LibreOffice-Suite-Calc/C3/Using-Charts-and-Graphs/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Naration
00:00 लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं
00:11 चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न
00:14 चार्टहरु रिसाइज गर्न र सार्न
00:18 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:27 ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं
00:32 चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ
00:37 लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन्
00:43 क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं
00:48 हाम्रो 'personal finance tracker.ods' सिट खोलौं
00:53 र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं
00:59 हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं
01:06 अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ
01:26 अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं
01:31 त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ
01:37 अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ
01:54 अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं
01:58 चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं
02:04 त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं
02:14 अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ
02:21 हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं
02:27 त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ
02:32 "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ
02:36 यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ
02:42 चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु
02:55 “3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ
03:03 यी विकल्पहरु प्रयोग गरौँ
03:05 हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ
03:11 नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं
03:19 यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” Using charts and graphsर “Bubble” मा क्लिक गर्न सक्छौं
03:28 र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं
03:35 “Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ
03:40 यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं
03:48 प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो
03:54 हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं
04:02 यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ
04:10 अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं “First row as label”
04:24 वा “First column as label”
04:28 वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा
04:34 त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ
04:38 अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं
04:49 र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं
05:03 अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ
05:11 अर्को, “Data Series” ले के गर्छ हेरौं
05:15 यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ
05:21 “Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ
05:29 हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं
05:34 ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ
05:43 हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं
05:47 स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि,
05:51 हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ
05:56 “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ
06:00 र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन्
06:04 स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ
06:08 त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ
06:13 यो “Edit” मोडमा छ
06:18 अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ
06:22 तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै
06:37 यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ
06:44 हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ
06:49 “Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ
06:56 त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency”
07:03 डिफल्टमा “Borders” ट्याब छानिन्छ
07:07 चार्टको बोर्डरको शैली र रंग बदलौं
07:11 यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं
07:16 त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ
07:21 अब “OK” बटनमा क्लिक गरौँ
07:26 यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ
07:31 “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ
07:36 “Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ
07:41 टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ
07:46 यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ
07:53 क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ
07:58 चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो
08:05 चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं
08:12 तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ
08:17 “Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो
08:22 “Color” फिल्डमा, “Red” क्लिक गरौँ
08:26 हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ
08:31 अब “OK” बटनमा क्लिक गरौँ
08:35 हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं
08:41 अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं
08:46 चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ
08:51 हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं
08:54 चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं
09:03 चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ
09:07 अब कर्सर चार्टको माथि चलाउनुहोस्
09:11 कर्सर हातमा बदलिन्छ
09:14 क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं
09:20 हामीले चार्ट सारेका छौं
09:24 अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ
09:30 फेरि, चार्टमा क्लिक गरौँ
09:33 अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं
09:40 “Position and Size” डाइलग बक्स देखापर्छ
09:44 यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ
09:52 हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ
10:02 “OK” बटनमा क्लिक गरौँ
10:04 हामीले चार्टले चार्ट क्षेत्रको आफ्नो स्थापित मानहरु अनुसार आफै आफ्नो स्थान मिलाएको देख्छौं
10:12 यसरी हामी स्पोकन टूयूटोरियल अन्त्यमा आइपुगेका छौं
10:16 संक्षेपमा, हामीले यो कसरी गर्ने सिक्यौं: चार्ट रचना, सम्पादन र फर्म्याट गर्न
10:21 हामीले स्प्रेडसिटमा चार्टहरु कसरी रिसाइज गर्ने र सार्ने पनि सिक्यौं
10:27 बोध कार्य
10:29 तपाईको “practice.ods” स्प्रेडसिट खोलौं
10:34 डाटामा एउटा "Pie chart" इन्सर्ट गरौँ
10:37 चार्टलाई रिसाइज गरौँ र यसलाई सिटको तल दायाँपट्टिको कुनामा सारौँ
10:42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:46 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
10:50 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:54 स्पोकन टूयूटोरियल टिमले
10:56 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:04 थप जानकारीको लागि, कृपया स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
11:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:15 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:23 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:26 स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी स्ल्याश एन एम इ आई सी टि हाइफन इन्ट्रो
11:34 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ,सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble