Firefox/C4/Extensions/Nepali
From Script | Spoken-Tutorial
Revision as of 16:13, 21 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | मोज़िला फायरफक्सको ‘’’Extensions’’’ स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं: एक्सटेन्सन वा एड-अन्स, एक्सटेन्सन इन्स्टल गर्न, सिफारिस एक्सटेन्सनहरु |
00:14 | यहाँ हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० प्रयोग गर्दैछौं |
00:20 | फायरफक्स ब्राउजर खोलौ |
00:23 | डिफल्टमा, ‘’’yahoo home page ‘’’ खुल्छ |
00:27 | Extension वा Add-ons के हो ? |
00:29 | Extension ले तपाईलाई यसो गर्न दिन्छ: |
00:31 | फायरफक्स ब्राउजरमा नयाँ विशेषताहरु थप्न |
00:35 | हालका विशेषताहरु विस्तार गर्न |
00:37 | आफ्नो प्राथमिकता अनुसारको फायरफक्स ब्राउजर कस्टमाइज गर्न |
00:42 | Extension फायरफक्स ब्राउजरको एउटा अंश हो |
00:45 | अनि ब्राउजरको क्षमता बढाउँछ |
00:48 | उदाहरणको लागि, एक्सटेन्सन यसको लागि इन्स्टल गरिन्छ |
00:51 | विज्ञापन वा पपअपहरु ब्लक गर्न |
00:54 | जिन्सी वस्तुहरुको मूल्य तुलना गर्न |
00:56 | र मौसमको अपडेटहरू प्रदर्शन गर्न |
01:00 | Grab and Drag एक्सटेन्सन इन्स्टल गरौ |
01:03 | Grab and Drag ले विभिन्न तरिकाले तपाईलाई वेबपेज स्क्रोल गर्न दिन्छ |
01:07 | यो Adobe Acrobat को grab एण्ड drag फंक्सन जस्तै छ |
01:12 | Menu बारबाट, Tools र Add-ons मा क्लिक गरौ |
01:16 | Add-ons Manager ट्याब खुल्छ |
01:20 | वैकल्पिक रुपमा, तपाई CTRL,Shift र A कीहरु एकैसाथ थिचेर पनि Add-ons Manager ट्याब खोल्न सक्नुहुन्छ |
01:28 | Add-ons Manager को लेफ्ट प्यानलले उपलब्ध विकल्पहरु देखाउछ |
01:34 | याद गरौ, डिफल्टमा Get Add-ons विकल्प छानिएको छ |
01:39 | दायाँ प्यानलले बायाँ प्यानलमा छानिएका विकल्पहरुको जानकारी देखाउछ |
01:45 | त्यसैले राइट प्यानलले Add-ons परिभाषित गर्छ र तपाईले एड-अनमा कसरी सुरु गर्ने जानकारी दिन्छ |
01:51 | यसले तपाईले इन्स्टल गर्न सक्ने केहि Add-ons समेत सूचीकृत गर्दछ |
01:55 | अब, हामी नँया Add-on: Grab and Drag इन्स्टल गर्नेछौं |
01:59 | पहिले, माथिको दाहिने कुनाको Search bar मा, Grab and Drag टाइप गरौ, ‘’’इन्टर ‘’’ थिचौ |
02:08 | राइट प्यानलले हामीले सर्च गरेको सबैभन्दा बढी मिल्ने एड-अनहरु सूचीकृत गर्दछ |
02:14 | याद गरौँ, टाइटलमा ‘’’drag’’’ शब्द भएको सम्पूर्ण एड- अन हरु देखाइएका छन् |
02:20 | याद गरौ, सुचीको पहिलो नाम Grab and Drag सँग ठ्याक्क मिल्छ |
02:26 | Install मा क्लिक गरौ |
02:28 | प्राय सफ्टवेयरहरुमा जस्तै, केहि एड-अनहरु मा पनि एण्ड-युजर लाइसेन्स एग्रिमेन्ट हुन्छ |
02:35 | End-User License Agreement डाइलग बक्समा, Accept and Install मा क्लिक गरौ |
02:41 | Add-on डाउनलोडिंग प्रोग्रेस बार देखिन्छ |
02:46 | अर्को, तपाईले Mozilla Firefox रिस्टार्ट गरे पछि |
02:50 | एड-अन इन्स्टल हुने मेसेज देखिन्छ |
02:54 | Restart Now मा क्लिक गरौ |
02:57 | Firefox ब्राउजर बन्द हुन्छ र पुन: खुल्छ |
03:01 | नयाँ ट्याबमा Add-ons Manager खुल्छ |
03:05 | याद गरौ, Extension ट्याबको दायाँ Grab and Drag एक्सटेन्सन देखिएको छ |
03:11 | अघिल्ला कदमहरु पालन गरि अर्को एक्सटेन्सन, Scrap Book इन्स्टल गरौ |
03:18 | Scrap Book ले तपाईलाई वेब पेज सेभ र व्यवस्थित गर्न दिन्छ |
03:24 | याद गरौ, इन्स्टलेसन प्रोग्रेस बार र बन्द गर्ने मेसेज र ‘’’Firefox’’’ भिन्नै देखाईएका छैनन् |
03:33 | तिनीहरु Scrap Book बारमा देखाइएका छन् |
03:36 | Restart Now क्लिक गरौ |
03:40 | फायरफक्समा Scrap Book इन्स्टल गरिएको छ |
03:44 | यो ट्युटोरियल रोकौ र यो कार्य गरौ |
03:48 | Firefox ब्राउजरमा, Add-ons Manager खुल्छ |
03:52 | 'Get Add-ons विकल्पमा Featured 'Add-ons सुचीबाट एउटा नँया एड-अन इन्स्टल गरौ |
03:59 | तपाई एक्सटेन्सनहरु व्यवस्थापन गर्नुहुन्छ मतलब थप्ने, मेट्ने वा अपडेट गर्ने |
04:03 | Extensions विकल्पको प्रयोगले |
04:06 | Add-ons Manager मा |
04:08 | Firefox ब्राउजरमा, Add-ons Manager ट्याबमा क्लिक गरौ |
04:13 | लेफ्ट प्यानलको Extensions मा क्लिक गरौ |
04:16 | दायाँ प्यानलले अब तपाईको कम्प्युटरमा इन्स्टल भएका Extension हरु देखाउँछ |
04:22 | ScrapBook बारे थप जान्न, यसलाई छानौ र More क्लिक गरौ |
04:27 | विस्तृत जानकारी देखाइएको छ |
04:31 | एक्सटेन्सनको सम्पूर्ण जानकारी लिन वेबसाइट लिंकमा क्लिक गरौ |
04:35 | अब, लेफ्ट प्यानलको Extension विकल्पमा क्लिक गर्नुहोस् |
04:40 | याद गरौ, प्रत्येक Extension को लागि, तपाई यसमा प्रिफ्रेन्सेस, डीसेबल वा रिमुभ सेट गर्न सक्नुहुन्छ |
04:46 | Grab and Drag छानौ र Preferences मा क्लिक गरौ |
04:49 | तपाई डाइलग बक्स प्रयोग गरि आफ्नो प्राथमिकताहरु सेट गर्न सक्नुहुन्छ |
04:53 | डाइलग बक्सबाट निस्कन Cancel मा क्लिक गरौ |
04:57 | अब, Scrap Book छानौ र Preferences मा क्लिक गरौ |
05:01 | ध्यान दिउँ, Scrap Book Options डाइलग बक्स Grab and Drag Preferences डाइलग बक्स भन्दा भिन्न छ |
05:09 | तसर्थ, प्रत्येक Extension को भिन्न सेटिंग हुन्छ जुन परिवर्तन गर्न सकिन्छ |
05:13 | यदि Preferences बटन Extension मा देखिदैन भने |
05:17 | यसले त्यहाँ यसको लागि कुनै प्राथमिकता नभएको संकेत गर्छ |
05:21 | Scrap Book Options डाइलग बक्सबाट निस्कन ‘’’Close’’’ क्लिक गरौ |
05:26 | प्राय सफ्टवेरमा जस्तै, एड- अन पनि नियमित रुपमा अपडेट गरिन्छ |
05:31 | Scrap Book अपडेट गर्न यसलाई छानी राइट क्लिक गरौँ र Find Updates क्लिक गरौ |
05:37 | अपडेट पाइएमा ‘’’Update’’’’ बटन देखिन्छ |
05:42 | एड–अन अपडेट गर्न यसमा क्लिक गरौ |
05:47 | त्यहाँ Scrap Book को कुनै अपडेट नभएकोले ‘’’Update’’’ बटन देखिदैन |
05:51 | अन्त्यमा, यदि तपाई एक्सटेन्सन प्रयोग गर्न चाहनु हुन्न भने ‘’’Disable’’’ बटनमा क्लिक गरौ |
05:58 | र आफ्नो कम्प्युटरबाट एक्सटेन्सन हटाउन, ‘’’Remove’’’ मा क्लिक गरौ |
06:03 | हामीले सबै Extension हरु बारे सिक्यौ |
06:06 | तपाईले अब फायरफक्समा थप कार्यक्षमताहरु थपेर टास्कहरु स्ट्रिम लाइन गर्न ‘’’Extension’’’ प्रयोग गर्न सक्नुहुन्छ |
06:13 | तपाई Get Add-ons विकल्प प्रयोग गरि Add-ons को संख्या जान्न सक्नुहुन्छ |
06:18 | अनि तपाईलाई सबैभन्दा उपयुक्त र उपयोगी Add-ons छान्न र इन्स्टल गर्न सक्नुहुन्छ |
06:24 | Firefox Extensions को बारेमा थप जान्न कृपया Firefox वेबसाइट हेरौ |
06:31 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:34 | यो ट्युटोरियलमा, हामीले सिक्यौं: एक्सटेन्सनहरु, एक्सटेन्सन इन्स्टल गर्न र सिफारिस एक्सटेन्सनहरु |
06:42 | यहाँ तपाईको लागि कार्य छ |
06:45 | WebMail Notifier नामक एक्सटेन्सन सर्च गरौ |
06:49 | यसलाई आफ्नो कम्प्युटरमा इन्स्टल गरौ |
06:52 | यो एक्सटेन्सनको विशेषताहरु खोजौ र तपाई कसरी यसलाई आफ्नो मेल एकाउन्टबाट नपढेका मेलहरु जाच्न प्रयोग गर्न सक्नुहुन्छ हेरौं |
07:01 | एक्सटेन्सन डिसेबल गरौँ |
07:03 | अनि यसलाई ‘’’Firefox’’’ बाट हटाऊ |
07:07 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:10 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:13 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:23 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:27 | विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाईफन ट्युटोरियल डट ओआरजीमा लेख्नुहोस् |
07:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:37 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:45 | यो मिशनमा सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ |
07:48 | स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाइफन इन्ट्रो |
07:56 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
08:00 | सहभागिताको लागि धन्यवाद, नमस्कार |