LibreOffice-Suite-Calc/C3/Using-Charts-and-Graphs/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:48, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
| Time | Naration |
| 00:00 | लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:07 | यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं |
| 00:11 | चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न |
| 00:14 | चार्टहरु रिसाइज गर्न र सार्न |
| 00:18 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
| 00:27 | ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं |
| 00:32 | चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ |
| 00:37 | लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन् |
| 00:43 | क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं |
| 00:48 | हाम्रो 'personal finance tracker.ods' सिट खोलौं |
| 00:53 | र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं |
| 00:59 | हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं |
| 01:06 | अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ |
| 01:26 | अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं |
| 01:31 | त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ |
| 01:37 | अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ |
| 01:54 | अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं |
| 01:58 | चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं |
| 02:04 | त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं |
| 02:14 | अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ |
| 02:21 | हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं |
| 02:27 | त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ |
| 02:32 | "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ |
| 02:36 | यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ |
| 02:42 | चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु |
| 02:55 | “3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ |
| 03:03 | यी विकल्पहरु प्रयोग गरौँ |
| 03:05 | हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ |
| 03:11 | नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं |
| 03:19 | यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” Using charts and graphsर “Bubble” मा क्लिक गर्न सक्छौं |
| 03:28 | र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं |
| 03:35 | “Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ |
| 03:40 | यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं |
| 03:48 | प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो |
| 03:54 | हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं |
| 04:02 | यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ |
| 04:10 | अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं “First row as label” |
| 04:24 | वा “First column as label” |
| 04:28 | वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा |
| 04:34 | त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ |
| 04:38 | अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं |
| 04:49 | र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं |
| 05:03 | अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ |
| 05:11 | अर्को, “Data Series” ले के गर्छ हेरौं |
| 05:15 | यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ |
| 05:21 | “Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ |
| 05:29 | हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं |
| 05:34 | ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ |
| 05:43 | हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं |
| 05:47 | स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि, |
| 05:51 | हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ |
| 05:56 | “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ |
| 06:00 | र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन् |
| 06:04 | स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ |
| 06:08 | त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ |
| 06:13 | यो “Edit” मोडमा छ |
| 06:18 | अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ |
| 06:22 | तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै |
| 06:37 | यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ |
| 06:44 | हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ |
| 06:49 | “Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ |
| 06:56 | त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency” |
| 07:03 | डिफल्टमा “Borders” ट्याब छानिन्छ |
| 07:07 | चार्टको बोर्डरको शैली र रंग बदलौं |
| 07:11 | यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं |
| 07:16 | त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ |
| 07:21 | अब “OK” बटनमा क्लिक गरौँ |
| 07:26 | यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ |
| 07:31 | “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ |
| 07:36 | “Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ |
| 07:41 | टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ |
| 07:46 | यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ |
| 07:53 | क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ |
| 07:58 | चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो |
| 08:05 | चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं |
| 08:12 | तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ |
| 08:17 | “Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो |
| 08:22 | “Color” फिल्डमा, “Red” क्लिक गरौँ |
| 08:26 | हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ |
| 08:31 | अब “OK” बटनमा क्लिक गरौँ |
| 08:35 | हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं |
| 08:41 | अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं |
| 08:46 | चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ |
| 08:51 | हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं |
| 08:54 | चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं |
| 09:03 | चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ |
| 09:07 | अब कर्सर चार्टको माथि चलाउनुहोस् |
| 09:11 | कर्सर हातमा बदलिन्छ |
| 09:14 | क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं |
| 09:20 | हामीले चार्ट सारेका छौं |
| 09:24 | अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ |
| 09:30 | फेरि, चार्टमा क्लिक गरौँ |
| 09:33 | अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं |
| 09:40 | “Position and Size” डाइलग बक्स देखापर्छ |
| 09:44 | यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ |
| 09:52 | हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ |
| 10:02 | “OK” बटनमा क्लिक गरौँ |
| 10:04 | हामीले चार्टले चार्ट क्षेत्रको आफ्नो स्थापित मानहरु अनुसार आफै आफ्नो स्थान मिलाएको देख्छौं |
| 10:12 | यसरी हामी स्पोकन टूयूटोरियल अन्त्यमा आइपुगेका छौं |
| 10:16 | संक्षेपमा, हामीले यो कसरी गर्ने सिक्यौं: चार्ट रचना, सम्पादन र फर्म्याट गर्न |
| 10:21 | हामीले स्प्रेडसिटमा चार्टहरु कसरी रिसाइज गर्ने र सार्ने पनि सिक्यौं |
| 10:27 | बोध कार्य |
| 10:29 | तपाईको “practice.ods” स्प्रेडसिट खोलौं |
| 10:34 | डाटामा एउटा "Pie chart" इन्सर्ट गरौँ |
| 10:37 | चार्टलाई रिसाइज गरौँ र यसलाई सिटको तल दायाँपट्टिको कुनामा सारौँ |
| 10:42 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
| 10:46 | यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ |
| 10:50 | यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
| 10:54 | स्पोकन टूयूटोरियल टिमले |
| 10:56 | स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 11:00 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 11:04 | थप जानकारीको लागि, कृपया स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
| 11:11 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
| 11:15 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 11:23 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
| 11:26 | स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी स्ल्याश एन एम इ आई सी टि हाइफन इन्ट्रो |
| 11:34 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ,सहभागिताको लागि धन्यवाद नमस्कार |