv धेरै फाइलहरुमा प्रयोग गर्न सक्छौं तर त्यो अवस्थामा गन्तब्य फाइल एउटा डाइरेक्टरी हुनुपर्छ |
11:58 | अघि बढ्नु पूर्ब स्क्रिन सफा गरौँ |
12:03 | मानौं हामी संग तीन फाइलहरु नामत: abc.txt, pop.txt र push.txt हाम्रो होम डाइरेक्टरीमा छन् |
12:14 | त्यो छ छैन हेर्न, ls टाइप गरि इन्टर गर्नुहोस |
12:21 | यहाँ फाइलहरु pop.txt,push.txt रabc.txt छन्, स्क्रिन सफा गरौँ |
12:36 | अब, हामी यी फाइलहरुलाई testdir नामक डाइरेक्टरीमा सार्न चाहन्छौं |
12:46 | हामीले mv abc.txt pop.txt push.txt टाइप गर्नुपर्छ अनि गन्तब्य फोल्डरको नाम जुन testdir हो र इन्टर गर्नुहोस |
13:14 | तिनीहरु हेर्न, ls testdir टाइप गर्नुहोस र इन्टर गर्नुहोस् |
13:20 | तपाई फाइलहरु abc, pop र push.txt देख्न सक्नुहुन्छ |
13:27 | अब, mv मा प्रयोग हुने केहि विकल्पहरु हेरौं, पहिले स्लाइडमा फर्कौं |
13:37 | अनि -b वा –backup विकल्प mv कमाण्ड संगै हुन्छ, यसले गन्तब्यका हरेक फाइलहरु यो ओवरराइट हुनु अघि ब्याकअपमा राख्नेछ |
13:48 | हामीले पहिले नै हेरेको -i विकल्पले हामीलाई कुनै फाइल ओवरराइट गर्नु अघि चेतावनी दिन्छ |
13:58 | हामीले हेर्ने अर्को कमाण्ड भनेको rm कमाण्ड हो,यो कमाण्ड फाइल मेट्न प्रयोग गरिन्छ |
14:06 | टर्मिनलमा फर्कनुहोस र ls testdirटाइप गर्नुहोस |
14:15 | हामी अहिलेको फाइलको नाम faq.txt देख्छौं, मानौं हामी यसलाई मेट्न चाहन्छौं |
14:23 | यसको लागि हामी यो टाइप गर्छौं,$ rm testdir/faq.txt र इन्टर गर्छौं |
14:37 | यो कमान्डले /testdirबाट faq.txt फाइल हटाउछ |
14:46 | त्यो फाइल वास्तबमै हटेको छ कि छैन हेर्न, फेरि ls testdir टाइप गरि इन्टर थिच्छौँ |
15:00 | हामी faq.txt फाइल अब देख्दैनौं |
15:05 | हामी धेरै फाइलहरुमा rm कमाण्ड पनि प्रयोग गर्न सक्छौं |
15:10 | testdir डाइरेक्टरीमा दुई फाइलहरु abc2 र abc1छन् |
15:17 | मानौं कि हामी यी abc1 र abc2फाइलहरु हटाउन चाहन्छौं |
15:23 | यसको लागि हामीrm testdir/abc1 testdir/abc2 टाइप गरि इन्टर गर्छौं |
15:45 | यसले testdir डाइरेक्टरीबाट abc1 र abc2 फाइलहरु हटाउछ |
15:53 | तिनीहरुको हटेको छ भनि हेर्न, फेरि ls testdir टाईप् गर्नुहोस्, अब तपाई abc1 र abc2 देख्न सक्नुहुन्न |
16:07 | अघि बढ्नुपूर्ब स्क्रिन clear गरौँ |
16:14 | अब, स्लाइडमा फर्कौं |
16:18 | हामीले भर्खर के भन्यौं? संक्षेपमा हेरौं |
16:20 | मतलब एउटा मात्र फाइल मेट्न, हामी rm कमाण्ड लेख्छौं र फाइलको नाम |
16:27 | धेरै फाइलहरु मेट्न,हामी rm कमाण्ड र हामीले मेट्न चाहेको धेरै फाइलहरुको नाम लेख्छौं |
16:34 | अब, rm कमान्डको केहि विकल्पहरु हेरौं |
16:40 | कहिलेकाहीँ एउटा फाइलको राइट प्रोटेक्टेड हुन्छ, त्यसैले rmले फाइल मेट्न सक्दैन,यो अवस्थामा हामीसंग –f विकल्प छ जसले फाइल फोर्स डिलिट गर्छौं |
16:57 | अर्को साधारण विकल्प हो –r, यो विकल्प कहाँ उपयोगी हुन्छ? हेरौं |
17:07 | अब टर्मिनलमा फर्कौं |
17:12 | rm कमाण्ड सामान्यतया डाइरेक्टरीहरु मेट्न प्रयोग गरिदैन, यसको लागि हामीसंग rmdir कमाण्ड छ |
17:21 | तर rmdir कमान्डले साधारणतया एउटा खाली डाइरेक्टरी मात्र मेट्छ |
17:27 | यदि हामी एउटा डाइरेक्टरी जसमा धेरै संख्यामा फाइलहरु र सबडाइरेक्टरीहरु मेट्न चाहन्छौं भने |
17:35 | यसो गर्न rm कमाण्ड प्रयोग गरौँ |
17:38 | rm टाइप गरौँ र हामीले मेट्न चाहेको डाइरेक्टरीजुन testdir हो र इन्टर थिचौं |
17:47 | आउटपुट मेसेजबाट हामी थाहा पाउछौं कि हामी rm कमाण्डले testdir डाइरेक्टरी मेट्न सक्दैनौं |
17:55 | तर यदि हामीले -r र -f विकल्प प्रयोग गर्यौं भने हामी यसो गर्न सक्छौं |
18:03 | rm -rf testdir थिच्नुहोस् र इन्टर थिच्नुहोस् |
18:16 | अब, testdir डाइरेक्टरी सफलतापूर्बक मेटियो |
18:22 | अब अर्को कमाण्ड सिक्न स्लाइडमा फर्कौं |
18:27 | cmp कमाण्ड |
18:29 | कहिलेकाहीँ हामीलाई दुई फाइल उस्तै छन् कि छैनन् जाच्नुपर्छ, यदि दुबै उस्तै भए हामी एउटा मेट्न सक्छौं |
18:37 | हामी यो पनि हेर्न चाहन्छौं कि एउटा फाइल अन्तिम संस्करण पछि बदलिएको छ/छैन |
18:44 | यिनीहरु र धेरै अन्य कार्यहरुको लागि हामी cmp कमाण्ड प्रयोग गर्न सक्छौं |
18:49 | यसले बाइट- बाइटमा दुई फाइलहरु तुलना गर्छ |
18:54 | file1 र file2 तुलना गर्न हामी cmp file1 file2 लेख्नेछौं |
19:03 | यदि दुई फाइलहरुको सामग्री ठ्याक्कै उहीँ छ भने कुनै मेसेज देखाईने छैन |
19:11 | खाली प्रम्प्ट मात्र प्रिन्ट हुनेछ |
19:14 | यदि तिनीहरुको सामग्रीमा फरक छ भने पहिलो नमिलेको स्थान टर्मिनलमा प्रिन्ट हुनेछ |
19:25 | अब,cmp ले कसरी काम गर्छ हेरौं, हामीसंग होम डाइरेक्टरी मा दुई sample1 र sample2 नामक फाइलहरु रहेका छन |
19:35 | हेरौ कि तिनीहरुमा के छ? |
19:38 | cat sampe1 टाइप गर्नुहोस र इन्टर गर्नुहोस्, यसमा यो टेक्स्ट छ, “This is a Linux file to test the cmp command” |
19:50 | अर्को sample2 फाइलमा टेक्स्ट हुनेछ र त्यो हेर्न हामी cat sample2 टाइप गर्नेछौं र इन्टर गर्छौं |
20:00 | यसमा यो टेक्स्ट हुनेछ, “This is a Unix file to test the cmp command.” |
20:06 | अब, हामी यी दुई फाइलहरुमा cmp कमाण्ड लागू गर्छौं |
20:11 | हामी cmp sample1 sample2 लेखी इन्टर गर्नेछौं |
20:23 | हामी देख्न सक्छौं कि दुई sample1 र sample2 बीचको पहिलो भिन्नता देखाइएको छ |
20:32 | अर्को कमान्डमा जानुपुर्ब स्क्रिन क्ल्येर गरौँ |
20:38 | हामीले हेर्ने अर्को कमाण्ड भनेको wc हो |
20:43 | यो कमान्डले एउटा फाइलमा भएको अक्षरहरु, शब्दहरु र लाइनहरुको संख्या गिन्ती गर्छ |
20:50 | हामीसंग हाम्रो होम डाइरेक्टरी मा sample3 नामक एउटा फाइल छ |
20:56 | यसको सामग्री हेरौं, त्यसको लागि, cat sample3 टाइप गरौँ र इन्टर थिचौं |
21:05 | यो स्याम्पल3को सामग्री हो |
21:10 | अब, यो फाइलमा wc कमाण्ड प्रयोग गरौँ |
21:14 | त्यसको लागि हामी wc sample3 लेख्छौं र इन्टर थिच्छौँ |
21:25 | कमान्डले फाइलमा ६ लाइनहरु, ६७ शब्दहरु र ३८५ अक्षरहरु भएको देखाउछ |
21:38 | यिनीहरु केहि कमाण्डहरु थिए जसले हामीलाई फाइलहरुसंग काम गर्न सजिलो बनाउछन |
21:43 | त्यहाँ अझ धेरै कमाण्डहरु छन, साथै हामीले हेरका हरेक कमाण्डहरुमा अन्य धेरै विकल्पहरु छन |
21:51 | म तपाइलाई म्यान कमाण्ड प्रयोग गरि तिनीहरुको बारेमा थप जानकारी लिन प्रोत्साहित गर्छु |
22:00 | अन्तमा यसले मलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ |
22:04 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो,यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
22:17 | यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro |
22:34 | म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद |