Jmol-Application/C3/Crystal-Structure-and-Unit-Cell/Nepali
From Script | Spoken-Tutorial
Revision as of 18:24, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Jmol को Crystal Structure and unit cell स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: * Crystallography Open Database बाट CIF मतलब, Crystallographic Information file डाउनलोड गर्न |
00:17 | जेमोलमा CIF फाइल खोल्न |
00:20 | जेमोल प्यानलमा यूनिट सेल र यूनिट सेल प्यारामिटरहरु देखाउन |
00:25 | विभिन्न क्रिष्टल सिस्टमहरुको क्रिष्टल संरचनाहरु देखाउन, उदाहरणको लागि - Cubic, Hexagonal र Rhombohedral |
00:34 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग उच्च माविको केमिस्ट्रीको ज्ञान हुनुपर्छ |
00:39 | र Jmol विन्डो का प्रयोगको ज्ञान हुनुपर्छ |
00:42 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:48 | यो ट्युटोरियल रेकर्ड गर्न म:* उबुन्टु अपरेटिंग सिस्टम संस्करण १४.०४ |
00:54 | Jmol संस्करण १२.२.३२ |
00:57 | Java संस्करण ७ र |
01:01 | मोजिल्ला फायरफक्स ब्राउजर ३५.० प्रयोग गर्दैछुँ |
01:04 | क्रिष्टल संरचना हरु सात क्रिष्टल सिस्टम अन्तर्गत विभाजित छन् |
01:08 | यो तालिकाले क्रिष्टल सिस्टम को सुची र तिनीहरुको सम्बन्धित ल्याटिस प्यारामिटरहरु देखाउँछ |
01:14 | यहाँ विभिन्न कम्पाउण्ड र मिनरलहरुको क्रिष्टलको उदाहरणहरु सुचिकृत छन् |
01:20 | हामी जेमोल प्यानल मा सोडियम क्लोराइड, ग्राफाइट र क्यालसाइट क्रिष्टल संरचनाहरु देखाउने छौं |
01:27 | जेमोल प्यानलमा क्रिष्टल संरचना देखाउन |
01:31 | हामीले सम्बन्धित क्रिष्टलको Crystallographic Information File डाउनलोड गर्नुपर्छ |
01:37 | CIF crystallographic जानकारी दिने स्ट्यान्डर्ड टेक्स्ट फाइल हो |
01:43 | CIF फर्म्याटमा फाइल एक्सटेन्सन ".cif" हुन्छ |
01:48 | Crystallography Open Database एउटा ओपन एक्सेस डेटाबेस हो |
01:53 | डाउनलोड गर्न मिल्ने CIF हरु COD वेबसाइटमा उपलब्ध छन् |
01:58 | वेबसाइट तलको लिंकबाट प्रयोग गर्न सकिन्छ |
02:03 | COD डेटाबेस वेबसाइट खोलौं र केहि CIF फाइलहरु डाउनलोड गरौँ |
02:10 | यहाँ, मैले COD वेबसाइट खोलेको छुँ |
02:13 | पेजको बायाँपट्टि, जानकारीहरु विभिन्न शिर्षकमा विभाजित छन् |
02:19 | Accessing COD Data शिर्षक भित्र उप-शिर्षकहरु जस्तै Browse, Search आदि रहेका छन् |
02:27 | Search विकल्पमा क्लिक गरौँ, एउटा नयाँ पेज खुल्छ |
02:31 | Search पेजमा, हामी CIF' फाइलहरुको लागि थुप्रै सर्च विकल्पहरु देख्छौं |
02:36 | hints and tips लिंकमा क्लिक गरौँ, search विकल्प प्रभावकारी रुपमा कसरी प्रयोग गर्ने जानकारीहरु सहित एउटा पेज खुल्ने छ |
02:46 | Search पेजमा जाऊ |
02:49 | हामी COD ID प्रयोग गरी क्रिष्टल संरचना सर्च गर्न सक्छौं |
02:54 | Open Babel Fastsearch खोलौं वा टेक्स्ट बक्समा केमिकल वा मिनरलको नाम टाइप गरौँ |
03:01 | उदाहरणको लागि, सोडियम क्लोराइडको CIF फाइल सर्च गर्न: |
03:06 | टेक्स्ट-बक्समा सोडियम क्लोराइडको खनिज नाम, “Halite” टाइप गरौँ |
03:12 | elements बक्समा स्क्रोल गरौँ |
03:15 | सोडियमको चिन्ह, Na र क्लोराइडको चिन्ह, Cl टाइप गरौँ |
03:20 | "Number of distinct elements.." बक्समा स्क्रोल गरौं |
03:24 | यहाँ हामीसँग न्युनतम र अधिकतम एलिमेंटहरु टाइप गर्ने विकल्प छ |
03:29 | यदि दुई एलिमेंटहरुको मात्र क्रिष्टल चाहेमा, मतलब सोडियम र क्लोराइड, मिनिमम बक्समा '2' टाइप गरौँ |
03:37 | Send बटनमा क्लिक गरौँ |
03:40 | सोडियम क्लोराइडको क्रिष्टल स्ट्रक्चर डेटा सहितको एउटा वेब पेज खुल्ने छ |
03:45 | COD ID मा राइट क्लिक गरौँ र “open the link in a new tab” मा क्लिक गरौँ |
03:51 | यो पेजमा निश्चित क्रिष्टल संरचना सम्बन्धित बिस्तृत जानकारी रहेको छ |
03:57 | डेटाबेस वेबपेजमा फर्कौं |
04:00 | पेजको दायाँपट्टि रहेको “archive of CIF files” मा क्लिक गरौँ |
04:08 | स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ, Open with विकल्प छानौं, ok मा क्लिक गरौँ |
04:17 | स्क्रिनमा सोडियम क्लोराइडको विभिन्न CIF फाइलहरु सहितको एउटा फोल्डर खुल्ने छ |
04:23 | आफुले डाउनलोड गर्न चाहेको फाइलमा क्लिक गरेर छानौं |
04:28 | टूलबारको “Extract” बटनमा क्लिक गरौँ |
04:32 | तपाईको कम्प्युटरको पायक पर्ने स्थानमा फाइल सेभ गरौँ |
04:37 | Extract क्लिक गरौँ र विन्डो बन्द गरौँ |
04:41 | Search पेजमा फर्कौं |
04:43 | अब पहिले झैँ प्रक्रिया प्रयोग गरी graphite र calcite को CIF फाइलहरु डाउनलोड गरौँ |
04:51 | अब हामी जेमोलमा सोडियम क्लोराइड को CIF फाइल खोल्ने छौं |
04:55 | यहाँ, मैले जेमोल विन्डो खोलेको छुँ |
04:59 | टूलबारको “Open a file” आइकनमा क्लिक गरौँ |
05:03 | हामीले COD डेटाबेसबाट डाउनलोड गरेको सोडियम क्लोराइड को CIF फाइल रहेको स्थानमा जाऊ |
05:12 | Open मा क्लिक गरौँ |
05:14 | स्क्रिनमा सोडियम क्लोराइड क्रिष्टलको यूनिट सेल देखापर्छ |
05:19 | यूनिट सेल एउटा क्रिस्टलको सबैभन्दा सानो भाग हो |
05:23 | यी यूनिट सेलहरुलाई 3 डाइमेन्सनमा स्ट्याक बनाएर राख्दा क्रिष्टल संरचना को आधार बन्ने छ |
05:29 | Jmol प्यानल मा फर्कौं |
05:32 | प्यानलको बायाँपट्टि, यूनिट सेल को लागि सान्दर्भिक डेटा देखाइएको छ |
05:37 | यो स्पेस ग्रुप बर्गिकरण सहित सुरु हुन्छ |
05:41 | सोडियम क्लोराइड क्युबिक ल्याटिस सिस्टम सँग सम्बन्धित छ, त्यसैले, भेक्टरहरु 'a', 'b' र 'c' बराबर हुन्छन् |
05:50 | कोणहरु alpha, beta र gamma ९० डिग्रीका हुन्छन् |
05:55 | पप-अप मेनु खोल्न राइट क्लिक गरौँ |
05:59 | Symmetry विकल्पमा स्क्रोल गरौँ |
06:01 | सब-मेनुमा, हामीसँग एलिमेंट हरुको सिमेट्री हेर्ने विकल्प छ |
06:05 | हामी सब-मेनुमा भएका विकल्पहरु प्रयोग गरी यूनिटसेलका ब्लक हरु देखाउन सक्छौं |
06:10 | उदाहरणको लागि Reload {1 1 1} विकल्पमा क्लिक गरौँ |
06:15 | प्यानलमा हामीसँग फेस सेन्टर क्युबिक ल्याटिस देखिने एउटा यूनिट सेल ब्लक छ |
06:21 | डिस्प्ले बदल्न – पप-अप मेनु खोलौं Style मा जाऊ अनि Scheme मा गएर CPK Spacefill मा क्लिक गरौँ |
06:29 | यहाँ, प्यानलमा हामीसँग CPK डिस्प्लेमा क्रिष्टल संरचना रहेको छ |
06:34 | पुन: पप-अप मेनु खोलौं र symmetry मा गएर Reload {4 4 4 6 6 6 1} विकल्प क्लिक गरौँ |
06:44 | यो विकल्पले जेमोल प्यानलमा २७ सेल ब्लक लोड गर्ने छ |
06:49 | पप-अप मेनु खोल्न, symmetry मा जाऊ र Reload {1 1 1} विकल्पमा क्लिक गरौँ |
06:56 | सिमेट्री एलिमेंटहरु देखाउन पुन: पप-अप मेनु खोलौं |
07:00 | सब-मेनुमा Symmetry ट्याबमा जाऊ र mirrorplane (x z y) विकल्पमा क्लिक गरौँ |
07:08 | प्यानलमा हामीसँग mirrorplane (x z y) सहित एउटा क्युबिक ल्याटिस देखाइएको छ |
07:16 | हेक्सागनल क्रिष्टल सिस्टमसँग सम्बन्धित ग्राफाइट को CIF फाइल लोड गरौँ |
07:22 | पहिले देखाए झैँ Open a file विकल्प प्रयोग गरी प्यानलमा CIF फाइल लोड गरौँ |
07:29 | प्यानलमा ग्राफाइट को यूनिट सेल खुल्छ |
07:33 | यूनिट सेल प्यारामिटरहरु हेरौं: |
07:35 | भेक्टरहरु - 'a' बराबर 'b' छ तर 'c' सँग बराबर छैन |
07:40 | एंगलहरु - alpha र beta बराबर ९० डिग्री र gamma बराबर १२० डिग्री छ |
07:47 | पप-अप मेनु खोलौं, Symmetry मा स्क्रोल गरौँ र Reload {444 666 1} विकल्पमा क्लिक गरौँ |
07:56 | स्क्रिनमा एटमहरुको Hexagonal lattice संरचना देखाइएको छ |
08:01 | डिस्प्ले बदल्न: पप-अप मेनु खोलौं, Style मा जाऊ, scheme मा जाऊ र Wireframe विकल्पमा क्लिक गरौँ |
08:10 | यसैगरी, मैले प्यानलमा क्यालसाइट को एउटा CIF फाइल खोलेको छुँ |
08:16 | Calcite रोम्बोहेड्रल क्रिष्टल सिस्टम सम्बन्धित् छ |
08:20 | तपाई कुनै पनि क्रिष्टल सिस्टमको CIF खोल्न सक्नुहुन्छ र संरचनाहरु र सिमेट्री विकल्पहरुको बारेमा थप जान्न सक्नुहुन्छ |
08:27 | सक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं: * Crystallography Open Database बाट CIF डाउनलोड गर्न |
08:35 | जेमोलमा CIF खोल्न |
08:38 | यूनिट सेल र यूनिट सेल प्यारामिटरहरु देखाउन |
08:41 | र सोडियम क्लोराइड, ग्राफाइट र क्यालसाइट क्रिष्टल संरचनाहरु देखाउन |
08:47 | कार्यको रुपमा:COD डेटाबेसबाट क्वार्ज क्रिष्टलको CIF डाउनलोड गर्नुहोस् |
08:53 | जेमोल प्यानल मा यूनिट सेल देखाउनुहोस र सिमेट्री विकल्पको थप खोज गर्नुहोस् |
08:59 | यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:02 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
09:06 | हामी स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छौं र प्रमाणपत्र प्रदान गर्छौं, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
09:12 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT-MHRD , भारत सरकारको अनुदान रहेको छ |
09:18 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |