Digital-Divide/C2/Pre-Natal-Health-Care/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:36, 21 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:06 | “बधाई छ, कृपया बस्नुहोस्” |
00:10 | “अनिता, तपाईको पछिल्लो जाँच कहिँले भएको थियो?” |
00:12 | २ महिना पहिले थियो |
00:15 | अब, म मेरो चौथौं महिनामा छुँ |
00:19 | “गर्भवती अवस्थामा नियमित जाँच गर्नुपर्छ” |
00:23 | गर्भवती भएको बेलामा गरेको जाँचले स्वास्थ्यमा आउनसक्ने समस्याहरु बाट बचाउँछ |
00:29 | यसले गर्भवती हुँदा आउने सक्ने जटिलता घटाउँछ |
00:33 | “प्रत्येक ३ महिनामा एकपटक जाँच गराउनु पर्छ र गर्भवती भएको अन्तिम महिनामा साप्ताहिक रुपमा जाँच गराउनुपर्छ” |
00:41 | “जाँच गर्दा यी जानकारीहरु पाइन्छन् |
00:43 | आमाको मनोबैज्ञानिक अवस्था |
00:46 | गर्भावस्थाको पोषण र खुराक |
00:48 | भिटामिन र |
00:50 | जैविक परिवर्तनहरु |
00:52 | यो मेरो पहिलोपटक हो र मलाई यी सबै नयाँ लागिरहेको छ |
00:55 | कृपया मलाई आफू र बच्चाको राम्रो स्याहार राख्ने सल्लाह दिनुहोस् |
01:00 | प्रि-न्याटल हेल्थ केयर स्पोकन ट्युटोरियलमा स्वागत छ |
01:04 | यहाँ, हामी गर्भवती महिलाको स्वास्थ्यको हेरचाह कसरी गर्ने चर्चा गर्ने छौं |
01:10 | सबैभन्दा पहिले आमाको स्वास्थ्य |
01:14 | त्यसैले, आइरनको कमी हुन नदिनु धेरै महत्वपूर्ण छ |
01:18 | सम्भावित आमाहरुले फलाम धेरै भएका खानाहरु खानुपर्छ |
01:23 | गर्भावस्थामा तपाईको शरीरमा रगतको आवश्यकता बढ्छ |
01:27 | तपाईलाई तपाईको बच्चाको शरीरमा आवश्यक रगतको लागि थप हेमोग्लोबिन बनाउन बढि आइरन चाहिन्छ |
01:34 | त्यसैले तपाईले फलाम धेरै भएका खानाहरु खानुपर्छ जस्तै |
01:38 | हरियो सागसब्जी |
01:40 | अन्डाको पहेँलो भाग,सुक्खा फलहरु |
01:42 | सिमी र ,आइरन धेरै भएका गेडागुडी” |
01:46 | “शल्यक्रिया गरी सुत्केरी गराउदा यस्ता जोखिमहरू हुन्छन् |
01:50 | चिरेको ठाउँमा संक्रमण हुने र |
01:52 | धेरै रगत बग्ने जसले गर्दा रक्तअल्पता हुन सक्छ |
01:56 | “गर्भवती महिलाले सकेसम्म साधारण सुत्केरी हुन खोज्नुपर्छ |
01:59 | यसको लागि गर्भावस्थामा सहि हेरचाह गर्नुपर्छ र पोषणयुक्त खाना खानुपर्छ |
02:04 | व्यायाम गर्नाले तपाईको जिऊमा शक्ति बढाउने हुनाले राम्रोसँग व्यायाम गर्नुहोस् |
02:09 | व्यायाम गर्नाले ढाड दुख्ने समस्याबाट छुटकारा पाइन्छ, साथै कब्जियत घटाउँछ र तनावमुक्त हुन सघाउंछ” |
02:16 | “यो मेशिनले के गर्छ?” |
02:18 | यो एउटा सोनोग्राफी मेशिन हो |
02:20 | यो बच्चाको स्वास्थ्य र विकास निगरानी गर्न प्रयोग गरिन्छ” |
02:25 | “अनिता, कृपया पल्टनुहोस्, अनि म तपाईलाई सोनोग्रफीको महत्व देखाउने छुँ” |
02:30 | “सामान्यत: गर्भवती भएको २० हप्तामा सोनोग्राफी गरिन्छ |
02:36 | यसको प्रयोगले,प्ल्यासेन्टा स्वस्थ छ/छैन हेर्न सकिन्छ र |
02:40 | बच्चा गर्भाशय भित्र सहीरूपमा बढिरहेको छ/छैन हेर्न सकिन्छ |
02:43 | यसले गम्भीर समस्याहरु पहिचान गर्न सहयोग गर्छ जस्तै बच्चाको तौल कम हुनु |
02:48 | यसले धेरै हदसम्म गर्भ तुहिन र गर्भपतनबाट बचाउँछ |
02:54 | “गर्भवती अवस्थामा सहि स्वास्थ्य हेरचाहको लागि यी महत्वपूर्ण हुन्छ - ” |
02:58 | नियमित जाँच |
03:00 | सोनोग्राफीको महत्व |
03:02 | आइरनको कमी हुनबाट बचाउनु र राम्रो पोषण |
03:05 | शल्यक्रिया गरी जन्म दिने जानकारी |
03:07 | ब्यायामको महत्व |
03:09 | “डाक्टरसाब, यति धेरै जानकारी दिनुभएकोमा धन्यवाद! हामी तपाईका निर्देशनहरु अनुसरण गर्ने बाचा गर्ने छौं” |
03:16 | म तपाईहरु दुवैले गर्भावस्थामा राम्रो हेरचाह गरेकोले खुशी छुँ |
03:20 | यसले गर्दा, बच्चा र आमा दुवै स्वस्थ र सुरक्षित छन्” |
03:24 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, गर्भवती भएको अवस्थामा राम्रो हेरचाह गर्न र पोषणयुक्त खाना खान सम्झनुहोस् |
03:32 | सुरक्षित रहनुहोस् |
03:35 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
03:38 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
03:40 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
03:45 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
03:49 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
03:53 | बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
04:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
04:05 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
04:11 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
04:16 | यो ट्युटोरियलको भिडियोमा सौरभ गद्गिल र आरतीको योगदान रहेको छ |
04:21 | म मन्दिरा बिदा हुदैछुँ, |
04:25 | सहभागिताको लागि धन्यवाद, नमस्कार |