Jmol-Application/C3/Crystal-Structure-and-Unit-Cell/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Jmol को Crystal Structure and unit cell स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं: * Crystallography Open Database बाट CIF मतलब, Crystallographic Information file डाउनलोड गर्न
00:17 जेमोलमा CIF फाइल खोल्न
00:20 जेमोल प्यानलमा यूनिट सेलयूनिट सेल प्यारामिटरहरु देखाउन
00:25 विभिन्न क्रिष्टल सिस्टमहरुको क्रिष्टल संरचनाहरु देखाउन, उदाहरणको लागि - Cubic, Hexagonal Rhombohedral
00:34 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग उच्च माविको केमिस्ट्रीको ज्ञान हुनुपर्छ
00:39 Jmol विन्डो का प्रयोगको ज्ञान हुनुपर्छ
00:42 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:48 यो ट्युटोरियल रेकर्ड गर्न म:* उबुन्टु अपरेटिंग सिस्टम संस्करण १४.०४
00:54 Jmol संस्करण १२.२.३२
00:57 Java संस्करण
01:01 मोजिल्ला फायरफक्स ब्राउजर ३५.० प्रयोग गर्दैछुँ
01:04 क्रिष्टल संरचना हरु सात क्रिष्टल सिस्टम अन्तर्गत विभाजित छन्
01:08 यो तालिकाले क्रिष्टल सिस्टम को सुची र तिनीहरुको सम्बन्धित ल्याटिस प्यारामिटरहरु देखाउँछ
01:14 यहाँ विभिन्न कम्पाउण्ड र मिनरलहरुको क्रिष्टलको उदाहरणहरु सुचिकृत छन्
01:20 हामी जेमोल प्यानल मा सोडियम क्लोराइड, ग्राफाइटक्यालसाइट क्रिष्टल संरचनाहरु देखाउने छौं
01:27 जेमोल प्यानलमा क्रिष्टल संरचना देखाउन
01:31 हामीले सम्बन्धित क्रिष्टलको Crystallographic Information File डाउनलोड गर्नुपर्छ
01:37 CIF crystallographic जानकारी दिने स्ट्यान्डर्ड टेक्स्ट फाइल हो
01:43 CIF फर्म्याटमा फाइल एक्सटेन्सन ".cif" हुन्छ
01:48 Crystallography Open Database एउटा ओपन एक्सेस डेटाबेस हो
01:53 डाउनलोड गर्न मिल्ने CIF हरु COD वेबसाइटमा उपलब्ध छन्
01:58 वेबसाइट तलको लिंकबाट प्रयोग गर्न सकिन्छ
02:03 COD डेटाबेस वेबसाइट खोलौं र केहि CIF फाइलहरु डाउनलोड गरौँ
02:10 यहाँ, मैले COD वेबसाइट खोलेको छुँ
02:13 पेजको बायाँपट्टि, जानकारीहरु विभिन्न शिर्षकमा विभाजित छन्
02:19 Accessing COD Data शिर्षक भित्र उप-शिर्षकहरु जस्तै Browse, Search आदि रहेका छन्
02:27 Search विकल्पमा क्लिक गरौँ, एउटा नयाँ पेज खुल्छ
02:31 Search पेजमा, हामी CIF' फाइलहरुको लागि थुप्रै सर्च विकल्पहरु देख्छौं
02:36 hints and tips लिंकमा क्लिक गरौँ, search विकल्प प्रभावकारी रुपमा कसरी प्रयोग गर्ने जानकारीहरु सहित एउटा पेज खुल्ने छ
02:46 Search पेजमा जाऊ
02:49 हामी COD ID प्रयोग गरी क्रिष्टल संरचना सर्च गर्न सक्छौं
02:54 Open Babel Fastsearch खोलौं वा टेक्स्ट बक्समा केमिकल वा मिनरलको नाम टाइप गरौँ
03:01 उदाहरणको लागि, सोडियम क्लोराइडको CIF फाइल सर्च गर्न:
03:06 टेक्स्ट-बक्समा सोडियम क्लोराइडको खनिज नाम, “Halite” टाइप गरौँ
03:12 elements बक्समा स्क्रोल गरौँ
03:15 सोडियमको चिन्ह, Na र क्लोराइडको चिन्ह, Cl टाइप गरौँ
03:20 "Number of distinct elements.." बक्समा स्क्रोल गरौं
03:24 यहाँ हामीसँग न्युनतम र अधिकतम एलिमेंटहरु टाइप गर्ने विकल्प छ
03:29 यदि दुई एलिमेंटहरुको मात्र क्रिष्टल चाहेमा, मतलब सोडियमक्लोराइड, मिनिमम बक्समा '2' टाइप गरौँ
03:37 Send बटनमा क्लिक गरौँ
03:40 सोडियम क्लोराइडको क्रिष्टल स्ट्रक्चर डेटा सहितको एउटा वेब पेज खुल्ने छ
03:45 COD ID मा राइट क्लिक गरौँ र “open the link in a new tab” मा क्लिक गरौँ
03:51 यो पेजमा निश्चित क्रिष्टल संरचना सम्बन्धित बिस्तृत जानकारी रहेको छ
03:57 डेटाबेस वेबपेजमा फर्कौं
04:00 पेजको दायाँपट्टि रहेको “archive of CIF files” मा क्लिक गरौँ
04:08 स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ, Open with विकल्प छानौं, ok मा क्लिक गरौँ
04:17 स्क्रिनमा सोडियम क्लोराइडको विभिन्न CIF फाइलहरु सहितको एउटा फोल्डर खुल्ने छ
04:23 आफुले डाउनलोड गर्न चाहेको फाइलमा क्लिक गरेर छानौं
04:28 टूलबारको “Extract” बटनमा क्लिक गरौँ
04:32 तपाईको कम्प्युटरको पायक पर्ने स्थानमा फाइल सेभ गरौँ
04:37 Extract क्लिक गरौँ र विन्डो बन्द गरौँ
04:41 Search पेजमा फर्कौं
04:43 अब पहिले झैँ प्रक्रिया प्रयोग गरी graphitecalcite को CIF फाइलहरु डाउनलोड गरौँ
04:51 अब हामी जेमोलमा सोडियम क्लोराइड को CIF फाइल खोल्ने छौं
04:55 यहाँ, मैले जेमोल विन्डो खोलेको छुँ
04:59 टूलबारको “Open a file” आइकनमा क्लिक गरौँ
05:03 हामीले COD डेटाबेसबाट डाउनलोड गरेको सोडियम क्लोराइड को CIF फाइल रहेको स्थानमा जाऊ
05:12 Open मा क्लिक गरौँ
05:14 स्क्रिनमा सोडियम क्लोराइड क्रिष्टलको यूनिट सेल देखापर्छ
05:19 यूनिट सेल एउटा क्रिस्टलको सबैभन्दा सानो भाग हो
05:23 यी यूनिट सेलहरुलाई 3 डाइमेन्सनमा स्ट्याक बनाएर राख्दा क्रिष्टल संरचना को आधार बन्ने छ
05:29 Jmol प्यानल मा फर्कौं
05:32 प्यानलको बायाँपट्टि, यूनिट सेल को लागि सान्दर्भिक डेटा देखाइएको छ
05:37 यो स्पेस ग्रुप बर्गिकरण सहित सुरु हुन्छ
05:41 सोडियम क्लोराइड क्युबिक ल्याटिस सिस्टम सँग सम्बन्धित छ, त्यसैले, भेक्टरहरु 'a', 'b' र 'c' बराबर हुन्छन्
05:50 कोणहरु alpha, betagamma ९० डिग्रीका हुन्छन्
05:55 पप-अप मेनु खोल्न राइट क्लिक गरौँ
05:59 Symmetry विकल्पमा स्क्रोल गरौँ
06:01 सब-मेनुमा, हामीसँग एलिमेंट हरुको सिमेट्री हेर्ने विकल्प छ
06:05 हामी सब-मेनुमा भएका विकल्पहरु प्रयोग गरी यूनिटसेलका ब्लक हरु देखाउन सक्छौं
06:10 उदाहरणको लागि Reload {1 1 1} विकल्पमा क्लिक गरौँ
06:15 प्यानलमा हामीसँग फेस सेन्टर क्युबिक ल्याटिस देखिने एउटा यूनिट सेल ब्लक छ
06:21 डिस्प्ले बदल्न – पप-अप मेनु खोलौं Style मा जाऊ अनि Scheme मा गएर CPK Spacefill मा क्लिक गरौँ
06:29 यहाँ, प्यानलमा हामीसँग CPK डिस्प्लेमा क्रिष्टल संरचना रहेको छ
06:34 पुन: पप-अप मेनु खोलौं र symmetry मा गएर Reload {4 4 4 6 6 6 1} विकल्प क्लिक गरौँ
06:44 यो विकल्पले जेमोल प्यानलमा २७ सेल ब्लक लोड गर्ने छ
06:49 पप-अप मेनु खोल्न, symmetry मा जाऊ र Reload {1 1 1} विकल्पमा क्लिक गरौँ
06:56 सिमेट्री एलिमेंटहरु देखाउन पुन: पप-अप मेनु खोलौं
07:00 सब-मेनुमा Symmetry ट्याबमा जाऊ र mirrorplane (x z y) विकल्पमा क्लिक गरौँ
07:08 प्यानलमा हामीसँग mirrorplane (x z y) सहित एउटा क्युबिक ल्याटिस देखाइएको छ
07:16 हेक्सागनल क्रिष्टल सिस्टमसँग सम्बन्धित ग्राफाइट को CIF फाइल लोड गरौँ
07:22 पहिले देखाए झैँ Open a file विकल्प प्रयोग गरी प्यानलमा CIF फाइल लोड गरौँ
07:29 प्यानलमा ग्राफाइट को यूनिट सेल खुल्छ
07:33 यूनिट सेल प्यारामिटरहरु हेरौं:
07:35 भेक्टरहरु - 'a' बराबर 'b' छ तर 'c' सँग बराबर छैन
07:40 एंगलहरु - alphabeta बराबर ९० डिग्री र gamma बराबर १२० डिग्री छ
07:47 पप-अप मेनु खोलौं, Symmetry मा स्क्रोल गरौँ र Reload {444 666 1} विकल्पमा क्लिक गरौँ
07:56 स्क्रिनमा एटमहरुको Hexagonal lattice संरचना देखाइएको छ
08:01 डिस्प्ले बदल्न: पप-अप मेनु खोलौं, Style मा जाऊ, scheme मा जाऊ र Wireframe विकल्पमा क्लिक गरौँ
08:10 यसैगरी, मैले प्यानलमा क्यालसाइट को एउटा CIF फाइल खोलेको छुँ
08:16 Calcite रोम्बोहेड्रल क्रिष्टल सिस्टम सम्बन्धित् छ
08:20 तपाई कुनै पनि क्रिष्टल सिस्टमको CIF खोल्न सक्नुहुन्छ र संरचनाहरु र सिमेट्री विकल्पहरुको बारेमा थप जान्न सक्नुहुन्छ
08:27 सक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं: * Crystallography Open Database बाट CIF डाउनलोड गर्न
08:35 जेमोलमा CIF खोल्न
08:38 यूनिट सेलयूनिट सेल प्यारामिटरहरु देखाउन
08:41 सोडियम क्लोराइड, ग्राफाइटक्यालसाइट क्रिष्टल संरचनाहरु देखाउन
08:47 कार्यको रुपमा:COD डेटाबेसबाट क्वार्ज क्रिष्टलको CIF डाउनलोड गर्नुहोस्
08:53 जेमोल प्यानल मा यूनिट सेल देखाउनुहोस र सिमेट्री विकल्पको थप खोज गर्नुहोस्
08:59 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:02 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:06 हामी स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छौं र प्रमाणपत्र प्रदान गर्छौं, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
09:12 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT-MHRD , भारत सरकारको अनुदान रहेको छ
09:18 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya