Linux/C2/Working-with-Regular-Files/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिनक्समा वर्किंग विथ रेगुलर फाइल्स स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:07 फाइलहरु र डाइरेक्टरीहरु मिली लिनक्स फाइल सिस्टम बनाउछन
00:13 पहिलेको ट्युटोरीयलमा हामीले डाइरेक्टरीहरु संग कसरी काम गर्ने हेर्यौं, तपाइले ट्युटोरीयल यो वेबसाइटमा पाउन सक्नुहुन्छ
00:25 यो ट्युटोरीयलमा हामी कसरी रेगुलर फाइलहरु सम्हाल्ने सिक्नेछौं
00:31 हामीले पहिले नै अर्को ट्युटोरीयलमा कसरी cat कमाण्ड प्रयोग गरि एउटा फाइल बनाउन सक्छौं भनि हेरेका थियौं, बिस्तृत जानकारीको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:46 अब,फाइल एउटा ठाउँबाट अर्को ठाउँमा कसरी कपि गर्ने हेरौं, यसको लागि हामीसंग cp कमाण्ड छ
00:55 कमाण्ड कसरी प्रयोग गरिन्छ हेरौं
01:00 एउटा मात्र कपि गर्न, cp स्पेस एक वा बढि विकल्प [OPTION]... स्पेस स्रोत फाइलको नाम स्पेस गन्तब्य फाइलको नाम DEST
01:15 एकैचोटी धेरै फाइलहरु कपि गर्न,हामी cp स्पेस एक वा बढि विकल्प[OPTION]... स्रोत फाइलको नाम... हामीले कपि गर्न चाहेका फाइलहरुको नाम र यी फाइलहरु कपि हुने गन्तब्य डाइरेक्टरीको नाम DIRECTORY
01:34 एउटा उदाहरण हेरौं, पहिले टर्मिनल खोलौं
01:42 हामीसंग पहिले नै /home/anirban/arc/माtest1 फाइल छ
01:49 test1मा के छ हेर्न, हामी $ cat test1 टाइप गर्छौं र इन्टर थिच्छौँ
02:00 हामी टेस्ट1को सामग्री देख्छौं, अब यदि हामी यसलाई अर्को फाइल test2 मा कपि गर्न चाहन्छौं भने हामी यो लेख्नेछौं: $ cp test1 test2 र इन्टर थिच्नुहोस्
02:22 अब फाइल कपि भएको छ
02:25 यदि टेस्ट2 छैन भने यो पहिले बनाइन्छ र अनि टेस्ट1 को सामग्री यसमा कपि गरिनेछ
02:35 यदि यो पहिले नै छ भने यो ओवर राइट हुनेछ , कपि भएको फाइल हेर्न,$ cat test2 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
02:52 तपाई फाइलहरु भिन्न डाइरेक्टरीमा कपि र डाइरेक्टरी देखि कपि गर्न सक्नुहुन्छ, उदाहरणको लागि, टाइप गर्नुहोस्, $ cp /home/anirban/arc/demo1 /home/anirban/demo2 र इन्टर थिच्नुहोस्
03:31 यसले के गर्नेछ भने यसले फाइल डेमो1 स्रोत डाइरेक्टरी /home/anirban/arc/ बाट गन्तब्य डाइरेक्टरी /home/anirbanमा फाइल डेमो 2मा कपि गर्नेछ
03:51 त्यहाँ डेमो 2छ भनि हेर्न, ls स्पेस /home/anirban टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
04:13 हामी माथि स्क्रोल गर्छौं र देख्छौं डेमो2यहाँ छ
04:19 अघि बढ्नु पहिले स्क्रिन सफा पारौं
04:25 यदि तपाई गन्तब्य डाइरेक्टरीमा फाइलको नाम उही चाहनुहुन्छ भने, तपाइले फाइलको नाम पनि उल्लेख गर्नुपर्दैन
04:35 $ cp /home/anirban/arc/demo1 /home/anirban/ टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
05:03 यसले डेमो1 फाइल /home/anirban/arc/ डाइरेक्टरीबाट /home/anirban डाइरेक्टरीमा एउटा फाइलमा कपि गर्नछ जसको नाम डेमो1 हुनेछ
05:20 पहिले जस्तै demo1 हेर्न,ls/home/anirban टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
05:33 यहाँ फेरि हामी माथि स्क्रोल गर्नेछौं र तपाई त्यहाँ demo1फाइल देख्न सक्नुहुन्छ
05:40 फेरि अघि बढ्नु पहिले,स्क्रिन सफा पारौं
05:48 यदि तपाई धेरै फाइलहरु कपि गर्न चाहनुहुन्छ भने हामीले गन्तब्य फाइलको नाम दिनुपर्दैन
05:56 हामी मान्छौं कि हामीसंग हाम्रो होम डाइरेक्टरी test1, test2 र test3 नामक तीन फाइलहरु छन
06:04 अब, हामी यस्तो टाइप गर्छौं, $ cp test1 test2 test3 /home/anirban/testdir र इन्टर थिच्छौँ
06:27 यसले सबै तीन फाइलहरु test1,test2 र test3 /home/anirban/testdir डाइरेक्टरीमा तिनीहरुको नाम नफेरी कपि गर्छ
06:41 तपाई देख्नुहुनेछ कि फाइलहरु कपि गर्नेछ, हामी ls /home/anirban/testdir टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
07:03 तपाइले यो डाइरेक्टरीमा test1,test2 र test3 भएको देख्नुहुन्छ
07:10 cp मा अन्य धेरै विकल्पहरु हुन्छन्,यहाँ हामी तिनीहरु मध्ये महत्वपूर्ण हेर्नेछौं
07:18 पहिले स्लाइडमा फर्कौं
07:23 विकल्पहरु मध्ये -R महत्वपूर्ण एउटा हो, यसले पुरै डाइरेक्टरी संरचनाको बारम्बार कपि गर्छ
07:33 एउटा उदाहरण हेरौं
07:38 testdirडाइरेक्टरीको सबै सामग्री test नामक डाइरेक्टरीमा कपि गरौँ
07:48 त्यसको लागि cp testdir/ test टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
08:02 तपाई आउटपुट मेसेजबाट देख्नसक्नुहुन्छ कि
08:06 सामान्यतया, हामी केहि सामग्री भएका डाइरेक्टरी सिधै cp कमाण्डले कपि गर्न सक्दैनौ
08:14 तर -R विकल्प प्रयोग गरि यसो गर्न सकिन्छ
08:19 अब,हामी cp -R testdir/ test टाइप गर्छौं र इन्टर गर्छौं
08:36 फाइलहरु कपि भएका छन, टेस्ट डाइरेक्टरी वास्तबमै छ भने हेर्न, ls टाइप गरि इन्टर थिच्नुहोस
08:47 तपाई टेस्ट डाइरेक्टरी देख्न सक्नुहुन्छ, अब, स्क्रिन सफा गरौँ
08:57 टेस्ट भित्रको सामग्री हेर्न ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
09:08 तपाई टेस्ट डाइरेक्टरीको सामग्री देख्न सक्नुहुन्छ
09:13 अब, स्लाइडमा फर्कौं
09:16 हामीले देखेका थियौं कि यदि कुनै पहिले नै भएको फाइलमा कपि गर्यौं भने यो ओवरराइट हुन्छ
09:25 अब, यदि हामीले ध्यान नपुर्याई एउटा महत्वपूर्ण फाइल ओवरराइट गर्यौं भने के गर्ने?
09:30 यस्तो कुनै चिज हुनबाट बच्न, हामीसंग -b विकल्प छ
09:36 यसले हरेक गन्तब्य फाइलको ब्याकअप बनाउछ
09:41 हामी -i(अन्तरक्रियात्मक)विकल्प प्रयोग गर्न सक्छौं, यसले कुनै गन्तब्य फाइल ओवरराइट गर्नु अघि चेतावनी दिन्छ
09:54 अब, कसरी mv कमान्डले काम गर्छ हेरौं
09:59 यो फाइलहरु सार्न प्रयोग गर्छौं, त्यो कसरी उपयोगी हुन्छ त?
10:04 यसको मुख्य दुई प्रयोगहरु छन्
10:07 यो फाइल वा डाइरेक्टरीको पुनः नाम दिनुहोस्
10:11 यसले एउटा फाइलहरुको समूह बिभिन्न डाइरेक्टरीमा पनि सार्न सक्छौं
10:17 mv हामीले पहिले हेरेको cp जस्तै छ, त्यसैले यसलाई कसरी प्रयोग गर्ने छिटो हेरौं
10:29 हामी टर्मिनल खोल्न सक्छौं र $ mv test1 test2 टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
10:43 यसले होम डाइरेक्टरीमा पहिले नै भएको टेस्ट 1नामक फाइलको पुन नाम टेस्ट2 मा बदल्छ
10:52 यदि टेस्ट2 पहिले नै छ भने यो ओवरराइट हुन्छ
11:00 यदि हामी फाइल ओवरराइट हुनुपूर्व चेतावनी चाहन्छौं भने
11:05 हामी mv कमान्डमा -i विकल्प प्रयोग गर्न सक्छौं
11:10 मानौं हामीसंग अर्को anirban भन्ने फाइल छ, यो फाइललाई पनि हामी पुन टेस्ट2 नाम दिन चाहन्छौं
11:20 हामी mv -i anirban test2 टाइप गर्नेछौं र इन्टर थिच्छौँ
11:32 तपाई देख्न सक्नुहुन्छ कि टेस्ट2 ओवरराइट गर्न हुन्छ कि हुदैन भन्ने चेतावनी देखिएको छ
11:41 यदि हामी y अनि इन्टर थिच्छौँ भने, फाइल साच्चिक्कै ओवरराइट हुन्छ
11:49 cp जस्तै हामी mv धेरै फाइलहरुमा प्रयोग गर्न सक्छौं तर त्यो अवस्थामा गन्तब्य फाइल एउटा डाइरेक्टरी हुनुपर्छ
11:58 अघि बढ्नु पूर्ब स्क्रिन सफा गरौँ
12:03 मानौं हामी संग तीन फाइलहरु नामत: abc.txt, pop.txt र push.txt हाम्रो होम डाइरेक्टरीमा छन्
12:14 त्यो छ छैन हेर्न, ls टाइप गरि इन्टर गर्नुहोस
12:21 यहाँ फाइलहरु pop.txt,push.txt रabc.txt छन्, स्क्रिन सफा गरौँ
12:36 अब, हामी यी फाइलहरुलाई testdir नामक डाइरेक्टरीमा सार्न चाहन्छौं
12:46 हामीले mv abc.txt pop.txt push.txt टाइप गर्नुपर्छ अनि गन्तब्य फोल्डरको नाम जुन testdir हो र इन्टर गर्नुहोस
13:14 तिनीहरु हेर्न, ls testdir टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
13:20 तपाई फाइलहरु abc, pop र push.txt देख्न सक्नुहुन्छ
13:27 अब, mv मा प्रयोग हुने केहि विकल्पहरु हेरौं, पहिले स्लाइडमा फर्कौं
13:37 अनि -b वा –backup विकल्प mv कमाण्ड संगै हुन्छ, यसले गन्तब्यका हरेक फाइलहरु यो ओवरराइट हुनु अघि ब्याकअपमा राख्नेछ
13:48 हामीले पहिले नै हेरेको -i विकल्पले हामीलाई कुनै फाइल ओवरराइट गर्नु अघि चेतावनी दिन्छ
13:58 हामीले हेर्ने अर्को कमाण्ड भनेको rm कमाण्ड हो,यो कमाण्ड फाइल मेट्न प्रयोग गरिन्छ
14:06 टर्मिनलमा फर्कनुहोस र ls testdirटाइप गर्नुहोस
14:15 हामी अहिलेको फाइलको नाम faq.txt देख्छौं, मानौं हामी यसलाई मेट्न चाहन्छौं
14:23 यसको लागि हामी यो टाइप गर्छौं,$ rm testdir/faq.txt र इन्टर गर्छौं
14:37 यो कमान्डले /testdirबाट faq.txt फाइल हटाउछ
14:46 त्यो फाइल वास्तबमै हटेको छ कि छैन हेर्न, फेरि ls testdir टाइप गरि इन्टर थिच्छौँ
15:00 हामी faq.txt फाइल अब देख्दैनौं
15:05 हामी धेरै फाइलहरुमा rm कमाण्ड पनि प्रयोग गर्न सक्छौं
15:10 testdir डाइरेक्टरीमा दुई फाइलहरु abc2 र abc1छन्
15:17 मानौं कि हामी यी abc1 र abc2फाइलहरु हटाउन चाहन्छौं
15:23 यसको लागि हामीrm testdir/abc1 testdir/abc2 टाइप गरि इन्टर गर्छौं
15:45 यसले testdir डाइरेक्टरीबाट abc1 र abc2 फाइलहरु हटाउछ
15:53 तिनीहरुको हटेको छ भनि हेर्न, फेरि ls testdir टाईप् गर्नुहोस्, अब तपाई abc1 र abc2 देख्न सक्नुहुन्न
16:07 अघि बढ्नुपूर्ब स्क्रिन clear गरौँ
16:14 अब, स्लाइडमा फर्कौं
16:18 हामीले भर्खर के भन्यौं? संक्षेपमा हेरौं
16:20 मतलब एउटा मात्र फाइल मेट्न, हामी rm कमाण्ड लेख्छौं र फाइलको नाम
16:27 धेरै फाइलहरु मेट्न,हामी rm कमाण्ड र हामीले मेट्न चाहेको धेरै फाइलहरुको नाम लेख्छौं
16:34 अब, rm कमान्डको केहि विकल्पहरु हेरौं
16:40 कहिलेकाहीँ एउटा फाइलको राइट प्रोटेक्टेड हुन्छ, त्यसैले rmले फाइल मेट्न सक्दैन,यो अवस्थामा हामीसंग –f विकल्प छ जसले फाइल फोर्स डिलिट गर्छौं
16:57 अर्को साधारण विकल्प हो –r, यो विकल्प कहाँ उपयोगी हुन्छ? हेरौं
17:07 अब टर्मिनलमा फर्कौं
17:12 rm कमाण्ड सामान्यतया डाइरेक्टरीहरु मेट्न प्रयोग गरिदैन, यसको लागि हामीसंग rmdir कमाण्ड छ
17:21 तर rmdir कमान्डले साधारणतया एउटा खाली डाइरेक्टरी मात्र मेट्छ
17:27 यदि हामी एउटा डाइरेक्टरी जसमा धेरै संख्यामा फाइलहरु र सबडाइरेक्टरीहरु मेट्न चाहन्छौं भने
17:35 यसो गर्न rm कमाण्ड प्रयोग गरौँ
17:38 rm टाइप गरौँ र हामीले मेट्न चाहेको डाइरेक्टरीजुन testdir हो र इन्टर थिचौं
17:47 आउटपुट मेसेजबाट हामी थाहा पाउछौं कि हामी rm कमाण्डले testdir डाइरेक्टरी मेट्न सक्दैनौं
17:55 तर यदि हामीले -r र -f विकल्प प्रयोग गर्यौं भने हामी यसो गर्न सक्छौं
18:03 rm -rf testdir थिच्नुहोस् र इन्टर थिच्नुहोस्
18:16 अब, testdir डाइरेक्टरी सफलतापूर्बक मेटियो
18:22 अब अर्को कमाण्ड सिक्न स्लाइडमा फर्कौं
18:27 cmp कमाण्ड
18:29 कहिलेकाहीँ हामीलाई दुई फाइल उस्तै छन् कि छैनन् जाच्नुपर्छ, यदि दुबै उस्तै भए हामी एउटा मेट्न सक्छौं
18:37 हामी यो पनि हेर्न चाहन्छौं कि एउटा फाइल अन्तिम संस्करण पछि बदलिएको छ/छैन
18:44 यिनीहरु र धेरै अन्य कार्यहरुको लागि हामी cmp कमाण्ड प्रयोग गर्न सक्छौं
18:49 यसले बाइट- बाइटमा दुई फाइलहरु तुलना गर्छ
18:54 file1 र file2 तुलना गर्न हामी cmp file1 file2 लेख्नेछौं
19:03 यदि दुई फाइलहरुको सामग्री ठ्याक्कै उहीँ छ भने कुनै मेसेज देखाईने छैन
19:11 खाली प्रम्प्ट मात्र प्रिन्ट हुनेछ
19:14 यदि तिनीहरुको सामग्रीमा फरक छ भने पहिलो नमिलेको स्थान टर्मिनलमा प्रिन्ट हुनेछ
19:25 अब,cmp ले कसरी काम गर्छ हेरौं, हामीसंग होम डाइरेक्टरी मा दुई sample1 र sample2 नामक फाइलहरु रहेका छन
19:35 हेरौ कि तिनीहरुमा के छ?
19:38 cat sampe1 टाइप गर्नुहोस र इन्टर गर्नुहोस्, यसमा यो टेक्स्ट छ, “This is a Linux file to test the cmp command”
19:50 अर्को sample2 फाइलमा टेक्स्ट हुनेछ र त्यो हेर्न हामी cat sample2 टाइप गर्नेछौं र इन्टर गर्छौं
20:00 यसमा यो टेक्स्ट हुनेछ, “This is a Unix file to test the cmp command.”
20:06 अब, हामी यी दुई फाइलहरुमा cmp कमाण्ड लागू गर्छौं
20:11 हामी cmp sample1 sample2 लेखी इन्टर गर्नेछौं
20:23 हामी देख्न सक्छौं कि दुई sample1 र sample2 बीचको पहिलो भिन्नता देखाइएको छ
20:32 अर्को कमान्डमा जानुपुर्ब स्क्रिन क्ल्येर गरौँ
20:38 हामीले हेर्ने अर्को कमाण्ड भनेको wc हो
20:43 यो कमान्डले एउटा फाइलमा भएको अक्षरहरु, शब्दहरु र लाइनहरुको संख्या गिन्ती गर्छ
20:50 हामीसंग हाम्रो होम डाइरेक्टरी मा sample3 नामक एउटा फाइल छ
20:56 यसको सामग्री हेरौं, त्यसको लागि, cat sample3 टाइप गरौँ र इन्टर थिचौं
21:05 यो स्याम्पल3को सामग्री हो
21:10 अब, यो फाइलमा wc कमाण्ड प्रयोग गरौँ
21:14 त्यसको लागि हामी wc sample3 लेख्छौं र इन्टर थिच्छौँ
21:25 कमान्डले फाइलमा ६ लाइनहरु, ६७ शब्दहरु र ३८५ अक्षरहरु भएको देखाउछ
21:38 यिनीहरु केहि कमाण्डहरु थिए जसले हामीलाई फाइलहरुसंग काम गर्न सजिलो बनाउछन
21:43 त्यहाँ अझ धेरै कमाण्डहरु छन, साथै हामीले हेरका हरेक कमाण्डहरुमा अन्य धेरै विकल्पहरु छन
21:51 म तपाइलाई म्यान कमाण्ड प्रयोग गरि तिनीहरुको बारेमा थप जानकारी लिन प्रोत्साहित गर्छु
22:00 अन्तमा यसले मलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ
22:04 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो,यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
22:17 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
22:34 म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble